Sunday, November 8, 2009

बीमाबारे बुझ्नैपर्ने केही तथ्य

रमेशराज भट्टराई
केही पाउन केही त्याग्नुपर्छ, यो ध्रुव सत्य कुरो हो । तर कहिले कहीँ भने त्यागेर पनि कुनै कुरा पाउन सम्भव हुँदैन । यस तथ्यलाई मानवको अज्ञानता, असमझदारी र सानातिना कुरामा बढी लालच देखाउने मानवीय स्वभावको प्रतिफल हो भन्नु अत्युक्ति नहोला । यो प्रसङ्गलाई एक्काइसौँ शताब्दीमा रहेको आजको विश्वमा बीमा क्षेत्र र यसको प्रयोगसँग जोड्नु अझै सान्दर्भिक र तात्विक ठहर्दछ ।
बीमा त्यस्तो अभिप्रायसँग सम्बन्धित छ जहाँ व्यक्ति निश्चित रकम भुक्तानी गरी भविष्यमा आइपर्नसक्ने घटनाका कारणबाट हुने आर्थिक हानी-नोक्सानीबाट सहजै जोगिन सक्षम र सफल हुन्छ । आˆनो भविष्यलाई उज्ज्वल र सुखमय बनाउन व्यक्ति तब सार्थक हुन्छ जब उसले बीमाको मर्म बुझेको हुन्छ र त्यसमा हरेक अङ्ग-प्रत्यङ्ग लाई पूर्ण जानकारीका साथ अध्ययन गरी बीमाशुल्क भुक्तानी गर्दछ । अन्यथा केवल, लोभलालच जस्तो विकृतिपूर्ण उद्देश्यले बीमा भए गरेको छ भने क्षति भएको अवस्थामा दाबी भुक्तानी नपाई त्यसको नतिजाले व्यक्ति र परिवारको जीवनमा कहाली लाग्दो, निरस आर्थिक अवस्था ल्याउँदछ ।
बीमाको सर्व स्वीकृत प्राथमिक पक्ष हो, भविष्यमा हुनसक्ने आर्थिक नोक्सानीबाट पीडित पक्षको संरक्षण गर्नु । बीमाले दुर्घटना, चोरी, डकैती, आगलागी, भूकम्प, बाढी पहिरो र यस्तै प्रकारका अन्य अपि्रय घटनालाई रोक्न सक्दैन, तर दुर्घटनाका कारणबाट पीडित पक्षमाथि पर्ने आर्थिक क्षतिपूर्ति गरी संरक्षण प्रदान गर्दछ । यहाँ एउटा अति नै घतलाग्दो प्रश्न खडा हुन्छ, के बीमा बापत तिर्नुपर्ने वास्तविक बीमा शुल्क रकममा मोलतोल गरी कम बीमाशुल्क रकम बीमकलाई बुझाई बीमा गर्दा बीमितले बीमकबाट बीमा सुरक्षण प्राप्त गरी ठूला आर्थिक हानी नोक्सानीको संरक्षण पाउँछन् ? अहँ, कदापि हुनसक्दैन । बीमकले बीमितबाट के, कति र के, कस्ता सम्पत्तिको बीमा कुन दुर्घटनालाई बहन गर्नेमा के, कति वास्तविक रकम बीमितबाट लिनु वा तिर्नुपर्छ भन्ने सम्बन्धमा निश्चित शर्त सुविधा आदिको पालन गर्नु बीमक तथा बीमित दुवैको प्रमुख कर्तब्य हो । त्यस आधारमा नै बीमा जन उपयोगी र सार्थक बन्ने निर्विवाद छ ।
बीमाक्षेत्रमा बीमा शुल्क उठाउने सम्बन्धमा बीमादर कायम भएका र बीमादर कायम नभएका भिन्न भिन्न प्रकारका बीमा व्यवसाय सञ्चालन हुने गरेको छ । जुन बीमा व्यवसायको जुन किसिममा बीमादर लागू भएको हुन्छ, त्यसै अनुसार दिइने बीमा सुरक्षणको आधारमा बीमा शुल्क उठाउनेबारे स्पष्ट किटान गरेको हुन्छ । त्यसैगरी बीमादर किटान नभएका बीमा व्यवसायको किसिममा भने बीमा कम्पनीको विगतको दावीको अनुभव र उसको पुनर्बीमा सुरक्षणको आधार र दक्षताअनुरूप निर्भर भएको दर कायम हुन्छ अर्थात् त्यस्तो बीमा व्यवसायमा बीमा कम्पनीले आफूले दिने सुविधा र उठाउने बीमा शुल्क रकम ग्राहक र बीमा कम्पनी दुईबीचको समझदारीमा व्यवसायिक दक्षताका आधारमा किटान हुने गरेको पाइन्छ ।
अब रहृयो कुरो बीमादरमा घटाघटको सिद्धान्त । बीमादर किटान भएको बीमा व्यवसायको किसिममा ग्राहकहरूले आफूले आˆनो सम्पत्तिको वास्तविक मूल्यमा के कस्तो खालको जोखिमहरू समावेश गर्ने गरी बीमा गर्न चाहेको हो सोहीअनुरूप स्पष्ट भई उपयुक्त बीमादर तिरी अनुसार बीमा गर्नु अनिवार्य हुन्छ । बीमादरले किटान गरेभन्दा बढी बीमा शुल्क रकम भुक्तानी गर्दैमा दावीको बखत तोकिएभन्दा बढी दावी रकम प्राप्त गर्न सकिँदैन भने अर्कोतर्फ बीमादरले किटान गरेको दररेटभन्दा घटाघट गरी कम बीमा शुल्क भुक्तानी गर्दा त्यस्तो अवस्थामा दावी पर्दा पनि आफूले सोचेजस्तो सम्भावित दुर्घटनाहरूबाट जोगिन जोखिमको सुरक्षण नभई बीमा गरेअनुसार दावी पाउन पूर्णरूपमा असक्षम नै हुन्छ । यस्तो अवस्थामा अति से अति न्यून आर्थिक नोक्सानीको मात्र दावी भुक्तानी मिल्ने हुन्छ वा हुने नहुन पनि सक्छ ।
बीमाको महìवबारे साधारण व्यक्ति विशेष मात्र नभई खासगरी ऋण सुविधा प्राप्त गरी उद्योग सञ्चालन गर्ने उद्योगपति समेत यसबारे अनभिज्ञ छन् । जसले गर्दा उनीहरू बीमा शुल्क कम तिर्नलालायित हुन्छन् । कुनै पनि उद्योगपतिले ऋण लिँदाको अवस्थामा धितोमा राखेको त्यस्तो सम्पत्तिको पूरा मूल्य बराबरको बीमाङ्क कायम गर्न चाहँदैन, उसलाई थाहा हुँदैन यसको नकारात्मक असर उसमाथि कति पर्छ भनेर । यस्तो अवस्था र परिस्थितिले सम्पूर्ण आर्थिक क्षेत्र नै अस्तव्यस्त बनाउनुका साथै अस्थिर तुल्याइदिन्छ । किनकि धितो राखेको सम्पत्तिको वास्तविक मूल्यमा बीमा नगराई मात्र ऋण रकम बराबरमा बीमा गर्ने प्रचलनबाट त्यस्तो सम्पत्ति क्षति भई आर्थिक हानि नोक्सानी भएको अवस्थामा वास्तविक रकमभन्दा ज्यादै न्यून रकम मात्र क्षतिपूर्तिवापत रकम प्राप्त हुने हुन्छ । जसको कारण बीमाको परिलक्षित उद्देश्य प्राप्ति हुँदैन । बीमाको सैद्धान्तिक पक्षका ज्ञानको अभावको कारण बीमा क्षेत्रमा बीमा शुल्क घटी तिरी बीमा गर्ने गराउने कार्यले प्रश्रय पाउने निर्विवाद छ । यसको सहायकको रूपमा साच्चै भन्ने हो भने बीमाबारे केही जानकारी हासिल गरेका व्यापारी, उद्योगपति आदिलाई अग्रपङ्क्तिमा गणना गर्नुपर्ने हुन्छ । त्यसकारण सम्पत्तिको वास्तविक मूल्यमा बीमा गराउनु नै बुद्धिमानी ठहर्दछ ।
बीमाको सर्वमान्य पक्ष हो सम्भाव्य हानी परेको बखत त्यस्तो आर्थिक क्षतिको बीमा दावी भुक्तानी पाउने उद्देश्य । यसको मतलब हो बीमा गर्ने र गराउने दुवैपक्ष विश्वासिला र भरपर्दा हुनु अनिवार्य छ । एकले अर्को पक्षलाई सबै कुरा खुलस्त र दुरुस्त बताउनुपर्छ र आ-आफूले दिन र लिन चाहेका सुविधा बारे स्पष्ट हुनु अनिवार्य छ । यसको अलावा एक अर्कोमा एक अर्कालाई काट्ने, केवल व्यवसाय मात्र हातमा लगाउने, सुविधा र सेवा पुर्‍याउन नचाहने आदि यावत् कुरा बुझ्न र बुझाउन नचाहने तथा सही र तथ्य कुरा नखोल्ने जस्ता व्यवहार बीमक र बीमितबीच विद्यमान रही रहने हो भने बीमा व्यवसायले उज्ज्व र उन्नत भविष्यको सिर्जना गर्ने नभई अपूरो र अन्यौलको भविष्यको गोरेटो कोर्दछ र कहालिलाग्दो र भयावह आर्थिक अवस्थाबाट गुजि्रन बीमक, बीमित र सिङ्गो अर्थ व्यवस्था नै बाध्य हुन जाने देखिन्छ । परिणामस्वरूप बीमाको परिलक्षित उद्देश्यलाई अपव्याख्या गरी बीम्ाा व्यवसायलाई नै बदनाम गराउने खालका टीका टिप्पणी नहोलान् भन्न सकिदैन । यसर्थ, बीमा गर्दा वास्तविक मूल्यमा बीमा गर्ने गराउनेतर्फ बीमा व्यवसायी र बीमा ग्राही दुवै सचेत हुनुपर्ने आवश्यकता विद्यमान छ ।

जलवायु परिवर्तनको असर

भक्तबहादुर थापा
मानव र प्रकृतिबीच गहिरो सम्बन्ध रहन्छ । प्राकृतिक प्रणालीभित्र जीवको अस्तित्वको खोजी गर्नुपर्दा विभिन्न चरण पार गर्दै मानव जातिको विकास भएको विभिन्न अध्ययन, अनुसन्धान तथा त्यसभित्रका ऐतिहासिक तथ्यहरूले प्रष्ट पार्दछ । पृथ्वीभित्रको प्राकृतिक संरचनाका कुरा उठाउँदा माटो, हावा, पानी, आकाश तथा आगो जस्ता पञ्चतत्वको अस्तित्व रहन्छ । मानव शरीर पनि यही पञ्चतत्वले भरपुर र परस्पर सम्बन्धका कारण पूर्ण शरीरको रूप बनेको छ । यिनै पञ्चतत्वभित्र कुनै किसिमको नकारात्मक असर परेमा मानव शरीर पनि स्वतः प्रभावित हुन्छ । यही प्रसङ्गभित्र प्राकृतिक वातावरणमा कुनै किसिमको खलल् आएमा मानव शरीरमा पनि असर पर्न गई अस्वस्थ र रोगी बन्न थाल्दछ । अहिले प्रकृतिभित्र यस्तै अस्वाभाविक रूपमा खलल् आएको छ । प्राकृतिक वातावरणमा परेको असरले प्रदूषण बढ्न गई पञ्चतत्वलाई प्रभावित तुल्याउँदा मानव स्वास्थ्यमा विभिन्न किसिमका रोगका लक्षणहरू देखा पर्न थालेका छन् । जसमा प्रकृतिभित्रको खललको प्रसङ्ग उठाउँदा अहिले विश्वव्यापी चासो बनेको छ जलवायु परिवर्तन । जसले प्राकृतिक प्रणालीभित्रका विद्यमान परिस्थितिमा विचलन ल्याई एकातिर परिस्थितिकीय प्रणालीमा गम्भीर असर पुर्‍याएको छ भने अर्कातिर त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्न थालेको छ । आखिर विश्वव्यापी चासो र मानव जीवन तथा शैलीमा प्रत्यक्ष असर पुर्‍याउने जलवायु परिवर्तन के हो र यसले स्वास्थ्य क्षेत्रमा कस्तो असर तुल्याउँछ भन्ने प्रसङ्ग गम्भीर रूपमा अगाडि आउँदछन् । जलवायु परिवर्तन भन्दा बित्तिकै प्राकृतिक परिस्थितिकीय प्रणालीभित्र खलल् पुग्नु हो । जसमा जलवायु परिवर्तनले अचानक पृथ्वीको तापक्रम बढ्न गएको छ । तापक्रम वृद्धिले पृथ्वीका विभिन्न भागमा जुन किसिमको हावापानी हुन्थ्यो त्यसमा असर पुग्न गई त्यहाँभित्र विद्यमान सम्पदा, उत्पादन तथा परिस्थितिकीय प्रणालीभित्र जुन जे चीज तथा वस्तुको अस्तित्व थियो, त्यो तापक्रममा आएको परिवर्तनले त्यसको अस्तित्व हराउँदै जान थालेको छ भने वषर्ाको मौसममा वषर्ात नहुने, वषर्ात् हुने अवधि छोटो हुने, जाडो तथा जाडो मौसममा जाडो कम तथा अवधि कम हुँदै जानु, खडेरी, जस्ता समस्या देखापर्न थालेको छ । जसको प्रत्यक्ष प्रभाव मानव जाति तथा उसको स्वास्थ्यमा पर्न थालेको सङ्केत देखापर्न थालेको छ ।
जलवायु परिवर्तनको असरले पृथ्वीको वातावरण नराम्ररी प्रभावित हुन थालेको छ । जसको कारण लामो खडेरी पर्ने, गर्मी अधिक हुन गई लामखुट्टे, झिंगा, भक्षक किरा फट्याङ्ग्रा, ब्याक्टेरिया, भाइरस, तथा ढुसीको प्रकोप बढ्न गई औलो, टाइफाइड, झाडापखाला जस्ता रोगबाट मानव प्रताडित हुन थालेका छन् । यसको असर थेग्न नसक्ने जीव तथा प्राणीको अस्तित्व लोप हुने खतरा अर्कातिर छँदैछ । यसको असर नेपालमा मात्र नभई विश्वका हरेक देशमा पर्नथालेको छ । जलवायु परिवर्तनको असरका कारण अति वृष्टि, अनावृष्टिका सङ्केत देखापरी बाढी, पहिरो तथा भू-क्षय जस्ता समस्याले घरबारविहीन एवं प्रभावित भई जनस्वास्थ्यका समस्या सिर्जना हुन थालेको छ । अर्कातिर, लामो खडेरीले हैजा तथा झाडा पखालाको समस्या टड्कारो रूपमा देखापर्न थालेको छ । हालसालै नेपालको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा देखापरेको झाडापखालाको रोगको समस्यालाई पनि त्यही रूपमा लिइएको छ । करिब ६-७ महिनाको लमो खडेरीका कारण गर्मी बढ्न गई मानव बस्तीमा फोहर तथा स्वच्छ खानेपानीका मुहान सुकेका तथा भएका पनि प्रदूषित हुन गई झाडापखालाको प्रकोप बढेको स्वास्थ्य मन्त्रालयको अनुसन्धान टोलीको प्रतिवेदनले त्यही प्रष्ट्याएको छ । जसबाट हामीले जलवायु परिवर्तनको उपहारका रूपमा स्वास्थ्य क्षेत्रलाई लिनुपरेको घटना सम्झनु पर्ने भएको छ । हाल जलवायु परिवर्तनको प्रभावले विश्वव्यापी समस्या उत्पन्न गराउने सङ्केत देखापर्न थालेपछि विश्वकै ध्यान यतातिर तानिएको छ । आखिर यसको असरले जुन-जुन क्षेत्र प्रभावित हुन थाले पनि त्यसको मार भने मानव जातिमा पर्दछ । कृषिदेखि जैविक विविधता लगायत अन्य सम्बन्धित पक्ष प्रताडित हुन थाले पनि खाद्यान्नको स्रोतदेखि हाम्रो औषधीय गुण बोकेको प्राकृतिक सम्पदामाथि पर्दछ । जसको पीडा मानिसले भोग्नुपर्ने भएकाले मानव हीत तथा कल्याणका क्षेत्रमा कार्यरत विश्वको विभिन्न ध्यान यस क्षेत्रतिर आकृष्ट हुन थालेको हो । यही सोचका साथ मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव कस्तो पर्छ भन्ने विषयमा विश्व स्वास्थ्य सङ्गठनले यस क्षेत्रमा चासो देखाउन थालेको छ । जसको फलस्वरूप नीति, नियम, कानुनी व्यवस्थाका साथै कम गर्न सक्ने उपायको खोजी गर्न थालेको छ । नेपालमा पनि पहिलो पटक यसको छलफललाई आम जनता र संलग्न पक्षबीच बहस अगाडि बढाएको छ ।

जलवायु परिवर्तनका असर

होमप्रसाद लम्साल
विकसित र विकासशील राष्ट्रहरूमा तीव्र गतिमा भैरहेको विकास निर्माण कार्यहरूले गर्दा पृथ्वीको वायुमण्डलमा जम्मा भैरहेको कार्बन डायअक्साइडका कारण जलवायु परिवर्तनका नराम्रा असरहरू देखिन थालेका छन् । जसको प्रभाव स्वरूप हिम शृङ्खला पग्लने, सामुदि्रक सतह बढ्ने र मौसम परिवर्तनका असामान्य स्थिति देखापर्न थालेपछि त्यसबाट बच्न विश्व समुदाय नै एकजुट हुनथालेको छ । विगत केही वर्ष यता देखापरेको जलवायु परिवर्तनको असर सबैले व्योहोर्नु परे पनि सबै तह र तप्काले यसको वास्तविक कारण पत्ता लगाउन सकेका थ्ािएनन् । यद्यपि विशेषज्ञहरूले त्यसका कारण र समाधानका उपायहरूबारे निकै अघिदेखि नै अनुसन्धान गरिरहेका छन् । विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण पेट्रोलियम पदार्थ, ग्यास, र कोइलाबाट निस्केको तातो हावा र कार्बनडाइअक्साइडका कारण भूमण्डलको उष्णीकरणले हिमनदीहरू सुक्नु र सामुदि्रक किनारा बढ्नुको साथै जलवायु परिवर्तन भएकोले त्यसको न्यूनीकरणका लागि ग्रीन हाउसको वृद्धि गर्ने र वनजङ्गल बढाउनुको साथै कार्बनडाइअक्साइडको मात्रा कम गर्ने सवारी साधनको प्रयोग गर्नु पर्दछ । मूलतः त्यसका लागि सबै मुलुकले उत्तिकै सावधानी अपनाउनु जरुरी हुन्छ । पूर्व अमेरिकी उपराष्ट्रपति अल गोरले आफ्नो 'रोक्न नसकिने सत्य' नामक सोधपत्रमा जलवायु परिवर्तनको बारेमा उल्लेख गरिएको विषयले नोवल शान्ति पुरस्कार नै प्राप्त गरेपछि त्यस विषयले व्यापकता पाएको हो । जुन सोधपत्रमा उल्लेख गरिएका विषय तथ्यमा आधारित मात्र थिएनन् कि त्यसमा किटान गरिएका कुरा सतप्रतिशत सत्य साबित हुँदै गएका छन् र आज तिनै विषय विश्वका वैज्ञानिकहरूका लागि चुनौतीपूर्ण बनेका छन् र उनीहरूले त्यसबाट जोगिने उपायको खोजिमा समय खर्चिनु परिरहेको छ ।
सन् १८६० देखि पृथ्वीको तापमान नाप्ने क्रम सुरु भएयता सन् १९९० को दशक सबैभन्दा गर्मी साबित भयो । सन् २००० को दशक अझ बढी तातो हुँदै गएको वैज्ञानिक परिक्षणले पुष्टि गरेको छ । यसबीचमा ०.६ सेन्टिमिटर तापक्रम बढिसकेको जनाइएको छ । यसैगरी समुद्र र जमिन दिनप्रतिदिन तातिइरहेको प्रमाण सर्वसाधारण जनताले समेत अनुभव गर्नथालेका छन् । त्यस्तै वषर्ा हुने प्रक्रियामा परिवर्तन आएको छ । वर्षातको समय परिवर्तन मात्रै भएको छैन विपरीत र असामान्य वषर्ा हुन थालेको छ । हिमाली क्षेत्रमा हिउँ पर्न छाडेको छ भने भएका हिमाल पग्लेर हिमनदीको बहाव घट्नथालेका छन् । समुन्दि्रक सतह बढ्दो छ । गि्रनल्याण्डबाट हालको हिउँ पग्लने दर ०.५ एमएम प्रतिवर्ष घटेको वैज्ञानिक तथ्यले पुष्टि गरेको छ । हिउँ पग्लेर सामुदि्रक सतह बढेको कारण कयांै देश र ठूला सहरको भविष्य नै खतरामा पर्दै गएको छ । माल्दिब्सको सम्र्पूण भूभाग १० वर्षपछि डुब्नसक्ने अनुमान विशेषज्ञहरूले गरेका छन् । जलवायु परिवर्तनले पानीका स्रोतहरू, वन, जीव परिवृत्ति प्रणाली, जैविक विविधता, कृषि, भौतिक वातावरण र मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ । जसरी तापक्रम वृद्धिको प्रभाव सबैतिर परेको छ, त्यसैगरी भौतिक र जैविक वातावरणमा परेको पाइन्छ । उदाहरणका रूपमा हिमनदीहरू सुुक्नथालेका छन् । हिमभण्डार टुत्रि"mदै खुम्चिदै बग्न थालेका छन् । हिउँद पछिका महिनाहरूमा सामान्य भन्दा ठण्डा र बढी हिमपात र असिना वषर्ा हुने, वनस्पतिहरू छिटो फुल्ने र बढ्ने प्रक्रिया देखिएको छन । त्यसैगरी होचो ठाउँमा पाइने जीव, बनस्पती र किट प्रजातिहरू अग्लो ठाउँतिर फैलिँदो अवस्थामा रहेका छन् । प्रकोप बढेर जनस्वास्थ्यमा प्रभाव पर्न थालेको छ । जसको कारण गर्मीबाट हुने मृत्युदरमा वृद्धि, उच्च ठाउँमा पनि लामखुटेको कारण मलेरियाका प्रभाव, पानीबाट उत्पन्न हुने र सरुवा रोग बढ्नुको साथै शीत प्रदेशीय क्षेत्रमा ठण्डीबाट हुने मृत्यु दरमा कमी हुनथालेको छ ।
साधन स्रोत कम भएका कारण गरिब देशहरू र त्यहाँका गरिब जनता जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित हुने निश्च्िात छ । आइपर्ने समस्याको सामना गर्ने साधन स्रोतको कमीका कारण जीवनस्तरमा गम्भीर धक्का लाग्नथालेको छ । उच्च पहाडी गाउँघरहरूमा खेतीपातीको समयमा कम पानी पर्ने र अरु बेलामा पानी पर्ने जस्तो असामान्य वर्षाले कृषि क्षेत्रमा समस्या देखापरेको छ । त्यसैले गर्दा खाद्यान्न संकट उत्पन्न हुने देखिएको छ । माटोले बनेका परम्परागत घरहरू छिटो खिइनथालेका छन् । त्यसको ताजा उदाहरण मुस्ताङमा हिउँ थोरै, पानी धेरै पर्नथालेका कारण माटोले बनेका परम्परागत घरहरू छिटो भत्किन थालेका छन् । स्थानीय बासिन्दा यस्ता समस्याबाट जोगिन जस्तापाताको छाना छाउने गरी फरक ढाँचामा घर बनाउन थालेका छन् ।
त्यस्तै गरी तीव्र रूपमा हिउँ पग्लिएर ताल बन्दै छन् । हिमनदीले प्रतिवर्ष १० मीटरको दरले ठाउँ छोड्दै गएको अध्ययनहरूबाट देखिएको छ । जसले गर्दा हिमाली क्षेत्र र हिमतालहरूमा प्रभाव परेको छ । हालैका वर्षहरूमा हिमनदीहरू खुम्चने वा सुक्ने प्रक्रियामा वृद्धि भएका छन् । भ्ाारतमा हालै भएको एक अध्ययन अनुसार सन् २०३५ सम्ममा प्राय सबै हिमनदीहरू लोप हुने अनुमान गरिएको छ । त्यसै गरी हाम्रो जस्तो जैविक विविधता र पहाडी पर्यावरण, पहाडी वनस्पतिमा जलवायु परिवर्तनको असरले ठूलो समस्या पार्ने देखिएको छ । हिमालमा वनस्पति रेखा, प्रजातिहरूको वितरण अनुपात वा सघनत्वमा बदलिएको छ । स्थानीय वनस्पतीमाथि बाहृय प्रजातिको प्रभाव बढ्दो छ ।
कृषिमा पनि जलवायु परिवर्तनको प्रभाव पर्न थालेपछि हाम्रो जस्तो कृषिप्रधान मुलुकका किसान गम्भीर मर्कामा पर्ने भएका छन् । पानी, माटोमा चिसोपनाको मात्रा, परागसेचन क्रिया, माटोको तापक्रम जस्ता आधार तìवमा आएको परिवर्तनका कारण कृषि उत्पादकत्वमा कमी हुन थालेको छ । वषर्ाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बालीे चक्रको सन्तुलनमा खलल पुग्न गई खेती गर्ने प्राणालीमा परिवर्तन गर्नुपर्ने चुनौती देखिन थालेको छ । सुख्खा हिउँदको उच्च भूभागको पर्यावरणमा थप दबाब पर्ने हँुँदा जटिलता बढ्दै जानेछ । यसको असर खाद्य सुरक्षालगायत स्वास्थ्य र जैविक विविधतामा पर्ने निश्चित छ । जलवायुमा आएको परिवर्तनसँगै समुदायहरूको क्रियाकलापमा पनि परिवर्तन आएको छ । पानीको समस्यासँग जुध्दै हिउँदमा हुने गरेको हिउँ पर्ने दिन र मात्रामा कमी हुनाले हिम भण्डार खस्कँदो स्थितिमा पुगेको छ भने सुख्खायाममा पानीका लागि नयाँ स्रोतको खोजी गर्नुपर्ने अवस्था देखिनथालेको छ । त्यस्तै अकासे पानी संकलन प्रविधिको प्रयोग बढाउनेतर्फ ध्यान दिनुपर्ने अवस्था बढेर गएको छ । पानी थोरै चाहिने बाली लगाउने, जोखिम कम गर्न वैकल्पिक आम्दानीका स्रोतको खोजी गर्नुपर्ने स्थिति टड्कारो देखिएको छ ।
ज्ालवायु परिवर्तनका कारण त्यस समस्याबाट उन्मुक्ति पाउन केही राम्रा पहल सुरु भएका छन् । ज्ास्तो स्वच्छ ऊर्जा बिजुली, गोबर ग्याँस, सौर्य प्रविधिको प्रयोग बढ्नु राम्रो संकेत हो । वन संरक्षण र विस्तार, वस्तुको पुनः प्रयोग बढाउनसके वातावरणलाई उल्लेख्य योगदान पुग्नेछ । नेेपालको सामुदायिक वन विश्वका लागि नै उदाहरण भएको र यसको चिनारी बनिसकेको हुनाले कार्बन व्यापारको सुविधा पाउन सके फाइदा लिन सक्ने देखिन्छ । उदाहरणका लागि नेपालका दशलाख हेक्टर भन्दा बढी क्षेत्र ओगटेको सामुदायिक वनले वर्षेनी करिब ५० लाख टन कार्बन उत्पादन गर्छ, जसको अन्तर्राष्ट्रिय मूल्य कम्तीमा ५ करोड डलर हुन्छ । त्यस्तो अवस्थामा हामीले गम्भीर बन्नु जरुरी छ । आफूले प्रयोग गर्ने प्रविधि स्वच्छ र्ऊजामा आधारित हो कि होइन विचार गरौं । त्यस्तै कार्बन शून्य घर, कार्यालय र व्यवसायको पक्षमा उदाहरण बन्दै वकालत गर्न जरुरी भएको छ विकास संरचना बनाउँदा, बाढी, खडेरीका घटनालाई विचार गरेर डिजाइन गर्न आवश्यक भैसकेको छ । दिगो वन व्यवस्थापनबाट काठको खपत बढाउन सकिएको खण्डमा त्यसबाट पनि वातावरणमा सुधार गर्न सकिन्छ ।
हरितगृह ग्यास कम गर्नका लागि वैकल्पिक ऊर्जाहरू, गोबर ग्यास प्लान्ट बढाउन सकिन्छ । नेपालमा करिब २ लाख गोबरग्यास प्लान्टहरू सञ्चालनमा रहेको छ । करिब २० लाख प्लान्टहरूको सम्भावना रहेको छ । त्यस्ता सम्भावनाहरूलाई बेलैमा प्रयोग गर्नसके प्रभाव कम पर्नसक्ने निश्चित छ । त्यस्तै कार्बन व्यापार एउटा नया सम्भावना हो । एक टन कार्बन ५ देखि १५ डलरसम्ममा बेच्न सकिने भएकाले त्यसतर्फ पनि विशेष ध्यानदिनु जरुरी देखिन्छ । त्यस्तै गरी गोबर ग्यास प्लान्टको प्रयोग गर्दाको फाइदाहरूमा यसले वन पनि जोगाउँछ अनि हरितगृह ग्यास पनि कम गर्छ । एउटा गोबरग्यास प्लान्टले करिब २ टन कार्बनडाइअक्साइड प्रति वर्ष हावामा मिसिनबाट जोगाउँछ । खाना पकाउने सुधारिएको चुलोको कुरा गर्ने हो भने त्यसले पनि वातावरण सुधारमा उल्लेख्य सहयोग पुर्‍याउँछ ।
वन जोगाउँदा हुने फाइदाको कुरा गर्ने हो भने एउटा रुख ५० वर्ष जीवित रहन्छ । त्यो रुखले अक्सिजन उत्पादन गर्छ । सो एउटा रूखबाट मात्रै ८ लाख ५० हजार मूल्यको अक्सिजन उत्पादन हुन्छ । सोही रुखबाट १० लाख मूल्यको माटो मल बन्छ भने १० लाख मूल्यको भू-क्षय नियन्त्रण गर्दछ । त्यसै गरी १७ लाख मूल्यको वायु प्रदूषण नियन्त्रण गर्छ र फलफूल र हरियो सागपात बाहेक पशु पछीको लागि ८ लाख ५० हजार मूल्यको आश्रय प्रदान गर्छ । एउटा हुर्किएको रुखले २ टन पानी संग्रह गर्न सक्छ जसले भाँडोमा जम्मा गर्न लायकको पानीको स्रोतको निर्माण गर्दछ । तसर्थ, एउटा रुख काटिनु भनेको रु.५१ लाख भन्दा बढीको खुद क्षति हुनु हो भन्ने अध्ययनले पुष्टि गरेको छ । वनस्पतिहरू कार्बन डाइअक्साइड धारण गर्ने प्राकृतिक रछ्यान भएकाले एउटा रुखले उसको जीवनकाल -१०० वर्ष) मा एक हजार किलोग्राम कार्बन डाइअक्साइड सोसेर लिनसक्छ । त्यसैले वातावरणको कार्बन डाइअक्साइड घटाउने एउटा सरल, कम खर्चिलो र उपयुक्त उपाय हो । कार्बन डाइअक्साइड प्रदूषण घटाउनु स्थानीय प्रयोगमा रहेका उपलब्ध खुला वातावरणको सौन्दर्यसम्बन्धी महìव बढाउनु, जनसाधारणमा हरियोपनको लेखा राख्ने अवधारणा ल्याउने र प्रदूषण फैलाउनेहरूलाई स्थानीय र विश्व वातावरणप्रति जिम्मेवार बनाउने अहिलेको पहिलो आवश्यकता बनेको छ । अन्यथा रोक्नै नसकिने विपत्ति पर्खर्नेबाहेक अन्य उपाय छैन ।

जलवायु परिवर्तनको बढ्दो असर


तारा बी.सी.
पृथ्वीको जलवायु परिवर्तन र यसको असरबारे विश्वव्यापी चिन्ता र चासो दिनानुदिन बढिरहेको छ । जलवायु परिवर्तनको सम्बन्धमा भएको प्रथम छलफलको दस्तावेज 'क्योटो प्रोटोकल' हो । अझैसम्म पनि कैयन् देशले यसमा हस्ताक्षर गरेका छैनन् त कैयन् देशले यसमा हस्ताक्षर गरे पनि अनुपालन गरेको पाइएको छैन ।
नेपाललगायतका दक्षिण एसियाली मुलुकहरू जलवायु परिवर्तनप्रति विशेष संवेदनशील हुनुपर्ने अवस्था आइसकेको छ किनभने सर्वोच्च शिखर सगरमाथादेखि समुद्र सतहबाट दुई मिटरभन्दा कम उचाइमा रहेका माल्दिभ्स जस्ता देशहरूको विविध भू-खण्ड, बनोट, हावापानी र पर्यावरण यसै क्षेत्रमा पाइन्छ । हिमपातमा देखिएको न्यूनता, हिउँ पग्लिने क्रममा देखापरेको वृद्धि, हिमताल र हिमनदीहरूमा पैदा हुँदै गरेको अस्तित्वको खतरा जस्ता समस्या हिमाली क्षेत्रमा देखापरेका असरहरू हुन् । त्यसैगरी मध्य पहाडको नियमित वाषिर्क पहिरो, भू-क्षय, वषर्ाको कमी, कृषि उत्पादन र गुणस्तरमा कमी आदि र तराईको बाढी, कटान, डुबान र सुख्खाग्रस्त समस्या जलवायु परिवर्तनले हामीलाई थुपारिदिएका समस्या हुन् ।
उता माल्दिभ्सको भने अस्तित्वकै समस्या छ । विज्ञहरूका अनुसार आगामी केही दशकभित्र माल्दिभ्स देश हिन्दमहासागरभित्र डुब्नेछ । त्यसैले यसत्रतर्फ विश्वको ध्यान आकृष्ट गर्न यसै हप्ता माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिदसहितको मन्त्रिपरिषद्को बैठक हिन्दमहासागरको पीँधमा सम्पन्न भएको छ । नेपालका प्रधानमन्त्रीले पनि अमेरिकी राष्ट्रपति ओबामालाई भेट्न पाउँदा सगरमाथाको खिइएको चटानको टुक्रा उपहार दिएर जलवायु परिवर्तनतर्फ ध्यान तान्न खोज्नु भएको थियो ।
नेपालको सन्दर्भमा हामीले 'हुरीक्यान' क्याटरिना, सुनामी र हालैको आइला जस्ता तीव्र बेगधारी विनाशलीलाको सामना गर्नु नपरे पनि भौगोलिक स्थिति परिवेश, अवस्था अनुसारका प्राकृतिक विनाशकारी विध्वंश, विपद्हरूको नेपालले सामना बर्सेनि गरिरहनु परेको छ । प्रत्यक्ष वा परोक्ष रूपमा, कोसीको बाढी, मध्य र सुदूरपश्चिम पहाडी इलाकाको भोकमरी, हिमनदीको प्रवाहमा कमीका कारणको दैनिक लोडसेडिङ, कृषि अन्नबाली, फलफूल उत्पादनमा कमी र यसको परिणाम मूल्यवृद्धि हुँदै हुँदै तपाई हामी सबैलाई जलवायु परिवर्तनको असरले छोइसकेको, ढाकिसकेको छ ।
दीपावलीमा फूलको खपत बढी हुने गर्छ र नेपालका सबैजसो फूल पनि शरद ऋतुको यही समयमा फुल्ने गर्छन् । तर पूर्वी नेपालको 'राजारानी' क्षेत्रमा यसपाली सयपत्री र मखमली फूल फुल्न भ्याएन । यो सबै जलवायु परिवर्तनका कारणले हुन गएको भनाई विज्ञहरूको छ तर यसको फलस्वरूप लाखौँ मूल्यका फूल भारतबाट आयात गरेर भए पनि यसपालीको दीपावलीले जलवायु परिवर्तनको असरको सामना गर्‍यो ।
गत असोजको वषर्ाकालीन अनपेक्षित लामो झरीले पश्चिम नेपाल डुबान, कटानका अतिरिक्त चीन, साइबेरिया, मङ्गोलिया र रुसबाट बसाइँ सरेर आउने क्रममा रहेका चराका हुललाई पनि रोक्यो र चराचुरुङ्गी र पुतलीहरूको भूमिका फलफूल र वनस्पतिको विकासमा रहन्छ यसको असर हेर्न त केही समय पर्खनु नै पर्ने हुन्छ ।
हालैका दिनमा जलवायु परिवर्तनमा रुचि राख्ने नेपाली विद्यार्थीहरूका लागि तीनवटा समाचार विशेष रुचीकर हुन पुगे । प्रथम हो, हिन्दमहासागरभित्र बसेका माल्दिभ्सको मन्त्रिपरिषद बैठक, दोस्रो नेपाल र चीनका वैज्ञानिकले रसुवाको लाङटाङमा हिमनदी र हिमशृङ्खलाबारे गरेका अध्ययन र तेस्रो क्याम्बि्रज युनिभर्सिटीको पोलर ओसन फिजिक्सबारेका अनुसन्धान रिपोर्ट ।
जलवायु परिवर्तन विश्वव्यापी समस्या हो र विश्वका विभिन्न भागमा बस्ने व्यक्तिले असर र सामना विविध किसिमले भोग्नु र गर्नुपरेको अहिलेको अवस्था छ । प्राकृतिक स्वरूपमा र अत्यन्तै न्यूनगतिमा प्रकृतिले मानिसलाई जलवायु परिवर्तनको असरका रूपमा दण्ड दिइरहेको छ । भौतिक विकासको लालसामा औद्योगिक राष्ट्रहरूले प्राकृतिक नियमलाई खल्बल्याइरहेका छन् । प्राकृतिक वस्तुहरूको तीव्रगतिमा दोहन गर्दै आर्थिक विकासको सिँढी चढिरहेका छन् । जलवायु परिवर्तनको असर निश्चितरूपमा गरिब राष्ट्रहरूमामाथि बढी पर्दछ र गरिब राष्ट्रहरूको गल्ती कम तर प्रकृतिले दिएको सजाय वा विनाश बढी भइरहेको अवस्था छ ।
विश्वका सबै राष्ट्रले जलवायु परिवर्तनबाट के कस्ता समस्या भोगिरहेका छन् र संयुक्त रूपमा ती समस्याहरू कसरी सामना गर्ने, बाटो पहिल्याउने भनेर संयुक्त राष्ट्र सङ्घले आगामी डिसेम्बर महिनामा डेनमार्कको राजधानी कोपनहेगनमा विश्वस्तरीय सम्मेलन आयोजना गर्दछ र यसलाई जलवायु परिवर्तनसम्बन्धी १५ औँ सम्मेलन कोपनहेगन नामकरण गरिएको छ । नेपालको सहभागिता अवश्यम्भावी त छ तर चासो यहाँनिर सहभागिताको मात्र नभएर उपलब्धि रहनपुग्दछ र उपलब्धिका लागि तयारी चाहिन्छ । तयारी गर्न सरकारसँग वातावरण मन्त्रालय छ र यसले आˆनो दैनन्दिन चलाएको होला । कोपनहेगनले जयवायु परिवर्तनबाट उब्जिएका समस्याको समाधानको पोको न त लुकाएर राखेको छ र सम्मेलनका अवसरमा सबैलाई बाँड्ने नै छ । छोटो समयमा सबैका भिन्न भिन्न प्रकृति र परिवेशका विविध समस्यालाई सबैले सुन्नसमेत पाउने छैनन् । यस्तो अवस्थामा नेपालले जलवायु परिवर्तनको असरबाट भोग्नुपरेका समस्याको अनुसन्धान, विश्लेषण, वर्गीकरण गर्नु जरुरी छ । जलवायु परिवर्तन आयोग र राष्ट्रिय अनुकूलन आयोगको गठनले मात्र पुग्दैन । प्रथम र दोस्रो विश्वयुद्धको भन्दा भयानक परिणाम जलवायु परिवर्तनको असरले ल्याउने कुरा विज्ञहरूले बताइरहेको बेलामा संसारभरका ४८ वटा अति कम विकसित मुलुकमध्ये एक र दक्षिण एसियाका चार अल्पविकसित देशहरूको प्यानलबाट समान प्रकृतिका जलवायुसँग सम्बन्धित समस्याको अध्ययन, विश्लेषण, निष्कर्ष र समाधानका विकल्प ती ठूला औद्योगिक मुलुकहरू अर्थात् जी-२० समक्ष प्रस्तुत गर्ने मौकाको रूपमा उपयोग गर्नु नितान्न आवश्यक छ ।

जलवायु परिवर्तनमा हाम्रो भूमिका


विष्णु थकाली
आजभोलि जलवायु परिवर्तन विश्वसामु तातो बहसको विषय बनेको छ । हामीले दिनहुँ विभिन्न सञ्चार माध्यमबाट जलवायु परिवर्तनले उब्जाएको प्रभावहरूका बारेमा सुन्न, देख्न र पढ्न पाउँछौ । जलवायु परिवर्तन भन्नाले वायुमण्डलीय तापको वृद्धिले जलवायुको वर्तमान संरचना खल्बलिन थालेको स्थितिलाई हामी जलवायु परिवर्तन भन्दैछौं । यसरी विशेषज्ञहरूको भनाइ अनुसार विश्वव्यापी जलवायु परिवर्तनमा सबैभन्दा बढी योगदान वा भूमिका वायुमण्डलमा वृद्धि भइरहेको हरितगृह ग्यासको रहेको बताइएको छ । हरितगृह ग्यास भन्नाले वायुमण्डलमा रहेको कार्बनडाइ अक्साइड -ऋइद्द) मिथेन -ऋज्) नाईट्रेस अक्साइड -ल्इ) हायड्रोफरफलुरोकार्बन -एँऋ) ग्यासहरूको सामूहिक रूपलाई भनिन्छ । यो एउटा सिसाले बनाएको घर जस्तो हो । जसमा सूर्यको ताप छिर्नसक्छ तर बाहिर निस्कन सक्दैन जसको फलस्वरूप भित्री भागमा तापमान बढ्न जान्छ । त्यस्तै गरी हाम्रो पृथ्वीलाई तातो बनाई राख्ने प्रक्रियालाई हरितगृह भनिन्छ । यसै ग्यासको प्रभावले आजभाेलि हाम्रो जलवायुमा परिवर्तन भई अतिवृष्टी,अनावृष्टी तथा बेमौसमी वषर्ा आदि हुने गरेको छ । जसको कारण मानवीय जीवन र वातावरणमा प्रत्यक्ष प्रभाव परेको देखिएको छ भने भविष्यमा यसले अझ धनजनको ठूलो क्षति हुनसक्ने कुरा विभिन्न अध्ययनले देखाएको छ ।
वायुमण्डलीय तापमान बढ्नुमा मानवीय क्रियाकलाप नै प्रमुख देखिएको छ । यसरी हरितगृह ग्यास उत्पादन हुने कार्य तत्काल नरोकिएमा वायुमण्डलको तापक्रम सन् २०२५ सम्ममा १ डिग्री सेन्टिग्रेट १ डिग्री सेन्टिग्रेट तथा यस शताब्दीको अन्तसम्ममा ३ डिग्री सेन्टिग्रेट सम्म वृद्धि हुने अनुमान विभिन्न अनुसन्धानले देखाएको छ । आजभोलि हामी प्रत्येकले पनि वायुमण्डलीय तापक्रम बढेको अनुभव गरेका छौं । यस कार्यलाई रोकथाम गर्नु अत्यन्त जरुरी भएकाले आआफ्नो स्तरबाट केही न केही कदम चाल्नु आवश्यक छ यसका लागि कुनै ठूलो काम गर्नु पर्दैन केवल हामीले हाम्रो बानी र व्यवहारमा केही सुधार र परिवर्तन मात्र गर्ने हो भने पनि वातावरणमा ठूलो योगदान हुने देखिन्छ ।
आगामी सन् २००९ डिसेम्बरमा डेनमार्कको राजधानी कोपनहेगनमा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । यसमा विभिन्न राष्ट्रले विभिन्न नीति नियम र घोषणापत्र तयार गरी प्रतिबद्धता जनाउने छन् । यसका लागि अहिले हरेक देशबाट दबाब दिनका लागि विभिन्न समूह तथा सञ्जालहरू बन्ने क्रम जारी छ । तर जतिसुकै समूह तथा सञ्जालहरू बनेतापनि पूर्ण कार्यान्वयनका लागि प्रत्यक्ष कार्य क्षेत्रमा नलागि सफल हुन कदापि सकिँदैन ।
अहिले भविष्यका कर्णधार युवा पुस्ताहरू जलवायु परिवर्तनबाट हुने प्रभावका बारेमा सचेत हुँदै केही गर्नको लागि सङ्गठित भएका छन् । पक्कै पनि यो शुभ संकेत हो तर समाजमा व्याप्त युवा पुस्ताको आधुनिक र विलासी जीवनलेे गर्दा विकृति, विसङ्गति र प्रदूषण बढाएको देखिन्छ । तत्काल त्यसका लागि सचेत हुन आवश्यक छ । प्रत्येक सहरमा काम होस् वा नहोस् महँगा र चिल्ला मोटरसाइकल गुडाउने प्रचलन बढेको छ । यसले गर्दा दिनहुँ प्रदूषण र दुर्घटना बढाएको छ । त्यस्तै गरी अधिकांश युवा जमातले बडीस्पे्रहरू प्रयोग गर्ने, विरोध जनाँउदा टायर बाल्ने गर्नाले वायुमण्डलमा कार्बन थप्ने काम भएको छ । यो तत्काल नरोके कार्बनडाइ अक्साइडको मात्रालाई ३५० एए मा सीमित गर्न कदापि सकिँदैन । त्यस्तै गरी व्यापारिक प्रतिष्ठानहरूले आफ्नो व्यवसाय सञ्चालन गर्ने मात्र नभई वातावरणको संरक्षण गर्ने कामतिर कम्पनीको छविलाई उच्च राख्नु पर्दछ । यसका लागि वातावरणमा असर नपार्ने वातावरणीय मैत्री प्रविधिहरू अपनाउने र भएका कलकारखानाहरूमा धुवाँरहित वा फिल्टरहरू जडान गर्न आवश्यक छ ।
परापूर्वकालदेखि महिलाहरूले वातावरण संरक्षण र सम्बर्धन गर्ने काम गर्दै आइरहेको कुरालाई कसैले नर्कान सक्दैन । तर पनि आजको परिस्थितिमा अझ सचेत र तदारुकताका साथ लाग्नु जरुरी छ । हामी हाम्रा सन्ततिलाई जस्तो माया र हेरविचार अरु कसैले दिनै सक्दैन तसर्थ आफ्नो सन्ततिका लागि माया र हेरविचार मात्र गरेर होइन स्वच्छ सफा बस्न अनुकूल वातावरण सृजना गर्नु बुद्धिमत्ता हुन्छ । त्यसैले प्रत्येक आमाहरूले आफ्नो सन्ततिको सुनिश्चित भविष्यका लागि आजैदेखि आफ्नो दैनिक क्रियाकलापमा संयम हुन अति आवश्यक छ । आफ्नो घरबारीबाट निस्कने फोहरमैलाहरूलाई कहिले नजलाउनुहोला, फोहर छु्रट्टयाएर राख्ने बानीको विकास गर्नुहोला र बजार जाँदा सधैं कपडाको झोला बोक्ने बानी बसाल्नु पर्दछ । खेतबारीमा रासायनिक मल तथा किटानासक औषधिको प्रयोग सकेसम्म नगर्नर्ु वा वातावरणीय मैत्री प्रविधि खोज्नुहोला । गाईभैंसीको गोबर र जैविक वस्तुहरूबाट गोबर ग्यास बनाई त्यसबाट निस्कने जैविक मल बनाइ प्रयोग गर्नु राम्रो हुनेछ ।
वृक्षारोपणले ऋइद्द ग्यासको मात्रालाई घटाउन वा शुद्धिकरण गर्न ठूलो मद्दत गर्ने कुरा प्रमाणित भइसकेको छ । तसर्थ हामी प्रत्येकले आफ्नो घर खेतबारी तथा सार्वजनिक स्थलमा वृक्षारोपण गरी हरियाली बढाउनु अति नै आवश्यक छ । हुनत कुनै एउटा क्षेत्रको संरक्षण र रोकथामले जलवायु परिवर्तनको कार्यलाई रोक्न सफल हुने होइन तथापि सामूहिक रूपमा स्थानीयस्तरदेखि विश्वव्यापी स्तरसम्म प्रयास हुनु जरुरी देखिन्छ । यसका लागि विश्वका प्रत्येक सचेत नागरिकहरूले हरितगृह ग्यासको निस्काशनको मात्रालाई घटाउनका लागि आफ्नो जीवनयापनमा परिवर्तन गर्नुको साथै दैनिक कृयाकलापमा संयम अपनाई जलवायु परिवर्तनमा कमी ल्याउन सहयोग गर्ने हो भने यसबाट हुने परिणाममा न्यूनीकरण गर्न सकिन्छ ।

Tuesday, October 20, 2009

मातृका पोख्रेल
त्यतिबेला हामी सँगै पढ्थ्यौं र सँगसँगै खेल्थ्यौं । उसको घर मेरो छिमेकी गाउँमा थियो । हामी दुवैको परिवार हुनेखानेमा गनिन्थ्यो । हाम्रा माइतीहरूको मधेशमा जग्गा जमिन पनि प्रशस्तै थियो । हुने खाने परिवार भए पनि गाउँमा काम गर्नै पर्थ्यो । पढ्दापढ्दै हामीले सँगसँगै जङ्गलबाट दाउरा पनि बोकेका छौं । गार्इबस्तु पनि हेरेका छौं । पाहाड भएपनि नजिकै विद्यालय भएकोले हामीलार्इ हाइस्कूल तहसम्म पनि पढ्न कुनै समस्या परेन । एस.एल.सी. परीक्षा पनि हामी दुवैले द्वितीय श्रेणीमा पास गर्यौं ।हामी दुबैका दाजुहरू काठमाडौं मै बसेर पढ्थे र जागिर पनि खान्थे । एस.एल.सी. पास गरेपछि हामी आइ.ए. पढ्न काठमाडौ आयौं र दाजुहरूसँग बसेर पढ्यौं । आइ.ए.को फाइनल परीक्षा दिएपछि मेरो विवाह भयो । मेरो विवाह भएको केही महिनापछि शान्ताको पनि विवाह भयो । हाम्रो विवाह हुँदै हाम्रा श्रीमान्हरू सरकारी सेवामा अधिकृत थिए ।गाउँ र स्कूलका साथीहरू भन्थे – म अलिक सोझी प्रकृतिकी थिएँ रे । ऊ अलिक बढि मुखाले र इर्ष्यालु स्वभावकी थिर्इ । स्कूलमा मेरा धेरै साथीहरू थिए तर उसका कमैमात्र साथीहरू हुन्थे । ऊ साथीहरूसँग सानो कुरामा पनि झगडा गरिरहन्थी । शान्ताको व्यवहारका कारणले अरू साथीहरू ऊसँग टाढै रहन चाहन्थे । मलार्इ त लाग्छ – म बाहेक उसका अन्तरङ्ग साथीहरू छँदै थिएनन् । ऊसँगको मेरो घनिष्ट मित्रताका कारण कैयौं साथीहरू मसँग पनि आत्मीय व्यवहार गर्नलार्इ हिच्किचाउँथे ।हाम्रो विवाह भएपछि श्रीमान्हरूको सरूवा सँगसँगै हामी पनि जिल्लाजिल्ला तिर गयौं । त्यसपछि पाँच सात वर्षसम्म हाम्रो भेट भएन । त्यही पनि चिनजानका मानिसहरूबाट हामी एक आपसको हालखबर लिइरहन्थ्यौं ।पाँचथरबाट मेरा श्रीमानको मन्त्रालयमा सरूवा भएको केही महिनापछि शान्ताको श्रीमान् रामप्रसाद आचार्य पनि काठमाडौं मै सरूवा भएर आए । उनी सरूवा भएर आएको भोलिपल्टै शान्ता मेरो कोठा खोज्दैखोज्दै आएकी थिर्इ । बालककालदेखिकी साथीसँग फेरि नियमित भेटघाट र मित्रता कायम हुने भयो भन्ने कुराले मलार्इ भित्रैदेखि निकै हर्षित बनाएको थियो । तर आफ्नो आत्मप्रशंसा गर्ने र आर्थिक आडम्बर देखाउने नयाँ विकसित भएको उसको स्वभावसँग म कताकता हच्किएकी थिएँ । त्यसपछि हाम्रो भेटघाट नियमित हुन थाल्यो ।रमिला ! म त दुर्इतीन हजार कमाएर नल्याएको दिन बुढालार्इ साफी गाली गर्छु । एकदिन दिउँसो सबेरै आएर शान्ताले अहंकार र बहादुरीको स्वरमा मसँग भनेकी थिर्इ । काठमाडौंमा सरूवा भएर भर्खर भर्खर आएका कारण ऊसँग मैले विवाद गरिहाल्न राम्रो ठानिनँ । यसका विरूद्धमा बोलुँ भने योसँग मेरो सम्बन्ध बिग्रने डर, नबोलुँ भने गलत कुरालार्इ प्रश्रय दिएजस्तो हुने । शान्ता त्यति साह्रो पथभ्रष्ट भएको देख्दा म भित्रैदेखि पीडित भएकी थिएँ । यति सोचेर पनि म त्यसबेला प्रतिक्रियाहिन भएर चुपचाप बसें ।त्यसपछि ऊसँगको नियमित भेटघाट र संवादहरू मेरा लागि प्रिय हुन सकेनन् । जागिरे जीवनपछि त झनै ऊभित्रको मान्छे अनैतिक बन्दै गएको मैले महसूस गर्न थालेकी थिएँ ।रमिला ! यो संसारमा घुस नखाने मान्छे कोही नै छैनन् र इमानदारिता भन्ने कुरा त केवल गफ गर्ने विषयमात्रै हो । वास्तविक जीवनमा घुस नखाने इमानदार मान्छे हुन्छ भन्ने कुरामा मलार्इ विश्वासै छैन । मेरा अगाडि धेरै पटक भनिसकेको कुरा त्यसदिन शान्ताले फेरि पनि दोहोर्याएकी थिर्इ ।संसारमा राम्रा र इमानदार मान्छेहरू पनि छन् । खराब र भ्रष्टाचारी मान्छेहरू पनि प्रशस्तै छन् । तेरो कुरा प्रति म सहमत हुन सक्दिनँ । अति नै भएपछि पहिलो पटक मैले शान्ताका सामु आफ्नो फरक विचार राखेकी थिएँ । मेरो कुराले त्यसबेला उसको अनुहार निकै अँध्यारो भएको थियो ।त्यही समयदेखि शान्ताको र मेरो बीचमा बहस र वादविवाद बढ्दै गएको थियो । पक्ष र विपक्षमा उभिएर विवाद लम्ब्याउन मलार्इ त्यसबेला पनि पटक्कै मन थिएन । शान्ताको बानी मलार्इ राम्रैसँग थाहा थियो । ऊ आलोचना र विरोध खप्न सक्ने मान्छे नै होउन । ऊ प्रशंसाकी धेरै भोकी मान्छे थिर्इ । उसलार्इ प्रशंसामात्र गरिदियो भने ऊ नम्र र शिष्ट व्यवहार गरेको देखाउन सक्थी । त्यसदिन हाम्रो विवाद धेरै लम्बियो । धेरै वादविवाद नगरौं भन्दाभन्दै झमक्कै साँझ पर्यो । त्यसदिन म उसको घरबाट बिदा भएर हिँड्दा ऊ मलार्इ बिदा गर्न ढोकासम्म आइन । पहिले पहिले घाम नअस्ताउँदै पनि बसौं भन्थी तर आज साँझ परेपछि पनि बसौं भनिन । मलार्इ त्यसदिन बेकारमा उसको घर आएँ भन्ने लागेको थियो । मैले राम्रैसँग बुझेकी थिएँ – शान्ता त्यसदिन मसँग साह्रै रिसाएकी थिर्इ ।त्यसपछिका धेरै दिनसम्म हाम्रो बीचमा भेटघाट र सम्वाद भएन । उसले पनि मलार्इ टेलिफोन गरिन र मैले पनि ऊ रिसाएकी छ भन्ने ठानेर केही समयसम्म बोलाइनँ । ऊसँगको भेटघाटमा आएको रिक्तताले मभित्र एकप्रकारको उकुसमुकुस पैदा भइरहेको थियो । मेरो सामाजिक सम्बन्ध निकै फराकिलो थियो तर उसको त्यस्तो थिएन । उसको सामाजिक जीवन निकै सङ्कीर्ण र निरस थियो । काठमाडौं आएको दुर्इचार महिना हुने बित्तिकै उसले छिमेकीहरूसँग इर्ष्यालु व्यवहार गर्न थालिसकेकी थिर्इ । छिमेकी महिलाहरूका घरका बारेमा कुरा गर्थी । उनीहरूका श्रीमानहरू भन्दा आफ्नो श्रीमान फरक मान्छे भनेर प्रशंसा गरिरहन्थी । उसमा त्यस्तो तल्लो र घटिया स्वभाव विकास भएको देखेर मलार्इ भित्रभित्रै आश्चर्य लाग्थ्यो र महिलाहरूमा अलिक बढि देखिने त्यस्तो प्रवृत्तिप्रति चिन्ता लागेर आउँथ्यो ।त्यसैताका शान्ताहरूले बत्तीसपुतलीमा एउटा सुन्दर र भव्य घर खरिद गरे । त्यसपछि अहंकार र बडप्पनले शान्ता झन् मनोरोगीजस्तै अव्यवहारिक र एकलकाँटे भर्इ ।उनीहरूले घर खरिद गरेको खबर शान्ताले मलार्इ टेलिफोनमा सुनार्इ र घर हेर्न आउन निम्तो गरी । म पनि खुशी नै भएँ र एकदिन उसको घर हेर्न गएँ । गौशाला चोकमा ऊ मलार्इ लिन पर्खिरहेकी रहिछ ।भाग्यको खेल हो बुझिस् रमिला ! मेरो बुढो र तेरो बुढो एउटै पोष्टमा भएर पनि हाम्रो आर्थिक हैसियतमा फरक परेको । घरमा पसेर सोफामा बसेर टेलिभिजनको च्यानल खोल्दै पहिलेपहिलेकै जस्तो उसले त्यसदिन फेरी त्यही कुरा दोहोर्यार्इ ।जुन कुरासँग मलार्इ कुनै सरोकार छैन, त्यो कुरा बारम्बार दोहोर्याइरहनु राम्रो होयन । खान र लाउन नपुगे त खुसीसाथ सङ्घर्ष गर्नु पर्छ । खान पुगेकै छ । मलार्इ अनावश्यक सम्पत्तिको मोह छैन । अति भएपछि मैले पनि त्यसदिन प्वाक्कै मुख फोरेँ ।खुलेको आकाशलार्इ एकाउक कालो बादलले गाँजेझैं शान्ताको अनुहार पनि एक निमेषमै मैलियो । कतै मैले नचाहिँदो काम त गरिनँ ? उसको स्वभाव मलार्इ थाहा छँदै थियो, मैले कुनै प्रतिक्रिया नदिएको भए पनि हुन्थ्यो । आखिर सही दिएको भए पनि हुन्थ्यो । म उसको घरबाट त्यसदिन आफ्नो प्रतिक्रियाप्रति पश्चातापको महाभारत अग्ल्यएर डेरामा फर्केकी थिएँ ।मेरो पनि तीन ताक कुनै जागिर थिएन । हुन त, शान्ताको पनि थिएन । मेरो सम्पर्क सामाजिक संघ–संस्थाहरूसँग प्रशस्तै हुन थालेको थियो । सानोतिनो राजनैतिक सम्पर्क पनि विकास हुन थालेको थियो । मेरा केही साथीहरूले बृद्धाश्रम खोल्ने योजना लिएर मकहाँ आए । मलार्इ पनि त्यो योजना राम्रो लाग्यो । छोराछोरी सात आठ कक्षामा पढ्ने भइसकेका थिए । घरको काममा व्यस्त भइरहनुपर्ने बाध्यता मसँग त्यसबेला बाँकी थिएन ।मैले साथीहरूसँग शान्तालार्इ पनि बृद्धाश्रम खोल्ने कार्यमा सहभागी गराउन पाए हुन्थ्यो भन्ने प्रस्ताव राखेँ । उसलार्इ नजिकैबाट चिन्ने केही साथीहरूले मेरो प्रस्तावलार्इ रूचाएका थिएनन् । तर धेरैजसो साथीहरूले मेरो प्रस्तावप्रति सहमति जनाए ।एकदिन साँझ पर्ने बेलामा म शान्ताको घरमा पुगेँ । शान्ताको पति रामप्रसाद कार्यालयबाट आइसकेका रहेछन् । मलार्इ उसले बैठक कोठामा लिएर गर्इ । यत्ति अबेर किन आइस् तँ ! शान्ताले आश्चर्य मानेर सोधी ।मैले भनेँ – म एउटा प्रस्ताव लिएर आएकी तँकहाँ ।के प्रस्ताव ? म सोफामा बस्न नभ्याउँदै उसले मलार्इ सोधेकी थिर्इ ।हामीले एउटा बृद्धाश्रम खोल्ने निर्णय गरेका छौं । हामी यसमा तेरो पनि सहयोग चाहन्छौं । काम चाहीं केही गाह्रो छ आखिर तँलार्इ पनि फुर्सदै छ । त्यसैका लागि आएकी । मैले आफ्नो योजनालार्इ फटाफट राखिदिएँ ।आ ! तँ पनि यी नचाहिँदा कामतिर लागिछस् । बसेर खान छोडेर यी चिन्नु न जान्नुका बुढाबुढीलार्इ स्याहारेर के काम ? म त खुट्टा पसारेर खान्छु । शान्ताको ठाडो जवाफसँग मलार्इ भित्रैदेखि रिस उठ्यो । म चाँडोचाँडो कुरा टुङ्ग्यएर ऊसँग बिदा मागेर फर्केँ ।त्यसपछि शान्तासँग मेरो भेटघाट र आवतजावत पुरैजसो बन्द भयो । म पनि आफ्नो काममा व्यस्त भएँ । म हिँडेको बाटो उसका लागि अप्रिय थियो । उसको जस्तो जीवन बाँच्नु मेरा लागि झनै प्रिय थिएन ।केही वर्षपछि एकदिन रेडियोमा राजस्व विभागका प्रमुख रामप्रसाद आचार्यलार्इ घुस लिँदालिँदै गिरफ्तार गरिएको समाचार सुनेँ । समाचार सुन्नेबित्तिकै शान्तालार्इ मैले टेलिफोन गरेँ । टेलिफोन उठे पनि मेरो आवाज सुन्ने बित्तिकै रिसिभर राखिन्थ्यो । मैले शान्ताको घरै जान उपयुक्त ठानेँ ।शान्तालार्इ मसँग भेट हुन नपरे हुन्थ्यो भन्ने चाहना भएको कुरा मैले त्यहाँ गएपछि बुझेँ । उसको अनुहार पुरै निन्याउरो थियो । उसले मलार्इ घरभित्रै लगिन र बाहिरै ढोकाबाटै बिदा गरी ।हेर् न ! उहाँजस्तो इमान्दार कर्मचारी कोही पनि थिएनन् । यो सबै उहाँलार्इ फँसाउने षड्यन्त्र मात्र हो । मसँग मन नलागेरै पनि शान्ताले त्यत्तिबेला यस्तो प्रतिक्रिया व्यक्त गरेकी थिर्इ ।शान्तालार्इ म प्रति पुरै अरूचि भएपछि उसकोमा गइरहन मलार्इ पनि उचित लागेन । पछि सुन्नमा आयो उसको पतिको जागिर छुटेछ र घर पनि बिक्री गर्नु परेछ । त्यसपछि शान्ताको परिवार कतै डेरा सर्यो । सबै आफन्तहरूसँग ऊ टाढै रहन चाही ।बीस वर्षपछि आज मैले त्यही शान्तालार्इ पशुपतिको मन्दिरमा फूल बेच्न बसिरहेकी भेटेँ । तर मलार्इ पुरै नचिनेजस्तो अभिनय गरी उसले । म विश्वस्त छ – त्यो त्यही शान्ता हो । उसले मलार्इ नचिनेको अभिनय गरिरहँदा त्यहाँ उभिइरहन मलार्इ नै अप्ठ्यारो लागिरह्यो । मैले सानामा लागेको उसको निधारको खतसम्म हेरेँ । त्यो उही मेरी साथी शान्ता नै थिर्इ । म उसलार्इ हेर्दै हिँडें । ऊ अर्कैतिर फर्केर बसी ।ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם םसाँझमा घर फर्केपछि रमिलाले आफ्ना छोरा, छोरीहरूलार्इ यो कथा लामो समय लगाएर सुनार्इ ।

Thursday, October 8, 2009

जलवायु परिवर्तन चुनौती सामना गर्न अन्तरराष्ट्रिय कोष हुनुपर्छः प्रम नेपाल

प्रधानमन्त्री माधवकुमार नेपालले जलवायु परिवर्तनको साझा खतरालाई प्रभावकारी ढङ्गले समाधान गर्न सबै मिलेर प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवले मंगलबार आयोजना गर्नुभएको जलवायु परिवर्तनसम्बन्धी गोलमेच सम्मेलनमा प्रधानमन्त्री नेपालले टिप्पणी गर्दै सो कुरा बताउनुभएको हो ।उहाँले नेपालजस्ता राष्ट्रलाई दृष्टिगत गरी अनुकूल र समाधानका उपाय तथा प्रविधि र कोषको प्राथमिकताका साथ हस्तान्तरणको माध्यमबाट जलवायु परिवर्तनका सर्वव्यापी खतरा र विविध परिणामसँग जुध्नसक्ने गरी विस्तृत कार्यक्रम अन्तर्राष्ट्रिय समुदायले अघि बढाउनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो-विश्वव्यापी उष्णताबाट नेपालको हिमालयक्षेत्रमा हिउँ पग्लने क्रम बढेको छ । हिमालयबाट बग्ने नदीमा एक अरबभन्दा बढी जनताको निर्भरता छ । नेपालको हिमताल च्छोरोल्पाको आकार १९५० को दशकमा ०.२३ वर्गकिलोमीटर रहेकामा २००२ मा १.७६ वर्ग किलोमिटर पुगेको छ । हिमताल विष्फोटनको खतरा बढेको छ । हाम्रा करिब दुई दर्जन हिमताल कुनैपनि बेला विष्फोट हुनसक्छन्, जसबाट जनधनको प्रचुर नोक्सान हुनसक्छ । मौसमको स्वभावमा आएको परिवर्तनका कारण कृषि उत्पादन र खाद्य सुरक्षा स्थितिमा प्रभाव पर्न सुरू भैसकेको छ । अप्रत्याशित बाढीपहिरो, असामयिक वर्ष मन्ासुनको ढिलाइजस्ता घटना नियमित समस्या बनेका छन् र यसबाट जनविस्थापन र जीविकामा प्रायः असर परेको छ । कासका पूर्वाधार क्षति भएका छन् र बढ्दो मात्रामा नाजुक बनेका छन् । जलवायुसम्बन्धी प्रकोप, भूस्खलन र विशेषतः देशको चुरेभावर क्षेत्र वरपर सुख्खा क्षेत्रको विस्तारका कारण जनजीविकामा खतरा आइपुगेको छ ।पर्यावरण व्यवस्था र जैविक विविधता खतरामा छन् । नयाँ प्रकारका र गम्भीर प्रकृतिका रोगले मानव स्वास्थ्यमा प्रभाव परेको छ -उहाँले औंल्याउनुभएको छ । विकसित राष्ट्र र आर्थिक क्षमता भएका देश आफ्नो साधनको उपयोग गरी यस्ता चुनौतीलाई सामना र समाधान गर्न सक्छन् तर गरिब र सीमान्तकृत राष्ट्रका लागि अन्य विकल्प छैनन् र उनीहरू अझ बढी पीडित छन् । हामीले भोग्नुपरेको मूलभूत चुनौती यही हो -उहाँले टिप्पणी गर्नुभयो ।संवेदनशील पर्यावरणयुक्त पहाडी राष्ट्रका नाताले जलवायु परिवर्तनका परिणामबाट नेपाल नाजुकरूपमा प्रभावित छ, हाम्रो जनसङ्ख्याको ठूलो हिस्सा आफ्नो जीविकाका लागि कृषि र सम्बन्धित क्रियाकलापमा निर्भर छन्,यसै वर्ष हामीकहाँ ढिलो मनसुनमात्र नभई कम वर्षा पनि भयो, पहिलेभन्दा यो वर्ष खाद्यान्नको कमीले हामीलाई बढी सताउने छ भन्दै उहाँले विश्वव्यापी हरितग्यास उत्सर्जनमा हाम्रो भूमिका ०.०२५ प्रतिशतभन्दा कम भएतापनि विश्वव्यापी उष्णताबाट हामीले ठूलो समस्या भोग्नुपरेकाले जलवायु परिवर्तन हाम्रा लागि निकै गम्भीर विषय भएको औल्याउनुभयो ।नेपालले वातावरण मन्त्रालयको स्थापना र उच्चस्तरीय जलवायु परिवर्तन परिषद्को गठन गरेर जलवायु परिवर्तनको विषयप्रति गम्भीरता देखाएको पनि उहाँले जानकारी दिनुभयो ।प्रधानमन्त्रीले यो चुनौतीको गाम्भीर्यता र अल्पविकसित राष्ट्रको सीमित क्षमतालाई दृष्टिगत गरी सोहीअनुरूपको अन्तर्राष्ट्रिय कोषको व्यवस्था हुनुपर्ने माग पनि गर्नुभयो ।हिमालय क्षेत्रलाई केन्द्रविन्दुमा राखी नेपालले हालै \"काठमाडौं देखि कोपेन्हेगन\" नारासहितको उच्चस्तरीय क्षेत्रीय जलवायु परिवर्तन सम्मेलन आयोजना गरेको र त्यो आगामी डिसेम्बरमा हुने कोपेन्हेगन सम्मेलनमा प्रभावकारी र अर्थपूर्ण सहभागिता गराउने तयारीस्वरूप भएको बताउनुभयो ।