Sunday, November 8, 2009

जलवायु परिवर्तनः चुनौती र उपाय

गोपाल मरासिनी
केही समययता जलवायु परिवर्तनको मुद्दा विश्व राजनीतिको मुख्य विषय बनेको छ । पर्यावरणको सुरक्षा दिगो आर्थिक विकासको अभिन्न अड्ढ हो भन्ने कुरा मनन् नगरी विश्वका धनी देशहरूले प्रकृतिको क्षयको आडमा आर्थिक उन्नति गर्ने र क्षणिक आत्मघाती बाटो हिँडिरहेको कारणले जलवायुको मुद्दा सर्वत्र चासो र चिन्ताको विषय बन्ने गरेको छ । औद्योगिक उत्पादन र क्रान्त्रिको लागि विकसित र विकासशील राष्ट्रहरूले उत्सर्जन गर्ने ठूलो परिमाणको हरित गृह ग्यासले खडा गज्ञरेको चुनौती र सम्भावित महाप्रलयको बारेमा वातावरण विज्ञले चिन्ता र डरलाग्दा भविष्यवाणी गर्दैआएका छन् । जसको कारण धनी देशहरूले परिवर्तन गर्न प्रमुख कारक तत्व भनेकै हरित गृह ग्याँस हो । यो ७५ प्रतिशत जैविक तेलबाट २० प्रतिशत भूउपयोग परिवर्तनबाट र ५ प्रतिशत अन्य स्रोत उत्सर्जन हुने गर्दछ । कार्बनडाइअक्साइड
-हरितगृह ग्यास)को कारण सृजित विश्व उष्णीकरण र जलवायु परिवर्तन औद्योगिक र आर्थिक विकासमा प्रत्यक्ष जोडिएको कारण धनी देशहरूले अर्थ राजनीतिमा हस्तक्षेप गरिरहेका छन् ।
हरित गृह ग्यासको ठूलो उत्पादनको रूपमा रहेको अमेरिकाले क्लोटो अभिसन्धिमा औपचारिक मञ्जुरी गर्ने पहिलो राष्ट्र आए पनि ग्यासको उत्सर्जनमा कटौती गर्ने प्रावधानमा आनाकानी गर्दैआएको छ । अमेरिका र जापान जस्ता प्रमुख राष्ट्रहरू लक्ष्य प्राप्तितर्फ कुनै प्रयास नदेखिएपछि र ग्यास उत्सर्जनमा कुनै कमी नल्याएपछि जलवायु परिवर्तनले चुनौती थपिँदैछ । तर अमेरिका जस्ता विश्वका शक्तिशाली र मुख्य प्रदूषक राष्ट्रहरूले राष्ट्रहरू बढी प्रकोपको सिकार भएका छन् । हरितगृह ग्यास उत्सर्जन गर्दा अर्थतन्त्रमा नकारात्मक असर पुग्ने कारणले धनी र शक्तिशाली देशहरूले यो विषयको बारेमा जनकारी भए पनि उनीहरू विश्व जलवायु परिवर्तनका चुनौती सामना गर्ने र सम्भावित समस्याको व्यवस्थापन गर्ने कुरामा जोड दिन थालेका छन् । अर्थतन्त्रलाई प्रत्यक्ष असर पर्ने गरी अपनाउनुपर्ने उत्सर्जनको कटौतीभन्दा यको प्रभावबाट बच्ने पूर्वतयारीमा लागेका धनी देशहरू र सुविधासम्पन्न राष्ट्रलाई पनि प्राकृतिक प्रकोपबाट बच्न र व्यवस्थापन गर्नै गाह्रो परेको अवस्थामा अन्य राष्ट्रहरूमा यसको क्षति बढी हुने निश्चित छ ।
विश्वको अर्थ राजनीतिकको चपेटामा परेको जलवायुको मुद्दा र क्योटो अभिसन्धिमा हस्ताक्षर गरिसकेको नेपालको जलवायु परिवर्तनमा कुनै ठूलो भूमिका नभए पनि यसबाट नेपालसमेत अछुतो रहनसकेको छैन । विश्वको आँकडा हेर्दा नेपालबाट हरितगृह ग्यासको निष्कासन केवल ०.०२५ प्रतिशत रहेको छ । चीन र भारतजस्ता उद्योगधन्दामा अग्रपङ्क्तिमा रहेका देशहरू अमेरिका र युरोपजस्ता औद्योगिक राष्ट्रहरूको हिस्सा ज्यादै धेरै छ । नेपालले क्योटो अभिसन्धिमा हस्ताक्षर गरेअनुरूप स्वच्छ विकास समन्वयअन्तर्गत स्वच्छ उर्जाको प्रयोगबाट नेपालले पछिल्लो समयमा केही लाभ हासिल गरेको छ । एक अध्ययन अनुसार नेपालले बायोग्यासलाई प्रौत्साहन गरेमात्र वर्षको ४५ लाख डलरसम्म कमाउनसक्ने सम्भावना देखिएको छ । नेपाल औपचारिक रूपमा जलवायु परिवर्तनसम्बन्धी क्योटौ अभिसन्धिको पक्ष राष्ट्र भएको छ । अर्कोतर्फ हरितगृह ग्यासको बढ्दो उत्सर्जनको कारणले बढ्दै गएको विश्व तापमानले उपभोग्य पानीको मुख्य स्रोतको रूपमा रहेका हिमशृङ्लाहरू पग्लिेन क्रममा रहेको र केही वर्षभित्रैमा पानीका मुहानहरू सुख्खा भूभागको रूपमा परिणत हुने खतरा रहेको मौसमले चेतावनी दिएका छन् । हिमपात, सुख्खा, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोप बढिरहेका छन् । तराईमा पाइने जीवजन्तु तथा कीटपतड्ढ पहाडतिर हिमालतिर पाइन थाल्नु चैतमा पाक्नुपर्ने काफल माघको अन्त्यमा नै पाक्नु, हिमाली क्षेत्रमा लामखुट्टे देखापर्नु, कृषि वागवानी केन्द्रमा हरेक वर्ष बाक्लै फल्ने स्याउ यसपटक फल्दै नफल्नु कृषि उत्पादन घट्नु, जैविक विविधतामा प्रभाव पर्नु, वनस्पतिका फूल तथा पालुवाहरू छिटो पलाउनु नेपालमा देखिन थालेका प्रारम्भिक असरहरू हुन् । विभिन्न चराको अण्डा पार्ने र कोरल्ने समय परिवर्तन हुँदै आएको छ कोरलिएका चराहरूमा समेत अनौठो गुण देखिने उत्परिवर्तनबाट अशक्त बन्ने तथा र उत्पादनमा आएका समस्याहरू पनि सिर्जित हुन थालेका छन् ।
नेपालका उच्च हिमाली क्षेत्रमा विश्व उष्णीकरणको कारणबाट बढी मात्रामा प्रभावित भएको एक अध्ययनले देखाएको छ । पछिल्लो एकसय वर्षमा विश्वको तापक्रम करिब ०.७५ डिग्री सेल्सियसले बढेको अनुमान विशेषज्ञहरूको छ भने नेपालमा वर्षेनी ००६ डिग्री सेन्टिग्रेडका दरले तापक्रममा वृद्धि भइरहेको बताइन्छ । उच्च हिमशृङ्खलामा रहेको हिउँ द्रूतगतिमा पग्लिरहेको विगतमा रहेका धेरै हिमनदी विलय भइसकेको र हिमताल विस्फोटनको जोखिम बढेर गएको तथ्याङ्कले देखाएको छ । एक तथ्याङ्कअनुसार नेपालमा पछिल्लो तीन दशकमा १ दशमलव ७ प्रतिशतभन्दा बढीले तापमानमा वृद्धि भएको छ । खुम्बु क्षेत्रका हिमनदी ३० देखि ६० मिटरको दरले घट्दै गएको छ भने धौलागिरी क्षेत्रको रिका हिमनदी प्रतिवर्ष १० मिटरले घटेको छ । जलवायु परिवर्तनको कारण नेपालमा चारवटा हिमताल जुनसुकै बेलामा फुल्नसक्ने खतरामा रहेका छन् भने उच्च हिमाली क्षेत्रमा पाइने हिउँचितुवा, हिमालयन थार, कस्तुरी मृग जस्ता वन्यजन्तुलाई बाँच्न समस्या भएको वातावरण विज्ञहरूले बताउँदै आएका छन् ।
जलवायुमा आएको परिवर्तनको कारण हावापानी, वासस्थान र आहारमा परिवर्तन ल्याउने भएकाले वन्यजन्तुलाई प्रत्यक्ष असर परिरहेको छ । जलवायु परिवर्तनका कारण पृथ्वी तातिदै जानेक्रम पनि बढेकाले नेपालका करिब ४० वटा हिमताल खतरामा परेका छन् भने तीमध्ये २६ वटा हिमताल फुट्ने अवस्थामै पुगिसेकका छन् । जलवायु परिवर्तनको कारण आजको जस्तो भौगोलिक अवस्था नरहने र सांस्कृतिक र प्राकृतिक स्रोतका कारण बनेको पहिचानसमेत गुम्नसक्ने वा परिवर्तन हुने सम्भावनाहरू विकाल रुपमा देखापर्ने थालेका छन् । हालैको एक अध्यायनमा अन्टार्कटिकामा हिउँ पग्लिने क्रम डरलाग्दो रुपमा बढिरहेको देखाएको छ । अर्काटिक महासागरमा हिउँ पग्लिने क्रम तिब्र हुँदै गएकाले अनेपेक्षित विपति आउनसक्ने सम्भावना रहेको सो अध्यानले देखाएको छ । जलवायु परिवर्तनको कारण तापमानमा आएको वृद्धिले थप सङ्केत उत्पन्न हुने निश्चित छ । हिमशृङ्खला पग्लने गति तीब्र भएको कारण आगामी ३० देखि ५० वर्षमा विश्वमा केही देश पनि बिहीन बन्ने खतरा छ । त्यसबाट विश्वका ७० प्रतिशत जनसङ्ख्या अत्यन्तै सम्वेदनशील अवस्थामा पुग्ने पुवानुमान बैज्ञानिकहरूले गरेका छन् । यसबाट बढी असरमा परेका नेपाल जस्ता गरिब राष्ट्रहरूले पनि सम्भावित सङ्केतका लागि अनुकूलत हुने उपायको खोजी गर्ने थालेका छन् । केही वर्ष पहिले जलवायु परिवर्तन मानव सिर्जित होइन भन्ने धनी राष्ट्रहरू पनि अब यसको अस्तित्वको स्वीकारोक्तिमा लागेका छन् । जलवायु परिवर्तनको बैज्ञानिक आँकलनलाई वेवास्ता गर्दै आएको अमेरिका पनि हालसालै दुई सामुदि्रक आँधी क्याटिनार रिटाको प्रकोपमा परेपछि जलवायु परिवर्तनलाई रोक्ने उपायहरूको अवलम्बन गर्नुपर्ने सम्बन्धमा व्यापकरूपमा प्रभावकारी उपायहरू अवलम्बन गर्दैछ । अतः जलवायु परिवर्तनको समस्याबाट पार पाउन आक्रामक रणनीति अपनाउनु आवश्यक छ ।
वातावरणसम्बन्धी कानुन निर्माण गर्ने तथा स्थानीय समुदायलाई सचेतीकरण अभियानमा परिचालन गर्ने आदि उपायहरू अपनाई समय छदै मानव निमित जलवायु परिवर्तनलाई पराजित गर्नु आवश्यक छ । दिन दुई गुना रात चार गुना आर्थिक उन्नति गरी क्षणिक लाभ हासिल गर्ने रणनीति चालेका धनी र सम्पन्न देशहरूले हरितगृह ग्याँस उत्सर्जनमा कटौती नगर्ने हो भने जलवायु परिवर्तनको नकारात्मक असर र प्रभाव बढ्दै जाने र यसले मानव समुदायको मात्र होइन, सम्पूर्ण प्राणी जगत्को अस्तित्वमाथि नैे चिन्ह खडा हुने पक्का छ ।

अदिवासीको पहिचान र विकृत विभाजन

त्रिभुवनचन्द्र वाग्ले
यस वर्षको विश्व आदिवासी दिवस (अगष्ट ९) मनाइसकेका छौं । परम्परा धान्न्ो क्रममा हामीले यस दिवसलाई निरन्तरता दिएका छौं । जातजातिका सवालमा अत्यन्त अनुदार विगतको नेपाल अहिले यस मामिलामा धेरै उदार भएको छ । यत्तिसम्म कि नेपालको साशकीय संरचना जातीय आधारमा विभाजन गर्नुपर्दछ भन्ने माग पनि स्वाभाविकजस्तो लाग्नथालेको छ । प्रजातन्त्रमा हुने "विचारको विविधता"सँग यसलाई साक्षात/सान्दर्भिक गरेर हेर्दा पञ्चायती नेपालभन्दा प्रजातान्त्रिक नेपाल जातीयताको सवालमा उदार देखिन्छ, यो प्रजातन्त्रको सुन्दर पक्ष हो । संयुक्त राष्ट्र सङ्घले अक्टोवर ९ लाई विश्व आदिवासी दिवस, सन् १९९३ लाई विश्व आदिवासी वर्ष र सन् १९९५ देखि २००४ लाई विश्व आदिवासी दशक -पहिलो) मनाउने घोषणा गरेको थियो । त्यसपछि पनि विश्वका आदिवासीका सन्दर्भमा धेरैकाम गर्न बाँकी रहेको महसुस गरी पहिलो दशकमा विश्व आदिवासीका पक्षमा अपेक्षित काम हुन नसकेपछि संयुक्त राष्ट्र सङ्घले सन् २००५ देखि २०१४ सम्मलाई दोस्रो आदिवासी दशक घोषणा गरेको छ । यसबीच हामीले दोस्रो दशकको पनि झण्डै आधा अवधि समाप्त गरिसकेका छांै । पर्किएर हेर्दा, दुई दशकको यो अवधिसम्म आइपुग्दा हामीले खासै उपलब्धि गर्न सकेका छैनौं । राजनीतिक उपलब्धिका रूपमा जनप्रतिनिधि र नीति निर्माण/कार्यान्वयन क्षेत्रमा आदिवासीको सहभागिता बढाइएको छ, तर त्यसले आमनेपाली आदिवासी जनजातिको सामाजिक-आर्थिक विकासमा यी दशक उपलब्धिमूलक देखिनसकेका छैनन् । त्यसो त, यस अवधिमा नेपाली आदिवासी जनजातिका पक्षमा अन्तर्राष्ट्रिय सोच र स्रोत परिचालन भएका छन् । धरै परियोजनाहरू भित्रिएका छन् । नेपाली आदिवासी जनजातिका पक्षमा कतिपय यहाँका स्वयम् आदिवासी जनजातिभन्दा पनि विदेशीहरू बढी "चिन्तित" छन् । यसलाई अर्कै सन्दर्भमा वेलीविस्तार गर्न सकिन्छ ।
विश्वमा बर्चस्व जमाएका र जमाउन चाहने कतिपय मुलुकहरूअहिले चन्द्रमामा पुगेर त्यसको स्व्ाामित्व कायम गर्न उद्यत रहेकाबेला हामीहरू भने मानिसको पहिचानमा व्यस्त छौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन अनुसार ५९ जातिलाई आदिवासी/जनजाति, स्थानीय विकास मन्त्रालय र राष्ट्रिय दलित आयोगको निर्णय अनुसार क्रमशः १९ र २३ जातलाई दलित, २०६५ माघ २१ गतेको मन्त्रिपरिषद् निर्णयले ९२ जातिलाई मधेशी भनेको र पिछडा वर्ग र सरकारबीचको सहमति अनुसार झण्डै ४० जातिलाई पिछडा वर्ग भनिएको छ । त्यतिले नपुगेर तराईका दलितको पहिचानको आवश्यकता महसुस गरिएको छ भने आदिवासी/जनजातिको सूची अधुरो रहेको भन्दै त्यसको पुनः सूचीकरण गर्न समिति क्रियाशील छ । एउटै जातिलाई पनि वासस्थान, भाषिक वा अन्य सामाजिक साँस्कृृतिक भिन्नता भएकै कारण अर्को जाति भनी विभाजित गरिएको छ । पहिचानका लागि हामीले आफूलाई विभाजन र सूचीकरण गर्‍यौं । यसलाई "पहिचानको अधिकार" भनेर परिभाषित गर्न सकिन्छ । तर एउटा उदाहरणमार्फत यो पहिचानको अधिकारलाई बुझ्ने प्रयास गरौं-विशेषगरी पूर्वी तराई बस्ने सतार/सन्थाललाई प्रतिष्ठानको ऐन २०५८ले आदिवासी जनजाति, स्थानीय विकास मन्त्रालयको २०५४ चैत २८ को निर्णयले दलित, २०६५ माघ २१ गतेको मन्त्रिपरिषद् निर्णयले मधेशी र पिछडा वर्ग र सरकारबीचको सहमतिअनुसार पिछडा वर्ग भनेको छ । यस्तो अवस्थामा पहिचानको अधिकारको दुरुपयोग भयो कि
सदुपयोग ? फेरि अर्को कुरा, झापातिर बस्ने सतार/सन्थाललाई आफूलाई यसरी आदिवासी/जनजाति, दलित, मधेशी वा पिछडा वर्ग भनी गरिएको विभाजन थाह छ/छैन वा त्यो विभाजनमा सहमति छ/छैन भनेर कसले परीक्षण गर्ने हो ? आन्दोलनकारीसँग सिंहदरवारमा बरेर जसलाई जुन समुदायमा पनि सूचीकरण गर्ने अधिकार कसले कसरी पाएको हो ? यसको छिनोफानो हुनु पनि त्यति कै आवश्यक देखिएको छ । यो विकृत र अवैज्ञानिक विभाजनले विवाद र विनाश निम्त्याउने सङ्केत देखिएको छ । एकवर्ष पनि भएको छैन, सिंहदरवारीयाहरूले थारूहरूलाई पनि मधेशी भनी "मधेशीमा" सूचीकरण गरिएपछि थारूहरूले त्यसविरुद्ध आन्दोलन छेड्नु परेको । यतिले नपुगेर अहिले विना वैज्ञानिक अध्ययन सीमान्तकृत, अल्पसङ्ख्यक, किनारामा पारिएका वर्ग भनेर नयाँ नयाँ विभाजन गरिएको छ ।
राज्यले जातीय वा समुदायका आधारमा विशेष सुविधाहरू उपलब्ध गराउने भएपछि पृथकपृथक जातीय वा समुदायका रूपमा सूचीकृत हुने एक किसिमको होड नै चलेको छ । यस प्रवृत्तिबाट अन्तत्वोगत्वा सामाजिकरूपबाट हरेक जातीय वा समुदाय एकबाट अर्कोमा परिवर्तित/विस्थापित हुने सम्भावना बढेको छ भने, राजनीतिकरूपमा जातीय राजनीतिले प्रश्रय पाई दलीय राजनीति कमजोर हुने सम्भावना देखिएको छ । दलीय राजनीति कमजोर हुनु भनेको वैचारिक प्रतिस्पर्धाको राजनीति कमजोर भई क्षेत्रीय, जातीय, सामुदायी राजनीति प्रवल हुनु हो । वर्तमान आमनेपालीको राजनीतिक चेतनाको स्तर, क्षमता र जानपहिचानले क्षेत्रीय, जातीय, सामुदायिक राजनीतिलाई सहीबाटो दिन सक्नेछ भन्ने विश्वास लिन सकिने अवस्था छैन ।
जातीय सूचीकरण आफैमा समस्या होइन । यसलाई आधार मानेर राज्यले सुविधा दिनु नै ठूलो समस्या हो । आगामी दिनमा यसले जाति वा थर जुक्याएर त्यस्तो सुविधा लिन र जातीय विद्रोहसम्म राज्यलाई डोहर्‍याउने देखिन्छ । भारतमा धेरै र नेपालमा विगतमा एकाध गैरव्यक्तिले दलित हुँ भनी छात्रर्वति लिने प्रयास गरेका थिए । त्यसैले सुविधाका लागि नयाँ जाति वा समुदायमा सूचीकृत हुने समस्याको उपचारका लागि हामीले तत्कालै गरिबी र सम्पन्नताका आधारमा राज्यको सुविधा वितरण गर्नु ढिला भइसकेको छ । यसका लागि हामीले मानव विकास सूचकाङ्कलाई आधार मान्नै पर्दछ । सुरुका दिनमा यस्तो सूचकाङ्कलाई जातीय आधारमा तयार गर्न सकिन्छ । तर यस्तो सूचकाङ्कले पूर्ण न्याय दिन नसक्ने भएकाले धरै तयारीपछि पारिवारिक मानव विकास सूचकाङ्क बनाई "गरिबलाई प्राथमिकता" दिन सकिन्छ । यसले जातीय प्रतिशोधको अन्त्य गर्न सकिन्छ ।
यसको सुरुवात तत्कालीन सूर्यबहादुर थापा नेतृत्वको सरकारले गरेको थियो । तत्कालीन मन्त्रिपरिषरको २०६० पुस १७ गते महिला, आदिवासी, जनजाति मधेशी तथा दलित समुदायको लागि विविध क्षेत्रमा आरक्षणको व्यवस्था लागू गर्नको लागि सुझाव समिति गठन गरेको थियो । सो समितिलाई मानव विकासको एकीकृत सूचकाङ्कलाई आधार मानी
जनसङ्ख्याको अनुपातमा राष्ट्रिय औसत नभएसम्म निश्चित अवधिका लागि आदिवासी, जनजाति र दलित समुदायका लागि जनप्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, प्रशासकीय सेवा र रोजगारी लगायतका क्षेत्रमा आरक्षणको विशेष व्यवस्था गर्न आवश्यक सुझाव दिने दायित्व दिइएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशचनद्र लोहनीको संयोजकत्वमा गठित सो समितिले यसैका आधारमा विभिन्न ४७ जातजातिको विकासको एकीकृत सूचकाङ्क तयार गरेको पनि थियो । तर त्यस समितिले काम गर्न नपाउदै भएका सरकार र राजनीतिक परिवर्तनले थप काम बन्न सकेन । अवका दिनमा यतातिर ध्यान दिन आवश्यक छ ।

शेर्पाहरू 'शेर्पा' होइनन् 'शरब' हुन्

श्याम सुन्दर शेर्पा
शेर्पालाई शेर्पा भाषामा अहिले पनि 'शरब' भनिन्छ । भारतीय उपमहाद्वीपमा अहिलेसम्म प्राप्त भएका सम्पूर्ण ऐतिहासिक महìवका साहित्यिक -भाषिक), पुराताìिवक, सांस्कृतिक, भौगोलिक आदि स्रोतको अध्ययन तथा विश्लेषणबाट पनि शेर्पा भाषामा 'शरब' भनिने शेर्पालाई आदिम कालदेखि नै
'शरब' भन्ने गरेका रहेछन् भन्ने तथ्यको पुष्टि हुन्छ । यस तथ्यलाई पुष्टि गरेर शेर्पा भाषाको यही 'शरब' भन्ने शब्दलाई थोरै मात्र अपभ्रंश गरेर "दानव" भन्ने अर्थमा 'शरव' भनी ऋग्वेदको दशौं मण्डलको १२५ सूक्तको छैठौं मन्त्रमा यस उपमहाद्वीपका मूलवासी आद्य-आग्नेयी अनार्यलाई "शरवे -शरूं हिंसकं)" भनिएको पाइनुका साथै शेर्पा भाषाको यही 'शरब' भन्ने शब्दलाई अपभ्रंशको रूपमा फेरि 'शवर' भनी प्रयोग गरेर ऋग्वेदकै मूल ग्रन्थ ऐतरेय ब्राहृमण -३३ अ. ६. पृ. नं. ८५६)मा "शवराः" भनेको पाइन्छ । यसका साथै, यस तथ्यलाई पुष्टि गरेर नै चीनको स्वशासित क्षेत्र तिब्बत -भोट)का तिब्बती -भोटे)ले पनि शेर्पालाई सम्मान गरेर सम्बोधन गर्नु पर्दा बुद्ध भगवानका समकालीन जातिका मानिस भनी 'शर-ब' भन्ने गरेका देखिन्छन् तर यिनीहरूले यी शेर्पालाई भारतको वैशालीको वज्जीबाट करिब ३८९ ईश्वीतिर नेपालमा आएका लिच्छवी आर्यलाई 'बाजेहरू' भन्नुका साथै 'बज्जेहरू' समेत भन्ने गरे जस्तै अपमान गर्नु पर्दा व्यभिचारी भन्नुका साथै उदाउँदै गरेको नयाँ जातिका मानिस भनी 'शर-पो', 'शर-प' भन्ने गरेका देखिन्छन् । यसबाट शेर्पाको अहिले चलनचल्तीमा रहेको 'शेर्पा' भन्ने विशेषण यही 'शर-प' भन्ने तिब्बती -भोटे) शब्दबाट 'शर-पा' तथा 'शरपा' हुँदै 'शेर्पा' हुन गएको तथ्य प्रमाणित भएको देखिन्छ । तेञ्जिङ नोर्गे शेर्पा तथा एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वप्रथम सफल आरोहण गरेर विश्वको इतिहासमा कीर्तिमान कायम गरेको ईश्वी संवत् १९५३ को मे २९ को दिनदेखि त शेर्पाको यो 'शेर्पा' भन्ने अपमानजनक विशेषणले विश्वव्यापी भएर 'शरब' भन्ने सम्मानजनक विशेषणलाई छायाँमा पारेको देखिन्छ । त्यसपछि, शेर्पा-शास्त्री क्रिस्टोप\m वोेन् फुरर्-हैमेन्डर्फका साथै नेपालका विश्वविख्यात समाज-शास्त्री तथा मानव-शास्त्री डोरबहादुर विष्टलगायतका अहिलेसम्मका सम्पूर्ण देशी तथा विदेशी विद्वानले शेर्पालाई अज्ञानताको दलदलमा फसेर बाह्रौं शताब्दीतिर चीनको उत्तरी प्रदेशमा घुमन्ते जीवन व्यतित गर्ने चीनी-मङ्गोलमूलका भोट-बर्मेली परिवारका भोटे -तिब्बती) जातिका जनजातिका रूपमा चित्रण गरेर 'शेर्पा' नै भनेका देखिन्छन् ।
उपर्युक्त विवरणका अतिरिक्त, संस्कृत भाषामा 'शवर' भन्ने शब्दले अनार्य जातिलाई बुझाएको देखिनुका साथै तिब्बती भाषामा यसैबाट अपभ्रंश भएको 'शवरी'भन्ने शब्दको अर्थ पनि "शिकारी जाति" हुन गएको देखिन्छ । यसबाट 'शरब' भन्ने जातीय विशेषण भएका शिकारी जातिका आग्नेयीमूलका यी शेर्पा यस उपमहाद्वीपको उत्तरमा सिन्धु तथा नेपाली सभ्यताको सिर्जनाकार हुन् र चीनी-मङ्गोलमूलका भोट-बर्मेली परिवारका भोटे -तिब्बती) जातिका जनजाति होइनन् भनेर प्रमाणित हुन्छन् । यस तथ्यलाई यो 'शरब' भन्ने शब्दले पनि शेर्पा भाषाकै 'श -मासु', 'र -बाख्र्रा) तथा 'ब/बस्तु -बस्तुभाउ)' भन्ने शब्दको संयोजन गरेर "बाख्राहरूका साथै वस्तुभाउको मासु खानेहरू" भनी अर्थिएर शिकारी युगको परम्पराको अर्थबोध गरेको देखिएबाट पनि पुष्टि गर्न सकिन्छ । त्यसै गरेर, शेर्पाको विशेषणको रूपमा रहेको 'शरब' भन्ने शब्द एक्लैले शेर्पा भाषामा "घाम लाग्ने ठाउँमा बस्नेवाला/पूर्वमा बस्नेवाला/पूर्वीय/पूर्वेली" भनी अर्थिएको देखिन्छ । त्यसैले शेर्पा भाषाको यो 'शरब' भन्ने शब्द शेर्पा भाषाका 'शर -घाम लाग्ने ठाउँ/पूर्व)' तथा 'ब/बा -वाला/मालिक)' भन्ने शब्दको संयोजन गरेर 'शर-ब' भन्ने शब्दको निर्माण हुन गई त्यसको पनि "घाम लाग्ने ठाउँको मालिक/पूर्वमा बस्नेवाला/पूर्वीय/पूर्वेली" भन्ने अर्थ हुन गएको देखिन्छ । त्यसैले ढुङ्गे-धातु युगको दोस्रो सहस्राब्दीको पन्ध्रौं शताब्दी ईश्वी पूवदेखि दक्षिण-पूर्वी युरोपको ककेशस पहाडबाट यस उप-महाद्वीपमा बसाइँ सरेर आएका ककेसियालीमूलका भारोपेली -भारतीय भएका युरोपेली) ऋग्वैदिक आर्यले ऋग्वेदको द्वितीय मण्डलको १४ औं सूक्तको छैठौं मन्त्रमा यस उपमहाद्वीपका मूलवासी आद्य-आग्नेयी अनार्यलाई ककेशस पहाडको पूर्वमा बस्ने सनातनी पूर्वीय भनेर 'शम्बर' भनी दानवको रूपमा चित्रण गरी सोम-रस जस्ता मादक पदार्थको महिमा गाएर "शम्बरस्य पुरो बिभेदाश्मनेव पूर्वीः" भनेर उल्लेख गरेको पाइन्छ । यसबाट यस उपमहाद्वीपका मूलवासी आद्य-आग्नेयी अनार्य वर्तमान समयका शेर्पा आदिवासीका पूर्वज हुन् र तिनीहरूले नै प्राचीन तथा नवीन ढुङ्गे-युगहुँदै ढुङ्गे-धातु युगमा प्रवेश गरी यस उपमहाद्वीपका उत्तरका सिन्धु तथा नेपाली सभ्यताको सिर्जना गरेका थिए भन्ने तथ्य प्रमाणित हुन्छ । वास्तवमा, शम्बर भनेका आग्नेयीमूलका शेर्पा आदिवासीका कुलदेवता हुन् भन्ने तथ्यलाई शेर्पाले अहिले पनि शेर्पा भाषामा "गोम्ब/गोम्बा" भनिने गुम्बाहरू तथा घरका पूजाकोठाका शेर्पा भाषामा 'क्षोठी' भनिने अलमारीमा "दोर्ची-शम्ब" समेत भनिने शम्बरका मूर्तिलाई सजाउनुका साथै शेर्पाका धार्मिक आस्थाको केन्द्र काठमाडौँको बौद्धनाथ स्तूपका पञ्चमेधीमध्येको पहिलो मेधीका १०८ खोपामा विभिन्न किसिमका शक्तिसहितका शेर्पाका कुलदेवता दार्ची- शम्बर -दोर्ची-शम्ब)का मूर्तिलाई नै बढी मात्रामा स्थापित गरिएका देखिएबाट वस्तुगत रूपमा पुष्टि गर्न सकिन्छ । यसका साथै, यस तथ्यलाई सिन्धु उपत्यकाको मोहनजोदरोमा प्राप्त भएको साँढेको शिरपोश -श्रीपेच) लगाएर बायाँ हातमा धनु र दायाँ हातमा तीर बोकी रूखका पातले सजाएको पोसाकमा सजिएर पश्चिमतिर हेर्दै आदिम अनार्य शेर्पा आदिवासी पूर्वेली भएको तथ्यलाई सङ्केत गर्दै पूर्वतिर दौडिरहेको एक शिकारी रूपको वृषशम्बरका साथै पशुका पति/मालिक अर्थात पशुपति भनेका अगलबगलमा सुसारेका रूपमा बाघ, हात्ती, गैंडा तथा महिष -भैंसी) आदि पशुलाई तैनाथ गरी बीचमा नाङ्गै ध्यानमग्न भई लिङ्ग देखाई विराजमान हुने राँगाका शिरपोश धारण गरेका शेर्पाका कुलदेवता महिषशम्बर नै हुन् भन्ने तथ्यलाई प्रस्तुत गर्ने महिषशम्बरको आकृति अङ्कित पाको-माटोको मुद्राबाट प्रमाणित गर्न सकिन्छ । त्यति मात्र होइन, यस तथ्यलाई सिन्धु उपत्यकाकै पुरातात्त्विक उत्खनन् हँुँदा मोहनजोदरोमा नै प्राप्त भएकोे लिङ्गोेपासनाको अर्थबोध गराउने नाक नछेडिएको नेप्टे नाकमा यस उपमहाद्वीपका वर्तमान समयका शेर्पा महिलाले जस्तै गरी कुन्ौ किसिमको गहना नै नलगाएकी तर गलामा र हातमा भने शेर्पा महिलाले जस्तै गरी हातमा चुरा तथा गला भरि छाती नै छपक्कै ढाक्ने गरी अनेक किसिमका बुट्टेदार चन्द्रहार, शेर्पा भाषामा 'कउ/सुटुक्' भनिने जन्तरका साथै शेर्पा भाषामा 'जी' तथा 'शी' भनिने पत्थरका तिलौरीका आकारका साथै गोला तथा चेप्टा आकारका विभिन्न रंगका बुट्टेदार माला जस्ता गहना टन्न लगाईर् कम्मरमा हात लगाएर नाङ्गै नाच्दै गरेकी शेर्पा महिलाको प्रतिनिधित्व गर्ने एक शम्बर-शक्तिको ढुङ्गे-धातु युगको काँसको मूर्ति आदिबाट समेत सहजरूपमा प्रमाणित गर्न सकिन्छ । त्यसैले ऋग्वैदिककालमा आर्यले यस उपमहाद्वीपका मूलवासी अनार्य शेर्पा आदिवासीलाई लिङ्गोपासनाका प्रतिमूर्ति शिव -पशुपतिनाथ)का पुजारी भएकै कारण "लिङ्गपूजक" भन्ने अर्थ जनाई ऋग्वेदको सातौं मण्डलको एक्काइसौं सूक्तको पाँचौं मन्त्रमा "शिश्नदेवा" भनेका देखिन्छन् । तैपनि शेर्पाको विशेषणको रूपमा रहेको 'शरब' भन्ने शब्दले शिकारी युगको परम्पराको माथि अर्थबोध गरे जस्तैगरी शेर्पाले आˆना जन्मदेखि मृत्युसम्मका सम्पूर्ण सांस्कारिक कार्यक्रममा भाङ-धतुरो खाएर मस्तभई पार्वतीसँग ताण्डवनृत्य गर्ने शिवजस्तै भएर अनिवार्यरूपमा सुँगुर, राँगा, गोरू आदिको मासुको साथमा शेर्पा भाषामा 'छ्याङ' भनिने जाँडको प्रयोग गरेर आफ्ना पुरोहितमार्फत शेर्पा भाषामा 'क्षो' भनिने बौद्ध धर्मग्रन्थबाट "शिवदाङ । क्षोदाङ टशी फेल्वर जद्दुसोल" भन्नुका साथै "ॐ शरब तथागत अवलोकिते शम्बर शम्बर हूँ", "ॐ सोम भवशुद्ध शरब धर्मशुद्ध हाङ्" आदि भनेर पूजा-आजा गरेपछि जाँड खाएर मस्तभई स्त्री र पुरुषको जोडी मिलाई रमाइलो गरेर परापूर्व कालदेखि कदम चालेर विभिन्न अवसरमा नाँच्नु पर्ने 'शरबु' भनिने शेर्पा-नाँच अहिले पनि नाँचेका देखिन्छन् तर अहिले तिब्बती प्रभावमा परेका सोलखुम्बु, रामेछाप, दोलखा आदि भूभागका शेर्पा जातिका केही मानिसले 'शरबु' भन्नुको साटो 'शरपु' भन्ने शब्दको पनि अपभ्रंशको रूपमा 'स्याप्रु' भन्ने गरेका देखिन्छन् । यसबाट शेर्पालाई आदिमकालदेखि अहिलेसम्म शेर्पा भाषामा 'शरब' भन्ने गरेको गौरवमय परम्परा रहेको शेर्पाको सभ्यता र संस्कृतिको इतिहासलाई विर्सेर 'शरबु' भन्ने शब्दको मौलिक रूप पनि 'शरप' भन्ने तिब्बती शब्द नभई शेर्पा भाषाको 'शरब' भन्ने शब्द नै हो भन्ने वास्तविक तथ्यलाई पनि अबका शेर्पाले बिर्सिंदै गइरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ । यसो हुनु सिङ्गो शेर्पा जातिका मानिसका लागि दुर्भाग्यको कुरा हो । किनभने, आदिम कालदेखि अहिलेसम्म प्रचलनमा रहिआएको यही शेर्पा भाषाको 'शरब' भन्ने शेर्पाको जातीय मौलिक विशेषणबाट नै नेपालको मात्र होइन सिङ्गो भारतीय उपमहाद्वीपको आदिवासी -मूलवासी) भनेकै यस उपमहाद्वीपको उत्तरमा सिन्धु तथा नेपाली सभ्यताको सिर्जना गर्ने आग्नेयीमूलका शेर्पा नै हुन् भनेर प्रमाणित भएका देखिन्छन् । यस तथ्यलाई यस जातिको राष्ट्रियस्तरको जातिय संस्थाको नाम पनि यही 'शरब' भन्ने शब्दलाई जोडेर "यम्बु शरब च्यिछोग" भनिएको देखिएबाट पुष्टि गर्न सकिन्छ । त्यत्ति मात्र होइन, शेर्पा जातिका मानिसका सबै किसिमका जातीय सङ्घसंस्थालगायतका सम्पूर्ण कुुराको प्रसङ्गमा शेर्पा जातिका मानिस, शेर्पा जातिका मानिसका, शेर्पा जातिका मानिसलाई, परापूर्व कालदेखि कदम चालेर विभिन्न अवसरमा नाँच्नु पर्ने शेर्पा नाँच इत्याादि भनी अर्थबोध गर्नु परेको खण्डमा पनि क्रमशः 'शरबतिब,' 'शरबतिबी,' 'शरबतिबला,' 'शरबु' इत्याादि भन्ने प्रचलन अद्यापि रहिरहेको देखिएबाट पनि यस तथ्यको पुष्टि गर्न सकिन्छ ।
त्यसैले अबका शेर्पाले अहिले चलन-चल्तीमा रहेको 'शेर्पा' भन्ने विशेषणलाई प्रयोग गर्नुबाट वञ्चित गरेर आदिमकालदेखि शेर्पालाई शेर्पा भाषामा भनिएको 'शरब' भन्ने सम्मानजनक मौलिक विशेषणलाई नै चलनचल्तीमा ल्याउनु अति आवश्यक देखिन्छ ।

बीमाबारे बुझ्नैपर्ने केही तथ्य

रमेशराज भट्टराई
केही पाउन केही त्याग्नुपर्छ, यो ध्रुव सत्य कुरो हो । तर कहिले कहीँ भने त्यागेर पनि कुनै कुरा पाउन सम्भव हुँदैन । यस तथ्यलाई मानवको अज्ञानता, असमझदारी र सानातिना कुरामा बढी लालच देखाउने मानवीय स्वभावको प्रतिफल हो भन्नु अत्युक्ति नहोला । यो प्रसङ्गलाई एक्काइसौँ शताब्दीमा रहेको आजको विश्वमा बीमा क्षेत्र र यसको प्रयोगसँग जोड्नु अझै सान्दर्भिक र तात्विक ठहर्दछ ।
बीमा त्यस्तो अभिप्रायसँग सम्बन्धित छ जहाँ व्यक्ति निश्चित रकम भुक्तानी गरी भविष्यमा आइपर्नसक्ने घटनाका कारणबाट हुने आर्थिक हानी-नोक्सानीबाट सहजै जोगिन सक्षम र सफल हुन्छ । आˆनो भविष्यलाई उज्ज्वल र सुखमय बनाउन व्यक्ति तब सार्थक हुन्छ जब उसले बीमाको मर्म बुझेको हुन्छ र त्यसमा हरेक अङ्ग-प्रत्यङ्ग लाई पूर्ण जानकारीका साथ अध्ययन गरी बीमाशुल्क भुक्तानी गर्दछ । अन्यथा केवल, लोभलालच जस्तो विकृतिपूर्ण उद्देश्यले बीमा भए गरेको छ भने क्षति भएको अवस्थामा दाबी भुक्तानी नपाई त्यसको नतिजाले व्यक्ति र परिवारको जीवनमा कहाली लाग्दो, निरस आर्थिक अवस्था ल्याउँदछ ।
बीमाको सर्व स्वीकृत प्राथमिक पक्ष हो, भविष्यमा हुनसक्ने आर्थिक नोक्सानीबाट पीडित पक्षको संरक्षण गर्नु । बीमाले दुर्घटना, चोरी, डकैती, आगलागी, भूकम्प, बाढी पहिरो र यस्तै प्रकारका अन्य अपि्रय घटनालाई रोक्न सक्दैन, तर दुर्घटनाका कारणबाट पीडित पक्षमाथि पर्ने आर्थिक क्षतिपूर्ति गरी संरक्षण प्रदान गर्दछ । यहाँ एउटा अति नै घतलाग्दो प्रश्न खडा हुन्छ, के बीमा बापत तिर्नुपर्ने वास्तविक बीमा शुल्क रकममा मोलतोल गरी कम बीमाशुल्क रकम बीमकलाई बुझाई बीमा गर्दा बीमितले बीमकबाट बीमा सुरक्षण प्राप्त गरी ठूला आर्थिक हानी नोक्सानीको संरक्षण पाउँछन् ? अहँ, कदापि हुनसक्दैन । बीमकले बीमितबाट के, कति र के, कस्ता सम्पत्तिको बीमा कुन दुर्घटनालाई बहन गर्नेमा के, कति वास्तविक रकम बीमितबाट लिनु वा तिर्नुपर्छ भन्ने सम्बन्धमा निश्चित शर्त सुविधा आदिको पालन गर्नु बीमक तथा बीमित दुवैको प्रमुख कर्तब्य हो । त्यस आधारमा नै बीमा जन उपयोगी र सार्थक बन्ने निर्विवाद छ ।
बीमाक्षेत्रमा बीमा शुल्क उठाउने सम्बन्धमा बीमादर कायम भएका र बीमादर कायम नभएका भिन्न भिन्न प्रकारका बीमा व्यवसाय सञ्चालन हुने गरेको छ । जुन बीमा व्यवसायको जुन किसिममा बीमादर लागू भएको हुन्छ, त्यसै अनुसार दिइने बीमा सुरक्षणको आधारमा बीमा शुल्क उठाउनेबारे स्पष्ट किटान गरेको हुन्छ । त्यसैगरी बीमादर किटान नभएका बीमा व्यवसायको किसिममा भने बीमा कम्पनीको विगतको दावीको अनुभव र उसको पुनर्बीमा सुरक्षणको आधार र दक्षताअनुरूप निर्भर भएको दर कायम हुन्छ अर्थात् त्यस्तो बीमा व्यवसायमा बीमा कम्पनीले आफूले दिने सुविधा र उठाउने बीमा शुल्क रकम ग्राहक र बीमा कम्पनी दुईबीचको समझदारीमा व्यवसायिक दक्षताका आधारमा किटान हुने गरेको पाइन्छ ।
अब रहृयो कुरो बीमादरमा घटाघटको सिद्धान्त । बीमादर किटान भएको बीमा व्यवसायको किसिममा ग्राहकहरूले आफूले आˆनो सम्पत्तिको वास्तविक मूल्यमा के कस्तो खालको जोखिमहरू समावेश गर्ने गरी बीमा गर्न चाहेको हो सोहीअनुरूप स्पष्ट भई उपयुक्त बीमादर तिरी अनुसार बीमा गर्नु अनिवार्य हुन्छ । बीमादरले किटान गरेभन्दा बढी बीमा शुल्क रकम भुक्तानी गर्दैमा दावीको बखत तोकिएभन्दा बढी दावी रकम प्राप्त गर्न सकिँदैन भने अर्कोतर्फ बीमादरले किटान गरेको दररेटभन्दा घटाघट गरी कम बीमा शुल्क भुक्तानी गर्दा त्यस्तो अवस्थामा दावी पर्दा पनि आफूले सोचेजस्तो सम्भावित दुर्घटनाहरूबाट जोगिन जोखिमको सुरक्षण नभई बीमा गरेअनुसार दावी पाउन पूर्णरूपमा असक्षम नै हुन्छ । यस्तो अवस्थामा अति से अति न्यून आर्थिक नोक्सानीको मात्र दावी भुक्तानी मिल्ने हुन्छ वा हुने नहुन पनि सक्छ ।
बीमाको महìवबारे साधारण व्यक्ति विशेष मात्र नभई खासगरी ऋण सुविधा प्राप्त गरी उद्योग सञ्चालन गर्ने उद्योगपति समेत यसबारे अनभिज्ञ छन् । जसले गर्दा उनीहरू बीमा शुल्क कम तिर्नलालायित हुन्छन् । कुनै पनि उद्योगपतिले ऋण लिँदाको अवस्थामा धितोमा राखेको त्यस्तो सम्पत्तिको पूरा मूल्य बराबरको बीमाङ्क कायम गर्न चाहँदैन, उसलाई थाहा हुँदैन यसको नकारात्मक असर उसमाथि कति पर्छ भनेर । यस्तो अवस्था र परिस्थितिले सम्पूर्ण आर्थिक क्षेत्र नै अस्तव्यस्त बनाउनुका साथै अस्थिर तुल्याइदिन्छ । किनकि धितो राखेको सम्पत्तिको वास्तविक मूल्यमा बीमा नगराई मात्र ऋण रकम बराबरमा बीमा गर्ने प्रचलनबाट त्यस्तो सम्पत्ति क्षति भई आर्थिक हानि नोक्सानी भएको अवस्थामा वास्तविक रकमभन्दा ज्यादै न्यून रकम मात्र क्षतिपूर्तिवापत रकम प्राप्त हुने हुन्छ । जसको कारण बीमाको परिलक्षित उद्देश्य प्राप्ति हुँदैन । बीमाको सैद्धान्तिक पक्षका ज्ञानको अभावको कारण बीमा क्षेत्रमा बीमा शुल्क घटी तिरी बीमा गर्ने गराउने कार्यले प्रश्रय पाउने निर्विवाद छ । यसको सहायकको रूपमा साच्चै भन्ने हो भने बीमाबारे केही जानकारी हासिल गरेका व्यापारी, उद्योगपति आदिलाई अग्रपङ्क्तिमा गणना गर्नुपर्ने हुन्छ । त्यसकारण सम्पत्तिको वास्तविक मूल्यमा बीमा गराउनु नै बुद्धिमानी ठहर्दछ ।
बीमाको सर्वमान्य पक्ष हो सम्भाव्य हानी परेको बखत त्यस्तो आर्थिक क्षतिको बीमा दावी भुक्तानी पाउने उद्देश्य । यसको मतलब हो बीमा गर्ने र गराउने दुवैपक्ष विश्वासिला र भरपर्दा हुनु अनिवार्य छ । एकले अर्को पक्षलाई सबै कुरा खुलस्त र दुरुस्त बताउनुपर्छ र आ-आफूले दिन र लिन चाहेका सुविधा बारे स्पष्ट हुनु अनिवार्य छ । यसको अलावा एक अर्कोमा एक अर्कालाई काट्ने, केवल व्यवसाय मात्र हातमा लगाउने, सुविधा र सेवा पुर्‍याउन नचाहने आदि यावत् कुरा बुझ्न र बुझाउन नचाहने तथा सही र तथ्य कुरा नखोल्ने जस्ता व्यवहार बीमक र बीमितबीच विद्यमान रही रहने हो भने बीमा व्यवसायले उज्ज्व र उन्नत भविष्यको सिर्जना गर्ने नभई अपूरो र अन्यौलको भविष्यको गोरेटो कोर्दछ र कहालिलाग्दो र भयावह आर्थिक अवस्थाबाट गुजि्रन बीमक, बीमित र सिङ्गो अर्थ व्यवस्था नै बाध्य हुन जाने देखिन्छ । परिणामस्वरूप बीमाको परिलक्षित उद्देश्यलाई अपव्याख्या गरी बीम्ाा व्यवसायलाई नै बदनाम गराउने खालका टीका टिप्पणी नहोलान् भन्न सकिदैन । यसर्थ, बीमा गर्दा वास्तविक मूल्यमा बीमा गर्ने गराउनेतर्फ बीमा व्यवसायी र बीमा ग्राही दुवै सचेत हुनुपर्ने आवश्यकता विद्यमान छ ।

जलवायु परिवर्तनको असर

भक्तबहादुर थापा
मानव र प्रकृतिबीच गहिरो सम्बन्ध रहन्छ । प्राकृतिक प्रणालीभित्र जीवको अस्तित्वको खोजी गर्नुपर्दा विभिन्न चरण पार गर्दै मानव जातिको विकास भएको विभिन्न अध्ययन, अनुसन्धान तथा त्यसभित्रका ऐतिहासिक तथ्यहरूले प्रष्ट पार्दछ । पृथ्वीभित्रको प्राकृतिक संरचनाका कुरा उठाउँदा माटो, हावा, पानी, आकाश तथा आगो जस्ता पञ्चतत्वको अस्तित्व रहन्छ । मानव शरीर पनि यही पञ्चतत्वले भरपुर र परस्पर सम्बन्धका कारण पूर्ण शरीरको रूप बनेको छ । यिनै पञ्चतत्वभित्र कुनै किसिमको नकारात्मक असर परेमा मानव शरीर पनि स्वतः प्रभावित हुन्छ । यही प्रसङ्गभित्र प्राकृतिक वातावरणमा कुनै किसिमको खलल् आएमा मानव शरीरमा पनि असर पर्न गई अस्वस्थ र रोगी बन्न थाल्दछ । अहिले प्रकृतिभित्र यस्तै अस्वाभाविक रूपमा खलल् आएको छ । प्राकृतिक वातावरणमा परेको असरले प्रदूषण बढ्न गई पञ्चतत्वलाई प्रभावित तुल्याउँदा मानव स्वास्थ्यमा विभिन्न किसिमका रोगका लक्षणहरू देखा पर्न थालेका छन् । जसमा प्रकृतिभित्रको खललको प्रसङ्ग उठाउँदा अहिले विश्वव्यापी चासो बनेको छ जलवायु परिवर्तन । जसले प्राकृतिक प्रणालीभित्रका विद्यमान परिस्थितिमा विचलन ल्याई एकातिर परिस्थितिकीय प्रणालीमा गम्भीर असर पुर्‍याएको छ भने अर्कातिर त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्न थालेको छ । आखिर विश्वव्यापी चासो र मानव जीवन तथा शैलीमा प्रत्यक्ष असर पुर्‍याउने जलवायु परिवर्तन के हो र यसले स्वास्थ्य क्षेत्रमा कस्तो असर तुल्याउँछ भन्ने प्रसङ्ग गम्भीर रूपमा अगाडि आउँदछन् । जलवायु परिवर्तन भन्दा बित्तिकै प्राकृतिक परिस्थितिकीय प्रणालीभित्र खलल् पुग्नु हो । जसमा जलवायु परिवर्तनले अचानक पृथ्वीको तापक्रम बढ्न गएको छ । तापक्रम वृद्धिले पृथ्वीका विभिन्न भागमा जुन किसिमको हावापानी हुन्थ्यो त्यसमा असर पुग्न गई त्यहाँभित्र विद्यमान सम्पदा, उत्पादन तथा परिस्थितिकीय प्रणालीभित्र जुन जे चीज तथा वस्तुको अस्तित्व थियो, त्यो तापक्रममा आएको परिवर्तनले त्यसको अस्तित्व हराउँदै जान थालेको छ भने वषर्ाको मौसममा वषर्ात नहुने, वषर्ात् हुने अवधि छोटो हुने, जाडो तथा जाडो मौसममा जाडो कम तथा अवधि कम हुँदै जानु, खडेरी, जस्ता समस्या देखापर्न थालेको छ । जसको प्रत्यक्ष प्रभाव मानव जाति तथा उसको स्वास्थ्यमा पर्न थालेको सङ्केत देखापर्न थालेको छ ।
जलवायु परिवर्तनको असरले पृथ्वीको वातावरण नराम्ररी प्रभावित हुन थालेको छ । जसको कारण लामो खडेरी पर्ने, गर्मी अधिक हुन गई लामखुट्टे, झिंगा, भक्षक किरा फट्याङ्ग्रा, ब्याक्टेरिया, भाइरस, तथा ढुसीको प्रकोप बढ्न गई औलो, टाइफाइड, झाडापखाला जस्ता रोगबाट मानव प्रताडित हुन थालेका छन् । यसको असर थेग्न नसक्ने जीव तथा प्राणीको अस्तित्व लोप हुने खतरा अर्कातिर छँदैछ । यसको असर नेपालमा मात्र नभई विश्वका हरेक देशमा पर्नथालेको छ । जलवायु परिवर्तनको असरका कारण अति वृष्टि, अनावृष्टिका सङ्केत देखापरी बाढी, पहिरो तथा भू-क्षय जस्ता समस्याले घरबारविहीन एवं प्रभावित भई जनस्वास्थ्यका समस्या सिर्जना हुन थालेको छ । अर्कातिर, लामो खडेरीले हैजा तथा झाडा पखालाको समस्या टड्कारो रूपमा देखापर्न थालेको छ । हालसालै नेपालको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा देखापरेको झाडापखालाको रोगको समस्यालाई पनि त्यही रूपमा लिइएको छ । करिब ६-७ महिनाको लमो खडेरीका कारण गर्मी बढ्न गई मानव बस्तीमा फोहर तथा स्वच्छ खानेपानीका मुहान सुकेका तथा भएका पनि प्रदूषित हुन गई झाडापखालाको प्रकोप बढेको स्वास्थ्य मन्त्रालयको अनुसन्धान टोलीको प्रतिवेदनले त्यही प्रष्ट्याएको छ । जसबाट हामीले जलवायु परिवर्तनको उपहारका रूपमा स्वास्थ्य क्षेत्रलाई लिनुपरेको घटना सम्झनु पर्ने भएको छ । हाल जलवायु परिवर्तनको प्रभावले विश्वव्यापी समस्या उत्पन्न गराउने सङ्केत देखापर्न थालेपछि विश्वकै ध्यान यतातिर तानिएको छ । आखिर यसको असरले जुन-जुन क्षेत्र प्रभावित हुन थाले पनि त्यसको मार भने मानव जातिमा पर्दछ । कृषिदेखि जैविक विविधता लगायत अन्य सम्बन्धित पक्ष प्रताडित हुन थाले पनि खाद्यान्नको स्रोतदेखि हाम्रो औषधीय गुण बोकेको प्राकृतिक सम्पदामाथि पर्दछ । जसको पीडा मानिसले भोग्नुपर्ने भएकाले मानव हीत तथा कल्याणका क्षेत्रमा कार्यरत विश्वको विभिन्न ध्यान यस क्षेत्रतिर आकृष्ट हुन थालेको हो । यही सोचका साथ मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव कस्तो पर्छ भन्ने विषयमा विश्व स्वास्थ्य सङ्गठनले यस क्षेत्रमा चासो देखाउन थालेको छ । जसको फलस्वरूप नीति, नियम, कानुनी व्यवस्थाका साथै कम गर्न सक्ने उपायको खोजी गर्न थालेको छ । नेपालमा पनि पहिलो पटक यसको छलफललाई आम जनता र संलग्न पक्षबीच बहस अगाडि बढाएको छ ।

जलवायु परिवर्तनका असर

होमप्रसाद लम्साल
विकसित र विकासशील राष्ट्रहरूमा तीव्र गतिमा भैरहेको विकास निर्माण कार्यहरूले गर्दा पृथ्वीको वायुमण्डलमा जम्मा भैरहेको कार्बन डायअक्साइडका कारण जलवायु परिवर्तनका नराम्रा असरहरू देखिन थालेका छन् । जसको प्रभाव स्वरूप हिम शृङ्खला पग्लने, सामुदि्रक सतह बढ्ने र मौसम परिवर्तनका असामान्य स्थिति देखापर्न थालेपछि त्यसबाट बच्न विश्व समुदाय नै एकजुट हुनथालेको छ । विगत केही वर्ष यता देखापरेको जलवायु परिवर्तनको असर सबैले व्योहोर्नु परे पनि सबै तह र तप्काले यसको वास्तविक कारण पत्ता लगाउन सकेका थ्ािएनन् । यद्यपि विशेषज्ञहरूले त्यसका कारण र समाधानका उपायहरूबारे निकै अघिदेखि नै अनुसन्धान गरिरहेका छन् । विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण पेट्रोलियम पदार्थ, ग्यास, र कोइलाबाट निस्केको तातो हावा र कार्बनडाइअक्साइडका कारण भूमण्डलको उष्णीकरणले हिमनदीहरू सुक्नु र सामुदि्रक किनारा बढ्नुको साथै जलवायु परिवर्तन भएकोले त्यसको न्यूनीकरणका लागि ग्रीन हाउसको वृद्धि गर्ने र वनजङ्गल बढाउनुको साथै कार्बनडाइअक्साइडको मात्रा कम गर्ने सवारी साधनको प्रयोग गर्नु पर्दछ । मूलतः त्यसका लागि सबै मुलुकले उत्तिकै सावधानी अपनाउनु जरुरी हुन्छ । पूर्व अमेरिकी उपराष्ट्रपति अल गोरले आफ्नो 'रोक्न नसकिने सत्य' नामक सोधपत्रमा जलवायु परिवर्तनको बारेमा उल्लेख गरिएको विषयले नोवल शान्ति पुरस्कार नै प्राप्त गरेपछि त्यस विषयले व्यापकता पाएको हो । जुन सोधपत्रमा उल्लेख गरिएका विषय तथ्यमा आधारित मात्र थिएनन् कि त्यसमा किटान गरिएका कुरा सतप्रतिशत सत्य साबित हुँदै गएका छन् र आज तिनै विषय विश्वका वैज्ञानिकहरूका लागि चुनौतीपूर्ण बनेका छन् र उनीहरूले त्यसबाट जोगिने उपायको खोजिमा समय खर्चिनु परिरहेको छ ।
सन् १८६० देखि पृथ्वीको तापमान नाप्ने क्रम सुरु भएयता सन् १९९० को दशक सबैभन्दा गर्मी साबित भयो । सन् २००० को दशक अझ बढी तातो हुँदै गएको वैज्ञानिक परिक्षणले पुष्टि गरेको छ । यसबीचमा ०.६ सेन्टिमिटर तापक्रम बढिसकेको जनाइएको छ । यसैगरी समुद्र र जमिन दिनप्रतिदिन तातिइरहेको प्रमाण सर्वसाधारण जनताले समेत अनुभव गर्नथालेका छन् । त्यस्तै वषर्ा हुने प्रक्रियामा परिवर्तन आएको छ । वर्षातको समय परिवर्तन मात्रै भएको छैन विपरीत र असामान्य वषर्ा हुन थालेको छ । हिमाली क्षेत्रमा हिउँ पर्न छाडेको छ भने भएका हिमाल पग्लेर हिमनदीको बहाव घट्नथालेका छन् । समुन्दि्रक सतह बढ्दो छ । गि्रनल्याण्डबाट हालको हिउँ पग्लने दर ०.५ एमएम प्रतिवर्ष घटेको वैज्ञानिक तथ्यले पुष्टि गरेको छ । हिउँ पग्लेर सामुदि्रक सतह बढेको कारण कयांै देश र ठूला सहरको भविष्य नै खतरामा पर्दै गएको छ । माल्दिब्सको सम्र्पूण भूभाग १० वर्षपछि डुब्नसक्ने अनुमान विशेषज्ञहरूले गरेका छन् । जलवायु परिवर्तनले पानीका स्रोतहरू, वन, जीव परिवृत्ति प्रणाली, जैविक विविधता, कृषि, भौतिक वातावरण र मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ । जसरी तापक्रम वृद्धिको प्रभाव सबैतिर परेको छ, त्यसैगरी भौतिक र जैविक वातावरणमा परेको पाइन्छ । उदाहरणका रूपमा हिमनदीहरू सुुक्नथालेका छन् । हिमभण्डार टुत्रि"mदै खुम्चिदै बग्न थालेका छन् । हिउँद पछिका महिनाहरूमा सामान्य भन्दा ठण्डा र बढी हिमपात र असिना वषर्ा हुने, वनस्पतिहरू छिटो फुल्ने र बढ्ने प्रक्रिया देखिएको छन । त्यसैगरी होचो ठाउँमा पाइने जीव, बनस्पती र किट प्रजातिहरू अग्लो ठाउँतिर फैलिँदो अवस्थामा रहेका छन् । प्रकोप बढेर जनस्वास्थ्यमा प्रभाव पर्न थालेको छ । जसको कारण गर्मीबाट हुने मृत्युदरमा वृद्धि, उच्च ठाउँमा पनि लामखुटेको कारण मलेरियाका प्रभाव, पानीबाट उत्पन्न हुने र सरुवा रोग बढ्नुको साथै शीत प्रदेशीय क्षेत्रमा ठण्डीबाट हुने मृत्यु दरमा कमी हुनथालेको छ ।
साधन स्रोत कम भएका कारण गरिब देशहरू र त्यहाँका गरिब जनता जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित हुने निश्च्िात छ । आइपर्ने समस्याको सामना गर्ने साधन स्रोतको कमीका कारण जीवनस्तरमा गम्भीर धक्का लाग्नथालेको छ । उच्च पहाडी गाउँघरहरूमा खेतीपातीको समयमा कम पानी पर्ने र अरु बेलामा पानी पर्ने जस्तो असामान्य वर्षाले कृषि क्षेत्रमा समस्या देखापरेको छ । त्यसैले गर्दा खाद्यान्न संकट उत्पन्न हुने देखिएको छ । माटोले बनेका परम्परागत घरहरू छिटो खिइनथालेका छन् । त्यसको ताजा उदाहरण मुस्ताङमा हिउँ थोरै, पानी धेरै पर्नथालेका कारण माटोले बनेका परम्परागत घरहरू छिटो भत्किन थालेका छन् । स्थानीय बासिन्दा यस्ता समस्याबाट जोगिन जस्तापाताको छाना छाउने गरी फरक ढाँचामा घर बनाउन थालेका छन् ।
त्यस्तै गरी तीव्र रूपमा हिउँ पग्लिएर ताल बन्दै छन् । हिमनदीले प्रतिवर्ष १० मीटरको दरले ठाउँ छोड्दै गएको अध्ययनहरूबाट देखिएको छ । जसले गर्दा हिमाली क्षेत्र र हिमतालहरूमा प्रभाव परेको छ । हालैका वर्षहरूमा हिमनदीहरू खुम्चने वा सुक्ने प्रक्रियामा वृद्धि भएका छन् । भ्ाारतमा हालै भएको एक अध्ययन अनुसार सन् २०३५ सम्ममा प्राय सबै हिमनदीहरू लोप हुने अनुमान गरिएको छ । त्यसै गरी हाम्रो जस्तो जैविक विविधता र पहाडी पर्यावरण, पहाडी वनस्पतिमा जलवायु परिवर्तनको असरले ठूलो समस्या पार्ने देखिएको छ । हिमालमा वनस्पति रेखा, प्रजातिहरूको वितरण अनुपात वा सघनत्वमा बदलिएको छ । स्थानीय वनस्पतीमाथि बाहृय प्रजातिको प्रभाव बढ्दो छ ।
कृषिमा पनि जलवायु परिवर्तनको प्रभाव पर्न थालेपछि हाम्रो जस्तो कृषिप्रधान मुलुकका किसान गम्भीर मर्कामा पर्ने भएका छन् । पानी, माटोमा चिसोपनाको मात्रा, परागसेचन क्रिया, माटोको तापक्रम जस्ता आधार तìवमा आएको परिवर्तनका कारण कृषि उत्पादकत्वमा कमी हुन थालेको छ । वषर्ाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बालीे चक्रको सन्तुलनमा खलल पुग्न गई खेती गर्ने प्राणालीमा परिवर्तन गर्नुपर्ने चुनौती देखिन थालेको छ । सुख्खा हिउँदको उच्च भूभागको पर्यावरणमा थप दबाब पर्ने हँुँदा जटिलता बढ्दै जानेछ । यसको असर खाद्य सुरक्षालगायत स्वास्थ्य र जैविक विविधतामा पर्ने निश्चित छ । जलवायुमा आएको परिवर्तनसँगै समुदायहरूको क्रियाकलापमा पनि परिवर्तन आएको छ । पानीको समस्यासँग जुध्दै हिउँदमा हुने गरेको हिउँ पर्ने दिन र मात्रामा कमी हुनाले हिम भण्डार खस्कँदो स्थितिमा पुगेको छ भने सुख्खायाममा पानीका लागि नयाँ स्रोतको खोजी गर्नुपर्ने अवस्था देखिनथालेको छ । त्यस्तै अकासे पानी संकलन प्रविधिको प्रयोग बढाउनेतर्फ ध्यान दिनुपर्ने अवस्था बढेर गएको छ । पानी थोरै चाहिने बाली लगाउने, जोखिम कम गर्न वैकल्पिक आम्दानीका स्रोतको खोजी गर्नुपर्ने स्थिति टड्कारो देखिएको छ ।
ज्ालवायु परिवर्तनका कारण त्यस समस्याबाट उन्मुक्ति पाउन केही राम्रा पहल सुरु भएका छन् । ज्ास्तो स्वच्छ ऊर्जा बिजुली, गोबर ग्याँस, सौर्य प्रविधिको प्रयोग बढ्नु राम्रो संकेत हो । वन संरक्षण र विस्तार, वस्तुको पुनः प्रयोग बढाउनसके वातावरणलाई उल्लेख्य योगदान पुग्नेछ । नेेपालको सामुदायिक वन विश्वका लागि नै उदाहरण भएको र यसको चिनारी बनिसकेको हुनाले कार्बन व्यापारको सुविधा पाउन सके फाइदा लिन सक्ने देखिन्छ । उदाहरणका लागि नेपालका दशलाख हेक्टर भन्दा बढी क्षेत्र ओगटेको सामुदायिक वनले वर्षेनी करिब ५० लाख टन कार्बन उत्पादन गर्छ, जसको अन्तर्राष्ट्रिय मूल्य कम्तीमा ५ करोड डलर हुन्छ । त्यस्तो अवस्थामा हामीले गम्भीर बन्नु जरुरी छ । आफूले प्रयोग गर्ने प्रविधि स्वच्छ र्ऊजामा आधारित हो कि होइन विचार गरौं । त्यस्तै कार्बन शून्य घर, कार्यालय र व्यवसायको पक्षमा उदाहरण बन्दै वकालत गर्न जरुरी भएको छ विकास संरचना बनाउँदा, बाढी, खडेरीका घटनालाई विचार गरेर डिजाइन गर्न आवश्यक भैसकेको छ । दिगो वन व्यवस्थापनबाट काठको खपत बढाउन सकिएको खण्डमा त्यसबाट पनि वातावरणमा सुधार गर्न सकिन्छ ।
हरितगृह ग्यास कम गर्नका लागि वैकल्पिक ऊर्जाहरू, गोबर ग्यास प्लान्ट बढाउन सकिन्छ । नेपालमा करिब २ लाख गोबरग्यास प्लान्टहरू सञ्चालनमा रहेको छ । करिब २० लाख प्लान्टहरूको सम्भावना रहेको छ । त्यस्ता सम्भावनाहरूलाई बेलैमा प्रयोग गर्नसके प्रभाव कम पर्नसक्ने निश्चित छ । त्यस्तै कार्बन व्यापार एउटा नया सम्भावना हो । एक टन कार्बन ५ देखि १५ डलरसम्ममा बेच्न सकिने भएकाले त्यसतर्फ पनि विशेष ध्यानदिनु जरुरी देखिन्छ । त्यस्तै गरी गोबर ग्यास प्लान्टको प्रयोग गर्दाको फाइदाहरूमा यसले वन पनि जोगाउँछ अनि हरितगृह ग्यास पनि कम गर्छ । एउटा गोबरग्यास प्लान्टले करिब २ टन कार्बनडाइअक्साइड प्रति वर्ष हावामा मिसिनबाट जोगाउँछ । खाना पकाउने सुधारिएको चुलोको कुरा गर्ने हो भने त्यसले पनि वातावरण सुधारमा उल्लेख्य सहयोग पुर्‍याउँछ ।
वन जोगाउँदा हुने फाइदाको कुरा गर्ने हो भने एउटा रुख ५० वर्ष जीवित रहन्छ । त्यो रुखले अक्सिजन उत्पादन गर्छ । सो एउटा रूखबाट मात्रै ८ लाख ५० हजार मूल्यको अक्सिजन उत्पादन हुन्छ । सोही रुखबाट १० लाख मूल्यको माटो मल बन्छ भने १० लाख मूल्यको भू-क्षय नियन्त्रण गर्दछ । त्यसै गरी १७ लाख मूल्यको वायु प्रदूषण नियन्त्रण गर्छ र फलफूल र हरियो सागपात बाहेक पशु पछीको लागि ८ लाख ५० हजार मूल्यको आश्रय प्रदान गर्छ । एउटा हुर्किएको रुखले २ टन पानी संग्रह गर्न सक्छ जसले भाँडोमा जम्मा गर्न लायकको पानीको स्रोतको निर्माण गर्दछ । तसर्थ, एउटा रुख काटिनु भनेको रु.५१ लाख भन्दा बढीको खुद क्षति हुनु हो भन्ने अध्ययनले पुष्टि गरेको छ । वनस्पतिहरू कार्बन डाइअक्साइड धारण गर्ने प्राकृतिक रछ्यान भएकाले एउटा रुखले उसको जीवनकाल -१०० वर्ष) मा एक हजार किलोग्राम कार्बन डाइअक्साइड सोसेर लिनसक्छ । त्यसैले वातावरणको कार्बन डाइअक्साइड घटाउने एउटा सरल, कम खर्चिलो र उपयुक्त उपाय हो । कार्बन डाइअक्साइड प्रदूषण घटाउनु स्थानीय प्रयोगमा रहेका उपलब्ध खुला वातावरणको सौन्दर्यसम्बन्धी महìव बढाउनु, जनसाधारणमा हरियोपनको लेखा राख्ने अवधारणा ल्याउने र प्रदूषण फैलाउनेहरूलाई स्थानीय र विश्व वातावरणप्रति जिम्मेवार बनाउने अहिलेको पहिलो आवश्यकता बनेको छ । अन्यथा रोक्नै नसकिने विपत्ति पर्खर्नेबाहेक अन्य उपाय छैन ।

जलवायु परिवर्तनको बढ्दो असर


तारा बी.सी.
पृथ्वीको जलवायु परिवर्तन र यसको असरबारे विश्वव्यापी चिन्ता र चासो दिनानुदिन बढिरहेको छ । जलवायु परिवर्तनको सम्बन्धमा भएको प्रथम छलफलको दस्तावेज 'क्योटो प्रोटोकल' हो । अझैसम्म पनि कैयन् देशले यसमा हस्ताक्षर गरेका छैनन् त कैयन् देशले यसमा हस्ताक्षर गरे पनि अनुपालन गरेको पाइएको छैन ।
नेपाललगायतका दक्षिण एसियाली मुलुकहरू जलवायु परिवर्तनप्रति विशेष संवेदनशील हुनुपर्ने अवस्था आइसकेको छ किनभने सर्वोच्च शिखर सगरमाथादेखि समुद्र सतहबाट दुई मिटरभन्दा कम उचाइमा रहेका माल्दिभ्स जस्ता देशहरूको विविध भू-खण्ड, बनोट, हावापानी र पर्यावरण यसै क्षेत्रमा पाइन्छ । हिमपातमा देखिएको न्यूनता, हिउँ पग्लिने क्रममा देखापरेको वृद्धि, हिमताल र हिमनदीहरूमा पैदा हुँदै गरेको अस्तित्वको खतरा जस्ता समस्या हिमाली क्षेत्रमा देखापरेका असरहरू हुन् । त्यसैगरी मध्य पहाडको नियमित वाषिर्क पहिरो, भू-क्षय, वषर्ाको कमी, कृषि उत्पादन र गुणस्तरमा कमी आदि र तराईको बाढी, कटान, डुबान र सुख्खाग्रस्त समस्या जलवायु परिवर्तनले हामीलाई थुपारिदिएका समस्या हुन् ।
उता माल्दिभ्सको भने अस्तित्वकै समस्या छ । विज्ञहरूका अनुसार आगामी केही दशकभित्र माल्दिभ्स देश हिन्दमहासागरभित्र डुब्नेछ । त्यसैले यसत्रतर्फ विश्वको ध्यान आकृष्ट गर्न यसै हप्ता माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिदसहितको मन्त्रिपरिषद्को बैठक हिन्दमहासागरको पीँधमा सम्पन्न भएको छ । नेपालका प्रधानमन्त्रीले पनि अमेरिकी राष्ट्रपति ओबामालाई भेट्न पाउँदा सगरमाथाको खिइएको चटानको टुक्रा उपहार दिएर जलवायु परिवर्तनतर्फ ध्यान तान्न खोज्नु भएको थियो ।
नेपालको सन्दर्भमा हामीले 'हुरीक्यान' क्याटरिना, सुनामी र हालैको आइला जस्ता तीव्र बेगधारी विनाशलीलाको सामना गर्नु नपरे पनि भौगोलिक स्थिति परिवेश, अवस्था अनुसारका प्राकृतिक विनाशकारी विध्वंश, विपद्हरूको नेपालले सामना बर्सेनि गरिरहनु परेको छ । प्रत्यक्ष वा परोक्ष रूपमा, कोसीको बाढी, मध्य र सुदूरपश्चिम पहाडी इलाकाको भोकमरी, हिमनदीको प्रवाहमा कमीका कारणको दैनिक लोडसेडिङ, कृषि अन्नबाली, फलफूल उत्पादनमा कमी र यसको परिणाम मूल्यवृद्धि हुँदै हुँदै तपाई हामी सबैलाई जलवायु परिवर्तनको असरले छोइसकेको, ढाकिसकेको छ ।
दीपावलीमा फूलको खपत बढी हुने गर्छ र नेपालका सबैजसो फूल पनि शरद ऋतुको यही समयमा फुल्ने गर्छन् । तर पूर्वी नेपालको 'राजारानी' क्षेत्रमा यसपाली सयपत्री र मखमली फूल फुल्न भ्याएन । यो सबै जलवायु परिवर्तनका कारणले हुन गएको भनाई विज्ञहरूको छ तर यसको फलस्वरूप लाखौँ मूल्यका फूल भारतबाट आयात गरेर भए पनि यसपालीको दीपावलीले जलवायु परिवर्तनको असरको सामना गर्‍यो ।
गत असोजको वषर्ाकालीन अनपेक्षित लामो झरीले पश्चिम नेपाल डुबान, कटानका अतिरिक्त चीन, साइबेरिया, मङ्गोलिया र रुसबाट बसाइँ सरेर आउने क्रममा रहेका चराका हुललाई पनि रोक्यो र चराचुरुङ्गी र पुतलीहरूको भूमिका फलफूल र वनस्पतिको विकासमा रहन्छ यसको असर हेर्न त केही समय पर्खनु नै पर्ने हुन्छ ।
हालैका दिनमा जलवायु परिवर्तनमा रुचि राख्ने नेपाली विद्यार्थीहरूका लागि तीनवटा समाचार विशेष रुचीकर हुन पुगे । प्रथम हो, हिन्दमहासागरभित्र बसेका माल्दिभ्सको मन्त्रिपरिषद बैठक, दोस्रो नेपाल र चीनका वैज्ञानिकले रसुवाको लाङटाङमा हिमनदी र हिमशृङ्खलाबारे गरेका अध्ययन र तेस्रो क्याम्बि्रज युनिभर्सिटीको पोलर ओसन फिजिक्सबारेका अनुसन्धान रिपोर्ट ।
जलवायु परिवर्तन विश्वव्यापी समस्या हो र विश्वका विभिन्न भागमा बस्ने व्यक्तिले असर र सामना विविध किसिमले भोग्नु र गर्नुपरेको अहिलेको अवस्था छ । प्राकृतिक स्वरूपमा र अत्यन्तै न्यूनगतिमा प्रकृतिले मानिसलाई जलवायु परिवर्तनको असरका रूपमा दण्ड दिइरहेको छ । भौतिक विकासको लालसामा औद्योगिक राष्ट्रहरूले प्राकृतिक नियमलाई खल्बल्याइरहेका छन् । प्राकृतिक वस्तुहरूको तीव्रगतिमा दोहन गर्दै आर्थिक विकासको सिँढी चढिरहेका छन् । जलवायु परिवर्तनको असर निश्चितरूपमा गरिब राष्ट्रहरूमामाथि बढी पर्दछ र गरिब राष्ट्रहरूको गल्ती कम तर प्रकृतिले दिएको सजाय वा विनाश बढी भइरहेको अवस्था छ ।
विश्वका सबै राष्ट्रले जलवायु परिवर्तनबाट के कस्ता समस्या भोगिरहेका छन् र संयुक्त रूपमा ती समस्याहरू कसरी सामना गर्ने, बाटो पहिल्याउने भनेर संयुक्त राष्ट्र सङ्घले आगामी डिसेम्बर महिनामा डेनमार्कको राजधानी कोपनहेगनमा विश्वस्तरीय सम्मेलन आयोजना गर्दछ र यसलाई जलवायु परिवर्तनसम्बन्धी १५ औँ सम्मेलन कोपनहेगन नामकरण गरिएको छ । नेपालको सहभागिता अवश्यम्भावी त छ तर चासो यहाँनिर सहभागिताको मात्र नभएर उपलब्धि रहनपुग्दछ र उपलब्धिका लागि तयारी चाहिन्छ । तयारी गर्न सरकारसँग वातावरण मन्त्रालय छ र यसले आˆनो दैनन्दिन चलाएको होला । कोपनहेगनले जयवायु परिवर्तनबाट उब्जिएका समस्याको समाधानको पोको न त लुकाएर राखेको छ र सम्मेलनका अवसरमा सबैलाई बाँड्ने नै छ । छोटो समयमा सबैका भिन्न भिन्न प्रकृति र परिवेशका विविध समस्यालाई सबैले सुन्नसमेत पाउने छैनन् । यस्तो अवस्थामा नेपालले जलवायु परिवर्तनको असरबाट भोग्नुपरेका समस्याको अनुसन्धान, विश्लेषण, वर्गीकरण गर्नु जरुरी छ । जलवायु परिवर्तन आयोग र राष्ट्रिय अनुकूलन आयोगको गठनले मात्र पुग्दैन । प्रथम र दोस्रो विश्वयुद्धको भन्दा भयानक परिणाम जलवायु परिवर्तनको असरले ल्याउने कुरा विज्ञहरूले बताइरहेको बेलामा संसारभरका ४८ वटा अति कम विकसित मुलुकमध्ये एक र दक्षिण एसियाका चार अल्पविकसित देशहरूको प्यानलबाट समान प्रकृतिका जलवायुसँग सम्बन्धित समस्याको अध्ययन, विश्लेषण, निष्कर्ष र समाधानका विकल्प ती ठूला औद्योगिक मुलुकहरू अर्थात् जी-२० समक्ष प्रस्तुत गर्ने मौकाको रूपमा उपयोग गर्नु नितान्न आवश्यक छ ।