Wednesday, May 27, 2009

अरुण तेस्रो जलविद्युत् परियोजना, आदिवासी - जनजाति अधिकार


अरुण तेस्रो जलविद्युत् परियोजना नेपालको एउटा ठूलो परियोजना हो । सन् १९९५ मा विश्व बैंकको जाँच समूहले आदिवासी जनजातिका नीतिहरू उल्लङ्घन भएको ठहर गर्दै आप\mनो लगानी आफैंले रद्द गर्‍यो । नेपाल सरकारले अरुण-३ कार्यान्वयनका लागि भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगमसँग २०६४ फागुन २ गते सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार उक्त निगमले नेपाललाई सित्तैंमा २१.९ प्रतिशत -८८ मेगावट) विद्युत् दिने र निर्णण गरी व्यावसायिक उत्पादन थालेको तीस वर्षपछि नेपाल सरकारलाई उक्त परियोजनाको स्वामित्व हस्तान्तरण गरिने भनिएको छ ।
त्यसैगरी सन् १९६४ देखि १९५५ सम्म अमेरिकन, बि्रटिश र भारतीय विशेषज्ञ सम्मिलित प्राविधिक टोलीबाट सप्तकोशी उच्चबाँध निर्माणको लागि सर्वेक्षण तथा अन्वेषण भयो । यसको लागि सन् १९८१ मा भारत सरकारबाट बाँध निर्माण सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरियो । सन् १९९१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा भारत भ्रमणको अवसरमा सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको स्थलगत सर्वेक्षण गरी विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति अनुसार विद्युत उत्पादन, सिंचाइ, बाढी नियन्त्रण र जलमार्गको व्यवस्था गर्ने उद्देश्य अनुरूप सर्वेक्षण कार्य सुरु भयो ।
माथिका दुईवटा पूर्वी नेपालका ठूला परियोजनालाई आधार बनाएर यो लेखलाई प्रष्ट्याउने प्रयास गरिएको छ । साथै यी माथिका परियोजनाहरूको परिस्थितिबाट स्थानीय आदिवासी जनजातिहरूमा के कस्ता प्रभाव पर्नसक्छन् र प्रभावको न्यूनीकरण लगायत लाभको बाँडफाँड तथा स्वामित्व ग्रहण आदि विषयमा स्थानीय आदिवासी जनजातिको के कस्ता अधिकार छन् भन्ने विषयलाई संक्षेपमा चर्चा गरिएको छ ।
अरुण तेस्रो जलविद्युत् परियोजनाको लागि विभिन्न समयमा गरिएको अध्ययन अनुसार दश हजार कामदारलाई दैनिक काम गर्ने, एक सय २२ किलोमिटरको सडक, पचास हेक्टरको ताल, एकसय ५ मिटर लम्बाइ र ६८ मिटर उचाइ भएको बाँध र साढे ११ कि.मि. लामो दुईवटा सुरुङ्गमार्ग आदिको निर्माण सम्पन्न हुनेछ । त्यसैगरी अरुण-३ बाट चारसय दुई मेगावाट, माथिल्लो अरुणबाट तीन सय ३५ मेगावट र तल्लोबाट तीन सय आठ मेगावाट निकाल्न सकिनेछ । यी तीनैवटा परियोजना निर्माण भएको खण्डमा चारलाख ५० हजार आदिवासी जनजातिको जीवन र संस्कृतिमा खतरा पर्नेछ । अरुण-३ बाट नौ सय ५८ घरपरिवार प्रभावित हुनेमध्ये एक सय १९ घर परिवार पूर्णरूपमा विस्थापित हुनेछ ।
यी तथ्यलाई संलेश्षण गर्दा उक्त परियोजनाले सामाजिक, भौगोलिक, जनसंाख्यकीय र वातावरणीय प्रभाव पार्ने देखिन्छ । प्रभावित क्षेत्रका ऐतिहासिक महत्वका धार्मिक स्थल, सांस्कृतिक, सम्पदा तथा पुरातात्विक महत्वका क्षेत्र विनाश हुनेछ । आदिवासी जनजातिहरूको परम्परागत जीवनशैली, भाषा, संस्कृति लोप हुने खतरासँगै समाजमा आर्थिक सामाजिक तथा सांस्कृतिक असमानताको वृद्धि हुनेछ । आदिवासी जनजातिहरूको जल, जमिन र प्राकृतिक र स्रोतसाधन माथिको अधिकार गुम्नेछ ।
त्यसैगरी जनसंख्यामा अत्याधिक घट्ने, बढ्ने अस्थायी कामदारहरूको बाक्लो उपस्थितिले सामाजिक तथा सांस्कृतिक भिन्नता बढेर जाने बाँधका कारण, प्रमावित क्षेत्रको जमिन मासिने, पहिरो जाने, बाँधभन्दा मुनिको क्षेत्रमा सुख्खा भई कृषि उत्पादनमा कमी आउने र वातावरण प्रदूषण हुन, विभिन्न रोग, हैजा आदिको माहामारी फैलन सक्नेछ । अरुण- ३ परियोजनाले २५ गा.वि.स.को आदिवासी जनजातिहरूलाई प्रत्यक्ष रूपमा प्रभाव पार्नेछ ।
यता सप्तकोशी उच्चबाँधका लागि गरिएका विभिन्न अध्ययन प्रतिवेदन अनुसार बाँध निर्माणस्थल बराहक्षेत्रबाट १.६ कि.मि. उत्तर सुनाखम्बीमा गरिने र यसको उचाइ पानीमुनिको सतहबाट दुईसय ६९ मिटर, पानी जम्मा रहने सतह समुद्री सतहबाट तीनसय ३५.२५ मि., पानीको अधिकतम सतह समुद्री सतहबाट तीन सय ३८.३० मि., जलाशय सञ्चित क्षमता १३.४५ अर्ब घनमिटर, प्रयोगमा ल्याइने पानीको परिणाम ९.४५ अर्ब घनमिटर, बाँध विद्युतग्रहको क्षमता तीन हजार मेगावाट, दुर्वासा घाटमा ब्यारेज नौ हजार ६९.९.मि., पश्चिम दुवैतर्फ कुल सिंचाइ क्षेत्रफल नेपाल तर्फ ५.६४ लाख हेक्टरको भारततर्फ ९.७३ लाख हेक्टर र नहर विद्युत् गृहको क्षमता तीनसय मेगावाट लगायतका विवरण छन् ।
पटक-पटक सर्वेक्षण हुने गरेको उदयपुरको मैनामैनी गा.वि.स. र धनकुटाको आहाले गा.वि.स.को बीचमा पर्ने सुनाखम्बीमा दुई सय ६९ मिटर लग्लो बाँध बाँधेमा बाँधको माथिल्लो भूभाग र त्यस भूभागका आदिवासी जनजातिलाई ठूलो असर पर्नेछ । धनकुटा जिल्लाको धनकुटा नगरपालिका लगायत आहाले, छिन्ताङ, खोकुलगायत १८ वटा, भोजपुरको हसनपुर, ठूलोदुम्मा लगायत २३ वटा, उदयपुरको १७ वटा, संखुवासभाका एक नगरपालिका र ४ वटा, खोटाङको १४ वटा, तेह्रथुमको दुई वटा र सिन्धुली, ओखलढुङ्गा, पाँचथर जिल्लाको एक-एकवटा गा.वि.स. प्रत्यक्षरूपमा प्रभावित हुनेछ । यसबाट ७५ हजार घर परिवार विस्थापित हुने तथ्याङ्कले देखाएको छ ।
यस्ता ठूला विकासको नाममा निर्माण भएका बाँध, जलविद्युत् परियोजना, सडक आदिबाट आदिवासी जनजाति लाभान्वित हुनुको सट्टा आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय प्रभावको सिकार भई आफ्नो भूमिबाट विस्थापित भएका थुप्रै उदाहरण छन् । उदाहरणका लागि भारतको नर्मदा बाँधका कारण गुजरात र महाराष्ट्रका ४१ हजार गाउँका दुईलाख पाँच हजार आदिवासी जनजाति डुबानमा परी विस्थापित भएका छन् । त्यस्तै गरी थाइल्याण्डको पाकमुन बाँधका कारण चौधहजार ७० परिवार विस्थापित भएको विश्व बाँध समितिको प्रतिवेदनमा उल्लेख छ । अरुण-३ मा पनि विकासको नाममा यहाँका हजारौं आदिवासी जनजाति विस्थापित हुने सम्भावना छ । यहाँका आदिवासी जनजाति विस्थापित हुनेछ भन्दैमा परियोजना रोक्नुपर्छ भन्ने होइन । अरुण-३ सञ्चालन हुन अनिवार्य छ । सप्तकोशी उच्चबाँध भने अझै सोचनीय विषय हो ।
अरुण- ३ परियोजना सञ्चालन गर्दा त्यहाँका आदिवासी जनजातिहरूको प्रत्यक्ष सहभागिता र सहमतिमा सञ्चालन गरिनुपर्दछ । यस्तो व्यापक गम्भीर एवं दीर्घकालीन महत्वको अरुण-३ सञ्चालन हुनुपूर्व नेपाल सरकारले अनुमोदन गरेका आदिवासी जनजातिसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय कानुनहरूले प्रत्याभूत आदिवासी जनजातिहरूको मानव अधिकार सुनिश्चित गर्न गराउन अनिवार्य छ । अन्तराष्ट्रिय श्रम सङ्गठनको आधारमा आदिवासी जनजातिहरूसँग सम्बन्धित महासन्धि नं. १६९, आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र लगायतका नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानुन तथा निर्दिष्ट सिद्धान्तहरू पूर्णरूपले कार्यान्वयन गरिएमा परियोजना सञ्चालन हुँदा पर्ने प्रभावहरू न्यूनीकरण गर्न सकिन्छ ।
महासन्धि नं. १६९ ले आदिवासी जनजातिहरूसँगै परामर्श, भूमिको अधिकार र स्वामित्व अधिकार विस्थापित नहुने र क्षतिपूर्तिको अधिकार र आदिवासी जनजातिहरूको सहभागिता प्रत्याभूत गरेको छ । महासन्धि नं. १६९ को धारा ६.१. क. अनुसार यस महासन्धिको प्रावधान लागू गर्दा सरकारले आदिवासी जनजातिलाई प्रत्यक्ष रूपमा असर पार्नसक्ने कानुनी वा प्रशासनिक उपायलाई अवलम्बन गर्नेबारे सोचाइ बनाउँदा सम्बन्धित समुदायसँग उपयुक्त प्रक्रियाद्वारा तथा खास गरेर उनीहरूका प्रतिनिधिमूलक संस्थाको माध्यमद्वारा परामर्श गर्नुपर्दछ । त्यस्तै अघि आदिवासीको जमिनबाट विमुख वा उपयोग गर्नुअघि आदिवासीको जमिनबाट विमुख वा आदिवासी जनजातिहरूको समुदाय बाहिर जमिन हस्तान्तरण गर्ने विचार गरेको समयमा, पुनस्र्थापन गर्नुअघि, विशेष व्यावसायिक प्रशिक्षण कार्यक्रमहरूको सङ्गठन र सञ्चालन गर्दा, अन्य विकास योजनाका निर्णय गर्दा पनि आदिवासी जनजातिका प्रतिनिधिमूलक संस्थासँग उपयुक्त प्रक्रिया अँगाली परामर्श गर्नुपर्दछ । यस्तो पूर्व-परामर्श गर्दा असल विश्वास, उपयुक्त प्रक्रिया, आदिवासीको संस्थाका प्रतिनिधिमार्फत मञ्जुरी लिने उद्देश्यबाट हुनुपर्दछ । आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र २००७ मा आदिवासी जनजाति मानवअधिकारका दस्तावेज भएकोले अब परामर्श मात्र लिएर पुग्दैन । स्वतन्त्र, पूर्व सूचित मञ्जुरी नै लिन आवश्यक पर्छ । त्यस्तै १६९ ले आदिवासी जनजातिको भूमिमाथिको अधिकार र स्वामित्वलाई सुनिश्चित गर्ने व्यवस्था गरेको छ । आ.ज.ल. चाहेको आत्मनिर्णयको अधिकारसहितको आदिवासी जनजातिमा स्वायत्तताका साथै स्वायत्तता राज्यको अग्राधिकार हो । यो चाहना बाइसे चौबीसे कालमा र्फकने नभएर एक्काइसौं शताब्दीको मानव अधिकार अनुकूल छ । भूमिको अधिकार र स्वामित्व प्रावधानबाट महासन्धि नं. १६९ को धारा १४.२ का सुनिश्चित गरिएको छ । महासन्धिको आदिवासी जनजातिहरूको सहभागितालाई महìवपूर्ण प्रावधानको रूपमा राखेको छ । यस प्रावधान अनुसार नीति निर्णय गर्न सबै तहमा आदिवासी जनजातिको स्वतन्त्ररूपमा सहभागी हुुनु हो । विकास कार्यमा आदिवासी जनजातिको आफ्नै पहल, साधन र संस्थाको सहभागिता हुनुपर्छ । राष्ट्रिय र स्थानीय विकासका योजना र कार्यक्रमको निर्माण कार्यान्वयन र मूल्याङ्कनमा आदिवासी जनजातिहरूको सहभागिता हुनुपर्दछ ।
अन्त्यमा अरुण- ३ परियोजनालाई महासन्धि नं. १६९ को विस्थापित नहुने र क्षतिपूर्तिको अधिकारसम्बन्धी प्रावधान अनुसार कार्यान्वयन गरिएमा आदिवासी जनजातिहरूको अधिकारलाई उल्लङ्घनबाट जोगाउन सकिन्छ । यस प्रावधानमा आदिवासी जनजातिलाई भूमिबाट विमुख वा विस्थापित गर्न खोज्दा पूर्व परामर्श लिने, परम्परागत भूमिको हस्तान्तरणसम्बन्धी प्रक्रियाको सम्मान गर्ने, अत्यावश्यक अवस्थामा बाहेक अरु बेला आदिवासी जनजातिलाई भूमिबाट नहटाउने विस्थापन गनुपरेमा पूर्व-परामर्श गर्ने वा सार्वजनिक सुनुवाइ लगायतका उपयुक्त प्रक्रिया अपनाइने, विस्थापन गर्नुपर्नाका कारण नरहेको अवस्थामा फिर्ता हुन पाइने, फिर्ता गराउन सम्भव नभए पहिलेको गुणस्तर र कानुनी हैसियत अनुसारको जमिन प्रदान गर्ने तथा पुनःस्थापना गर्दा पूर्ण र चाहेजति क्षतिपूर्ति दिने दायित्व राज्यले लिनुपर्छ ।

भारतकै एकपक्षीय हितमा उपयोग हुने क्रमले निरन्तरता पाउने भएको छ

नेपालका आकर्ष जलविद्युत आयोजनाहरु नेपालको दर्ीघकालीन हितमा नभै भारतकै एकपक्षीय हितमा उपयोग हुने क्रमले निरन्तरता पाउने भएको छ । कोशी, गण्डकी र महाकालीमा ठगिएको दर्ुदान्त पीडा बोकेर पनि हाम्रो जलस्रोत-हाम्रा नदीनालाहरु हाम्रो दूरगामी हितमा उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे हामीले कहिल्यै राष्ट्रिय बहस छेडेनौं र राष्ट्रिय योजना तर्जुमा गर्ने पहल पनि गरेनौं । कम लगानीमा बढी प्रतिफल दिनसक्ने भनिएका जलविद्युत आयोजनाहरु आन्तरिक पूँजी परिचालन गरी निर्माण गर्ने र देशमा प्रतिवर्षबढ्दो विद्युत संकट टार्नेतिर हाम्रा सोचहरु कहिल्यै निर्देशित भएनन् । नेपालको जलस्रोत जतिसक्दो चाँडो भारतकै हितमा उपयोग हुन दिने प्रकृतिका क्रियाकलापहरु निरन्तर जारी रहँदा पनि हाम्रो चेत कहिल्यै फिरेन । नेपाल सरकारले अघिल्लो हप्ता मात्र नेपालका आकर्ष परियोजना मानिएका ४०२ मेघावाटको अरुण तेस्रो र माथिल्लो कर्ण्ााली प्रकारान्तरले भारतकै स्वार्थमा उपयोगा हुने गलत निर्ण्र्ाागरेको छ । सरकारले अघिल्लो वर्षनेपालको जलविद्युतमा लगानी गर्न इच्छुक कम्पनीहरुबारे अध्ययन गरी सुझाव पेश गर्न भनी पर्ूव अर्थसचिव भानुप्रसाद आचार्यको अध्यक्षतामा एउटा कार्यदल बनाएर भारतीय लगानी प्रवेशका लागि मार्गचित्र तयार गर्ने काम गरेको थियो । अहिले त्यही कार्यदलको राय सुझावलाई अगाडि सारेको वहाना गरेर भारत सरकारको प्रत्यक्ष-परोक्ष नियन्त्रणमा रहेको कम्पनीहरुलाई अरुण तेस्रो र माथिल्लो कर्ण्ााली सुम्पने निर्ण्र्ाागरेको छ । भारतले ती आकर्ष परियोजनाहरु हत्याउने उपयुक्त मौकाका रुपमा अहिलेको अत्यन्त तरल राजनीतिक अवस्था र संक्रमणकाललाई चुनेको छ । समय समयमा जलस्रोतमा राष्ट्रघात भएको प्रकरणलाई भजाएर राष्ट्रहितको पहेदारका रुपमा आफूलाई उभ्याएर देशभक्त नेपालीहरुको मन जित्न खोज्नेहरु पनि चोरबाटोबाट नेपालको जलस्रोत हत्याउन उद्यत भारतको रणनीतिक कार्ययोजनाप्रति मौन छन् ।
अरुण तेस्रो २०५१ सालमा नै निर्माण प्रक्रियाको अन्तिम निर्ण्ाायक चरणमा पुगेको आयोजना हो । विश्व बैंकको संलग्नतामा लगानी स्रोत व्यवस्थित भैसकेको सो परियोजनाको हत्या नेपालकै राजनीतिक नेतृत्व र शक्तिलाई उपयोग गरी गरियो । अरुण तेस्रो आयोजनाको हत्या गर्न भारतले त्यो बेला पर्दाभित्रबाट किन भूमिका खेलेको रहेछ भन्ने कुराको रहस्य अहिले आएर खुलेको छ । त्यो बेला अरुण तेस्रो बन्न पाएको भए नेपालले आन्तरिक उपभोगका लागि अहिलेको जस्तो संकट भोग्नु पनि पर्ने थिएन र लोडसेडिङ कम गर्न भारतसंग सधैं न्यौरा गर्नुको सट्टा आवश्यक पर्दा उल्टै विद्युत निर्यात हुने परिस्थिति सिर्जित हुन्थ्यो । माथिल्लो कर्ण्ाालीको पनि त्यस्तै कहानी छ । सो आयोजनामा लगानी गर्न उत्साहित भारत बाहिरका लगानीकर्ताहरुलाई अनेक ढंगले निरुत्साहित गरेर भगाउने कामहरु निर्देशित रुपमा नै भए । हुँदा हुँदा अब त अन्तर्रर्ााट्रय समुदायका लगानीकर्ताहरु समक्ष कस्तो सन्देश प्रवाहित हुन गयो भने 'नेपालको जलस्रोत भारतीय रुचि र स्वार्थ संरक्षण विपरीतको लगानी प्रवाह असम्भव नै छ ।' ७ सय ५० मेघावाटको पश्चिम सेतीका पछाडि अष्ट्रेलियाको स्नोइ माउण्टेन इञ्जिनियरिङ कम्पनी -स्मेक) रहेको देखिए पनि नियन्त्रित पानीको प्रवाह भारतले निःशुल्क उपभोग गर्न पाउने र विद्युत पनि सस्तो मूल्यमा नै एकलौटी उपभोग गर्न पाउने प्रावधान त्यसमा निश्चित गरिएको छ । नेपालले जलाशय निर्माणबाट हुने डुवान, कृषि उत्पादनमा हुने क्षति र विस्थापनको समस्या बाहेक प्राप्त गर्नसक्ने आकर्ष लाभ खासै केही छैन भन्ने जलस्रोतविद्हरुको दावी कदापि असत्य छैन । अरुण तेस्रो र माथिल्लो कर्ण्ााली दानबाट नेपालले १० प्रतिशत लाभ लिन पनि नसक्ने संकेतहरु सुरुमै देखापरेका छन । यी आयोजनाहरु नेपालकै आन्तरिक व्यवस्थापन, पूँजी संकलन र आन्तरिक खपततिर नै निर्देशित गरेर निर्माण गर्ने दृढ इच्छाशक्ति राखेर अगाडि बढेको भए त्यसको प्रतिफल मुलुककै दर्ीघकालीन हितमा रहने थियो । आत्मबल, दूरदृष्टि र इच्छाशक्ति नभएको केवल बाहृय निर्देशनमा बहकिएर हिंड्ने राजनीतिक नेतृत्व र त्यस्तै नेतृत्वमा चलेको सरकारले 'नदी दान'लाई निरन्तरता दिएर आफ्नो आयु बढाउने दूराकांक्षा बाहेक केही राख्न नसक्ने यस्तै घटनाले सिद्ध गर्दैआएका छन् । जलस्रोतमा राष्ट्रघातले निरन्तरता पाएको छ । राष्ट्रहित विरुद्धका कदमले राष्ट्रघात गर्दै मातृभूमिमा पीडा थप्दै गएका छन् । राजनीतिक आडम्वरभित्रका राष्ट्रघाती खेलहरुको सृङ्खला लम्बिदो छ ।र्
वर्तमान अनिर्वाचित टीके सरकारले दर्ीघकालीन महत्वका निर्ण्र्ाारु गर्न नपाउने नैतिक आधार पनि अब पूरै स्खलित भएको छ । भारतीय स्वार्थरक्षामा समर्पित भएर नागरिकता वितरण गरियो, पचासौं ठाउँमा भएको सीमा अतिक्रमणलाई वैधता दिने खालका अनधिकृत कामहरु पनि यही मौकामा भएका छन् । नेपालका नदीहरुमा भारतीय एकाधिकार कायम गर्ने रणनीतिक प्रयासले पनि संक्रमणकालमा मर्ूतरुप लिएको छ । २०५१ सालमा अरुण तेस्रोको प्रक्रियागत निर्ण्र्ाारोक्न निर्वाचनको पर्ूवसन्ध्यामा दर्ीघकालीन असर पार्ने आयोजनाबारे निर्ण्र्ाानगर्न विश्व बैंकलाई चिठी लेख्ने नेकपा एमालेका महासचिव- उहाँकै पार्टर्ीीमेत सरकारमा बसेको बेला भएको अरुण र कर्ण्ााली दानबारेको मौनता पनि अहिले कुनै आर्श्चर्यको विषय होइन । इतिहासलाई गलत बाटोमा खलनायकहरुले नै धकेल्ने गर्दछन् । नेपालमा चरम विद्युत संकट भए पनि आन्तरिक पूँजी विस्तारका कारण लाभकारी जलविद्युत आयोजनाहरुमा पूँजी निवेश हुनसक्ने भए पनि देश र जनताको हितमा निर्देशित हुने यो सरकारको चरित्र र संस्कार नभएकाले जलस्रोतमा राष्ट्रघात दोहोरिएको हो भन्ने कुरामा कुनै सन्देह छैन ।
Supported by

Thursday, May 7, 2009

बिहानैदेखि छट्पटाइरहेकी छे विम्स । उसको खास नाउँ विमला हो ।


बिहानैदेखि छट्पटाइरहेकी छे विम्स । उसको खास नाउँ विमला हो । तर, उसको ब्वाइफ्रेन्ड रोशन उसलाई विम्स भनेर बोलाउँछ । रोशनले विम्स भनेको उसलाई रमाइलो लाग्छ । ऊ पुल्किन्छे । काठमाडौंको भवसागरमा रोशनबाहेक अरू कोही छैन विम्सको । बडो एक्लो अनुभव भइरहेका वेला रोशनसँग दोस्ती गरेकी थिई उसले । बेलबारीबाट विराटनगर कलेज पढ्न आउँदासम्म ऊ विमला नै थिई । अहिले जति न्यासि्रएकी पनि थिइन । घर नजिकै थियो । वेला-वेलामा ऊ घर पुग्थी । महत्त्वाकांक्षाका पखेटाहरू फड्फडाइरहेका थिए । तिनलाई पूरा गर्ने रहर थियो उसमा । विराटनगरमा पढेर उँभो लागिएला भन्ने कल्पना पनि गर्न सकेकी थिइन उसले । ऊ काठमाडौंमा पढ्न चाहन्थी । तर, बाबुआमा दुवै छोरीलाई एक्लै पठाउने मुडमा थिएनन् । छोरीलाई काठमाडौं राखेर पढाउन सक्ने हैसियत भएको भए उनीहरूको मुड बदलिने पनि थियो होला । तर, अवस्था कहालीलाग्दो थियो ।
पैसाले पुग्न के गर्नुपर्छ होला ? उसले आफ्नै मनसँग सोधी । तीनवटा उपाय फेला पार्‍यो विम्सको मनलेः चोर्ने, सुत्ने र विदेश जाने । तैपनि, विमलाले आँट गरी । त्यही आँटको आवेगमा उसले बाबुआमासँग भनी, 'म काठमाडौं जान्छु । आफैं कमाएर पढ्छु ।'त्यसपछि उसको जात्रा सुरु भयो । विराटनगरबाट काठमाडौं हानिएपछि मात्र उसले थाहा पाई, आँटेजति र सोचेजति सजिलो रहेनछ जीवन । काठमाडौंमा एक मात्र चिनेको मानिस थियो रोशन । त्यही एक त्यान्द्रो भरोसा समातेर ऊ काठमाडौंमा संघर्ष गर्न थालेकी थिई । केही दिन अलमलिएपछि उसले अठोट गरी काम त गर्नै पर्छ । तर, के काम गर्ने ? विराटनगरमा बसेर उसले कल्पना गरेकी थिई, एउटा न एउटा 'जब' कसो नमिल्ला । तर, केही मिलेन । रोशनले सुझाव दियो, काम भनेको काम हो, ठूलो-सानो हुँदैन । केही नलागेपछि ऊ एउटा डान्स बारमा काम गर्न थाली । काम गर्दागर्दै उसलाई लाग्यो, उसमा आफ्नो सत्चालीस किलो वजनको काया एक्लै घिसारेर हिँडने साहस भएन । उसको शरीरले पनि साथी खोज्यो र मनले पनि । रोशन उसको इन्स्ट्यान्ट च्वाइस बन्यो ।विम्समा साहसको कमी थिएन । बुद्धिका हिसाबले पनि एभरेजभन्दा ऊ केही माथि नै थिई । डान्स बारमा काम गर्दागर्दै उसले बि्रटिस काउन्सिलमा अंग्रेजी भाषा सिकी र आइइएलटिएस पास पनि गरी । पाएसम्म अमेरिका नपाए अस्ट्रेलिया जाने धोको पालेकी थिई विम्सले । तर, उसलाई लाग्यो, जुन हिसाबले उसको जीवन गुजि्रइरहेको छ, त्यस हिसाबले ऊ अमलेखगन्ज पुग्न पनि सक्दिन ।आज बिहानैदेखिको विम्सको छट्पटी भाषाज्ञानका बारेमा हो । उसले आज टेस्ट दिनु छ भाषाको । रोजगारीका लागि विदेश जान उसले र्फम भरेकी थिई । यस टेस्टमा उम्किई भने विम्स विपाशा त बन्दिन । तर, सुसारे (केयर गिभर) पक्कै बन्छे ।
दुइ वर्ष पुग्न लाग्यो विम्स काठमाडौं झरेकी । यसबीच उसले एउटा डान्स बारमा चौध महिना र एउटा कल सेन्टरमा ६ महिना काम गरी । डान्स बारमा रमाइलै थियो । राति एघार बजेसम्म ग्राहकलाई ड्रिंक सर्भ गर्थी विम्स । केही नहुँदा पनि दिनमा हजार, पन्ध्रसय टिप्स जम्मा हुन्थ्यो । धेरैले जिस्क्याउँथे । विम्स माइन्ड गर्दिनथी । तर, एक दिन एउटा ग्राहकले हातपात गर्न खोज्यो । विरोध गर्दा भद्दा शब्दहरूको प्रयोग गर्दै भन्यो, साला रन्डी ! सती सावित्री बन्छे । त्यसपछि विम्स ओइलाई । उसले डान्स बारको काम छाडिदिई र कराँते ट्रेनिङ लिन थाली ।कल सेन्टरमा काम गर्न थालेपछि विम्सको कमाइ घट्यो । जति घन्टा काम गरे पनि पैसाले पुग्दै नपुग्ने !पैसाले पुग्न के गर्नुपर्छ होला ? उसले आफ्नै मनसँग सोधी । तीनवटा उपाय फेला पार्‍यो विम्सको मनले : चोर्ने, सुत्ने र विदेश जाने । अघिल्ला दुवै कामसँग घोर घिन मान्थी विम्स । चोर्नु र पैसाका लागि कसैसँग सुत्नु असहनीय कल्पना लाग्थ्यो विम्सलाई । पछिल्लो विकल्प जँचेपछि ऊ लागि हिब्रू भाषा सिक्न । हिब्रू भाषा बोलिने देश इजरायलमा काम पाइन्छ भन्ने उसले सुनेकी थिई । उसले चिनेका दुईजना केटी पनि त्यता लागेका थिए । उसले पनि सुनेअनुसार नै केयर गिभर कामका लागि र्फम भरी । एजेन्टले भन्यो बीस हजार लाग्छ । उसले तत्काल हुन्छ भनी र एटिएम मसिनबाट आफ्नो भएको बचत लास्ट पारेर दलाललाई पैसा बुझाई । त्यतिन्जेलसम्म पनि उसलाई इजरायल भन्ने देश पृथ्वीको कुन कुनामा छ ? थाहा थिएन ।'बच्चा वेलामा भूगोल पढेको भए पो थाहा होस् त' रोशनले एकपटक उसलाई इजरायलका बारे सोधेका वेला उसले खिलखिलाउँदै जवाफ दिएकी थिई र भनेकी थिई, 'अमेरिका महादेश हो भन्ने त थाहा छ नि ! थाहा भएर के हुन्छ र ? त्यता इजरायलतिर पनि मान्छे नै बस्ने त होलान्, कि बाँदर र भालु मात्रै बस्छन् ?'विम्स रोशनसँग बिहे गर्न चाहन्थी । रोशन विम्ससँग डेटिङमा जान मात्र रुचाउँथ्यो । क्यासिनोमा जागिर खाएर स्वास्नी पाल्न सकिने भरोसा थिएन उसलाई । सात वर्षअघि माओवादी र सिपाहीहरूका बीच भिडन्त बढ्न थालेपछि डडेलधुराबाट काठमाडौं विस्थापित भएको रोशन जसोतसो धर्तीमा टेक्नसक्ने भएको छ । इच्छा र आकांक्षाहरूको बथान ठूलै छ । तर, त्यतिले मात्र के हुन्छ र ? इच्छा र आकांक्षामा लगाम नलगाउने हो भने रोशन बाँच्न पनि सक्दैन ।विम्सलाई दुईचार भेटमै थाहा भैसकेको थियो रोशन र उसबीचको सम्बन्ध यत्तिकै हो, खाऊ, पिऊ, मोज गर र बिर्सिऊ । त्यसो त रोशन उसलाई माया पनि गथ्र्यो र परेका वेलामा मद्दत पनि । पछि जे भए पनि सम्बन्धमा कुनै घात र प्रतिघात थिएन । रोशन विम्सलाई हौस्याउँथ्यो वेला-वेलामा । ऊ उसका छातीका फाँचालाई एकसुरले एक टंकार हेथ्र्यो । विम्स त्यत्तिमा रमाएकी थिई ।नम्रताको जीवन अलिकति बेग्लै छ । उसलाई लाग्छ, मम्स ठीक छैन । सधैँ पूजा, सधैँ भजन । पिरियडका वेला मम्सले गर्ने दुव्र्यवहारले पनि आजित भएकी छे नम्रता । यता नआ, त्यता नजा । मानिसहरू पश्चिम नेपालमा छाउपडीको चर्चा गर्छन् । तर, काठमाडौंभित्रै असभ्यताको आसन जमाएर बसेका अछामहरू, डोटीहरू र बैतडीहरू देख्दैनन् ।
पापा नभएको भए के हुन्थ्यो जीवन ? कहालिन्छे नम्रता । अहिले ऊ क्याम्पसमा होइन, कुनै गाउँमा गृहिणी भएर बसेकी हुने थिई । मम्सले परारै बिहे गरिदिने षड्यन्त्र गरेकी थिई । तर, पापा ठिस भइदिनुभयो । मम्स त्यतिवेला चिच्याएकी थिई, उमाल्नुस्, उमाल्नुस् । फुँडी बनेर कुलको इज्जत फाल्छे, अनि थाहा पाउनुहोला ।नम्रताले घरेलु तनावलाई पचाइसकेकी छे । पन्ध्र सालमा जन्मिएकी आफ्नी आमा र दस सालमा जन्मिएका बाबुका बीच देखिएको मानसिक अन्तरलाई उसले बुझ्न सकेकी छैन । वेला-वेलामा नम्रतालाई लाग्छ, जन्म दिएकै आधारमा मम्स उसको शरीरमाथि आफ्नो आधिपत्य जमाउन चाहन्छे । तर, ऊ यसो हुन किमार्थ दिन चाहन्न ।बिबिएस पास गरेपछि नम्रता एउटा बैंकमा काम गर्न थालेकी छे । राम्रै छ स्यालरी । यो हाइटबाट ऊ अरू माथि उक्लिन चाहन्छे । अब एमए पास गर्ने धोको बाँकी छ उसको । पास गर्नेबित्तिकै ऊ स्टेट्सतिर लाग्ने विचारमा छे । किरण, उसको ब्वाइफ्रेन्ड, उतै छ । काम गर्दै पढ्दै छ । अहिले पापा जोन्समा 'टेबल ब्वाई' भएको छ रे ! काम त जे गरे पनि हुन्छ । मुख्य कुरा आफूले चाहेको जस्तो जीवन बिताउन पाउनुपर्छ । लाइफ सुड नट बी रेस्टि्रक्टेड । ऊ दिनहँुजसो खाजाको समयमा अफिसनजिकको रेस्टुरेन्टमा जान्छे साथीहरूसँग । त्यहाँ पुगेपछि ऊ र उसका साथीहरू चुरोटको धुवाँसँगै रंगमगिन्छन् । चुरोट खुब इन्जोय गर्छे नम्रता । ऊ चुरोटको धुवाँसँगै आफ्ना मनका कुरा साट्छे, साथी-भाइसँग । तर, घरमा चुइंगम चपाएर चुरोटको धित मार्छे । साथी-भाइले प्रत्येक साता हलमा सिनेमा हेर्ने नियम बनाएका छन् । सिनेमापछि उनीहरू कहिले ठमेल र कहिले लाजिम्पाट पुग्छन्, फुड इन्जोय गर्न । कहिलेकाहीँ वाइन खान्छे नम्रता । वाइन खाने दिन ऊ पहिले नै पापालाई खबर गर्छे— पापा ! वी आर ह्याभिङ डिनर टुगेदर टुनाइट । विल वी कमिङ इन दि मर्निङ..... ।उदाहरणहरूको थुप्रो देखेर कहालिन्छन् अमृतदाइ । समय चेन्ज हुने कुरामा उनलाई कुनै शंका थिएन । तर, यति छिटो यसरी चेन्ज होला नेपाल उनलाई यस्तो कहिल्यै लागेन । हाम्रा पालामा के थिए र ? उतिवेला कलकत्ताबाट काठमाडौं टेलिफोन गर्न सात दिन कुर्नुपथ्र्यो । त्यो पनि बेस्सरी कराएर बोल्दा पनि सुनिन्नथ्यो । अहिले क्यालिफोर्नियामा जन्मिएको नातिसँग च्याट गर्छन् अमृतदाइ । नाति उनलाई आफ्नी गर्लफ्रेन्डका बारेमा बताउँछ । अमृतदाइ मख्ख पर्छन् ।समय साँच्चै बदलिएको छ । हिजोको समयमा मानिसहरू डाक्टर, इन्जिनियर, पाइलट, क्याप्टेन र अरू के-के बन्न चाहन्थे । इतिहासको धङ्धङीमा बाँच्थे मानिसहरू । आफ्ना बाबुले खाएको घिउको बास्ना सुँघाउने प्रयत्नमा लाग्थे सुपुत्रहरू । तर, समय बदलियो । बितेका चार दशकयता जन्मिएको नेपाली पुस्ता लिगेसीको कुनै पनि मोहबाट मुक्त छ । ऊ सबभन्दा पहिले आफ्नो औकात र हैसियत हेर्छ । त्यसपछि मात्र आफ्ना लक्ष्य र उद्देश्यहरूको किटानी गर्छ । यो पुस्ताले आफ्ना लागि सुखको आफ्नै परिभाषा बनाएको छ । दुःखलाई पराजित गरेर अघि बढ्न चाहन्छ यो पुस्ता । यसले घाम-पानी र रगत-पसिना सबै देखेको छ । देशमा माओवादीले हिंसात्मक आन्दोलन गर्दाका अनुभूतिले उसको मनलाई बलियो बनाइदिएको छ । हामी परिवर्तन गर्न सक्छौँ भन्ने आत्मविश्वासलाई आफ्नो अँगालामा बाँधेको छ नयाँ पुस्ताले । देशको माया गर्छ यो पुस्ता । तर, माटामा खुम्चिएर रमाउन रुचाउँदैन । नयाँ नेपाली पुस्तामा भावनाको प्रचुरता छ । तर, कहिल्यै पनि आँसु बेचेर बाँच्न चाहँदैन । नजान्दा-नजान्दै नयाँ नेपालीले डिग्निटी अफ लेबर को अर्थ बुझेको छ । काम नगर्नेका प्रति नयाँ नेपालीको दृष्टिकोण सकारात्मक रहँदैन । काम गर्नेहरूसँगको सामीप्य कहिल्यै फाट्दैन । कुबेतदेखि केमरुनसम्म नयाँ नेपाली नपुगेको ठाउँ नै छैन । शिक्षा छैन भने साहस छ । आज देशले जुन रेमिट्यान्स राजस्वमा रमाउन पाएको छ, त्यसको अजस्र धारा नै हो नेपाली नयाँ पुस्ता ।विम्स हुन् कि नम्रता, रोशन होस् कि किरण : नयाँ नेपालका आधारस्तम्भ यिनै हुन् । तन्नेरीहरूको यही विशाल जमघट हो नयाँ नेपाल । कतै-कतै अलिकति उत्ताउलो देखिए पनि, कतै-कतै अलिकति खस्रो र ठाडो देखिए पनि, कतै-कतै अलिकति खुला र छाडा लागे पनि, अन्ततः आजको नेपालको सम्पूर्ण निर्मिति छ यही पुस्ताका हातमा । जनसंख्यामा आएको आमूल परिवर्तनको पत्तो नपाउने, सत्ताको एकात्मक स्वरूपमा रमाइरहने र श्रमलाई जाति र धर्मका आकारमा विभाजित गर्ने पुरानाहरूको दिन अब सकिए । ईश्वर, अल्लाह र इशामसिह सबै आस्थाहरू समेटिएका छन् नेपाली तन्नेरी मनमा । नयाँ भूगोलको निर्माण भएर नेपाल नयाँ भएको होइन । देशको सार्वभौमसत्तामाथि तन्नेरी पुस्ताको बढ्दो स्वामित्वका कारण अबको नेपाललाई नयाँ नेपाल भनिएको हो ।