Saturday, December 26, 2009

शहिद परिवारका गलामा मालासमेत पहि¥याईन्छ तर खासै आसु बग्दैन

काठमाडौ । ३० वर्ष एक महिना अगाडी घटेको छिन्ताङको घाउँमा खाटा बसेको थियो तर छिन्ताङे जनतालाई फेरी त्यही झल्को लाग्यो जुन बेला छिन्ताङ हत्या काण्ड बारे नेपाली कथानक चलचित्र कालरात्रीको छायाङ्कन शूरु भएको थियो । छायाङ्कन भइरहदा कतिपयले त ३० वर्ष अगाडीको क्रुरता सम्झेर आसुसमेत बगाएका थए । पञ्तायती कालरात्रीको पीडा भोगेका सोम दर्जी त छायाङ्कनका बेला केहीबेर भक्कानिए । उनका वुवा गम्भिरमान दर्जी ३० वर्ष अगाडी पचायती शाषकले क्रुरतापुर्वक गोली हानी हत्या गरेको थियो । उनको वुवाको हत्या उनकै सामुन्ने गरिएको थियो । उनले भने–‘मलाई त पुरानो झल्को लाग्यो । ’ हुन त प्रत्येक वष्र्म त्यहा शहिद सप्ताह पनि मनाईन्छ । शहिद परिवारका गलामा मालासमेत पहि¥याईन्छ तर खासै आसु बग्दैन । तर तत्कालिन हत्या काण्डलाई झल्काउने गरी कालरात्रीको छायाङ्कन हुँदा भने धेरैको आखा रसाए । शुर श्रृङ्गार फिल्मस काठमाडौं र जननी जन्मभुमी साँस्कृतीक रंगमञ्च धनकुटाको ब्यानरमा निर्माण भईरहेको सत्य घटनामा आधारित नेपाली कथानक चलचित्र कालरात्रीमा शहिद गोपालआनन्द राईका छोरा योगेन्द्र राईको प्रमुख भूमिका रहेको छ भने रुपेश उप्रती, गोपाल बराईली, चन्द्रकला राई, सुकमाया मोक्तान, जेवी घलेमगर, सन्तोष शिवाकोटी, रेवत नेपाली, शशिबिक्रम थापा, विजय लामा, लगायतले अभिनय गरेका छन् । किशोर अनुरागद्धारा निर्देशित सो चलचित्रमारुपेश उप्रेतीको प्रस्तुती, राजकृष्ण महर्जनको छायाङ्कन, कृष्णप्रसाद आचार्यको पटकथा र दृष्टिविहिन कृष्णभक्त राईको संगीत रहेको छ । सञ्चारकर्मी गोपाल बराईली र शुर शृङ्गार फिल्मसका पुरुषेत्तम शिवाकोटी निर्माता रहेको कालरात्रीको छायाङ्कनका क्रममा गोपाल बराईली र रुपेश उप्रती घाईते भएका थिए । एक महिनाभित्रमा सम्पादन कार्य सम्पन्न हुने बताईएको छ । पञ्चायतको विरोध गरेको आरोपमा तल्कालिन शाषकले २०३६ कार्तिक २४ देखि २९ गतेसम्म खोकु, आखिसल्ला र छिन्ताङका १५ जनाको हत्या गरेको थियो । त्यती बेला सुर्यबहादुर थापा प्रधानमन्त्री थिए । छिन्ताङ हत्याकाण्ड नेपालको ईतिहासमा चर्चित हत्याकाण्डको रुपमा लिईन्छ ।

Sunday, November 8, 2009

जलवायु परिवर्तनमा कोपनहेगनको बाटो


नवराज पोखरेल
यसै वर्षको डिसेम्बरमा क्योटो प्रोटोकलका सदस्य राष्ट्रको पन्ध्रौं बैठक कोपनहेगनमा बस्दैछ । सन् १९९७ को डिसेम्बरमा सम्पन्न क्योटो प्रोटोकलको एउटै मूल उद्देश्य सन् २००८-२०१२ सम्ममा हरितगृह ग्यासको उत्सर्जन ७ प्रतिशतको दरमा घटाउने भन्ने थियो । घटाएको ७ प्रतिशतले वायुमण्डलमा हरितगृह ग्यासको मात्रा सन् १९९० को हाराहारीमा पुर्‍याउन सक्थ्यो । हरितगृह ग्यासहरूको सूचीमा कार्बनडाई अक्साइड, मिथेन, नाइट्रस अक्साइड, हाइड्रोˆलोरो कार्बन, परˆलोरो कार्बन र सल्फर हेक्जाˆलोराइड पर्दछन् । विश्वमा हरितगृह ग्यास उत्सर्जन गर्नेमध्ये ५५ प्रतिशत राष्ट्रले हस्ताक्षर गरे पश्चात् लागू हुने कानुनी व्यवस्था राखिएको सो सन्धिलाई हस्ताक्षर गर्ने राष्ट्रहरूको सूचीमा सन् २००६ मा नै ५५ प्रतिशत पुगेको हो । तथापि अमेरिका र अस्ट्रेलिया जस्ता शक्तिशाली र उच्च हरितगृह उत्सर्जन गर्ने देशहरूको कारण यो सन्धि लागू हुनसकेन । त्यसकारण विश्व समुदाय अहिले जलवायु परिवर्तन विश्वव्यापी उष्णताका विविध समस्यामा फसिसकेको छ । यो परिवेश विश्व समुदायलाई नियन्त्रित रूपमा हरितगृह ग्यास उत्पादन कम गर्ने कानुनी प्रावधान छैन । यो शून्य समयले हरितगृह ग्यास उत्सर्जनको मात्रा अत्यधिक बढाएको छ । मौसम परिवर्तन र विश्वव्यापी उष्णताको चरम शिलाबाट वर्तमानको विश्व परिरहेको छ । सँगसँगै समस्त ब्रम्हाण्ड नै यो समस्याका द्वितीय र अरु असरबाट अझै प्रताडित हुने प्रक्रिया बढ्दैछ ।
सन् १९९० को अगाडि जलवायु परिवर्तन र विश्वव्यापी उष्णता वैज्ञानिक जगत र शोधकर्ता सामु अध्ययनको विषयमात्र थियो । तथापि दुई दशकको समयावधिमा यो समस्याले चारैतर्फबाट गाँजिसकेको छ । विकसित र औद्योगिक राष्ट्रहरूको चरम लापरवाहीले सिर्जित यो समस्याभित्र अविकसित र गरिब राष्ट्र अत्यधिक मारमा पर्दै गएका छन् । प्राकृतिक स्रोतमा प्रत्यक्ष निर्भर रहने तेस्रो विश्वका समुदाय नै यस समस्याका प्राथमिक असर पर्ने समुदाय हुन् ।
नेपालको परिवेश अरू अल्पविकसित र विकसित देशको भन्दा फरक प्रकारको छ । हिमालय क्षेत्रको मध्यभागमा अवस्थित नेपालको भौगोलिक अवस्था नितान्त प्राकृतिक विभाजनमा आधारित छ । थोरै क्षेत्रफलमा अवस्थित भए पनि भौगोलिक विविधताले गर्दा सूक्ष्म मौसमीय अवस्था अत्यधिक रूपमा देखिएका र भेटिएका छन् । हिमालयको हिउँ, उच्च जैविक विविधता, कृषि प्रणाली, स्वास्थ्यमा रोग व्याधिको बढोत्तरी, पारिस्थितिक प्रणालीमा हुने परिवर्तन र जल क्षेत्रमा पर्ने परिवर्तन यो जलवायु परिवर्तनका प्रत्यक्ष असरका क्षेत्र हुन् । नेपाली समुदाय वणिर्त प्राकृतिक सैद्धान्तिक क्षेत्रभित्र मात्र भर पर्ने परिस्थितिले असर देखिन थालेका छन् । यही मान्यतालाई हेर्ने हो भने अबको जलवायु परिवर्तनलाई रोक्ने प्रयास विकसित र औद्योगिक राष्ट्रहरूले होइन यसको असरबाट प्रताडित, अपिmकाली राष्ट्र, माल्दिभ्स, नेपाल जस्ता अविकसित र प्राकृतिक स्रोतमा प्रत्यक्ष भर पर्ने राष्ट्रहरूले गर्नुपर्ने आवश्यकता छ ।
कोपनहेगनको बाटो
क्योटो प्रोटोकल निष्प्रभावी भइसकेपश्चात् विश्व संरक्षणवादी वैज्ञानिकसहित प्रोटोकलका सदस्य राष्ट्रहरूको पन्ध्रौं बैठक डेनमार्कको कोपनहेगनमा यसै वर्षको डिसेम्बर ६-१५ सम्म हुन गइरहेको छ । कोपनहेगनको १५ औं कन्पmेन्स अफ पार्टीको बैठकले हावापानी परिवर्तनलाई नियन्त्रण गर्न सर्वमानय नयाँ सम्झौता ल्याउने अपेक्षा गरिएको छ । चौधौं सम्मेलन बालीमा भइरहँदा पनि विश्व समुदाय नयाँ सम्झौताको आशामा थियो । अबको कोपनहेगन बैठकले ल्याउने प्रक्रियाबारे वर्तमानमा बृहत् छलफल भइरहेको छ । क्योटो प्रोटोकललाई विकसित र औद्योगिक राष्ट्रले पूर्ण वैज्ञानिक प्रमाण नभएको, अविकसित र अल्पविकसित देशका लागि कुनै सीमा नभएको जस्ता कमजोरी थिए ।
अबको बैठकमा आउन सक्ने प्रावधानमा पनि कानुनीरूपमा बाध्यतामा पार्ने प्रक्रियाहरूलाई प्राथमिकता दिनुपर्छ । कार्बन र कार्बनजन्य ६ वटा हरितगृह ग्यासको उत्सर्जन कम गर्ने निश्चित उपायका तरिका र यथेष्ट वैज्ञानिक प्रक्रिया त्यस बैठकमा पेस गर्ने हुनुपर्छ । समय र विकासक्रमले ल्याएका परिवर्तन र आगामी समयमा हुने पारिस्थितिक प्रणालीमा आउने परिवर्तन सँगसँगै सम्भावित भविष्यमा हुने प्रक्रियाको भविष्यवाणी वैज्ञानिक ढङ्गले गर्दै त्यसको निराकरणका उपाय अपनाउनुपर्ने विश्वव्यापी आवश्यकतालाई पूरा गर्नुपर्छ । कार्बनको स्थिरीकरण गर्ने प्राकृतिक तरिका रुख बिरुवाको बढोत्तरी सँगसँगै वन विनाशलाई रोक्नका लागि असरदायक र सामुदायिक कार्य प्रणालीलाई अपनाउन सकिन्छ । केन्याको वातावरण मन्त्री अंगारी माथाईको "एक मानिस एक रुख" नामक नारालाई विश्वव्यापी गराउन सकेको खण्डमा मात्र पनि ५ अर्ब रुख थपिन्छन् । एउटा रुखले कति मात्रामा कार्बनलाई रोक्छ भन्ने निश्चित मात्राको मापन नभए पनि यसको योगदान चाहिँ अत्यधिक हुने गर्दछ । त्यसैगरी ऊर्जा उपयोग प्रणालीलाई परिवर्तन र कार्बन उत्सर्जकले तिर्नुपर्ने बाध्यात्मक प्रणालीको विकास गर्नुपर्छ । कोपनहेगन बैठकले अघि बढाउन अत्यावश्यक अर्को पक्ष के हो भने गरिब तर अविकसित देशले, वर्तमानका विकसित देशका कारण खप्नुपरेको चुनौतीको क्षतिपूर्ति पूर्णरूपमा पाउनुपर्छ । यो प्रक्रियालाई अगाडि बढाउन विश्वव्यापी कोषको संरचना गरिनुपर्दछ । औद्योगिक र विकसित राष्ट्रबाट आउने क्षतिपूर्ति वापतको सो कोष, अविकसित राष्ट्रमा वातावरण मैत्री विकासका कार्य सञ्चालन गर्न उपयोग गरिनुपर्छ ।
नेपालका मुद्दा
राष्ट्रिय अनुकूलता कार्यक्रमको निर्माण गर्न नसकेर अहिलेसम्म पनि नेपाल आˆनो अकर्मण्यताको चरम रूप विश्व वातावराणीय समुदायसामु देखाइरहेको छ । जलवायु परिवर्तनका चरम असर नेपालबाट देखिन थालेका छन् । विविधतायुक्त भू-जैविक अवस्थाले सुझाएको परिवेशले नेपालमा पर्ने असर अत्यधिक हुने र भइरहेका छन् । तथापि जलवायु परिवर्तन विषयक क्षेत्रमा नेपाल सरकारले नयाँ रणनीतिक पाइला सार्नुपर्दछ । अविकसित तर संवेदनशील भू-बनोटलाई संरक्षण गर्न माग गर्ने र विकासशील भएको नाताले विकासलाई वातावरण मैत्री बनाउन लेनदेनको राजनीति अन्तर्राष्ट्रिय मञ्चमा गर्नुपर्छ । डिसेम्बरमा हुने बैठकको पूर्व तयारीका रूपमा 'बार्गेन' सामथ्र्यलाई बढाउनुपर्दछ ।
संवेदनशीलताले नेपालको मात्र होइन समस्त दक्षिण एसिया क्षेत्र पनि महत्त्वपूर्ण अवस्थितिमा पर्दछ । सोका कारण नेपालमा हुने वातावरणीय क्षतिका असर दक्षिण भारत, बङ्गलादेशलगायत दक्षिण एसियाली देशहरूले भोग्नुपर्दछ । यो खतरनाक भविष्यलाई देखाएर किन 'बार्गेन' नगर्ने । नेपालले कोपनहेगन बैठकमा भन्नसक्नुपर्छ कि हामी वातावरण होइन विकासको अग्रगतिमा छौं र विश्व समुदाय दक्षिण एसियाको वातावरण रक्षा गर्न चाहन्छ भने नेपाललाई आर्थिक सहयोग गर्नुपर्छ जसबाट हाम्रा विकासका कार्यक्रम वातावरण मैत्री बनाउन सकिने हुन्छ । नेपाली कार्यमण्डलले के तयार गर्न सक्नुपर्छ भने वातावरणीय सुरक्षाका लागि आवश्यक सुविधा वृद्धि र विस्तार गर्न आर्थिक सहयोगको प्याकेज चाहिन्छ । कूटनीतिक रूपमा विश्व मञ्चमा हाजिर गरेर आउने परम्परालाई तोड्दै अविकसित र गरिब राष्ट्रहरूकेा बृहत्तर लबिङको आवश्यकता कोपनहेगन बैठकमा आवश्यक छ । नेपाल सरकारले सो क्षेत्र र विषयको अगुवाइ गर्ने कार्यदिशा तयार गरेको खण्डमा नेपालको मात्र होइन विश्व समुदायको ठूलो खतरालाई रोक्ने प्रारूप तयार हुनसक्छ ।

जलवायु परिवर्तनको चपेटामा कृषि क्षेत्र

रामचन्द्र अधिकारी
साउनको पहिलो हप्ता भइसक्दा पनि यसपालि खेतमा रोपाइँ जम्न सकेको छैन । खेतमा पसेर काम गर्न तम्तयार किसानहरू अहिले कामविहीन भएर दिन कटाउन विवश छन् । देशमा धान रोप्न योग्य जमिनको आधा क्षेत्र पनि यसपटक रोपिएको छैन । यसका पछाडि एउटै प्रमुख कारण छ - प्रशस्त पानी नपर्नु । असार महिनाका केही दिन हल्का वषर्ा भएपनि त्यसयता खडेरी लागेको छ । त्यतिबेला हिलोमा जोतेकेा खेत र धान रोपेका गह्रा अहिले सुकेर धाँजा फाटेका छन् । खडेरीले हिलो सुकेपछि पुनः पानी परेपनि सो माटो सुधार्न गाह्रो पर्छ । त्यस्तो माटोमा कहिले के रोपेर कति फलाउँने ?
यो अरुथोक केही नभएर जलवायुमा आएको परिवर्तनको प्रभाव हो । जलवायुमा परिवर्तन आएपछि समयमा वषर्ा नहुने, अतिवृष्टि, अनावृष्टि, तथा अनियमित वृष्टि हुने गर्दछन् । यी सबै प्रक्रिया कृषिक्षेत्रका निम्ति प्रलयकारी हुन् । नक्कली र अम्लीय बषर्ा पनि उत्तिकै हानिकारक छन् । नक्कली वषर्ा भन्नाले ठूलो पानी पर्ला झैं हुने तर छिटफुट परेर टर्ने हो । साथै मनसुन सुरु भएजस्तो हुने अनि वषर्ा नै हुन नसक्ने । वायुमण्डलमा धूँवाको ठूलो परिमाण जमेर बस्न थालेकाले आकाशबाट पानी पर्दा धूँवामा भएका सल्फर,नाइट्रोजन र कार्बनका योगिकहरू पानीमा मिसिएर अम्ल बनिन्छ । त्यही अम्ल वषर्ाको रूपमा जमिनमा पर्नुलाई अम्लीय वषर्ा भनिन्छ ।
आवश्यक परेको बेला पानी परेन अथवा अनावश्यक समयमा बढी पर्‍यो भने बालीनाली उब्जाउने सम्भावना कसरी रहन्छ र Û अहिले त्यही भइरहेको छ । असारमा धान रोप्ने समयमा पानी नपर्ने अनि मंसिर- पुसमा चाहिं झ्यार-झ्यार झरी लाग्ने । योभन्दा अभिशाप किसानलाई के हुन सक्छ ?
अहिले विश्वमा खाद्यसङ्कट परेको छ । खाद्यसङ्कट आउनुको कारण जलवायुमा परिवर्तन आई उब्जनी घट्नु नै प्रमुख हो । चालीस बर्षअघि दक्षिण एशियामै प्रमुख अन्न उब्जाउने राष्ट्रमा पर्ने नेपालमा आजकल सबभन्दा कम उब्जाउ हुन्छ ।
जलवायुमा नकारात्मक परिवर्तन आइरहेका छन् भन्ने कुराको प्रमाणसँग हामी साक्षात्कार गरिरहेकै छौ । तीमध्ये केही हुन्- दिन र रातको तापक्रममा उति फरक नपर्नु अथवा राति गर्मी भइरहनु, एकै दिन धेरै पानी पर्नु अनि लामो खडेरी लाग्नु, हिउँ पग्लिएर समुद्रमा पानी बढ्दै जानु, हिमतालका आयतन बढ्नु आदि उल्लेखनीय छन् । जब हिउँ पग्लिएर हिमाल रित्ता बन्छन् तब त्यहाँ बेकामे चिसा मरुभूम्ाि बन्छन् । लामो खडेरी अनि हिउँ सुक्नाले पृथ्वीको जलभण्डार हराउँदै जाने गर्नाले कृषि क्षेत्र नराम्रो गरी प्रभावित बन्दछ ।
जलवायुमा परिवर्तन आएर प्रभाव पारेकै कारण बेमौसमी बालीनाली र फलफूलको त कुरै छोडौंं, मौसमी खेती पनि गर्न नसकिरहेको अवस्था छ ।
भू-उष्णीकरण -जसले जलवायुमा परितर्वन ल्याएको हो) ले गर्दा हरेक वर्ष पृथ्वीको तापक्रम बढ्दै छ । तापक्रम बढेकोले हिमालयको हिउँ पग्लिएर बाढी र पहिलो निम्तिरहेका छन् । बाढीले हरेक बर्ष २५ करोड घनमिटर माटो बगाएर नेपालबाट लैजान्छ । साथै पहाडबाट बगाएर ल्याएको माटो र बालुवाले तराईको खेतीयोग्य जमिन पुरिइरहेको छ । पहाडमा चल्ने पहिरोले ठूला बेसीहरू समेत बगाइरहेको छ ।
जनसंख्या बढिरहेकोे छ तर खेतीयोग्य जमिन घटिरहेकाले उब्जनी राम्रो अनुपातमा बढ्न सकेको छैन । सबै मानिसलाई ख्वाउन र आफ्नो जीवन सुधार गर्न किसानहरूले रासायनिक मल अधिक मात्रामा प्रयोग गर्ने गर्दछन् । यसले दीर्घकालीन फाइदा दिन सक्दैन । अवैज्ञानिक ढंगले प्रयोग गरिने विषादीले वातावरण प्रदूषण गराई जलवायु परिवर्तनलाई बढावा दिन्छ ।
मौसमअनुसारको हावापानी र जलचक्र भएन भने अन्न अनाज बढी उब्जाउने सपना नदेखे हुन्छ । उल्टै असिना पानी, हावाहुरी आदिले फूल, फल सबै नाश पारिदिन सक्छ । जस्तै, फलफूल फूल्ने र फल लाग्ने समयमा अथवा बाली पाकेको बेलामा असिना र हावाहुरी चलिदियो भने किसानले के पाउने ? यो अनिच्छाइएको पीडा विश्वले खेपिरहेको छ ।
जलवायु परिवर्तनले कृषिमा के प्रभाव पार्दाे रहेछ भन्ने कुरामा थाहा पाउन नेपालमा गरिएको एक अध्ययनअनुसार मधेसमा धान, गहुँ, बालीको उत्पादन हरेक वर्ष घढ्दै जाने देखाउँछ । एक दशकअघि तराईको प्रमुख नगदेबालीको रूपमा रहेको सनपाटको उत्पादन पछिल्ला वर्षमा ह्वात्तै घटेको देखिन्छ । यसको कारणहरूमध्येको प्रमुख हिस्सेदार भनेको जलवायु परिवर्तन नै हो । साल प्रतिसाल हानिकारक जीवजन्तु र झारपातको आक्रमण बढ्ने पनि सो अध्ययनले औंल्याएको छ । नभन्दै आजकाल धान खेतमा झारले धेरै आक्रमण गर्न थालेको छ । विदेशी हानिकारक बनमारा झारहरू नेपालका खेतीयोग्य जमिनमा फस्टाइरहेका छन् । विदेशबाट भित्रिएका शंखेकीराको आक्रमण सागसब्जीका बगानमा मात्र हैन गोदाममा समेत खपिनसक्नुको छ । जलवायुविद्हरूले यसलाई पनि जलवायु परिवर्तनको नकारात्मक प्रभावको रूपमा लिएका छन् ।
अधिक गर्मीले धेरै बालीनाली सानो उमेरमै अथवा थोरै अवधिमै पाक्दछन् । जस्तै ः रोपेको दुई/ तीन महिनामै धान, मकै, जस्ता बालीहरू पाक्न थालेका छन् । यो कुरा पोषणको दृष्टिकोणले राम्रो होइन । यस्ता अन्नमा यथेष्ट पौष्टिक तत्व हुँदैन र उति स्वादिष्ट पनि हुन्नन् । तातो भंुग्रोमा पंखाले हम्कदै छिटोछिटो पोलेको र धेरैबेर लगाएर ठीक्क तापमा पोलेको मकैको स्वादमा भिन्नता भएजस्तै हो । समाचारहरूमा आए दार्चुला र डोल्पा जिल्लाहरूमा वैशाखमा पाक्नुपर्ने काफल माघ महिनामै पाक्यो । यसवर्ष तराईमा आँपको उत्पादनमा पूरै गिरावट आयो र समयभन्दा १५/२० दिन अगावै पाके । उत्पादनमा कमी आउनुको कारण कीराको प्रकोप देखाइएको छ तर वातावरणविद्हरूले यसभन्दा पछाडि जलावायु परिवर्तन लुप्त कारण छ । जलवायुमा आएको विषम परिवर्तनले हानिकारक कीटपतङ्लाई उपयुक्त वातावरण बनाइरहेको छ ।
हावापानी परिवर्तन हुँदै जाँदा रैथाने बालीनालीले राम्रो उब्जनी दिन सक्दैन । विस्तारै यी विस्थापित हुँदै जान्छन् । परिवर्तित हावापानीमा बिरुवामा फूल र फल लाग्ने समयचक्र विचलित भई अपेक्षित लाभ लिन सकिन्न । रैथाने जातलाई भन्दा आगन्तुक वा नयाँ जातलाई कीटपतंगले बढी आक्रमण गर्दछन् । एकातिर रैथाने बालीनाली समयअनुसार परिवर्तन भई उत्पादन दिन नसक्नु अर्कातिर आगन्तुकलाई कीराले बढी आक्रमण गर्नु दुवै सन्दर्भले कृषिक्षेत्र अति प्रभावित छ भन्ने जनाउँछन् ।
हावापानीमा हुने गरेको अप्रत्यासित हेरफेरमा संघर्ष गर्न गाह्रो छ । यस्तो वातावरणमा सजाउने बालीनाली, बागवानीको विकास गर्न चानचुने कुरा हैन । यद्यपि कृषि विज्ञानले प्रयास गरिरहेको छ ।
किसानका अभिन्न सहयोगी घरपालुवा, पशुपक्षीहरूमा समेत यो प्रतिकूल जलवायुले नकारात्मक असरहरू पार्दछन् । फलतः पशुउत्पादनमा पनि उल्लेख्य गिरावट आउँछ ।
वर्तमान जलवायुमा नकारात्मक परिवर्तन आइरहेका छन् भन्ने कुराका प्रमाणहरूसँग हामी साक्षात्कार गरिरहेकै छौ । तीमध्ये केही हुन्- दिन र रातको तापक्रममा उति फरक नपर्नु अथवा राति गर्मी भइरहनु, एकै दिन धेरै पानी पर्नु अनि लामो खडेरी लाग्नु, हिउँ पग्लिएर समुद्रमा पानी बढ्दै जानु, हिमतालका आयतन बढ्नु आदि उल्लेखनीय छन् ।

जलवायु परिवर्तनः चुनौती थपिँदैछ


दीलिपसिंह कुलुङ
जलवायु परिवर्तनका विषयमा सबैभन्दा पहिले सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी शिखर सम्मेलनमा व्यापक बहस भएको थियो । जसको परिणामस्वरूप जलवायु परिवर्तनसम्बन्धी महासन्धिको जन्म हुन पुग्यो । अमेरिकाले पहिलो औपचारिक सहमति जनाएको थियो । उक्त जलवायु परिवर्तनसम्बन्धी महासन्धिको मर्मअनुसार औद्योगिक शक्ति राष्ट्रहरूलाई स्वेच्छिक हरित गृह ग्यास कटौतीको लागि आहृवान गरिएको थियो तर प्रमुख शक्ति राष्ट्र अमेरिका र जापान जस्ता मुलुकहरू त्यसको बेवास्ता गर्न थाले । जसको फलस्वरूप औद्योगिक राष्ट्रहरूलाई हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्न बाध्यकारी सन्धि सन १९९७ मा जापानको क्युटोमा १८० राष्ट्रले पारित गर्न पुग्यो । त्यसलाई नै क्युटो प्रोटोकल भनिन्छ ।
जलवायु परिवर्तनसम्बन्धी क्युटो प्रोटोकलमा नेपालले सहमति जनाएर उक्त सन्धिको पक्ष राष्ट्र भइसकेको छ । तर नेपाल सरकारले वर्तमान समयसम्म जलवायु परिवर्तन रोकथाम र नियन्त्रणको कुनै कार्ययोजना अगाडि बढाएको देखिन्न । नेपाल सरकारले उक्त क्युटो प्रोटोकलमा हस्ताक्षर गर्न जति तत्परता देखायो त्यति नै यसको कार्यान्वयनमा पनि चासो र जागरुकता देखाएको भए नेपालमा जलवायु परिवर्तनको असर केही मात्रामा न्यूनीकरण गर्न सकिन्थ्यो । नेपालले यस्ता अन्तर्राष्ट्रिय कानुनी सन्धिहरूमा सहमति जनाउन जति अग्रसरता देखाउँछ, त्यत्ति नै मात्रामा कार्यान्वयन प्रक्रियामा पनि अग्रसरता देखाउन सके राम्रै हुन्थ्यो ।
जलवायु परिवर्तन विश्वव्यापी चुनौती र समस्या दिनानुदिन बढ्दै गएको छ । वैज्ञानिकहरूको अध्ययन र विश्लेषणअनुसार विश्वका ठूला ओद्योगिक शक्ति राष्ट्रहरूले हरित गृह ग्यास उत्सर्जनमा न्यूनीकरण नगर्नाले तापमान अभिवृद्धि भई यस प्रकारको समस्या उत्पन्न हुन गएको हो । ओद्योगिक शक्ति राष्ट्रहरूको कारणले यस्तो समस्या सृजना भए पनि यसको नकारात्मक असर र प्रभाव भने अधिकतम मात्रामा नेपाल जस्ता विश्वका अर्धविकसित मुलुकका नागरिकहरूमाथि पर्न गएको देखिन्छ । भर्खरै संयुक्त राष्ट्र सङ्घका भूतपूर्व महासचिव कोफी अन्नानले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वमा प्रतिवर्ष तीन लाख मानिसको मृत्यु जलवायु परिवर्तनको असरले हुने गर्दछ । अन्नानको प्रतिवेदनले मृत्यु हुनेहरू सबै अविकसित मुलुकका नागरिक हुन् भनेर देखाएको छ । जलवायु परिवर्तन संसारका विकसित शक्ति राष्ट्रहरूको कारण उत्पन्न भएको समस्या हो । हरित गृह ग्यास उत्सर्जनमा शक्ति राष्ट्रहरूले अहम भूमिका खेलेरहेका छन् । यसको अत्यधिक सिकार भने विश्वका अविकसित मुलुकका नागरिकहरू भइरहेका छन् ।
नेपालमा पनि जलवायु परिवर्तनको असर पर्याप्त मात्रामा देखिन थालेको छ । इन्डिकेटरको रूपमा नेपालको हिमाली क्षेत्रमा प्रतिवर्ष ०.६ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न गई हिउँ पग्लिन सुरु हुनु, हिमतालहरूको अवस्था कमजोर हँुदै जानु, स्वच्छ पानीको मुहान सुक्दै जानु, अनावृष्टि र अल्पवृष्टि जस्ता समस्या देखा पर्नु, दुई हजार मिटरको उच्चाइसम्म लामखुट्टे देखा पर्नु, हिमालका आदिवासी चराहरू लोप हुँदै जानु, तराई भेगका पशुपक्षी तथा कुनै कुनै जनावर पहाडी भेगमा देखा पर्नु, महामारी र हैजा जस्ता रोग फैलिँदै जानु, विनाशकारी आँधी र बाढी आउनु, सिमसार क्षेत्रहरू सुक्दै जानु, नदीनालाको सतह घट्दै जानु आदि प्रस्तुत गर्न सकिन्छ । हावापानी परिवर्तनको दृष्टिले नेपाल अत्यन्त संवेदनशील क्षेत्र हो । नेपाल हिमाली राज्य भएकोले हिमालको हिउँ पग्लिएर जाने क्रम रोक्न सकिएन भने अहिले देखिएका सेताम्य हिमाल कालो चट्टानमा रुपान्तरित हुन खासै लामो समय कुर्नु पर्दैन । जसले गर्दा स्वच्छ खानेपानीको हाहाकार उत्पन्न हुने, पृथ्वीको पर्यावरणीय प्रणाली पूर्ण रूपमा बिथोलिन गई सिङ्गो नेपाल मात्र नभई विश्वमा नै असर पर्न जान्छ ।
क्युटो प्रोटोकलको आयु सन २०१२ सम्म मात्र भएको हुनाले प्रमुख रूपमा हरित गृह ग्यास उत्पादन गर्ने अमेरिका, जापान, क्यानाडा, अस्ट्रेलिया जस्ता विश्वका शक्ति औद्योगिक राष्ट्रहरू बाध्यात्मक होइन कि स्वेच्छिक समाधानको बहसमा अल्भिmएको देखिन्छ । त्यस्ता औद्योगिक शक्ति राष्ट्रहरूले अत्यधिक मात्रामा उत्पादन गर्ने हरित गृह ग्यास नै जलवायु परिवर्तनको प्रमुख कारक तत्वको रुपमा मानिएको छ । जलवायु परिवर्तनमा मुख्य भूमिका कार्बन्डाइ अक्साइड, मिथेन, नाइट्रस अक्साइड, हाइड्रो अक्साइड फ्लोराइड जस्ता ग्यासको रहेको हुन्छ । विश्वका ठूलो औद्योगिक राष्ट्रहरूले खनिज ऊर्जा र इन्धन अत्यधिक मात्रामा आफ्नो सवारी साधन, उद्योग तथा कलकारखानाहरू र प्रविधिजन्य क्षेत्रमा प्रयोग गर्नाले माथि उल्लेखित ग्यासहरूको उत्पादन हुने गर्दछ । जसले हरित गृहमा नकारात्मक प्रभाव पार्दै जाने, परिणामस्परूप पृथ्वीको सन्तुलित जलवायु प्रणालीमा परिवर्तन भई पृथ्वीको तापक्रम बढ्ने र त्यसको ठाडो सिकार अविकसित मुलुकका नागरिकहरूलाई पर्न जाने वैज्ञानिहरूको अध्ययनले देखाउँदै आएको छ ।
क्युटो प्रोटोकलअन्तर्गत रहेको क्लिन डेभेलपमेन्ट मेकानिज्म ९ऋम्ः० अनुसार विश्वका औद्योगिक शक्ति मुलुकहरूबाट आफूले नवीकरणीय ऊर्जाको प्रयोग, स्वच्छ ऊर्जाबाट सञ्चालित सवारी साधनको प्रयोग, उद्योगहरूमा ऊर्जाको न्यून प्रयोग, वनसंरक्षण र जलविद्युत्को माध्यमबाट कार्बनको उत्पादन कम गरेवापत केही हदसम्म सहयोग पाउन सक्ने अवस्था छ । जसलाई कार्बनको व्यापार पनि भन्ने गरिन्छ ।
विश्वका अर्धविकसित होस् या पूर्ण विकसित सबै राष्ट्र सरकारले आफ्नो—आफ्नो देशमा कार्यक्रम कार्यान्वयन गर्नु जरुरी देखिन्छ । नत्र यो विश्व चाँडै मरुभूमिमा परिणत हुने खतरालाई नकार्न सकिन्न ।
नेपालमा कार्बन ग्यास कम गर्नु प्रमुख भूमिका बायोग्लासले निर्वाह गर्दै आएको पाइन्छ । नेपालले एक तथ्याङ्कअनुसार बायोग्यासलाई प्रोत्साहन गर्न सके प्रतिवर्ष ४५ लाख डलर कमाउन सक्ने देखिन्छ ।
जलवायु परिवर्तन न्यूनीकरण गर्ने सम्बन्धमा नेपाल सरकार मौन रहँदै आएको छ । यसको नियन्त्रणका लागि नेपाल सरकारले खासै चासो दिएको देखिन्न । नेपालको लागि मात्र नभएर विश्व समुदायकै लागि यो चुनौतीको विषय बन्दै गइरहेको छ । जलवायु परिवर्तनकै कारण नेपालले प्रशस्त प्राकृतिक तथा जैविक विविधता तथा पर्यावरणीय वस्तु गुम्दै गएका छन् । कुनै कुनै रूपमा नेपाल सरकारले जलवायु परिवर्तनको रोकथामको बारेमा पहलकदमी काम गर्नै पर्दछ । नत्र हाम्रो प्राकृतिक स्रोत साधन संरक्षणको अभावमा विस्तार विस्तार विनाशतर्फ धकेलिने छौँ । जसबाट हामी आफै पनि अछुतो रहन सक्दैनौँ ।
जलवायु परिवर्तनको राष्ट्रिय अनुकूल कार्यक्रम -नापा) विश्वका नेपाल जस्तै ३८ वटा अविकसित मुलुकले तयार पारिसकेका छन् । तर नेपालले अझै तयार पार्न सकेको छैन । जुन हामी नेपालीका लागि दुर्भाग्यको विषय हो । जसको कारण नेपालले कार्बन कम उत्पादन गरे वापत अन्तर्राष्ट्रिय समुदायबाट पाउनु पर्ने सहयोगमा समेत असर पर्नसक्छ ।
विश्व समुदाय जलवायु परिवर्तनको असरबारे सचेत हुनुपर्ने बेला आएको छ । यही अनुपातमा जलवायु परिवर्तनले निरन्तरता पाउने हो भने यस पृथ्वीमा मानवलगायत सम्पूर्ण प्राणी जगत्को अस्तित्व खतरामा पर्ने निश्चित देखिन्छ । राजधानी काठमाडौँमा सय वर्ष यता सबैभन्दा बढी ३६ डिग्री सेल्सियस तापक्रम वृद्धि भएको समाचार बाहिर आएका छन् । यो प्रत्यक्ष जलवायु परिवर्तनको असर हो । जलवायु परिर्तनको असरलाई न्यूनीकरण गर्न नेपाल सरकारले तुरुन्त विशेष योजना तर्जुमा गरी बायोग्यासको अधिक प्रयोगमा प्रोत्साहन, जैविक तथा सम्पूर्ण पर्यावरणीय विविधताको दीर्घकालीन व्यवस्थापन, प्राङ्गारिक खेतीमा प्रोत्साहन, स्थानीय बोटबिरुवाको वृक्षरोपण आदि कुराहरूमा जोड दिन सक्नु पर्दछ ।
अमेरिका, अस्ट्रेलिया, जापान र क्यानाडा जस्ता औद्योगिक शक्ति राष्ट्रहरूले पनि जलवायु परिवर्तनलाई विनाशर्त आत्मसात गरी यसको रोकथामको लागि सिर्जनात्मक तथा रचनात्मक क्रियाकलापतर्फ पाइला चाल्नु पर्दछ । यसैमा विश्व समुदायको भलो हुनेछ ।

आदिवासीबिनाको इन्द्रपुरी नेपालको कल्पना

डा.लाल-श्याँकारेलु रापचा
अचेल नेपालका आदिवासी भूमिपुत्री)हरूको नाममा विभिन्नखाले टाँचा वा लाञ्छनाहरूले मूलधारका पत्रपत्रिकाको पाना भरिने गरेको छ । सर्सर्ती हेर्दा ती आक्षेपका कोकोहोलो यस्ता छन्- "जातीय आवेश, विभाजन रेखा, नेपाललाई युगोस्लाभिया भै+m विलय गराउने खेल, देशलाई लेबनानको कुबाटोतिर धकेल्ने कार्य, श्रीलंका, भुटान, सोमालियापथ र लेण्डुप दोर्जेहरूको जन्म" आदि ।
नागरिकतान्त्रिक सङ्घीय गणतन्त्र नेपालसम्म आइपुग्दा राज्यको तीनै अङ्गदेखि शैक्षिक, सञ्चार, आर्थिक, सामाजिक, सांस्कृतिक र न्यायिक क्षेत्रहरूमा नब्बे प्रतिशत हिस्सा ओगट्ने चिन्तक जात यो पल यसरी लाञ्छनैलाञ्छनामा अल्भिmएको छ । यी लाञ्छनाहरूमा घोत्लिँदा म आफूसँग प्रश्न गर्छु- "आजकलका +२ का कल्कलाउँदा शिक्षार्थीहरूले पनि भन्ने गरेको एक्काइसौं शताब्दीको नेपालमा एब्सोल्युट -निरपेक्ष) जातिवादको पक्षधर को हो ? उनीहरू नेपाललाई किन लेबनानको कुबाटोतिर डोर्‍याइरहेछन् ? दोस्रो युगोस्लाभिया बनाउन किन खोजिरहेछन् ? किन रुवान्डा र नाइजेरिया बनाउन खोजिरहेका छन् वा किन लेन्डुप दोर्जेहरूको अवतार हुन खोजिरहेछन् हँ ?"
कल्पिन्छु- यहाँ भनिएको "जातीय आवेश र विभाजनको रेखा" नहुने हो भने यस एक्काइसौं शताब्दीको हाम्रो सङ्घीय गणतन्त्र नेपाल इन्द्रपुरी नै हुने थियो । हुन पनि कैयन् अलङ्कारले सुशोभित हाम्रा विगत र वर्तमानका कविहरूले पनि नेपालबारे कान्तिपुरीदेखि स्वर्गपुरीसम्मको माहात्म्य गाएका छन् । झनै कवि मविवि शाहले त सारा नेपाललाई नै 'रारा हौ कि अप्सरा' भनी अप्सरापुरीकै उपमा दिएका छन् ।
आज नेपाललाई यी सबै युटोपिया -स्वैरकाल्पनिक) इन्द्रपुरी, कान्तिपुरी, स्वर्गपुरी र अप्सरापुरी हुनबाट रोकेर यमपुरीको यात्रामा धकेल्ने कारकतत्व नै यी विचारक जात अनुसार "जातीय आवेश र विभाजनको रेखा" नै हुन् । अनि यी जातीय आवेश र विभाजन रेखा भनेका चाहिँ के हुन् त ? सरल भाषामा नेपालको अहिलेको राजनीतिक भू-सिमानामा ठाडो-तेर्सोमा रहेका आदिवासी भूमिपुत्र-ी)हरूको जातीय, भाषिक र सांस्कृतिक पहिचान नै राज्यपुनर्संरचनाको आधार हुनुपर्ने बहस हो ।
नेपाल सभ्यताको अभ्युदयमा गोपाल-महिषपालदेखि किराँत-ी) सभ्यता हुँदै आजको यो जिउँदो इतिहासको मोडमा आइपुगेको घडीमा वर्तमानको सग्लो नेपाल आर्जेका यी बिचरा भूमिपुत्र-ी)हरूलाई जातिवादी र विभाजनकारी बिल्ला भिराउनु नै एब्सोल्युट जातवादको दुःखदायी उदयको रूपमा सम्पूर्ण भूमिपुत्र-ी)हरूले बुभ\mन ढिलाइ गर्नुहुँदैन भन्ने मूल सन्देश वरिपरि नै यो लेख केन्दि्रत छ ।
यहाँ ओल्लो किराँतको शिक्षालयहरूमा प्राथमिकदेखि माध्यमिक शिक्षासम्म हासिल गर्दाको दिनहरूमा नेपाली भाषाका गुरुहरूले घोकाएको केही हरफलाई संस्करणसहित सम्झन चाहन्छु-
तिघ्रे र पर्वते स्वाँठे आदिवासी नाम
परेका छौं हामी खस-मनुवादी पञ्जामा
हामीकन हरे पारुहोपो Û शान्ति र चैन
सपनाबीच पनि आज रतिभर छैन ।
यी परिमार्जित हरफ राममणि आ.दी.सम्म आइपुग्दा यस्तो लेखिन पुगेको छ । उनै राममणिले संवत् २०१० सालमा लेखेथे-
"तिघ्रे र पर्वते स्वाँठे जुन हाम्रा दाज्यु-भाइ छन् ।
ती तेही रही वाचुन, हुनु पर्दैन सभ्य ती ।।
अयोग्य, मतुवाली र पाखण्डी, नीच, निर्दयी ।
पस्यो भने मण्डलमा राज्य उज्य उठ्ठा गराउँछ ।।
वाहुन क्षत्रियैवाट मन्त्री मण्डल जोरनू राज्यको संधै ।।"
यसैगरी गोर्खा एजेन्सी कार्यालयका अरु प्रखर भाषा योजनाकारद्वय कृष्णचन्द्र अर्याल एवं वैद्यनाथ जोशी
-सेढाइ) ले वैशाख १९४७ सालमा यस्तो भाषा योजना तर्जुमा अख्तियारी गरेथे- "अझसम्म एक ही ''गोरखा भाषा" को सर्व व्यापकता हुन सकेको छैन । किन्तु नेवार, भोटे, मगर, गुरुङ, लिम्बू, सुनुवार, दनुवार, थारु, प्रवृतिका जंगली भाषाहरूले पनि आफ्ना जन्मस्थानलाई एकदम छाड्न सकेका छैनन् । जहाँसम्म एक मात्र ''गोरखा भाषा" ले अरु सबै भाषालाई अर्धचन्द्र -गलहत्ती) लगाउन्न, त्यहाँसम्म ''गोरखा भाषाको उन्नति हुन्छ" भन्नु र ''मुख्य भाषा कहिन योग्य छ" भन्नु केवल मनोलड्डु मात्र हो ।
यी त भए विचारक मनुवादी मानवहरूका कुरा । र यी मानवहरूले देखेका नेपालको राजनीतिक तथा साहित्यिक आकाशका एक महामानवलाई पनि हामीले स्मरण गर्नैपर्ने हुन्छ । ती कहलाइएका महामानव बीपी कोइराला नै हुन् । ती महामानवले पूर्वीय नेपालका अनादि-आदिवासी किराँती जातिको आराध्यदेवी सुम्निमा -भाषैपिच्छे फरक नाम छन्) लाई निन्दा गर्दै 'सुम्निमा' उपन्यासको खोल ओढाएर आर्य-अनार्यको कुरा लेखेका छन् । जसमा उपन्यासकार महामानवले आर्य -बाहुन, क्षेत्री र दलितसहित) हरू सुसंस्कृत र अनार्य किराँतीहरू जंगली हुन् भन्ने दाबी गरेका छन् ।
यसले पनि प्रष्ट पार्दछ कि सङ्घीय गणतन्त्र नेपालमा कोचाहिँ एब्सोल्युट जातिवादी छ । यहाँ गाँठी कुरो भनेको चाहिँ के हो भने शाहनिय र जहानिय पञ्जाबाट अबको पालो नेपालको राज्यसत्ता मनुवादी बाहुनिय र खसानिय शासनप्रणालीमा जानुपर्दछ । यदि त्यसो भएन भने नेपाल युगोस्लाभिया, सिक्किम, रुवाण्डा आदि नहुने कुरै छैन । इन्द्रपुरीबाट यमपुरीमा परिणत भइजान्छ ।
यस कोहोलोमा तीन सिद्धान्तले काम गरेका छन् । तिनमा छारो हाल्ने, स्वाहा पार्ने र ललिपपले किन्ने सिद्धान्त नै हुन् । सर्वप्रथम त कल, छल, बलले यिनी तिघ्रे, पर्वते र स्वाँठे आदिवासीहरूको आँखामा फेरि पनि छारो हाल्न सकियोस् । अर्थात् माछो माछो भ्यागुतो । ताकि यिनीहरू त्यो स्तरबाट कहिल्यै माथि नउठून् । दोस्रो स्वाहा सिद्धान्तले के भन्छ भने देशमा गोरखा भाषा, संस्कृत भाषा र वाङ्मय, वेद, रामायण, महाभारत र आर्यहरू बाहेक सबै जाति, भाषा र संस्कृति स्वाहा वा सखाप होऊन् । यहाँ पनि युगयुगान्तर ''जसोजसो बाहुनबाजे उसोउसो स्वाहा" नै चलिरहनु पर्दछ । तेस्रोमा पर्ने ललीपप वा मल्खु नभए गोली सिद्धान्तले शतप्रतिशत नै आदिवासीहरू डा.स्वामी प्रपन्नाचार्यमय, हिन्दूमय, सन्तभेषमय, जोसमनीमय, फाल्गुनन्दमय, ओमनन्दमय, कृष्णप्रणामीमय र भानुभक्तमय होऊन् भन्ने चाहन्छ । त्यस्तो आग्रह छ । हालैको सचिव सूची २५ मा झण्डै पच्चीसैले सो आग्रह पूर्णरूपेण पूरा भएको छ ।
यसो भएपछि मात्रै नेपालको सार्वभौमिक, प्रशासनिक, न्यायिक, व्यवस्थापकीय क्षेत्रहरूमा पुनः सभ्य आर्यहरूको ९० बाट सयप्रतिशत नै कब्जा हुनेछ भने ८० बाट सय प्रतिशत नै हिन्दूमय हुनेछ । अनि पो नेपाल युगोस्लाभिया, सिक्किम, रुवान्डा होइन इन्द्रपुरी हुनेछ । उनीहरूले आदिवासी/जनजातिहरूलाई बुझाउन खोजेको धार्मिक, भाषिक र सांस्कृतिक सेक्युलरिज्म यही नै हो । यसैमा नेपालको अस्तित्व, समुन्नति र भविष्य छ । उनीहरूको जातीय, धार्मिक, भाषिक र सांस्कृतिक एब्सोल्युटिज्मले एउटै इन्द्रपुरीको सपना देखेको छÙ जहाँ अनार्य झुमाहरू र सुम्निमाहरू युगयुगान्तर काङसोरेहरूको नभएर नवआर्य महामानवहरू क्रमशः प्रदीप र सोमदत्त इन्द्रख्वामितहरूको पाउमा लम्पसार परेर सेवारत होऊन् । कथंकदाचित् उनीहरूको नूर उठी गयो भने देश विलय भइहाल्छ ।
सुनौलो त होइन कालो अक्षरमा नलेखिएको नेपालको जिउँदो इतिहासले के कहन्छ भने बन्न गइरहेको तमुवान लिगलिग कोटका भूमिपुत्र घलेहरूले द्रव्य शाहलाई गोरखामा स्थापित गराएका हुन् । मगरातका मगर भूमिपुत्रहरूले नालापानी, काँगडा र टिष्टासम्म विशाल नेपालको निर्माण गरेका हुन् । कीर्तिपुरमा रहेका आदिवासी नेवाःहरूको १६ धार्नी कानसहित युद्ध प्रायोजक पृथ्वीनारायण शाहका नाममा नेपाल उपत्यका विजय गराइदिने आदिवासीहरू घले, मगर र गुरुङहरू नै हुन् ।
यी आदिवासीहरूलाई गोरखाको नाममा ई.१८१६ बाट कूटनीतिक मानवव्यापार प्रारम्भ गरेदेखि उनीहरूले नलडेको संसारको कुनै पनि मोर्चा बाँकी छैन । भारतमा आज पनि ६० हजार हाराहारीको सङ्ख्याले भारतीय सीमासुरक्षा गरिरहेकै छ । प्रथम र द्वितीय विश्वयुद्धमा दुई लाख ४० हजारभन्दा बढी विभिन्न युद्ध मोर्चामा खटाइए । झण्डै २०० वर्षपछिको विभेदपश्चात् मात्रै ''मै हँु नागरिकतन्त्रको जननी" भन्ने बेलायतले अस्ति २१ मई २००९ मा आदिवासीहरूलाई जियुआरकेएचएको नामबाट स्वीकार्‍यो र ई.१९९७ पूर्व र उत्तरको रेखा विलय गरायो । नेपालमा भने करिब छसय वर्षदेखिको आर्य अनार्य विभेदी रेखाचाहिँ विलीन हुने छाँटकाँट छैन । लेखिन लागेको संविधानले मेटाउला कि भन्ने आशासम्म छ ।
ई.१९४७ को त्रिपक्षीयदेखि नदीनाला बेचबिखनका सन्धिहरूमा हस्ताक्षर गर्नेहरू पनि भूमिपुत्र आदिवासीहरू नै हुन् कि ? सत्ताखातिर दख्खिनी इन्द्रजाली प्रभुहरूसामु त्वं शरणम् गच्छामि भन्नेहरू पनि तीघ्रे र पर्वते स्वाँठे भूमिपुत्र नै हुन् कि ? जाली शैक्षिक प्रमाणपत्रभीरु कर्मचारी र सुसंस्कृत शिक्षाका ठेकेदारी जमात पनि उनै भूमिपुत्रहरू हुन् कि ? दिल्ली र बनारस सहरमा कति भूमिपुत्रको आलिसान महल र विदेशी बैंकमा अकूत रकम सञ्चित छ हँ ? आदिवासीहरूको रगत र पसिनाले आज्र्याको मुलुक नेपालमा के यति पनि सत्य ओकेल्ने साहस छैन यी कोकोहोलो मच्चाउनेहरूको ?
नवसङ्घीय राज्यहरूको नामकरणसम्म मगरात, तमुवान, थारुवान, मिथिला प्रदेश, तामाङसालिङ, किराँत, नेवाः प्रदेश आदि इत्यादि राख्दैमा सुसंस्कृत आर्यहरूको अस्तित्व नै नामेट हुने होइन । बरु धेरै दर्जन वेदान्तचार्य डा.स्वामी प्रपन्नाचार्यहरूलेे जन्म लिनेछन् । किनभने संस्कृत विद्यापीठहरूमा आदिवासी शिक्षार्थीको नै सङ्ख्या बढी छ भनेर ढोल पिटाइएकै छ । ती संस्कृत विद्यापीठहरू भत्काइएको तथ्य छैन र ती पीठहरूमा नागरिकहरूको करसहित डलरको खोलो बगेकै छ । बगी नै रहनेछ । यसरी यी प्रदेशका भाषाहरूमा भएको साहित्यलाई अघि भनिएको गोरखा भाषामा अनुवाद गरी संसारभर फैलाइने नै छ । जसरी जियुआरकेएचएहरूले हङकङ, बेलायत र पूर्वोत्तरी भारतमा पुर्‍याए र भारतीय संविधानमा पहिचान नै दिलाए । अब पालो हङकङ र बेलायतमा चिनारी दिलाउने हो । गरेकै छन् त अनार्यहरूले । के गरेका छैनन् हँ सभ्य आर्यहरूको चिनारीखातिर भूमिपुत्रहरूले ?
पूर्वोत्तरी भारतकै कुरा गर्दाखेरि पनि सूधपामध्येका पारसमणि प्रधानले त नेवाः भाषालाई नै फालेर गोरखा भाषा शरणम् गच्छामि उद्घोष गरे । उनको देनलाई कसैसँग पनि तुलना गर्नै सकिँदैन । त्यस्तै फाल्नेहरूमा गुमानसिं, अच्छा, इबरा आदि पनि हुन् । मास्टर मित्रसेनले पनि त्यसै गरे । काइँलाले चाहिँ दुवैलाई एकैसाथ वृद्धि गराए । के उनीहरूले गोरखा भाषालाई विश्वसाहित्यको हारमा उभ्याएका
छैनन् ? केही समययता हङकङ डायस्पोराले पनि विभिन्न साना मातृभाषालाई फालेर गोरखा भाषालाई नै माथि उचाल्दैछ । ए लेभलमा समावेशी चिनारी दिलाइ नै सकेको छ । भोलि बेलायतले पनि त्यसै गर्नेछ । त्यसैको ज्वलन्त दृष्टान्त गोरखा भाषा साहित्यकार विश्वासदीप तिगेला पनि हुन् । यहाँ उल्लेख नभएका धेरैले गोरखा भाषाको श्रीवृद्धि गरेकै छन् । धर्म, संस्कृतिमा पनि ८० प्रतिशत हिन्दू छँदैछन् ।
यता देशभित्र दशवर्षे जनयुद्ध र सशस्त्र विद्रोह -जुन इच्छा लाग्छ) मा चौधहजार नागरिकको बलीदानीमा ६० प्रतिशतभन्दा बढी भूमिपुत्र-ी)हरू नै थिए । बेनामहरू त कति हुन् कति ? कृष्ण सेनको पो पहुँच थियो र कसरी मारिए भनेर कतिपय नागरिकहरूले थाहा पाए । बेखबर बलिवेदीमा चढाइएका भूमिपुत्र-ी)हरूको त लेखाजोखा नै छैन ।
पुछारमा लिम्बूवानको भाषा धम्कीपूर्ण छ भन्नेहरूको कोकोहोलो पनि आइरहेकै छ । राममणिलाई यहाँ पनि भुल्नुहुँदैन । आदिवासीहरूको भाषा औधी सोझो हुन्छ । किनभने राममणि बाजेले भनेकै छन् स्वाँठे । स्वभाविकै हो । तर त्यसलाई धम्कीभन्दा पनि आप\mनो नागरिकको आवाजको रूपमा बुभ\mनुपर्दछ । त्यसलाई धैर्यपूर्वक सुन्नपर्दछ । पहिचानको रूपमा स्वीकार्नुपर्दछ । नेपालको संरचना नै त्यस्तो छ । के आदिवासीहरूले क्षेत्रीबाहुनको चिनारी र अस्तित्व स्वीकारेका छैनन् ? उल्टो पुजेकै छन् । के सुसंस्कृत आर्यहरूको त्यति बुभ\mनसक्ने विशेषता होइन त्यो ? एक कुशल शासकमा हुनुपर्ने गुण हो त्यो न कि नवसुसंस्कृत शासकहरूजस्तो जातीय राजनीति गन्तव्यहीन ।
मैजारोमा ''हात्ती छिर्‍यो पुच्छर अड्यो" भने भै+m हलो अड्काएर गोरु चुट्नु सुसंस्कृत आर्यहरूलाई कत्ति पनि शोभा दिंदैन । नागरिकहरूले चाहेका संविधान समयमै लेखिनुपर्छ । सहरका टाठाबाटाहरूले मात्रै डलरको आडमा अधिकार र चिनारीको कुरा गरेका हुन् गिटी कुट्नेलाई त सङ्घीयता र चिनारी चाहिएकै छैन भनेर फेरि पनि माछो-माछो भ्यागुतो सिद्धान्तमा अल्मल्याउने काम गर्नु भनेको सय प्रतिशत एब्सोल्युट जातवादको इन्द्रपुरी नेपालको इच्छा गर्नु नै हो । यसैबाट प्रष्टिन्छ कि नेपाललाई युगोस्लाभिया, रुवान्डा बनाउन खोज्नेहरू, लेबनानपथमा हिँडाउनेहरू, लेण्डुप दोर्जेजस्तै बन्न खोज्नेहरू को हुन् भनेर । भलै यसपटक आदिवासीहरूसहित २ करोड ९५ लाख नेपाली नागरिकको नयाँसंविधान लेखनमा सती सरापको छायाँ नपरोस् । हिजोका राममणि बाजेको योजना ''...पस्यो भने मण्डलमा राज्य उज्य उठ्ठा गराउँछ ।। बाहुन क्षत्रियैबाट मन्त्रिमण्डल जोरनू राज्यको सँधै ।।" ले पुनरावृत्ति नपाओस् । भूमिपुत्र-ी)हरूलाई आप\mनो माटोको माया छ । इन्द्रपुरी होइन आदिवासीसहितको समुन्नत नेपाल निर्माण गर्नुपरेको छ ।

विश्व आदिवासी आन्दोलन र नेपाल

खगेन्द्र राई (साम्पाङ्ग)
अहिले विश्वको जनसङ्ख्या करिब सात अर्ब पुगेको अनुमान गर्न सकिन्छ । सन् १९९९ अक्टोबर १२ लाई नै विश्वमा ६ अर्ब जनसङ्ख्या पुगेको मानेर ६ अर्बको विश्व मानिएको थियो । यसमध्ये विश्वका विभिन्न ७० भन्दा बढी मुलुकमा छरिएर रहेका विभिन्न आदिबासी जनजातिको सङ्ख्या ३० करोड भन्दा पनि बढी रहेको तथ्याङ्क रहेको छ । तर यिनीहरूको समस्या आजसम्म उस्ताको उस्तै रहेको छ ।
सदियौं कालदेखि नै आˆनै परम्परागत संस्कार संस्कृति, भाषा, धर्म, भौगोलिकतामा आधारित मौलिक मान्यताहरूमा आˆनो पहिचानलाई बचाएर विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका भए पनि उनीहरू नै केही शिक्षित तथा विकसित मानिने सभ्य जातजातिबाट शोषित, पीडित, तथा अपहेलित जीवन बिताउन बाध्य छन् । यस प्रकारले आˆनो हकअधिकार प्राप्तिका निम्ति विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका यस्ता आदिबासीले सही र समान अधिकार प्राप्तिका निम्ति अनेक ढंगबाट लडाइँ गर्दै आएका र विश्वमा मानव अधिकारसम्बन्धी विभिन्न क्षेत्रबाट पनि यससम्बन्धी विभिन्न कोणबाट अनेकन आवाज एठाउन थालेपछि धेरैजसो मुलुकहरू यी आदिवासीहरूको हकअधिकारको निम्ति सोच्न बाध्य भई केही मात्रमा भए पनि उनीहरूलाई अधिकारहरू प्रदान गर्न थालेका छन् । यसैको फलस्वरूप केही वर्ष अगाडिदेखि हरेक वर्षको अगष्ट ९ लाई विश्व आदिबासी दिवसको रूपमा मान्न थालिएको छ ।
विश्वभरकै आदिवासी जनजातिको समस्या प्रायः एकै प्रकारको भए पनि विभिन्न मुलुक र संघसंस्थाहरूले आदिवासी सम्बन्धी आ-आˆनै प्रकारको पहिचानको आधारको रूपमा परिभाषित गरेको पाइन्छ । आˆना हकाधिकारका निम्ति विभिन्न समयको संघर्षहरूबाट सन् १९५७ मा मात्रै अन्तर्राष्ट्रिय श्रम संगठनले आदिबासी तथा जनजाति सम्बन्धी सम्मेलन गर्न सफल भयो । यसपछि यिनै संगठनको सन् १९८९ मा भएको सम्मेलनले १६९ नं. पारित गर्‍यो । यसै नम्बरमा, आदिवासी तथा जनजातिले आˆनो राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक अधिकारको उपयोग गर्न पाउने र ऐतिहासिक सम्बन्धलाई संरक्षित गरिदिएको छ । यस सम्बन्धमा संयुक्त राष्ट्र संघले भने सन् १९८४ मा मात्र आदिबासी जनजातिका समस्यालाई समाधन गर्नका लागि उनीहरूको न्यूनतम मापदण्ड तयार गर्न आदिवासी कार्यदल गठन गर्‍यो ।
इरिका-इरिनी दाईसको संयोजकत्वमा गठन गरिएको सो कार्य दलले विभिन्न मुलुकहरूका आदिवासी जनताका संगठन, सरकारी प्रतिनिधिहरू, विद्वान र प्राज्ञहरूसँगको लामो छलफलपछि सन् १९९४ मा आदिबासी अधिकारसम्बन्धी मस्यौदा घोषणापत्र तयार पारेको पाइन्छ । यिनै कार्यदलले सन् १९९३ लाई संयुक्त राष्ट्र संघबाट विश्व आदिबासी वर्ष घोषणा गरेका हो । यसैगरी भियनामा सम्पन्न भएको विश्व मानव अधिकार सम्मेलनबाट माग भएबमोजिम संयुक्त राष्ट्र संघ-साधारण सभाले सन् १९९५-२००४ लाई विश्व आदिवासी दशक मानी प्रत्येक वर्षको ९ अगस्तलाई विश्व आदिवासी दिवसको रूपमा मनाउने पनि घोषणा गर्‍यो तर यो आदिवासीहरूका निम्ति केवल एक दिने दिवसकै रूपमा मात्र सीमित रहेको छ भन्दा केही फरक पर्दैन ।
यसैगरी अन्य मुलुकमा बसोबास गर्ने विभिन्न आदिवासी जातजातिहरूले आˆनो हकाधिकारका निम्ति विभिन्न संघसंस्थाहरू पनि आ-आˆनो क्षेत्रमा खोलेका छन् । आफूलाई आइनु मोसिर भन्ने जापानी आदिवासी आइनुहरूलाई सरकारले सन् १८६९ तिर निकै ठूलो दबाब र जातिहत्याको दबाब दिए तर पनि उनीहरूले आˆनो अधिकार प्राप्तिका लागि संघर्ष गरी नै रहे, फलस्वरूप भरखरै मात्र उनीहरूलाई आदिवासीको कानुनी मान्यता दिइयो ।
भारतमा पनि आदि कालदेखि बसोबास गरी आएका जुम्मा, नागा, द्रविड, लगायतका आदिवासीहरू रहेका छन् । यस प्रकार त्यहँाका नागाहरूले आˆनो स्वतन्त्रताको निम्ति सरकार समक्ष सन् १९२९ मा स्वतन्त्र राज्यको माग गर्दै आˆनो आन्दोलन अगाडि बढाउँदै सन् १९४६ मा नागा राष्ट्रिय परिषद् गठन गरी तत्कालीन बि्रटिस सरकार समक्ष आˆनो माग अघि बढाए । तर भारतीय सरकारबाट दमन बढ्न थालेपछि सन् १९८० मा नागाल्यण्ड राष्ट्रिय समाजवादी परिषद् बनाई त्यसका सेनाहरूले भारतीय सेनाविरुद्ध लडाइँ गर्नथाले तर आज ४० वर्षसम्मको संघर्षपछि पनि त्यहाँका समस्या समाधान भएको भने छैन । उता चीनमा पनि ५५ प्रकारका जातजातिका अल्पसंख्यक आदिवासीहरू रहेको पाइन्छ, जसको जनसंख्या कुल जन संख्याको ६.७ प्रतिशत मात्र रहेका छन् । यहाँका सबभन्दा कम जनसंख्या मानिएको जाति हेचे हुन् जसको जनसंख्या २००० भन्दा पनि कम रहेको अनुमान छ । यसरी पहिलाको समयमा यी जनजातिहरूको हकाधिकार सम्बन्धी कुनै कानुनी व्यवस्था नभए पनि उनीहरूको माग र संघर्षलाई ध्यानमा राखेर सन् १९५६ मा बनेको नयाँ संविधानले जनजातिको स्वशासनलाई सुनिश्चिता प्रदान गर्‍यो ।
यस्तैगरी फिन्ल्याण्डमा अनादि कालदेखि बसोबास गर्दै आएका आदिबासी जाति सामी हुन् । तर सामी जातिहरू अहिले फिन्ल्याण्ड लगायत नर्वे, स्वीडेन, रुस, गरी चार देशहरूमा छरिएर रहेका छन् । यी सामी जातिको भूमिलाई साप्मी भनिन्छ । नर्वे, स्वीडेन र फिन्ल्याण्डका सामीहरू मिली आˆना हकहितका निम्ति सन् १९५६ मा सामी सभाको एक मञ्च स्थापना गरे । उनीहरूले उठाएको प्रमुख माग नै सामी भाषा, संस्कृति, प्रकृतिसँगको कानुनी अधिकार, बातावरण र शिक्षा थिए । हाल रुसको कोला द्विप प्रान्तमा पनि करिब २००० सामीहरूका बासोबास रहेका छन् र उनीहरूले पनि आˆनो हकाधिकारका निम्ति कोला सामी संघ स्थापना गरी कार्य गरिरहेका छन् । फिन्ल्याण्ड, स्वीडेन र नर्वेका सामीसभा सामेल संगठनले आफूहरूलाई समान कानुनी अधिकार, सामीहरूलाई आदिबासी जाति मान्नु पर्ने जस्ता आˆना अधिकार स्थापित गर्नका लागि सन् १९९६ मा एक सम्मेलन गरे । फिन्ल्याण्ड सरकारले सन् १९९५ मा संविधान संशोधन गरी सामीहरूलाई आदिबासीको मान्यता दिई सामी ऐन समेत बनाएर १९९६ देखि लागू पनि गरे । उता डेनमार्कको अधीनस्त क्षेत्र रहेको गि्रन्ल्याण्डमा पनि ७५ प्रतिशत जनता आदिवासी जातजाति भएको अनुमान गरिएको छ । यस्तैगरी रुसपछिको विश्वकै ठूलो मुलुक मानिएको क्यानाडा हो, जहाँ रेड इण्डियन र इनुइट -किस्मो) जातिका आदिवासीहरू रहेका छन् । यी रेेड इण्डियनहरूले पनि अन्य आम जनता सरह अधिकारको माग गर्दै गएपछि केन्द्र सरकारले इण्डियन ऐन लागू गरी सन् १९६० देखि उनीहरूलाई अन्य नागरिक सरहको हकाधिकार कानुनी रूपमा नै प्रदान गरेको छ ।
उता पेरुमा पनि ई. पू. १२५० भन्दा पहिलेदखि नै । इंका साम्राज्यमा मात्र केचुवा, तुपाक, अमारु, हृवायना, कपाक, हिबारो र जपारो जनजातिहरू बस्दछन् । यस देशमा पनि स्पेनीहरू प्रवेश गरी जबरजस्त आˆनै शासन सुरु गरे र त्यहाँका आदिवासीहरूलाई दास बनाए र जो दास हुन नचाहनेलाई बाँच्न पनि दिएन । यस समयमा कतिले यस्तो ज्यादति सहन नसकी आत्महत्या नै गरे भने कतिपय इण्डिज पर्वतमालाका जंगलमा लुक्न गए । यस अवस्थामा भाग्नेहरूलाई कुकुर लगाएर खोजी खोजी ल्याएर घोडाको टापले कुल्चाएर मारियो ।
नेपालको सन्दर्भमा हेर्दा हालसम्म धेरै गहिरो वैज्ञानिक अध्ययन अनुसन्धान नभएको भए पनि कतिपय खोज र उत्खननबाट पाइएको प्रमाणहरूबाट काठमाडौं, पोखरा लगायतका क्षेत्रहरूका प्रमाणका आधारमा हेर्दा यस क्षेत्रमा पनि धेरै लामो मानव अवशेषहरू पाइएका छन् । शिवालिक क्षेत्रका मानव पुर्खा द्रविड परिवारको, काठमाडौं र पोखरा क्षेत्रको आदि मानव मंगोलाइड परिवारका हुन् भन्ने अनुसन्धान कर्ताहरूको मत रहेका छन् । भौगोलिक बनावट अनुसार १ हजार देखि २९ हजार फिटसम्मको उचाइबाट हिमाल, पहाड र तराई जस्ता विविध प्रकारको भौगोलिकतामा आधारित अनेक प्रकारको हावापानी, वनस्पति जस्ता प्रकृतिजन्य वस्तुहरू रहेको नेपालमा विभिन्न मानवीय जातजाति रहनु स्वभाविकै हो । देशमा शासन सञ्चालनको राजनीतिक आधारबाट हेर्ने हो भने नेपालको प्राचीन इतिहासकालदेखिकै आदिवासीका रूपमा किराँतहरूलाई नै मान्नुपर्ने हुन्छ ।
तथापि पछिल्लो समयमा आˆनै सांस्कृतिक, भाषिक, धार्मिक लगायतका ऐतिहासिक पहिचान बोकेका धेरै जाति आदिवासी जनजातिको रूपमा चिनिएका ५९ वटा जातजातिको कानुनी रूपमा सूचीकरण गरिएको पाइन्छ । यस प्रकार आदिवासीको रूपमा चिनिएका जातजाति विशेषतः भौगोलिक क्षेत्रहरूमा नै देख्न सकिन्छ । जस्तै- हिमाली क्षेत्रमा बासोबास गर्नेहरू भोटे, थकाली, शेर्पा छन् भने पहाडी क्षेत्रमा मगर, तामाङ, किरात -राई, लिम्बु, सुनुवार, याक्खा), नेवार, गुरुङ, चेपाङ, लेप्चा, आदिको बासोबास छन् र तराई क्षेत्रमा विशेष गरी थारु, धिमाल, सतार, दनुवार, राजवंशी, माझी, कोचे, मेचे, आदिको बासोबास रहेको पाइन्छ ।
यसरी यहाँका आदिवासीहरूको जातीय पहिचानका आधारहरू भाषा, धर्म, संस्कार संस्कृति, भौगोलिक क्षेत्र लगायतका अधिकारहरू पुनःस्थापित गराउन यहाँका आदिवासीहरूले वि. सं. २००७ सालको राणा शासनको अन्त सँगै मागहरू राज्यसमक्ष राख्दै आएका भए पनि यस्तो मागलाई राज्यपक्षबाट वास्ता नगरिएपछि आˆना मागहरूलाई यथावत् राख्यो । फलतः २०५८ मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी भयो राष्ट्रिय जनगणना २०५८ को तथ्याङ्क अनुसार ३७ प्रतिशत आदिवासी जनजाति रहेका छन् भने क्षेत्री तथा बाहुनको संख्या ३२ प्रतिशत र दलित लगायत अन्य जातिहरूको संख्या ३१ प्रतिशत रहेको पाइएका छन् । तर नेपालका आदिवासी जनजातिको पहिचान गर्दा साह्रै नै हचुवाको भरमा सूचीकृत गरिएको छ । किनकि कतिपय जातजाति नै नभएकोलाई जातजाति बनाइएको छ भने कतिपय जातजाति भएर पनि आदिवासी जातिमा सूचीकृत गराइएको छैन । यसर्थ यहाँको आदिवासीहरूको वास्तविक पहिचानमा वैज्ञानिक अनुसन्धान गरी पुनः वैज्ञानिक रूपमा सूचीकृत गरिनुपर्ने आवश्यकता रहेको देखिन्छ । क्षेत्री र बाहुनहरूको उपेक्षामा बाँच्न वाध्यता रहेका छन् । आदिवासीहरूको हकहितका निम्ति जनसंख्याको आधारमा सरकारी संपूर्ण संरचना र अंगहरूमा समानुपातिक रूपमा समावेश हुने बलियो कानुनी व्यवस्था गर्नै पर्ने आवश्यकता रहेको छ ।

जलवायु परिवर्तनः चुनौती र उपाय

गोपाल मरासिनी
केही समययता जलवायु परिवर्तनको मुद्दा विश्व राजनीतिको मुख्य विषय बनेको छ । पर्यावरणको सुरक्षा दिगो आर्थिक विकासको अभिन्न अड्ढ हो भन्ने कुरा मनन् नगरी विश्वका धनी देशहरूले प्रकृतिको क्षयको आडमा आर्थिक उन्नति गर्ने र क्षणिक आत्मघाती बाटो हिँडिरहेको कारणले जलवायुको मुद्दा सर्वत्र चासो र चिन्ताको विषय बन्ने गरेको छ । औद्योगिक उत्पादन र क्रान्त्रिको लागि विकसित र विकासशील राष्ट्रहरूले उत्सर्जन गर्ने ठूलो परिमाणको हरित गृह ग्यासले खडा गज्ञरेको चुनौती र सम्भावित महाप्रलयको बारेमा वातावरण विज्ञले चिन्ता र डरलाग्दा भविष्यवाणी गर्दैआएका छन् । जसको कारण धनी देशहरूले परिवर्तन गर्न प्रमुख कारक तत्व भनेकै हरित गृह ग्याँस हो । यो ७५ प्रतिशत जैविक तेलबाट २० प्रतिशत भूउपयोग परिवर्तनबाट र ५ प्रतिशत अन्य स्रोत उत्सर्जन हुने गर्दछ । कार्बनडाइअक्साइड
-हरितगृह ग्यास)को कारण सृजित विश्व उष्णीकरण र जलवायु परिवर्तन औद्योगिक र आर्थिक विकासमा प्रत्यक्ष जोडिएको कारण धनी देशहरूले अर्थ राजनीतिमा हस्तक्षेप गरिरहेका छन् ।
हरित गृह ग्यासको ठूलो उत्पादनको रूपमा रहेको अमेरिकाले क्लोटो अभिसन्धिमा औपचारिक मञ्जुरी गर्ने पहिलो राष्ट्र आए पनि ग्यासको उत्सर्जनमा कटौती गर्ने प्रावधानमा आनाकानी गर्दैआएको छ । अमेरिका र जापान जस्ता प्रमुख राष्ट्रहरू लक्ष्य प्राप्तितर्फ कुनै प्रयास नदेखिएपछि र ग्यास उत्सर्जनमा कुनै कमी नल्याएपछि जलवायु परिवर्तनले चुनौती थपिँदैछ । तर अमेरिका जस्ता विश्वका शक्तिशाली र मुख्य प्रदूषक राष्ट्रहरूले राष्ट्रहरू बढी प्रकोपको सिकार भएका छन् । हरितगृह ग्यास उत्सर्जन गर्दा अर्थतन्त्रमा नकारात्मक असर पुग्ने कारणले धनी र शक्तिशाली देशहरूले यो विषयको बारेमा जनकारी भए पनि उनीहरू विश्व जलवायु परिवर्तनका चुनौती सामना गर्ने र सम्भावित समस्याको व्यवस्थापन गर्ने कुरामा जोड दिन थालेका छन् । अर्थतन्त्रलाई प्रत्यक्ष असर पर्ने गरी अपनाउनुपर्ने उत्सर्जनको कटौतीभन्दा यको प्रभावबाट बच्ने पूर्वतयारीमा लागेका धनी देशहरू र सुविधासम्पन्न राष्ट्रलाई पनि प्राकृतिक प्रकोपबाट बच्न र व्यवस्थापन गर्नै गाह्रो परेको अवस्थामा अन्य राष्ट्रहरूमा यसको क्षति बढी हुने निश्चित छ ।
विश्वको अर्थ राजनीतिकको चपेटामा परेको जलवायुको मुद्दा र क्योटो अभिसन्धिमा हस्ताक्षर गरिसकेको नेपालको जलवायु परिवर्तनमा कुनै ठूलो भूमिका नभए पनि यसबाट नेपालसमेत अछुतो रहनसकेको छैन । विश्वको आँकडा हेर्दा नेपालबाट हरितगृह ग्यासको निष्कासन केवल ०.०२५ प्रतिशत रहेको छ । चीन र भारतजस्ता उद्योगधन्दामा अग्रपङ्क्तिमा रहेका देशहरू अमेरिका र युरोपजस्ता औद्योगिक राष्ट्रहरूको हिस्सा ज्यादै धेरै छ । नेपालले क्योटो अभिसन्धिमा हस्ताक्षर गरेअनुरूप स्वच्छ विकास समन्वयअन्तर्गत स्वच्छ उर्जाको प्रयोगबाट नेपालले पछिल्लो समयमा केही लाभ हासिल गरेको छ । एक अध्ययन अनुसार नेपालले बायोग्यासलाई प्रौत्साहन गरेमात्र वर्षको ४५ लाख डलरसम्म कमाउनसक्ने सम्भावना देखिएको छ । नेपाल औपचारिक रूपमा जलवायु परिवर्तनसम्बन्धी क्योटौ अभिसन्धिको पक्ष राष्ट्र भएको छ । अर्कोतर्फ हरितगृह ग्यासको बढ्दो उत्सर्जनको कारणले बढ्दै गएको विश्व तापमानले उपभोग्य पानीको मुख्य स्रोतको रूपमा रहेका हिमशृङ्लाहरू पग्लिेन क्रममा रहेको र केही वर्षभित्रैमा पानीका मुहानहरू सुख्खा भूभागको रूपमा परिणत हुने खतरा रहेको मौसमले चेतावनी दिएका छन् । हिमपात, सुख्खा, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोप बढिरहेका छन् । तराईमा पाइने जीवजन्तु तथा कीटपतड्ढ पहाडतिर हिमालतिर पाइन थाल्नु चैतमा पाक्नुपर्ने काफल माघको अन्त्यमा नै पाक्नु, हिमाली क्षेत्रमा लामखुट्टे देखापर्नु, कृषि वागवानी केन्द्रमा हरेक वर्ष बाक्लै फल्ने स्याउ यसपटक फल्दै नफल्नु कृषि उत्पादन घट्नु, जैविक विविधतामा प्रभाव पर्नु, वनस्पतिका फूल तथा पालुवाहरू छिटो पलाउनु नेपालमा देखिन थालेका प्रारम्भिक असरहरू हुन् । विभिन्न चराको अण्डा पार्ने र कोरल्ने समय परिवर्तन हुँदै आएको छ कोरलिएका चराहरूमा समेत अनौठो गुण देखिने उत्परिवर्तनबाट अशक्त बन्ने तथा र उत्पादनमा आएका समस्याहरू पनि सिर्जित हुन थालेका छन् ।
नेपालका उच्च हिमाली क्षेत्रमा विश्व उष्णीकरणको कारणबाट बढी मात्रामा प्रभावित भएको एक अध्ययनले देखाएको छ । पछिल्लो एकसय वर्षमा विश्वको तापक्रम करिब ०.७५ डिग्री सेल्सियसले बढेको अनुमान विशेषज्ञहरूको छ भने नेपालमा वर्षेनी ००६ डिग्री सेन्टिग्रेडका दरले तापक्रममा वृद्धि भइरहेको बताइन्छ । उच्च हिमशृङ्खलामा रहेको हिउँ द्रूतगतिमा पग्लिरहेको विगतमा रहेका धेरै हिमनदी विलय भइसकेको र हिमताल विस्फोटनको जोखिम बढेर गएको तथ्याङ्कले देखाएको छ । एक तथ्याङ्कअनुसार नेपालमा पछिल्लो तीन दशकमा १ दशमलव ७ प्रतिशतभन्दा बढीले तापमानमा वृद्धि भएको छ । खुम्बु क्षेत्रका हिमनदी ३० देखि ६० मिटरको दरले घट्दै गएको छ भने धौलागिरी क्षेत्रको रिका हिमनदी प्रतिवर्ष १० मिटरले घटेको छ । जलवायु परिवर्तनको कारण नेपालमा चारवटा हिमताल जुनसुकै बेलामा फुल्नसक्ने खतरामा रहेका छन् भने उच्च हिमाली क्षेत्रमा पाइने हिउँचितुवा, हिमालयन थार, कस्तुरी मृग जस्ता वन्यजन्तुलाई बाँच्न समस्या भएको वातावरण विज्ञहरूले बताउँदै आएका छन् ।
जलवायुमा आएको परिवर्तनको कारण हावापानी, वासस्थान र आहारमा परिवर्तन ल्याउने भएकाले वन्यजन्तुलाई प्रत्यक्ष असर परिरहेको छ । जलवायु परिवर्तनका कारण पृथ्वी तातिदै जानेक्रम पनि बढेकाले नेपालका करिब ४० वटा हिमताल खतरामा परेका छन् भने तीमध्ये २६ वटा हिमताल फुट्ने अवस्थामै पुगिसेकका छन् । जलवायु परिवर्तनको कारण आजको जस्तो भौगोलिक अवस्था नरहने र सांस्कृतिक र प्राकृतिक स्रोतका कारण बनेको पहिचानसमेत गुम्नसक्ने वा परिवर्तन हुने सम्भावनाहरू विकाल रुपमा देखापर्ने थालेका छन् । हालैको एक अध्यायनमा अन्टार्कटिकामा हिउँ पग्लिने क्रम डरलाग्दो रुपमा बढिरहेको देखाएको छ । अर्काटिक महासागरमा हिउँ पग्लिने क्रम तिब्र हुँदै गएकाले अनेपेक्षित विपति आउनसक्ने सम्भावना रहेको सो अध्यानले देखाएको छ । जलवायु परिवर्तनको कारण तापमानमा आएको वृद्धिले थप सङ्केत उत्पन्न हुने निश्चित छ । हिमशृङ्खला पग्लने गति तीब्र भएको कारण आगामी ३० देखि ५० वर्षमा विश्वमा केही देश पनि बिहीन बन्ने खतरा छ । त्यसबाट विश्वका ७० प्रतिशत जनसङ्ख्या अत्यन्तै सम्वेदनशील अवस्थामा पुग्ने पुवानुमान बैज्ञानिकहरूले गरेका छन् । यसबाट बढी असरमा परेका नेपाल जस्ता गरिब राष्ट्रहरूले पनि सम्भावित सङ्केतका लागि अनुकूलत हुने उपायको खोजी गर्ने थालेका छन् । केही वर्ष पहिले जलवायु परिवर्तन मानव सिर्जित होइन भन्ने धनी राष्ट्रहरू पनि अब यसको अस्तित्वको स्वीकारोक्तिमा लागेका छन् । जलवायु परिवर्तनको बैज्ञानिक आँकलनलाई वेवास्ता गर्दै आएको अमेरिका पनि हालसालै दुई सामुदि्रक आँधी क्याटिनार रिटाको प्रकोपमा परेपछि जलवायु परिवर्तनलाई रोक्ने उपायहरूको अवलम्बन गर्नुपर्ने सम्बन्धमा व्यापकरूपमा प्रभावकारी उपायहरू अवलम्बन गर्दैछ । अतः जलवायु परिवर्तनको समस्याबाट पार पाउन आक्रामक रणनीति अपनाउनु आवश्यक छ ।
वातावरणसम्बन्धी कानुन निर्माण गर्ने तथा स्थानीय समुदायलाई सचेतीकरण अभियानमा परिचालन गर्ने आदि उपायहरू अपनाई समय छदै मानव निमित जलवायु परिवर्तनलाई पराजित गर्नु आवश्यक छ । दिन दुई गुना रात चार गुना आर्थिक उन्नति गरी क्षणिक लाभ हासिल गर्ने रणनीति चालेका धनी र सम्पन्न देशहरूले हरितगृह ग्याँस उत्सर्जनमा कटौती नगर्ने हो भने जलवायु परिवर्तनको नकारात्मक असर र प्रभाव बढ्दै जाने र यसले मानव समुदायको मात्र होइन, सम्पूर्ण प्राणी जगत्को अस्तित्वमाथि नैे चिन्ह खडा हुने पक्का छ ।

अदिवासीको पहिचान र विकृत विभाजन

त्रिभुवनचन्द्र वाग्ले
यस वर्षको विश्व आदिवासी दिवस (अगष्ट ९) मनाइसकेका छौं । परम्परा धान्न्ो क्रममा हामीले यस दिवसलाई निरन्तरता दिएका छौं । जातजातिका सवालमा अत्यन्त अनुदार विगतको नेपाल अहिले यस मामिलामा धेरै उदार भएको छ । यत्तिसम्म कि नेपालको साशकीय संरचना जातीय आधारमा विभाजन गर्नुपर्दछ भन्ने माग पनि स्वाभाविकजस्तो लाग्नथालेको छ । प्रजातन्त्रमा हुने "विचारको विविधता"सँग यसलाई साक्षात/सान्दर्भिक गरेर हेर्दा पञ्चायती नेपालभन्दा प्रजातान्त्रिक नेपाल जातीयताको सवालमा उदार देखिन्छ, यो प्रजातन्त्रको सुन्दर पक्ष हो । संयुक्त राष्ट्र सङ्घले अक्टोवर ९ लाई विश्व आदिवासी दिवस, सन् १९९३ लाई विश्व आदिवासी वर्ष र सन् १९९५ देखि २००४ लाई विश्व आदिवासी दशक -पहिलो) मनाउने घोषणा गरेको थियो । त्यसपछि पनि विश्वका आदिवासीका सन्दर्भमा धेरैकाम गर्न बाँकी रहेको महसुस गरी पहिलो दशकमा विश्व आदिवासीका पक्षमा अपेक्षित काम हुन नसकेपछि संयुक्त राष्ट्र सङ्घले सन् २००५ देखि २०१४ सम्मलाई दोस्रो आदिवासी दशक घोषणा गरेको छ । यसबीच हामीले दोस्रो दशकको पनि झण्डै आधा अवधि समाप्त गरिसकेका छांै । पर्किएर हेर्दा, दुई दशकको यो अवधिसम्म आइपुग्दा हामीले खासै उपलब्धि गर्न सकेका छैनौं । राजनीतिक उपलब्धिका रूपमा जनप्रतिनिधि र नीति निर्माण/कार्यान्वयन क्षेत्रमा आदिवासीको सहभागिता बढाइएको छ, तर त्यसले आमनेपाली आदिवासी जनजातिको सामाजिक-आर्थिक विकासमा यी दशक उपलब्धिमूलक देखिनसकेका छैनन् । त्यसो त, यस अवधिमा नेपाली आदिवासी जनजातिका पक्षमा अन्तर्राष्ट्रिय सोच र स्रोत परिचालन भएका छन् । धरै परियोजनाहरू भित्रिएका छन् । नेपाली आदिवासी जनजातिका पक्षमा कतिपय यहाँका स्वयम् आदिवासी जनजातिभन्दा पनि विदेशीहरू बढी "चिन्तित" छन् । यसलाई अर्कै सन्दर्भमा वेलीविस्तार गर्न सकिन्छ ।
विश्वमा बर्चस्व जमाएका र जमाउन चाहने कतिपय मुलुकहरूअहिले चन्द्रमामा पुगेर त्यसको स्व्ाामित्व कायम गर्न उद्यत रहेकाबेला हामीहरू भने मानिसको पहिचानमा व्यस्त छौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन अनुसार ५९ जातिलाई आदिवासी/जनजाति, स्थानीय विकास मन्त्रालय र राष्ट्रिय दलित आयोगको निर्णय अनुसार क्रमशः १९ र २३ जातलाई दलित, २०६५ माघ २१ गतेको मन्त्रिपरिषद् निर्णयले ९२ जातिलाई मधेशी भनेको र पिछडा वर्ग र सरकारबीचको सहमति अनुसार झण्डै ४० जातिलाई पिछडा वर्ग भनिएको छ । त्यतिले नपुगेर तराईका दलितको पहिचानको आवश्यकता महसुस गरिएको छ भने आदिवासी/जनजातिको सूची अधुरो रहेको भन्दै त्यसको पुनः सूचीकरण गर्न समिति क्रियाशील छ । एउटै जातिलाई पनि वासस्थान, भाषिक वा अन्य सामाजिक साँस्कृृतिक भिन्नता भएकै कारण अर्को जाति भनी विभाजित गरिएको छ । पहिचानका लागि हामीले आफूलाई विभाजन र सूचीकरण गर्‍यौं । यसलाई "पहिचानको अधिकार" भनेर परिभाषित गर्न सकिन्छ । तर एउटा उदाहरणमार्फत यो पहिचानको अधिकारलाई बुझ्ने प्रयास गरौं-विशेषगरी पूर्वी तराई बस्ने सतार/सन्थाललाई प्रतिष्ठानको ऐन २०५८ले आदिवासी जनजाति, स्थानीय विकास मन्त्रालयको २०५४ चैत २८ को निर्णयले दलित, २०६५ माघ २१ गतेको मन्त्रिपरिषद् निर्णयले मधेशी र पिछडा वर्ग र सरकारबीचको सहमतिअनुसार पिछडा वर्ग भनेको छ । यस्तो अवस्थामा पहिचानको अधिकारको दुरुपयोग भयो कि
सदुपयोग ? फेरि अर्को कुरा, झापातिर बस्ने सतार/सन्थाललाई आफूलाई यसरी आदिवासी/जनजाति, दलित, मधेशी वा पिछडा वर्ग भनी गरिएको विभाजन थाह छ/छैन वा त्यो विभाजनमा सहमति छ/छैन भनेर कसले परीक्षण गर्ने हो ? आन्दोलनकारीसँग सिंहदरवारमा बरेर जसलाई जुन समुदायमा पनि सूचीकरण गर्ने अधिकार कसले कसरी पाएको हो ? यसको छिनोफानो हुनु पनि त्यति कै आवश्यक देखिएको छ । यो विकृत र अवैज्ञानिक विभाजनले विवाद र विनाश निम्त्याउने सङ्केत देखिएको छ । एकवर्ष पनि भएको छैन, सिंहदरवारीयाहरूले थारूहरूलाई पनि मधेशी भनी "मधेशीमा" सूचीकरण गरिएपछि थारूहरूले त्यसविरुद्ध आन्दोलन छेड्नु परेको । यतिले नपुगेर अहिले विना वैज्ञानिक अध्ययन सीमान्तकृत, अल्पसङ्ख्यक, किनारामा पारिएका वर्ग भनेर नयाँ नयाँ विभाजन गरिएको छ ।
राज्यले जातीय वा समुदायका आधारमा विशेष सुविधाहरू उपलब्ध गराउने भएपछि पृथकपृथक जातीय वा समुदायका रूपमा सूचीकृत हुने एक किसिमको होड नै चलेको छ । यस प्रवृत्तिबाट अन्तत्वोगत्वा सामाजिकरूपबाट हरेक जातीय वा समुदाय एकबाट अर्कोमा परिवर्तित/विस्थापित हुने सम्भावना बढेको छ भने, राजनीतिकरूपमा जातीय राजनीतिले प्रश्रय पाई दलीय राजनीति कमजोर हुने सम्भावना देखिएको छ । दलीय राजनीति कमजोर हुनु भनेको वैचारिक प्रतिस्पर्धाको राजनीति कमजोर भई क्षेत्रीय, जातीय, सामुदायी राजनीति प्रवल हुनु हो । वर्तमान आमनेपालीको राजनीतिक चेतनाको स्तर, क्षमता र जानपहिचानले क्षेत्रीय, जातीय, सामुदायिक राजनीतिलाई सहीबाटो दिन सक्नेछ भन्ने विश्वास लिन सकिने अवस्था छैन ।
जातीय सूचीकरण आफैमा समस्या होइन । यसलाई आधार मानेर राज्यले सुविधा दिनु नै ठूलो समस्या हो । आगामी दिनमा यसले जाति वा थर जुक्याएर त्यस्तो सुविधा लिन र जातीय विद्रोहसम्म राज्यलाई डोहर्‍याउने देखिन्छ । भारतमा धेरै र नेपालमा विगतमा एकाध गैरव्यक्तिले दलित हुँ भनी छात्रर्वति लिने प्रयास गरेका थिए । त्यसैले सुविधाका लागि नयाँ जाति वा समुदायमा सूचीकृत हुने समस्याको उपचारका लागि हामीले तत्कालै गरिबी र सम्पन्नताका आधारमा राज्यको सुविधा वितरण गर्नु ढिला भइसकेको छ । यसका लागि हामीले मानव विकास सूचकाङ्कलाई आधार मान्नै पर्दछ । सुरुका दिनमा यस्तो सूचकाङ्कलाई जातीय आधारमा तयार गर्न सकिन्छ । तर यस्तो सूचकाङ्कले पूर्ण न्याय दिन नसक्ने भएकाले धरै तयारीपछि पारिवारिक मानव विकास सूचकाङ्क बनाई "गरिबलाई प्राथमिकता" दिन सकिन्छ । यसले जातीय प्रतिशोधको अन्त्य गर्न सकिन्छ ।
यसको सुरुवात तत्कालीन सूर्यबहादुर थापा नेतृत्वको सरकारले गरेको थियो । तत्कालीन मन्त्रिपरिषरको २०६० पुस १७ गते महिला, आदिवासी, जनजाति मधेशी तथा दलित समुदायको लागि विविध क्षेत्रमा आरक्षणको व्यवस्था लागू गर्नको लागि सुझाव समिति गठन गरेको थियो । सो समितिलाई मानव विकासको एकीकृत सूचकाङ्कलाई आधार मानी
जनसङ्ख्याको अनुपातमा राष्ट्रिय औसत नभएसम्म निश्चित अवधिका लागि आदिवासी, जनजाति र दलित समुदायका लागि जनप्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, प्रशासकीय सेवा र रोजगारी लगायतका क्षेत्रमा आरक्षणको विशेष व्यवस्था गर्न आवश्यक सुझाव दिने दायित्व दिइएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशचनद्र लोहनीको संयोजकत्वमा गठित सो समितिले यसैका आधारमा विभिन्न ४७ जातजातिको विकासको एकीकृत सूचकाङ्क तयार गरेको पनि थियो । तर त्यस समितिले काम गर्न नपाउदै भएका सरकार र राजनीतिक परिवर्तनले थप काम बन्न सकेन । अवका दिनमा यतातिर ध्यान दिन आवश्यक छ ।

शेर्पाहरू 'शेर्पा' होइनन् 'शरब' हुन्

श्याम सुन्दर शेर्पा
शेर्पालाई शेर्पा भाषामा अहिले पनि 'शरब' भनिन्छ । भारतीय उपमहाद्वीपमा अहिलेसम्म प्राप्त भएका सम्पूर्ण ऐतिहासिक महìवका साहित्यिक -भाषिक), पुराताìिवक, सांस्कृतिक, भौगोलिक आदि स्रोतको अध्ययन तथा विश्लेषणबाट पनि शेर्पा भाषामा 'शरब' भनिने शेर्पालाई आदिम कालदेखि नै
'शरब' भन्ने गरेका रहेछन् भन्ने तथ्यको पुष्टि हुन्छ । यस तथ्यलाई पुष्टि गरेर शेर्पा भाषाको यही 'शरब' भन्ने शब्दलाई थोरै मात्र अपभ्रंश गरेर "दानव" भन्ने अर्थमा 'शरव' भनी ऋग्वेदको दशौं मण्डलको १२५ सूक्तको छैठौं मन्त्रमा यस उपमहाद्वीपका मूलवासी आद्य-आग्नेयी अनार्यलाई "शरवे -शरूं हिंसकं)" भनिएको पाइनुका साथै शेर्पा भाषाको यही 'शरब' भन्ने शब्दलाई अपभ्रंशको रूपमा फेरि 'शवर' भनी प्रयोग गरेर ऋग्वेदकै मूल ग्रन्थ ऐतरेय ब्राहृमण -३३ अ. ६. पृ. नं. ८५६)मा "शवराः" भनेको पाइन्छ । यसका साथै, यस तथ्यलाई पुष्टि गरेर नै चीनको स्वशासित क्षेत्र तिब्बत -भोट)का तिब्बती -भोटे)ले पनि शेर्पालाई सम्मान गरेर सम्बोधन गर्नु पर्दा बुद्ध भगवानका समकालीन जातिका मानिस भनी 'शर-ब' भन्ने गरेका देखिन्छन् तर यिनीहरूले यी शेर्पालाई भारतको वैशालीको वज्जीबाट करिब ३८९ ईश्वीतिर नेपालमा आएका लिच्छवी आर्यलाई 'बाजेहरू' भन्नुका साथै 'बज्जेहरू' समेत भन्ने गरे जस्तै अपमान गर्नु पर्दा व्यभिचारी भन्नुका साथै उदाउँदै गरेको नयाँ जातिका मानिस भनी 'शर-पो', 'शर-प' भन्ने गरेका देखिन्छन् । यसबाट शेर्पाको अहिले चलनचल्तीमा रहेको 'शेर्पा' भन्ने विशेषण यही 'शर-प' भन्ने तिब्बती -भोटे) शब्दबाट 'शर-पा' तथा 'शरपा' हुँदै 'शेर्पा' हुन गएको तथ्य प्रमाणित भएको देखिन्छ । तेञ्जिङ नोर्गे शेर्पा तथा एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वप्रथम सफल आरोहण गरेर विश्वको इतिहासमा कीर्तिमान कायम गरेको ईश्वी संवत् १९५३ को मे २९ को दिनदेखि त शेर्पाको यो 'शेर्पा' भन्ने अपमानजनक विशेषणले विश्वव्यापी भएर 'शरब' भन्ने सम्मानजनक विशेषणलाई छायाँमा पारेको देखिन्छ । त्यसपछि, शेर्पा-शास्त्री क्रिस्टोप\m वोेन् फुरर्-हैमेन्डर्फका साथै नेपालका विश्वविख्यात समाज-शास्त्री तथा मानव-शास्त्री डोरबहादुर विष्टलगायतका अहिलेसम्मका सम्पूर्ण देशी तथा विदेशी विद्वानले शेर्पालाई अज्ञानताको दलदलमा फसेर बाह्रौं शताब्दीतिर चीनको उत्तरी प्रदेशमा घुमन्ते जीवन व्यतित गर्ने चीनी-मङ्गोलमूलका भोट-बर्मेली परिवारका भोटे -तिब्बती) जातिका जनजातिका रूपमा चित्रण गरेर 'शेर्पा' नै भनेका देखिन्छन् ।
उपर्युक्त विवरणका अतिरिक्त, संस्कृत भाषामा 'शवर' भन्ने शब्दले अनार्य जातिलाई बुझाएको देखिनुका साथै तिब्बती भाषामा यसैबाट अपभ्रंश भएको 'शवरी'भन्ने शब्दको अर्थ पनि "शिकारी जाति" हुन गएको देखिन्छ । यसबाट 'शरब' भन्ने जातीय विशेषण भएका शिकारी जातिका आग्नेयीमूलका यी शेर्पा यस उपमहाद्वीपको उत्तरमा सिन्धु तथा नेपाली सभ्यताको सिर्जनाकार हुन् र चीनी-मङ्गोलमूलका भोट-बर्मेली परिवारका भोटे -तिब्बती) जातिका जनजाति होइनन् भनेर प्रमाणित हुन्छन् । यस तथ्यलाई यो 'शरब' भन्ने शब्दले पनि शेर्पा भाषाकै 'श -मासु', 'र -बाख्र्रा) तथा 'ब/बस्तु -बस्तुभाउ)' भन्ने शब्दको संयोजन गरेर "बाख्राहरूका साथै वस्तुभाउको मासु खानेहरू" भनी अर्थिएर शिकारी युगको परम्पराको अर्थबोध गरेको देखिएबाट पनि पुष्टि गर्न सकिन्छ । त्यसै गरेर, शेर्पाको विशेषणको रूपमा रहेको 'शरब' भन्ने शब्द एक्लैले शेर्पा भाषामा "घाम लाग्ने ठाउँमा बस्नेवाला/पूर्वमा बस्नेवाला/पूर्वीय/पूर्वेली" भनी अर्थिएको देखिन्छ । त्यसैले शेर्पा भाषाको यो 'शरब' भन्ने शब्द शेर्पा भाषाका 'शर -घाम लाग्ने ठाउँ/पूर्व)' तथा 'ब/बा -वाला/मालिक)' भन्ने शब्दको संयोजन गरेर 'शर-ब' भन्ने शब्दको निर्माण हुन गई त्यसको पनि "घाम लाग्ने ठाउँको मालिक/पूर्वमा बस्नेवाला/पूर्वीय/पूर्वेली" भन्ने अर्थ हुन गएको देखिन्छ । त्यसैले ढुङ्गे-धातु युगको दोस्रो सहस्राब्दीको पन्ध्रौं शताब्दी ईश्वी पूवदेखि दक्षिण-पूर्वी युरोपको ककेशस पहाडबाट यस उप-महाद्वीपमा बसाइँ सरेर आएका ककेसियालीमूलका भारोपेली -भारतीय भएका युरोपेली) ऋग्वैदिक आर्यले ऋग्वेदको द्वितीय मण्डलको १४ औं सूक्तको छैठौं मन्त्रमा यस उपमहाद्वीपका मूलवासी आद्य-आग्नेयी अनार्यलाई ककेशस पहाडको पूर्वमा बस्ने सनातनी पूर्वीय भनेर 'शम्बर' भनी दानवको रूपमा चित्रण गरी सोम-रस जस्ता मादक पदार्थको महिमा गाएर "शम्बरस्य पुरो बिभेदाश्मनेव पूर्वीः" भनेर उल्लेख गरेको पाइन्छ । यसबाट यस उपमहाद्वीपका मूलवासी आद्य-आग्नेयी अनार्य वर्तमान समयका शेर्पा आदिवासीका पूर्वज हुन् र तिनीहरूले नै प्राचीन तथा नवीन ढुङ्गे-युगहुँदै ढुङ्गे-धातु युगमा प्रवेश गरी यस उपमहाद्वीपका उत्तरका सिन्धु तथा नेपाली सभ्यताको सिर्जना गरेका थिए भन्ने तथ्य प्रमाणित हुन्छ । वास्तवमा, शम्बर भनेका आग्नेयीमूलका शेर्पा आदिवासीका कुलदेवता हुन् भन्ने तथ्यलाई शेर्पाले अहिले पनि शेर्पा भाषामा "गोम्ब/गोम्बा" भनिने गुम्बाहरू तथा घरका पूजाकोठाका शेर्पा भाषामा 'क्षोठी' भनिने अलमारीमा "दोर्ची-शम्ब" समेत भनिने शम्बरका मूर्तिलाई सजाउनुका साथै शेर्पाका धार्मिक आस्थाको केन्द्र काठमाडौँको बौद्धनाथ स्तूपका पञ्चमेधीमध्येको पहिलो मेधीका १०८ खोपामा विभिन्न किसिमका शक्तिसहितका शेर्पाका कुलदेवता दार्ची- शम्बर -दोर्ची-शम्ब)का मूर्तिलाई नै बढी मात्रामा स्थापित गरिएका देखिएबाट वस्तुगत रूपमा पुष्टि गर्न सकिन्छ । यसका साथै, यस तथ्यलाई सिन्धु उपत्यकाको मोहनजोदरोमा प्राप्त भएको साँढेको शिरपोश -श्रीपेच) लगाएर बायाँ हातमा धनु र दायाँ हातमा तीर बोकी रूखका पातले सजाएको पोसाकमा सजिएर पश्चिमतिर हेर्दै आदिम अनार्य शेर्पा आदिवासी पूर्वेली भएको तथ्यलाई सङ्केत गर्दै पूर्वतिर दौडिरहेको एक शिकारी रूपको वृषशम्बरका साथै पशुका पति/मालिक अर्थात पशुपति भनेका अगलबगलमा सुसारेका रूपमा बाघ, हात्ती, गैंडा तथा महिष -भैंसी) आदि पशुलाई तैनाथ गरी बीचमा नाङ्गै ध्यानमग्न भई लिङ्ग देखाई विराजमान हुने राँगाका शिरपोश धारण गरेका शेर्पाका कुलदेवता महिषशम्बर नै हुन् भन्ने तथ्यलाई प्रस्तुत गर्ने महिषशम्बरको आकृति अङ्कित पाको-माटोको मुद्राबाट प्रमाणित गर्न सकिन्छ । त्यति मात्र होइन, यस तथ्यलाई सिन्धु उपत्यकाकै पुरातात्त्विक उत्खनन् हँुँदा मोहनजोदरोमा नै प्राप्त भएकोे लिङ्गोेपासनाको अर्थबोध गराउने नाक नछेडिएको नेप्टे नाकमा यस उपमहाद्वीपका वर्तमान समयका शेर्पा महिलाले जस्तै गरी कुन्ौ किसिमको गहना नै नलगाएकी तर गलामा र हातमा भने शेर्पा महिलाले जस्तै गरी हातमा चुरा तथा गला भरि छाती नै छपक्कै ढाक्ने गरी अनेक किसिमका बुट्टेदार चन्द्रहार, शेर्पा भाषामा 'कउ/सुटुक्' भनिने जन्तरका साथै शेर्पा भाषामा 'जी' तथा 'शी' भनिने पत्थरका तिलौरीका आकारका साथै गोला तथा चेप्टा आकारका विभिन्न रंगका बुट्टेदार माला जस्ता गहना टन्न लगाईर् कम्मरमा हात लगाएर नाङ्गै नाच्दै गरेकी शेर्पा महिलाको प्रतिनिधित्व गर्ने एक शम्बर-शक्तिको ढुङ्गे-धातु युगको काँसको मूर्ति आदिबाट समेत सहजरूपमा प्रमाणित गर्न सकिन्छ । त्यसैले ऋग्वैदिककालमा आर्यले यस उपमहाद्वीपका मूलवासी अनार्य शेर्पा आदिवासीलाई लिङ्गोपासनाका प्रतिमूर्ति शिव -पशुपतिनाथ)का पुजारी भएकै कारण "लिङ्गपूजक" भन्ने अर्थ जनाई ऋग्वेदको सातौं मण्डलको एक्काइसौं सूक्तको पाँचौं मन्त्रमा "शिश्नदेवा" भनेका देखिन्छन् । तैपनि शेर्पाको विशेषणको रूपमा रहेको 'शरब' भन्ने शब्दले शिकारी युगको परम्पराको माथि अर्थबोध गरे जस्तैगरी शेर्पाले आˆना जन्मदेखि मृत्युसम्मका सम्पूर्ण सांस्कारिक कार्यक्रममा भाङ-धतुरो खाएर मस्तभई पार्वतीसँग ताण्डवनृत्य गर्ने शिवजस्तै भएर अनिवार्यरूपमा सुँगुर, राँगा, गोरू आदिको मासुको साथमा शेर्पा भाषामा 'छ्याङ' भनिने जाँडको प्रयोग गरेर आफ्ना पुरोहितमार्फत शेर्पा भाषामा 'क्षो' भनिने बौद्ध धर्मग्रन्थबाट "शिवदाङ । क्षोदाङ टशी फेल्वर जद्दुसोल" भन्नुका साथै "ॐ शरब तथागत अवलोकिते शम्बर शम्बर हूँ", "ॐ सोम भवशुद्ध शरब धर्मशुद्ध हाङ्" आदि भनेर पूजा-आजा गरेपछि जाँड खाएर मस्तभई स्त्री र पुरुषको जोडी मिलाई रमाइलो गरेर परापूर्व कालदेखि कदम चालेर विभिन्न अवसरमा नाँच्नु पर्ने 'शरबु' भनिने शेर्पा-नाँच अहिले पनि नाँचेका देखिन्छन् तर अहिले तिब्बती प्रभावमा परेका सोलखुम्बु, रामेछाप, दोलखा आदि भूभागका शेर्पा जातिका केही मानिसले 'शरबु' भन्नुको साटो 'शरपु' भन्ने शब्दको पनि अपभ्रंशको रूपमा 'स्याप्रु' भन्ने गरेका देखिन्छन् । यसबाट शेर्पालाई आदिमकालदेखि अहिलेसम्म शेर्पा भाषामा 'शरब' भन्ने गरेको गौरवमय परम्परा रहेको शेर्पाको सभ्यता र संस्कृतिको इतिहासलाई विर्सेर 'शरबु' भन्ने शब्दको मौलिक रूप पनि 'शरप' भन्ने तिब्बती शब्द नभई शेर्पा भाषाको 'शरब' भन्ने शब्द नै हो भन्ने वास्तविक तथ्यलाई पनि अबका शेर्पाले बिर्सिंदै गइरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ । यसो हुनु सिङ्गो शेर्पा जातिका मानिसका लागि दुर्भाग्यको कुरा हो । किनभने, आदिम कालदेखि अहिलेसम्म प्रचलनमा रहिआएको यही शेर्पा भाषाको 'शरब' भन्ने शेर्पाको जातीय मौलिक विशेषणबाट नै नेपालको मात्र होइन सिङ्गो भारतीय उपमहाद्वीपको आदिवासी -मूलवासी) भनेकै यस उपमहाद्वीपको उत्तरमा सिन्धु तथा नेपाली सभ्यताको सिर्जना गर्ने आग्नेयीमूलका शेर्पा नै हुन् भनेर प्रमाणित भएका देखिन्छन् । यस तथ्यलाई यस जातिको राष्ट्रियस्तरको जातिय संस्थाको नाम पनि यही 'शरब' भन्ने शब्दलाई जोडेर "यम्बु शरब च्यिछोग" भनिएको देखिएबाट पुष्टि गर्न सकिन्छ । त्यत्ति मात्र होइन, शेर्पा जातिका मानिसका सबै किसिमका जातीय सङ्घसंस्थालगायतका सम्पूर्ण कुुराको प्रसङ्गमा शेर्पा जातिका मानिस, शेर्पा जातिका मानिसका, शेर्पा जातिका मानिसलाई, परापूर्व कालदेखि कदम चालेर विभिन्न अवसरमा नाँच्नु पर्ने शेर्पा नाँच इत्याादि भनी अर्थबोध गर्नु परेको खण्डमा पनि क्रमशः 'शरबतिब,' 'शरबतिबी,' 'शरबतिबला,' 'शरबु' इत्याादि भन्ने प्रचलन अद्यापि रहिरहेको देखिएबाट पनि यस तथ्यको पुष्टि गर्न सकिन्छ ।
त्यसैले अबका शेर्पाले अहिले चलन-चल्तीमा रहेको 'शेर्पा' भन्ने विशेषणलाई प्रयोग गर्नुबाट वञ्चित गरेर आदिमकालदेखि शेर्पालाई शेर्पा भाषामा भनिएको 'शरब' भन्ने सम्मानजनक मौलिक विशेषणलाई नै चलनचल्तीमा ल्याउनु अति आवश्यक देखिन्छ ।

बीमाबारे बुझ्नैपर्ने केही तथ्य

रमेशराज भट्टराई
केही पाउन केही त्याग्नुपर्छ, यो ध्रुव सत्य कुरो हो । तर कहिले कहीँ भने त्यागेर पनि कुनै कुरा पाउन सम्भव हुँदैन । यस तथ्यलाई मानवको अज्ञानता, असमझदारी र सानातिना कुरामा बढी लालच देखाउने मानवीय स्वभावको प्रतिफल हो भन्नु अत्युक्ति नहोला । यो प्रसङ्गलाई एक्काइसौँ शताब्दीमा रहेको आजको विश्वमा बीमा क्षेत्र र यसको प्रयोगसँग जोड्नु अझै सान्दर्भिक र तात्विक ठहर्दछ ।
बीमा त्यस्तो अभिप्रायसँग सम्बन्धित छ जहाँ व्यक्ति निश्चित रकम भुक्तानी गरी भविष्यमा आइपर्नसक्ने घटनाका कारणबाट हुने आर्थिक हानी-नोक्सानीबाट सहजै जोगिन सक्षम र सफल हुन्छ । आˆनो भविष्यलाई उज्ज्वल र सुखमय बनाउन व्यक्ति तब सार्थक हुन्छ जब उसले बीमाको मर्म बुझेको हुन्छ र त्यसमा हरेक अङ्ग-प्रत्यङ्ग लाई पूर्ण जानकारीका साथ अध्ययन गरी बीमाशुल्क भुक्तानी गर्दछ । अन्यथा केवल, लोभलालच जस्तो विकृतिपूर्ण उद्देश्यले बीमा भए गरेको छ भने क्षति भएको अवस्थामा दाबी भुक्तानी नपाई त्यसको नतिजाले व्यक्ति र परिवारको जीवनमा कहाली लाग्दो, निरस आर्थिक अवस्था ल्याउँदछ ।
बीमाको सर्व स्वीकृत प्राथमिक पक्ष हो, भविष्यमा हुनसक्ने आर्थिक नोक्सानीबाट पीडित पक्षको संरक्षण गर्नु । बीमाले दुर्घटना, चोरी, डकैती, आगलागी, भूकम्प, बाढी पहिरो र यस्तै प्रकारका अन्य अपि्रय घटनालाई रोक्न सक्दैन, तर दुर्घटनाका कारणबाट पीडित पक्षमाथि पर्ने आर्थिक क्षतिपूर्ति गरी संरक्षण प्रदान गर्दछ । यहाँ एउटा अति नै घतलाग्दो प्रश्न खडा हुन्छ, के बीमा बापत तिर्नुपर्ने वास्तविक बीमा शुल्क रकममा मोलतोल गरी कम बीमाशुल्क रकम बीमकलाई बुझाई बीमा गर्दा बीमितले बीमकबाट बीमा सुरक्षण प्राप्त गरी ठूला आर्थिक हानी नोक्सानीको संरक्षण पाउँछन् ? अहँ, कदापि हुनसक्दैन । बीमकले बीमितबाट के, कति र के, कस्ता सम्पत्तिको बीमा कुन दुर्घटनालाई बहन गर्नेमा के, कति वास्तविक रकम बीमितबाट लिनु वा तिर्नुपर्छ भन्ने सम्बन्धमा निश्चित शर्त सुविधा आदिको पालन गर्नु बीमक तथा बीमित दुवैको प्रमुख कर्तब्य हो । त्यस आधारमा नै बीमा जन उपयोगी र सार्थक बन्ने निर्विवाद छ ।
बीमाक्षेत्रमा बीमा शुल्क उठाउने सम्बन्धमा बीमादर कायम भएका र बीमादर कायम नभएका भिन्न भिन्न प्रकारका बीमा व्यवसाय सञ्चालन हुने गरेको छ । जुन बीमा व्यवसायको जुन किसिममा बीमादर लागू भएको हुन्छ, त्यसै अनुसार दिइने बीमा सुरक्षणको आधारमा बीमा शुल्क उठाउनेबारे स्पष्ट किटान गरेको हुन्छ । त्यसैगरी बीमादर किटान नभएका बीमा व्यवसायको किसिममा भने बीमा कम्पनीको विगतको दावीको अनुभव र उसको पुनर्बीमा सुरक्षणको आधार र दक्षताअनुरूप निर्भर भएको दर कायम हुन्छ अर्थात् त्यस्तो बीमा व्यवसायमा बीमा कम्पनीले आफूले दिने सुविधा र उठाउने बीमा शुल्क रकम ग्राहक र बीमा कम्पनी दुईबीचको समझदारीमा व्यवसायिक दक्षताका आधारमा किटान हुने गरेको पाइन्छ ।
अब रहृयो कुरो बीमादरमा घटाघटको सिद्धान्त । बीमादर किटान भएको बीमा व्यवसायको किसिममा ग्राहकहरूले आफूले आˆनो सम्पत्तिको वास्तविक मूल्यमा के कस्तो खालको जोखिमहरू समावेश गर्ने गरी बीमा गर्न चाहेको हो सोहीअनुरूप स्पष्ट भई उपयुक्त बीमादर तिरी अनुसार बीमा गर्नु अनिवार्य हुन्छ । बीमादरले किटान गरेभन्दा बढी बीमा शुल्क रकम भुक्तानी गर्दैमा दावीको बखत तोकिएभन्दा बढी दावी रकम प्राप्त गर्न सकिँदैन भने अर्कोतर्फ बीमादरले किटान गरेको दररेटभन्दा घटाघट गरी कम बीमा शुल्क भुक्तानी गर्दा त्यस्तो अवस्थामा दावी पर्दा पनि आफूले सोचेजस्तो सम्भावित दुर्घटनाहरूबाट जोगिन जोखिमको सुरक्षण नभई बीमा गरेअनुसार दावी पाउन पूर्णरूपमा असक्षम नै हुन्छ । यस्तो अवस्थामा अति से अति न्यून आर्थिक नोक्सानीको मात्र दावी भुक्तानी मिल्ने हुन्छ वा हुने नहुन पनि सक्छ ।
बीमाको महìवबारे साधारण व्यक्ति विशेष मात्र नभई खासगरी ऋण सुविधा प्राप्त गरी उद्योग सञ्चालन गर्ने उद्योगपति समेत यसबारे अनभिज्ञ छन् । जसले गर्दा उनीहरू बीमा शुल्क कम तिर्नलालायित हुन्छन् । कुनै पनि उद्योगपतिले ऋण लिँदाको अवस्थामा धितोमा राखेको त्यस्तो सम्पत्तिको पूरा मूल्य बराबरको बीमाङ्क कायम गर्न चाहँदैन, उसलाई थाहा हुँदैन यसको नकारात्मक असर उसमाथि कति पर्छ भनेर । यस्तो अवस्था र परिस्थितिले सम्पूर्ण आर्थिक क्षेत्र नै अस्तव्यस्त बनाउनुका साथै अस्थिर तुल्याइदिन्छ । किनकि धितो राखेको सम्पत्तिको वास्तविक मूल्यमा बीमा नगराई मात्र ऋण रकम बराबरमा बीमा गर्ने प्रचलनबाट त्यस्तो सम्पत्ति क्षति भई आर्थिक हानि नोक्सानी भएको अवस्थामा वास्तविक रकमभन्दा ज्यादै न्यून रकम मात्र क्षतिपूर्तिवापत रकम प्राप्त हुने हुन्छ । जसको कारण बीमाको परिलक्षित उद्देश्य प्राप्ति हुँदैन । बीमाको सैद्धान्तिक पक्षका ज्ञानको अभावको कारण बीमा क्षेत्रमा बीमा शुल्क घटी तिरी बीमा गर्ने गराउने कार्यले प्रश्रय पाउने निर्विवाद छ । यसको सहायकको रूपमा साच्चै भन्ने हो भने बीमाबारे केही जानकारी हासिल गरेका व्यापारी, उद्योगपति आदिलाई अग्रपङ्क्तिमा गणना गर्नुपर्ने हुन्छ । त्यसकारण सम्पत्तिको वास्तविक मूल्यमा बीमा गराउनु नै बुद्धिमानी ठहर्दछ ।
बीमाको सर्वमान्य पक्ष हो सम्भाव्य हानी परेको बखत त्यस्तो आर्थिक क्षतिको बीमा दावी भुक्तानी पाउने उद्देश्य । यसको मतलब हो बीमा गर्ने र गराउने दुवैपक्ष विश्वासिला र भरपर्दा हुनु अनिवार्य छ । एकले अर्को पक्षलाई सबै कुरा खुलस्त र दुरुस्त बताउनुपर्छ र आ-आफूले दिन र लिन चाहेका सुविधा बारे स्पष्ट हुनु अनिवार्य छ । यसको अलावा एक अर्कोमा एक अर्कालाई काट्ने, केवल व्यवसाय मात्र हातमा लगाउने, सुविधा र सेवा पुर्‍याउन नचाहने आदि यावत् कुरा बुझ्न र बुझाउन नचाहने तथा सही र तथ्य कुरा नखोल्ने जस्ता व्यवहार बीमक र बीमितबीच विद्यमान रही रहने हो भने बीमा व्यवसायले उज्ज्व र उन्नत भविष्यको सिर्जना गर्ने नभई अपूरो र अन्यौलको भविष्यको गोरेटो कोर्दछ र कहालिलाग्दो र भयावह आर्थिक अवस्थाबाट गुजि्रन बीमक, बीमित र सिङ्गो अर्थ व्यवस्था नै बाध्य हुन जाने देखिन्छ । परिणामस्वरूप बीमाको परिलक्षित उद्देश्यलाई अपव्याख्या गरी बीम्ाा व्यवसायलाई नै बदनाम गराउने खालका टीका टिप्पणी नहोलान् भन्न सकिदैन । यसर्थ, बीमा गर्दा वास्तविक मूल्यमा बीमा गर्ने गराउनेतर्फ बीमा व्यवसायी र बीमा ग्राही दुवै सचेत हुनुपर्ने आवश्यकता विद्यमान छ ।

जलवायु परिवर्तनको असर

भक्तबहादुर थापा
मानव र प्रकृतिबीच गहिरो सम्बन्ध रहन्छ । प्राकृतिक प्रणालीभित्र जीवको अस्तित्वको खोजी गर्नुपर्दा विभिन्न चरण पार गर्दै मानव जातिको विकास भएको विभिन्न अध्ययन, अनुसन्धान तथा त्यसभित्रका ऐतिहासिक तथ्यहरूले प्रष्ट पार्दछ । पृथ्वीभित्रको प्राकृतिक संरचनाका कुरा उठाउँदा माटो, हावा, पानी, आकाश तथा आगो जस्ता पञ्चतत्वको अस्तित्व रहन्छ । मानव शरीर पनि यही पञ्चतत्वले भरपुर र परस्पर सम्बन्धका कारण पूर्ण शरीरको रूप बनेको छ । यिनै पञ्चतत्वभित्र कुनै किसिमको नकारात्मक असर परेमा मानव शरीर पनि स्वतः प्रभावित हुन्छ । यही प्रसङ्गभित्र प्राकृतिक वातावरणमा कुनै किसिमको खलल् आएमा मानव शरीरमा पनि असर पर्न गई अस्वस्थ र रोगी बन्न थाल्दछ । अहिले प्रकृतिभित्र यस्तै अस्वाभाविक रूपमा खलल् आएको छ । प्राकृतिक वातावरणमा परेको असरले प्रदूषण बढ्न गई पञ्चतत्वलाई प्रभावित तुल्याउँदा मानव स्वास्थ्यमा विभिन्न किसिमका रोगका लक्षणहरू देखा पर्न थालेका छन् । जसमा प्रकृतिभित्रको खललको प्रसङ्ग उठाउँदा अहिले विश्वव्यापी चासो बनेको छ जलवायु परिवर्तन । जसले प्राकृतिक प्रणालीभित्रका विद्यमान परिस्थितिमा विचलन ल्याई एकातिर परिस्थितिकीय प्रणालीमा गम्भीर असर पुर्‍याएको छ भने अर्कातिर त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्न थालेको छ । आखिर विश्वव्यापी चासो र मानव जीवन तथा शैलीमा प्रत्यक्ष असर पुर्‍याउने जलवायु परिवर्तन के हो र यसले स्वास्थ्य क्षेत्रमा कस्तो असर तुल्याउँछ भन्ने प्रसङ्ग गम्भीर रूपमा अगाडि आउँदछन् । जलवायु परिवर्तन भन्दा बित्तिकै प्राकृतिक परिस्थितिकीय प्रणालीभित्र खलल् पुग्नु हो । जसमा जलवायु परिवर्तनले अचानक पृथ्वीको तापक्रम बढ्न गएको छ । तापक्रम वृद्धिले पृथ्वीका विभिन्न भागमा जुन किसिमको हावापानी हुन्थ्यो त्यसमा असर पुग्न गई त्यहाँभित्र विद्यमान सम्पदा, उत्पादन तथा परिस्थितिकीय प्रणालीभित्र जुन जे चीज तथा वस्तुको अस्तित्व थियो, त्यो तापक्रममा आएको परिवर्तनले त्यसको अस्तित्व हराउँदै जान थालेको छ भने वषर्ाको मौसममा वषर्ात नहुने, वषर्ात् हुने अवधि छोटो हुने, जाडो तथा जाडो मौसममा जाडो कम तथा अवधि कम हुँदै जानु, खडेरी, जस्ता समस्या देखापर्न थालेको छ । जसको प्रत्यक्ष प्रभाव मानव जाति तथा उसको स्वास्थ्यमा पर्न थालेको सङ्केत देखापर्न थालेको छ ।
जलवायु परिवर्तनको असरले पृथ्वीको वातावरण नराम्ररी प्रभावित हुन थालेको छ । जसको कारण लामो खडेरी पर्ने, गर्मी अधिक हुन गई लामखुट्टे, झिंगा, भक्षक किरा फट्याङ्ग्रा, ब्याक्टेरिया, भाइरस, तथा ढुसीको प्रकोप बढ्न गई औलो, टाइफाइड, झाडापखाला जस्ता रोगबाट मानव प्रताडित हुन थालेका छन् । यसको असर थेग्न नसक्ने जीव तथा प्राणीको अस्तित्व लोप हुने खतरा अर्कातिर छँदैछ । यसको असर नेपालमा मात्र नभई विश्वका हरेक देशमा पर्नथालेको छ । जलवायु परिवर्तनको असरका कारण अति वृष्टि, अनावृष्टिका सङ्केत देखापरी बाढी, पहिरो तथा भू-क्षय जस्ता समस्याले घरबारविहीन एवं प्रभावित भई जनस्वास्थ्यका समस्या सिर्जना हुन थालेको छ । अर्कातिर, लामो खडेरीले हैजा तथा झाडा पखालाको समस्या टड्कारो रूपमा देखापर्न थालेको छ । हालसालै नेपालको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा देखापरेको झाडापखालाको रोगको समस्यालाई पनि त्यही रूपमा लिइएको छ । करिब ६-७ महिनाको लमो खडेरीका कारण गर्मी बढ्न गई मानव बस्तीमा फोहर तथा स्वच्छ खानेपानीका मुहान सुकेका तथा भएका पनि प्रदूषित हुन गई झाडापखालाको प्रकोप बढेको स्वास्थ्य मन्त्रालयको अनुसन्धान टोलीको प्रतिवेदनले त्यही प्रष्ट्याएको छ । जसबाट हामीले जलवायु परिवर्तनको उपहारका रूपमा स्वास्थ्य क्षेत्रलाई लिनुपरेको घटना सम्झनु पर्ने भएको छ । हाल जलवायु परिवर्तनको प्रभावले विश्वव्यापी समस्या उत्पन्न गराउने सङ्केत देखापर्न थालेपछि विश्वकै ध्यान यतातिर तानिएको छ । आखिर यसको असरले जुन-जुन क्षेत्र प्रभावित हुन थाले पनि त्यसको मार भने मानव जातिमा पर्दछ । कृषिदेखि जैविक विविधता लगायत अन्य सम्बन्धित पक्ष प्रताडित हुन थाले पनि खाद्यान्नको स्रोतदेखि हाम्रो औषधीय गुण बोकेको प्राकृतिक सम्पदामाथि पर्दछ । जसको पीडा मानिसले भोग्नुपर्ने भएकाले मानव हीत तथा कल्याणका क्षेत्रमा कार्यरत विश्वको विभिन्न ध्यान यस क्षेत्रतिर आकृष्ट हुन थालेको हो । यही सोचका साथ मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव कस्तो पर्छ भन्ने विषयमा विश्व स्वास्थ्य सङ्गठनले यस क्षेत्रमा चासो देखाउन थालेको छ । जसको फलस्वरूप नीति, नियम, कानुनी व्यवस्थाका साथै कम गर्न सक्ने उपायको खोजी गर्न थालेको छ । नेपालमा पनि पहिलो पटक यसको छलफललाई आम जनता र संलग्न पक्षबीच बहस अगाडि बढाएको छ ।

जलवायु परिवर्तनका असर

होमप्रसाद लम्साल
विकसित र विकासशील राष्ट्रहरूमा तीव्र गतिमा भैरहेको विकास निर्माण कार्यहरूले गर्दा पृथ्वीको वायुमण्डलमा जम्मा भैरहेको कार्बन डायअक्साइडका कारण जलवायु परिवर्तनका नराम्रा असरहरू देखिन थालेका छन् । जसको प्रभाव स्वरूप हिम शृङ्खला पग्लने, सामुदि्रक सतह बढ्ने र मौसम परिवर्तनका असामान्य स्थिति देखापर्न थालेपछि त्यसबाट बच्न विश्व समुदाय नै एकजुट हुनथालेको छ । विगत केही वर्ष यता देखापरेको जलवायु परिवर्तनको असर सबैले व्योहोर्नु परे पनि सबै तह र तप्काले यसको वास्तविक कारण पत्ता लगाउन सकेका थ्ािएनन् । यद्यपि विशेषज्ञहरूले त्यसका कारण र समाधानका उपायहरूबारे निकै अघिदेखि नै अनुसन्धान गरिरहेका छन् । विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण पेट्रोलियम पदार्थ, ग्यास, र कोइलाबाट निस्केको तातो हावा र कार्बनडाइअक्साइडका कारण भूमण्डलको उष्णीकरणले हिमनदीहरू सुक्नु र सामुदि्रक किनारा बढ्नुको साथै जलवायु परिवर्तन भएकोले त्यसको न्यूनीकरणका लागि ग्रीन हाउसको वृद्धि गर्ने र वनजङ्गल बढाउनुको साथै कार्बनडाइअक्साइडको मात्रा कम गर्ने सवारी साधनको प्रयोग गर्नु पर्दछ । मूलतः त्यसका लागि सबै मुलुकले उत्तिकै सावधानी अपनाउनु जरुरी हुन्छ । पूर्व अमेरिकी उपराष्ट्रपति अल गोरले आफ्नो 'रोक्न नसकिने सत्य' नामक सोधपत्रमा जलवायु परिवर्तनको बारेमा उल्लेख गरिएको विषयले नोवल शान्ति पुरस्कार नै प्राप्त गरेपछि त्यस विषयले व्यापकता पाएको हो । जुन सोधपत्रमा उल्लेख गरिएका विषय तथ्यमा आधारित मात्र थिएनन् कि त्यसमा किटान गरिएका कुरा सतप्रतिशत सत्य साबित हुँदै गएका छन् र आज तिनै विषय विश्वका वैज्ञानिकहरूका लागि चुनौतीपूर्ण बनेका छन् र उनीहरूले त्यसबाट जोगिने उपायको खोजिमा समय खर्चिनु परिरहेको छ ।
सन् १८६० देखि पृथ्वीको तापमान नाप्ने क्रम सुरु भएयता सन् १९९० को दशक सबैभन्दा गर्मी साबित भयो । सन् २००० को दशक अझ बढी तातो हुँदै गएको वैज्ञानिक परिक्षणले पुष्टि गरेको छ । यसबीचमा ०.६ सेन्टिमिटर तापक्रम बढिसकेको जनाइएको छ । यसैगरी समुद्र र जमिन दिनप्रतिदिन तातिइरहेको प्रमाण सर्वसाधारण जनताले समेत अनुभव गर्नथालेका छन् । त्यस्तै वषर्ा हुने प्रक्रियामा परिवर्तन आएको छ । वर्षातको समय परिवर्तन मात्रै भएको छैन विपरीत र असामान्य वषर्ा हुन थालेको छ । हिमाली क्षेत्रमा हिउँ पर्न छाडेको छ भने भएका हिमाल पग्लेर हिमनदीको बहाव घट्नथालेका छन् । समुन्दि्रक सतह बढ्दो छ । गि्रनल्याण्डबाट हालको हिउँ पग्लने दर ०.५ एमएम प्रतिवर्ष घटेको वैज्ञानिक तथ्यले पुष्टि गरेको छ । हिउँ पग्लेर सामुदि्रक सतह बढेको कारण कयांै देश र ठूला सहरको भविष्य नै खतरामा पर्दै गएको छ । माल्दिब्सको सम्र्पूण भूभाग १० वर्षपछि डुब्नसक्ने अनुमान विशेषज्ञहरूले गरेका छन् । जलवायु परिवर्तनले पानीका स्रोतहरू, वन, जीव परिवृत्ति प्रणाली, जैविक विविधता, कृषि, भौतिक वातावरण र मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ । जसरी तापक्रम वृद्धिको प्रभाव सबैतिर परेको छ, त्यसैगरी भौतिक र जैविक वातावरणमा परेको पाइन्छ । उदाहरणका रूपमा हिमनदीहरू सुुक्नथालेका छन् । हिमभण्डार टुत्रि"mदै खुम्चिदै बग्न थालेका छन् । हिउँद पछिका महिनाहरूमा सामान्य भन्दा ठण्डा र बढी हिमपात र असिना वषर्ा हुने, वनस्पतिहरू छिटो फुल्ने र बढ्ने प्रक्रिया देखिएको छन । त्यसैगरी होचो ठाउँमा पाइने जीव, बनस्पती र किट प्रजातिहरू अग्लो ठाउँतिर फैलिँदो अवस्थामा रहेका छन् । प्रकोप बढेर जनस्वास्थ्यमा प्रभाव पर्न थालेको छ । जसको कारण गर्मीबाट हुने मृत्युदरमा वृद्धि, उच्च ठाउँमा पनि लामखुटेको कारण मलेरियाका प्रभाव, पानीबाट उत्पन्न हुने र सरुवा रोग बढ्नुको साथै शीत प्रदेशीय क्षेत्रमा ठण्डीबाट हुने मृत्यु दरमा कमी हुनथालेको छ ।
साधन स्रोत कम भएका कारण गरिब देशहरू र त्यहाँका गरिब जनता जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित हुने निश्च्िात छ । आइपर्ने समस्याको सामना गर्ने साधन स्रोतको कमीका कारण जीवनस्तरमा गम्भीर धक्का लाग्नथालेको छ । उच्च पहाडी गाउँघरहरूमा खेतीपातीको समयमा कम पानी पर्ने र अरु बेलामा पानी पर्ने जस्तो असामान्य वर्षाले कृषि क्षेत्रमा समस्या देखापरेको छ । त्यसैले गर्दा खाद्यान्न संकट उत्पन्न हुने देखिएको छ । माटोले बनेका परम्परागत घरहरू छिटो खिइनथालेका छन् । त्यसको ताजा उदाहरण मुस्ताङमा हिउँ थोरै, पानी धेरै पर्नथालेका कारण माटोले बनेका परम्परागत घरहरू छिटो भत्किन थालेका छन् । स्थानीय बासिन्दा यस्ता समस्याबाट जोगिन जस्तापाताको छाना छाउने गरी फरक ढाँचामा घर बनाउन थालेका छन् ।
त्यस्तै गरी तीव्र रूपमा हिउँ पग्लिएर ताल बन्दै छन् । हिमनदीले प्रतिवर्ष १० मीटरको दरले ठाउँ छोड्दै गएको अध्ययनहरूबाट देखिएको छ । जसले गर्दा हिमाली क्षेत्र र हिमतालहरूमा प्रभाव परेको छ । हालैका वर्षहरूमा हिमनदीहरू खुम्चने वा सुक्ने प्रक्रियामा वृद्धि भएका छन् । भ्ाारतमा हालै भएको एक अध्ययन अनुसार सन् २०३५ सम्ममा प्राय सबै हिमनदीहरू लोप हुने अनुमान गरिएको छ । त्यसै गरी हाम्रो जस्तो जैविक विविधता र पहाडी पर्यावरण, पहाडी वनस्पतिमा जलवायु परिवर्तनको असरले ठूलो समस्या पार्ने देखिएको छ । हिमालमा वनस्पति रेखा, प्रजातिहरूको वितरण अनुपात वा सघनत्वमा बदलिएको छ । स्थानीय वनस्पतीमाथि बाहृय प्रजातिको प्रभाव बढ्दो छ ।
कृषिमा पनि जलवायु परिवर्तनको प्रभाव पर्न थालेपछि हाम्रो जस्तो कृषिप्रधान मुलुकका किसान गम्भीर मर्कामा पर्ने भएका छन् । पानी, माटोमा चिसोपनाको मात्रा, परागसेचन क्रिया, माटोको तापक्रम जस्ता आधार तìवमा आएको परिवर्तनका कारण कृषि उत्पादकत्वमा कमी हुन थालेको छ । वषर्ाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बालीे चक्रको सन्तुलनमा खलल पुग्न गई खेती गर्ने प्राणालीमा परिवर्तन गर्नुपर्ने चुनौती देखिन थालेको छ । सुख्खा हिउँदको उच्च भूभागको पर्यावरणमा थप दबाब पर्ने हँुँदा जटिलता बढ्दै जानेछ । यसको असर खाद्य सुरक्षालगायत स्वास्थ्य र जैविक विविधतामा पर्ने निश्चित छ । जलवायुमा आएको परिवर्तनसँगै समुदायहरूको क्रियाकलापमा पनि परिवर्तन आएको छ । पानीको समस्यासँग जुध्दै हिउँदमा हुने गरेको हिउँ पर्ने दिन र मात्रामा कमी हुनाले हिम भण्डार खस्कँदो स्थितिमा पुगेको छ भने सुख्खायाममा पानीका लागि नयाँ स्रोतको खोजी गर्नुपर्ने अवस्था देखिनथालेको छ । त्यस्तै अकासे पानी संकलन प्रविधिको प्रयोग बढाउनेतर्फ ध्यान दिनुपर्ने अवस्था बढेर गएको छ । पानी थोरै चाहिने बाली लगाउने, जोखिम कम गर्न वैकल्पिक आम्दानीका स्रोतको खोजी गर्नुपर्ने स्थिति टड्कारो देखिएको छ ।
ज्ालवायु परिवर्तनका कारण त्यस समस्याबाट उन्मुक्ति पाउन केही राम्रा पहल सुरु भएका छन् । ज्ास्तो स्वच्छ ऊर्जा बिजुली, गोबर ग्याँस, सौर्य प्रविधिको प्रयोग बढ्नु राम्रो संकेत हो । वन संरक्षण र विस्तार, वस्तुको पुनः प्रयोग बढाउनसके वातावरणलाई उल्लेख्य योगदान पुग्नेछ । नेेपालको सामुदायिक वन विश्वका लागि नै उदाहरण भएको र यसको चिनारी बनिसकेको हुनाले कार्बन व्यापारको सुविधा पाउन सके फाइदा लिन सक्ने देखिन्छ । उदाहरणका लागि नेपालका दशलाख हेक्टर भन्दा बढी क्षेत्र ओगटेको सामुदायिक वनले वर्षेनी करिब ५० लाख टन कार्बन उत्पादन गर्छ, जसको अन्तर्राष्ट्रिय मूल्य कम्तीमा ५ करोड डलर हुन्छ । त्यस्तो अवस्थामा हामीले गम्भीर बन्नु जरुरी छ । आफूले प्रयोग गर्ने प्रविधि स्वच्छ र्ऊजामा आधारित हो कि होइन विचार गरौं । त्यस्तै कार्बन शून्य घर, कार्यालय र व्यवसायको पक्षमा उदाहरण बन्दै वकालत गर्न जरुरी भएको छ विकास संरचना बनाउँदा, बाढी, खडेरीका घटनालाई विचार गरेर डिजाइन गर्न आवश्यक भैसकेको छ । दिगो वन व्यवस्थापनबाट काठको खपत बढाउन सकिएको खण्डमा त्यसबाट पनि वातावरणमा सुधार गर्न सकिन्छ ।
हरितगृह ग्यास कम गर्नका लागि वैकल्पिक ऊर्जाहरू, गोबर ग्यास प्लान्ट बढाउन सकिन्छ । नेपालमा करिब २ लाख गोबरग्यास प्लान्टहरू सञ्चालनमा रहेको छ । करिब २० लाख प्लान्टहरूको सम्भावना रहेको छ । त्यस्ता सम्भावनाहरूलाई बेलैमा प्रयोग गर्नसके प्रभाव कम पर्नसक्ने निश्चित छ । त्यस्तै कार्बन व्यापार एउटा नया सम्भावना हो । एक टन कार्बन ५ देखि १५ डलरसम्ममा बेच्न सकिने भएकाले त्यसतर्फ पनि विशेष ध्यानदिनु जरुरी देखिन्छ । त्यस्तै गरी गोबर ग्यास प्लान्टको प्रयोग गर्दाको फाइदाहरूमा यसले वन पनि जोगाउँछ अनि हरितगृह ग्यास पनि कम गर्छ । एउटा गोबरग्यास प्लान्टले करिब २ टन कार्बनडाइअक्साइड प्रति वर्ष हावामा मिसिनबाट जोगाउँछ । खाना पकाउने सुधारिएको चुलोको कुरा गर्ने हो भने त्यसले पनि वातावरण सुधारमा उल्लेख्य सहयोग पुर्‍याउँछ ।
वन जोगाउँदा हुने फाइदाको कुरा गर्ने हो भने एउटा रुख ५० वर्ष जीवित रहन्छ । त्यो रुखले अक्सिजन उत्पादन गर्छ । सो एउटा रूखबाट मात्रै ८ लाख ५० हजार मूल्यको अक्सिजन उत्पादन हुन्छ । सोही रुखबाट १० लाख मूल्यको माटो मल बन्छ भने १० लाख मूल्यको भू-क्षय नियन्त्रण गर्दछ । त्यसै गरी १७ लाख मूल्यको वायु प्रदूषण नियन्त्रण गर्छ र फलफूल र हरियो सागपात बाहेक पशु पछीको लागि ८ लाख ५० हजार मूल्यको आश्रय प्रदान गर्छ । एउटा हुर्किएको रुखले २ टन पानी संग्रह गर्न सक्छ जसले भाँडोमा जम्मा गर्न लायकको पानीको स्रोतको निर्माण गर्दछ । तसर्थ, एउटा रुख काटिनु भनेको रु.५१ लाख भन्दा बढीको खुद क्षति हुनु हो भन्ने अध्ययनले पुष्टि गरेको छ । वनस्पतिहरू कार्बन डाइअक्साइड धारण गर्ने प्राकृतिक रछ्यान भएकाले एउटा रुखले उसको जीवनकाल -१०० वर्ष) मा एक हजार किलोग्राम कार्बन डाइअक्साइड सोसेर लिनसक्छ । त्यसैले वातावरणको कार्बन डाइअक्साइड घटाउने एउटा सरल, कम खर्चिलो र उपयुक्त उपाय हो । कार्बन डाइअक्साइड प्रदूषण घटाउनु स्थानीय प्रयोगमा रहेका उपलब्ध खुला वातावरणको सौन्दर्यसम्बन्धी महìव बढाउनु, जनसाधारणमा हरियोपनको लेखा राख्ने अवधारणा ल्याउने र प्रदूषण फैलाउनेहरूलाई स्थानीय र विश्व वातावरणप्रति जिम्मेवार बनाउने अहिलेको पहिलो आवश्यकता बनेको छ । अन्यथा रोक्नै नसकिने विपत्ति पर्खर्नेबाहेक अन्य उपाय छैन ।

जलवायु परिवर्तनको बढ्दो असर


तारा बी.सी.
पृथ्वीको जलवायु परिवर्तन र यसको असरबारे विश्वव्यापी चिन्ता र चासो दिनानुदिन बढिरहेको छ । जलवायु परिवर्तनको सम्बन्धमा भएको प्रथम छलफलको दस्तावेज 'क्योटो प्रोटोकल' हो । अझैसम्म पनि कैयन् देशले यसमा हस्ताक्षर गरेका छैनन् त कैयन् देशले यसमा हस्ताक्षर गरे पनि अनुपालन गरेको पाइएको छैन ।
नेपाललगायतका दक्षिण एसियाली मुलुकहरू जलवायु परिवर्तनप्रति विशेष संवेदनशील हुनुपर्ने अवस्था आइसकेको छ किनभने सर्वोच्च शिखर सगरमाथादेखि समुद्र सतहबाट दुई मिटरभन्दा कम उचाइमा रहेका माल्दिभ्स जस्ता देशहरूको विविध भू-खण्ड, बनोट, हावापानी र पर्यावरण यसै क्षेत्रमा पाइन्छ । हिमपातमा देखिएको न्यूनता, हिउँ पग्लिने क्रममा देखापरेको वृद्धि, हिमताल र हिमनदीहरूमा पैदा हुँदै गरेको अस्तित्वको खतरा जस्ता समस्या हिमाली क्षेत्रमा देखापरेका असरहरू हुन् । त्यसैगरी मध्य पहाडको नियमित वाषिर्क पहिरो, भू-क्षय, वषर्ाको कमी, कृषि उत्पादन र गुणस्तरमा कमी आदि र तराईको बाढी, कटान, डुबान र सुख्खाग्रस्त समस्या जलवायु परिवर्तनले हामीलाई थुपारिदिएका समस्या हुन् ।
उता माल्दिभ्सको भने अस्तित्वकै समस्या छ । विज्ञहरूका अनुसार आगामी केही दशकभित्र माल्दिभ्स देश हिन्दमहासागरभित्र डुब्नेछ । त्यसैले यसत्रतर्फ विश्वको ध्यान आकृष्ट गर्न यसै हप्ता माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिदसहितको मन्त्रिपरिषद्को बैठक हिन्दमहासागरको पीँधमा सम्पन्न भएको छ । नेपालका प्रधानमन्त्रीले पनि अमेरिकी राष्ट्रपति ओबामालाई भेट्न पाउँदा सगरमाथाको खिइएको चटानको टुक्रा उपहार दिएर जलवायु परिवर्तनतर्फ ध्यान तान्न खोज्नु भएको थियो ।
नेपालको सन्दर्भमा हामीले 'हुरीक्यान' क्याटरिना, सुनामी र हालैको आइला जस्ता तीव्र बेगधारी विनाशलीलाको सामना गर्नु नपरे पनि भौगोलिक स्थिति परिवेश, अवस्था अनुसारका प्राकृतिक विनाशकारी विध्वंश, विपद्हरूको नेपालले सामना बर्सेनि गरिरहनु परेको छ । प्रत्यक्ष वा परोक्ष रूपमा, कोसीको बाढी, मध्य र सुदूरपश्चिम पहाडी इलाकाको भोकमरी, हिमनदीको प्रवाहमा कमीका कारणको दैनिक लोडसेडिङ, कृषि अन्नबाली, फलफूल उत्पादनमा कमी र यसको परिणाम मूल्यवृद्धि हुँदै हुँदै तपाई हामी सबैलाई जलवायु परिवर्तनको असरले छोइसकेको, ढाकिसकेको छ ।
दीपावलीमा फूलको खपत बढी हुने गर्छ र नेपालका सबैजसो फूल पनि शरद ऋतुको यही समयमा फुल्ने गर्छन् । तर पूर्वी नेपालको 'राजारानी' क्षेत्रमा यसपाली सयपत्री र मखमली फूल फुल्न भ्याएन । यो सबै जलवायु परिवर्तनका कारणले हुन गएको भनाई विज्ञहरूको छ तर यसको फलस्वरूप लाखौँ मूल्यका फूल भारतबाट आयात गरेर भए पनि यसपालीको दीपावलीले जलवायु परिवर्तनको असरको सामना गर्‍यो ।
गत असोजको वषर्ाकालीन अनपेक्षित लामो झरीले पश्चिम नेपाल डुबान, कटानका अतिरिक्त चीन, साइबेरिया, मङ्गोलिया र रुसबाट बसाइँ सरेर आउने क्रममा रहेका चराका हुललाई पनि रोक्यो र चराचुरुङ्गी र पुतलीहरूको भूमिका फलफूल र वनस्पतिको विकासमा रहन्छ यसको असर हेर्न त केही समय पर्खनु नै पर्ने हुन्छ ।
हालैका दिनमा जलवायु परिवर्तनमा रुचि राख्ने नेपाली विद्यार्थीहरूका लागि तीनवटा समाचार विशेष रुचीकर हुन पुगे । प्रथम हो, हिन्दमहासागरभित्र बसेका माल्दिभ्सको मन्त्रिपरिषद बैठक, दोस्रो नेपाल र चीनका वैज्ञानिकले रसुवाको लाङटाङमा हिमनदी र हिमशृङ्खलाबारे गरेका अध्ययन र तेस्रो क्याम्बि्रज युनिभर्सिटीको पोलर ओसन फिजिक्सबारेका अनुसन्धान रिपोर्ट ।
जलवायु परिवर्तन विश्वव्यापी समस्या हो र विश्वका विभिन्न भागमा बस्ने व्यक्तिले असर र सामना विविध किसिमले भोग्नु र गर्नुपरेको अहिलेको अवस्था छ । प्राकृतिक स्वरूपमा र अत्यन्तै न्यूनगतिमा प्रकृतिले मानिसलाई जलवायु परिवर्तनको असरका रूपमा दण्ड दिइरहेको छ । भौतिक विकासको लालसामा औद्योगिक राष्ट्रहरूले प्राकृतिक नियमलाई खल्बल्याइरहेका छन् । प्राकृतिक वस्तुहरूको तीव्रगतिमा दोहन गर्दै आर्थिक विकासको सिँढी चढिरहेका छन् । जलवायु परिवर्तनको असर निश्चितरूपमा गरिब राष्ट्रहरूमामाथि बढी पर्दछ र गरिब राष्ट्रहरूको गल्ती कम तर प्रकृतिले दिएको सजाय वा विनाश बढी भइरहेको अवस्था छ ।
विश्वका सबै राष्ट्रले जलवायु परिवर्तनबाट के कस्ता समस्या भोगिरहेका छन् र संयुक्त रूपमा ती समस्याहरू कसरी सामना गर्ने, बाटो पहिल्याउने भनेर संयुक्त राष्ट्र सङ्घले आगामी डिसेम्बर महिनामा डेनमार्कको राजधानी कोपनहेगनमा विश्वस्तरीय सम्मेलन आयोजना गर्दछ र यसलाई जलवायु परिवर्तनसम्बन्धी १५ औँ सम्मेलन कोपनहेगन नामकरण गरिएको छ । नेपालको सहभागिता अवश्यम्भावी त छ तर चासो यहाँनिर सहभागिताको मात्र नभएर उपलब्धि रहनपुग्दछ र उपलब्धिका लागि तयारी चाहिन्छ । तयारी गर्न सरकारसँग वातावरण मन्त्रालय छ र यसले आˆनो दैनन्दिन चलाएको होला । कोपनहेगनले जयवायु परिवर्तनबाट उब्जिएका समस्याको समाधानको पोको न त लुकाएर राखेको छ र सम्मेलनका अवसरमा सबैलाई बाँड्ने नै छ । छोटो समयमा सबैका भिन्न भिन्न प्रकृति र परिवेशका विविध समस्यालाई सबैले सुन्नसमेत पाउने छैनन् । यस्तो अवस्थामा नेपालले जलवायु परिवर्तनको असरबाट भोग्नुपरेका समस्याको अनुसन्धान, विश्लेषण, वर्गीकरण गर्नु जरुरी छ । जलवायु परिवर्तन आयोग र राष्ट्रिय अनुकूलन आयोगको गठनले मात्र पुग्दैन । प्रथम र दोस्रो विश्वयुद्धको भन्दा भयानक परिणाम जलवायु परिवर्तनको असरले ल्याउने कुरा विज्ञहरूले बताइरहेको बेलामा संसारभरका ४८ वटा अति कम विकसित मुलुकमध्ये एक र दक्षिण एसियाका चार अल्पविकसित देशहरूको प्यानलबाट समान प्रकृतिका जलवायुसँग सम्बन्धित समस्याको अध्ययन, विश्लेषण, निष्कर्ष र समाधानका विकल्प ती ठूला औद्योगिक मुलुकहरू अर्थात् जी-२० समक्ष प्रस्तुत गर्ने मौकाको रूपमा उपयोग गर्नु नितान्न आवश्यक छ ।

जलवायु परिवर्तनमा हाम्रो भूमिका


विष्णु थकाली
आजभोलि जलवायु परिवर्तन विश्वसामु तातो बहसको विषय बनेको छ । हामीले दिनहुँ विभिन्न सञ्चार माध्यमबाट जलवायु परिवर्तनले उब्जाएको प्रभावहरूका बारेमा सुन्न, देख्न र पढ्न पाउँछौ । जलवायु परिवर्तन भन्नाले वायुमण्डलीय तापको वृद्धिले जलवायुको वर्तमान संरचना खल्बलिन थालेको स्थितिलाई हामी जलवायु परिवर्तन भन्दैछौं । यसरी विशेषज्ञहरूको भनाइ अनुसार विश्वव्यापी जलवायु परिवर्तनमा सबैभन्दा बढी योगदान वा भूमिका वायुमण्डलमा वृद्धि भइरहेको हरितगृह ग्यासको रहेको बताइएको छ । हरितगृह ग्यास भन्नाले वायुमण्डलमा रहेको कार्बनडाइ अक्साइड -ऋइद्द) मिथेन -ऋज्) नाईट्रेस अक्साइड -ल्इ) हायड्रोफरफलुरोकार्बन -एँऋ) ग्यासहरूको सामूहिक रूपलाई भनिन्छ । यो एउटा सिसाले बनाएको घर जस्तो हो । जसमा सूर्यको ताप छिर्नसक्छ तर बाहिर निस्कन सक्दैन जसको फलस्वरूप भित्री भागमा तापमान बढ्न जान्छ । त्यस्तै गरी हाम्रो पृथ्वीलाई तातो बनाई राख्ने प्रक्रियालाई हरितगृह भनिन्छ । यसै ग्यासको प्रभावले आजभाेलि हाम्रो जलवायुमा परिवर्तन भई अतिवृष्टी,अनावृष्टी तथा बेमौसमी वषर्ा आदि हुने गरेको छ । जसको कारण मानवीय जीवन र वातावरणमा प्रत्यक्ष प्रभाव परेको देखिएको छ भने भविष्यमा यसले अझ धनजनको ठूलो क्षति हुनसक्ने कुरा विभिन्न अध्ययनले देखाएको छ ।
वायुमण्डलीय तापमान बढ्नुमा मानवीय क्रियाकलाप नै प्रमुख देखिएको छ । यसरी हरितगृह ग्यास उत्पादन हुने कार्य तत्काल नरोकिएमा वायुमण्डलको तापक्रम सन् २०२५ सम्ममा १ डिग्री सेन्टिग्रेट १ डिग्री सेन्टिग्रेट तथा यस शताब्दीको अन्तसम्ममा ३ डिग्री सेन्टिग्रेट सम्म वृद्धि हुने अनुमान विभिन्न अनुसन्धानले देखाएको छ । आजभोलि हामी प्रत्येकले पनि वायुमण्डलीय तापक्रम बढेको अनुभव गरेका छौं । यस कार्यलाई रोकथाम गर्नु अत्यन्त जरुरी भएकाले आआफ्नो स्तरबाट केही न केही कदम चाल्नु आवश्यक छ यसका लागि कुनै ठूलो काम गर्नु पर्दैन केवल हामीले हाम्रो बानी र व्यवहारमा केही सुधार र परिवर्तन मात्र गर्ने हो भने पनि वातावरणमा ठूलो योगदान हुने देखिन्छ ।
आगामी सन् २००९ डिसेम्बरमा डेनमार्कको राजधानी कोपनहेगनमा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । यसमा विभिन्न राष्ट्रले विभिन्न नीति नियम र घोषणापत्र तयार गरी प्रतिबद्धता जनाउने छन् । यसका लागि अहिले हरेक देशबाट दबाब दिनका लागि विभिन्न समूह तथा सञ्जालहरू बन्ने क्रम जारी छ । तर जतिसुकै समूह तथा सञ्जालहरू बनेतापनि पूर्ण कार्यान्वयनका लागि प्रत्यक्ष कार्य क्षेत्रमा नलागि सफल हुन कदापि सकिँदैन ।
अहिले भविष्यका कर्णधार युवा पुस्ताहरू जलवायु परिवर्तनबाट हुने प्रभावका बारेमा सचेत हुँदै केही गर्नको लागि सङ्गठित भएका छन् । पक्कै पनि यो शुभ संकेत हो तर समाजमा व्याप्त युवा पुस्ताको आधुनिक र विलासी जीवनलेे गर्दा विकृति, विसङ्गति र प्रदूषण बढाएको देखिन्छ । तत्काल त्यसका लागि सचेत हुन आवश्यक छ । प्रत्येक सहरमा काम होस् वा नहोस् महँगा र चिल्ला मोटरसाइकल गुडाउने प्रचलन बढेको छ । यसले गर्दा दिनहुँ प्रदूषण र दुर्घटना बढाएको छ । त्यस्तै गरी अधिकांश युवा जमातले बडीस्पे्रहरू प्रयोग गर्ने, विरोध जनाँउदा टायर बाल्ने गर्नाले वायुमण्डलमा कार्बन थप्ने काम भएको छ । यो तत्काल नरोके कार्बनडाइ अक्साइडको मात्रालाई ३५० एए मा सीमित गर्न कदापि सकिँदैन । त्यस्तै गरी व्यापारिक प्रतिष्ठानहरूले आफ्नो व्यवसाय सञ्चालन गर्ने मात्र नभई वातावरणको संरक्षण गर्ने कामतिर कम्पनीको छविलाई उच्च राख्नु पर्दछ । यसका लागि वातावरणमा असर नपार्ने वातावरणीय मैत्री प्रविधिहरू अपनाउने र भएका कलकारखानाहरूमा धुवाँरहित वा फिल्टरहरू जडान गर्न आवश्यक छ ।
परापूर्वकालदेखि महिलाहरूले वातावरण संरक्षण र सम्बर्धन गर्ने काम गर्दै आइरहेको कुरालाई कसैले नर्कान सक्दैन । तर पनि आजको परिस्थितिमा अझ सचेत र तदारुकताका साथ लाग्नु जरुरी छ । हामी हाम्रा सन्ततिलाई जस्तो माया र हेरविचार अरु कसैले दिनै सक्दैन तसर्थ आफ्नो सन्ततिका लागि माया र हेरविचार मात्र गरेर होइन स्वच्छ सफा बस्न अनुकूल वातावरण सृजना गर्नु बुद्धिमत्ता हुन्छ । त्यसैले प्रत्येक आमाहरूले आफ्नो सन्ततिको सुनिश्चित भविष्यका लागि आजैदेखि आफ्नो दैनिक क्रियाकलापमा संयम हुन अति आवश्यक छ । आफ्नो घरबारीबाट निस्कने फोहरमैलाहरूलाई कहिले नजलाउनुहोला, फोहर छु्रट्टयाएर राख्ने बानीको विकास गर्नुहोला र बजार जाँदा सधैं कपडाको झोला बोक्ने बानी बसाल्नु पर्दछ । खेतबारीमा रासायनिक मल तथा किटानासक औषधिको प्रयोग सकेसम्म नगर्नर्ु वा वातावरणीय मैत्री प्रविधि खोज्नुहोला । गाईभैंसीको गोबर र जैविक वस्तुहरूबाट गोबर ग्यास बनाई त्यसबाट निस्कने जैविक मल बनाइ प्रयोग गर्नु राम्रो हुनेछ ।
वृक्षारोपणले ऋइद्द ग्यासको मात्रालाई घटाउन वा शुद्धिकरण गर्न ठूलो मद्दत गर्ने कुरा प्रमाणित भइसकेको छ । तसर्थ हामी प्रत्येकले आफ्नो घर खेतबारी तथा सार्वजनिक स्थलमा वृक्षारोपण गरी हरियाली बढाउनु अति नै आवश्यक छ । हुनत कुनै एउटा क्षेत्रको संरक्षण र रोकथामले जलवायु परिवर्तनको कार्यलाई रोक्न सफल हुने होइन तथापि सामूहिक रूपमा स्थानीयस्तरदेखि विश्वव्यापी स्तरसम्म प्रयास हुनु जरुरी देखिन्छ । यसका लागि विश्वका प्रत्येक सचेत नागरिकहरूले हरितगृह ग्यासको निस्काशनको मात्रालाई घटाउनका लागि आफ्नो जीवनयापनमा परिवर्तन गर्नुको साथै दैनिक कृयाकलापमा संयम अपनाई जलवायु परिवर्तनमा कमी ल्याउन सहयोग गर्ने हो भने यसबाट हुने परिणाममा न्यूनीकरण गर्न सकिन्छ ।

Tuesday, October 20, 2009

मातृका पोख्रेल
त्यतिबेला हामी सँगै पढ्थ्यौं र सँगसँगै खेल्थ्यौं । उसको घर मेरो छिमेकी गाउँमा थियो । हामी दुवैको परिवार हुनेखानेमा गनिन्थ्यो । हाम्रा माइतीहरूको मधेशमा जग्गा जमिन पनि प्रशस्तै थियो । हुने खाने परिवार भए पनि गाउँमा काम गर्नै पर्थ्यो । पढ्दापढ्दै हामीले सँगसँगै जङ्गलबाट दाउरा पनि बोकेका छौं । गार्इबस्तु पनि हेरेका छौं । पाहाड भएपनि नजिकै विद्यालय भएकोले हामीलार्इ हाइस्कूल तहसम्म पनि पढ्न कुनै समस्या परेन । एस.एल.सी. परीक्षा पनि हामी दुवैले द्वितीय श्रेणीमा पास गर्यौं ।हामी दुबैका दाजुहरू काठमाडौं मै बसेर पढ्थे र जागिर पनि खान्थे । एस.एल.सी. पास गरेपछि हामी आइ.ए. पढ्न काठमाडौ आयौं र दाजुहरूसँग बसेर पढ्यौं । आइ.ए.को फाइनल परीक्षा दिएपछि मेरो विवाह भयो । मेरो विवाह भएको केही महिनापछि शान्ताको पनि विवाह भयो । हाम्रो विवाह हुँदै हाम्रा श्रीमान्हरू सरकारी सेवामा अधिकृत थिए ।गाउँ र स्कूलका साथीहरू भन्थे – म अलिक सोझी प्रकृतिकी थिएँ रे । ऊ अलिक बढि मुखाले र इर्ष्यालु स्वभावकी थिर्इ । स्कूलमा मेरा धेरै साथीहरू थिए तर उसका कमैमात्र साथीहरू हुन्थे । ऊ साथीहरूसँग सानो कुरामा पनि झगडा गरिरहन्थी । शान्ताको व्यवहारका कारणले अरू साथीहरू ऊसँग टाढै रहन चाहन्थे । मलार्इ त लाग्छ – म बाहेक उसका अन्तरङ्ग साथीहरू छँदै थिएनन् । ऊसँगको मेरो घनिष्ट मित्रताका कारण कैयौं साथीहरू मसँग पनि आत्मीय व्यवहार गर्नलार्इ हिच्किचाउँथे ।हाम्रो विवाह भएपछि श्रीमान्हरूको सरूवा सँगसँगै हामी पनि जिल्लाजिल्ला तिर गयौं । त्यसपछि पाँच सात वर्षसम्म हाम्रो भेट भएन । त्यही पनि चिनजानका मानिसहरूबाट हामी एक आपसको हालखबर लिइरहन्थ्यौं ।पाँचथरबाट मेरा श्रीमानको मन्त्रालयमा सरूवा भएको केही महिनापछि शान्ताको श्रीमान् रामप्रसाद आचार्य पनि काठमाडौं मै सरूवा भएर आए । उनी सरूवा भएर आएको भोलिपल्टै शान्ता मेरो कोठा खोज्दैखोज्दै आएकी थिर्इ । बालककालदेखिकी साथीसँग फेरि नियमित भेटघाट र मित्रता कायम हुने भयो भन्ने कुराले मलार्इ भित्रैदेखि निकै हर्षित बनाएको थियो । तर आफ्नो आत्मप्रशंसा गर्ने र आर्थिक आडम्बर देखाउने नयाँ विकसित भएको उसको स्वभावसँग म कताकता हच्किएकी थिएँ । त्यसपछि हाम्रो भेटघाट नियमित हुन थाल्यो ।रमिला ! म त दुर्इतीन हजार कमाएर नल्याएको दिन बुढालार्इ साफी गाली गर्छु । एकदिन दिउँसो सबेरै आएर शान्ताले अहंकार र बहादुरीको स्वरमा मसँग भनेकी थिर्इ । काठमाडौंमा सरूवा भएर भर्खर भर्खर आएका कारण ऊसँग मैले विवाद गरिहाल्न राम्रो ठानिनँ । यसका विरूद्धमा बोलुँ भने योसँग मेरो सम्बन्ध बिग्रने डर, नबोलुँ भने गलत कुरालार्इ प्रश्रय दिएजस्तो हुने । शान्ता त्यति साह्रो पथभ्रष्ट भएको देख्दा म भित्रैदेखि पीडित भएकी थिएँ । यति सोचेर पनि म त्यसबेला प्रतिक्रियाहिन भएर चुपचाप बसें ।त्यसपछि ऊसँगको नियमित भेटघाट र संवादहरू मेरा लागि प्रिय हुन सकेनन् । जागिरे जीवनपछि त झनै ऊभित्रको मान्छे अनैतिक बन्दै गएको मैले महसूस गर्न थालेकी थिएँ ।रमिला ! यो संसारमा घुस नखाने मान्छे कोही नै छैनन् र इमानदारिता भन्ने कुरा त केवल गफ गर्ने विषयमात्रै हो । वास्तविक जीवनमा घुस नखाने इमानदार मान्छे हुन्छ भन्ने कुरामा मलार्इ विश्वासै छैन । मेरा अगाडि धेरै पटक भनिसकेको कुरा त्यसदिन शान्ताले फेरि पनि दोहोर्याएकी थिर्इ ।संसारमा राम्रा र इमानदार मान्छेहरू पनि छन् । खराब र भ्रष्टाचारी मान्छेहरू पनि प्रशस्तै छन् । तेरो कुरा प्रति म सहमत हुन सक्दिनँ । अति नै भएपछि पहिलो पटक मैले शान्ताका सामु आफ्नो फरक विचार राखेकी थिएँ । मेरो कुराले त्यसबेला उसको अनुहार निकै अँध्यारो भएको थियो ।त्यही समयदेखि शान्ताको र मेरो बीचमा बहस र वादविवाद बढ्दै गएको थियो । पक्ष र विपक्षमा उभिएर विवाद लम्ब्याउन मलार्इ त्यसबेला पनि पटक्कै मन थिएन । शान्ताको बानी मलार्इ राम्रैसँग थाहा थियो । ऊ आलोचना र विरोध खप्न सक्ने मान्छे नै होउन । ऊ प्रशंसाकी धेरै भोकी मान्छे थिर्इ । उसलार्इ प्रशंसामात्र गरिदियो भने ऊ नम्र र शिष्ट व्यवहार गरेको देखाउन सक्थी । त्यसदिन हाम्रो विवाद धेरै लम्बियो । धेरै वादविवाद नगरौं भन्दाभन्दै झमक्कै साँझ पर्यो । त्यसदिन म उसको घरबाट बिदा भएर हिँड्दा ऊ मलार्इ बिदा गर्न ढोकासम्म आइन । पहिले पहिले घाम नअस्ताउँदै पनि बसौं भन्थी तर आज साँझ परेपछि पनि बसौं भनिन । मलार्इ त्यसदिन बेकारमा उसको घर आएँ भन्ने लागेको थियो । मैले राम्रैसँग बुझेकी थिएँ – शान्ता त्यसदिन मसँग साह्रै रिसाएकी थिर्इ ।त्यसपछिका धेरै दिनसम्म हाम्रो बीचमा भेटघाट र सम्वाद भएन । उसले पनि मलार्इ टेलिफोन गरिन र मैले पनि ऊ रिसाएकी छ भन्ने ठानेर केही समयसम्म बोलाइनँ । ऊसँगको भेटघाटमा आएको रिक्तताले मभित्र एकप्रकारको उकुसमुकुस पैदा भइरहेको थियो । मेरो सामाजिक सम्बन्ध निकै फराकिलो थियो तर उसको त्यस्तो थिएन । उसको सामाजिक जीवन निकै सङ्कीर्ण र निरस थियो । काठमाडौं आएको दुर्इचार महिना हुने बित्तिकै उसले छिमेकीहरूसँग इर्ष्यालु व्यवहार गर्न थालिसकेकी थिर्इ । छिमेकी महिलाहरूका घरका बारेमा कुरा गर्थी । उनीहरूका श्रीमानहरू भन्दा आफ्नो श्रीमान फरक मान्छे भनेर प्रशंसा गरिरहन्थी । उसमा त्यस्तो तल्लो र घटिया स्वभाव विकास भएको देखेर मलार्इ भित्रभित्रै आश्चर्य लाग्थ्यो र महिलाहरूमा अलिक बढि देखिने त्यस्तो प्रवृत्तिप्रति चिन्ता लागेर आउँथ्यो ।त्यसैताका शान्ताहरूले बत्तीसपुतलीमा एउटा सुन्दर र भव्य घर खरिद गरे । त्यसपछि अहंकार र बडप्पनले शान्ता झन् मनोरोगीजस्तै अव्यवहारिक र एकलकाँटे भर्इ ।उनीहरूले घर खरिद गरेको खबर शान्ताले मलार्इ टेलिफोनमा सुनार्इ र घर हेर्न आउन निम्तो गरी । म पनि खुशी नै भएँ र एकदिन उसको घर हेर्न गएँ । गौशाला चोकमा ऊ मलार्इ लिन पर्खिरहेकी रहिछ ।भाग्यको खेल हो बुझिस् रमिला ! मेरो बुढो र तेरो बुढो एउटै पोष्टमा भएर पनि हाम्रो आर्थिक हैसियतमा फरक परेको । घरमा पसेर सोफामा बसेर टेलिभिजनको च्यानल खोल्दै पहिलेपहिलेकै जस्तो उसले त्यसदिन फेरी त्यही कुरा दोहोर्यार्इ ।जुन कुरासँग मलार्इ कुनै सरोकार छैन, त्यो कुरा बारम्बार दोहोर्याइरहनु राम्रो होयन । खान र लाउन नपुगे त खुसीसाथ सङ्घर्ष गर्नु पर्छ । खान पुगेकै छ । मलार्इ अनावश्यक सम्पत्तिको मोह छैन । अति भएपछि मैले पनि त्यसदिन प्वाक्कै मुख फोरेँ ।खुलेको आकाशलार्इ एकाउक कालो बादलले गाँजेझैं शान्ताको अनुहार पनि एक निमेषमै मैलियो । कतै मैले नचाहिँदो काम त गरिनँ ? उसको स्वभाव मलार्इ थाहा छँदै थियो, मैले कुनै प्रतिक्रिया नदिएको भए पनि हुन्थ्यो । आखिर सही दिएको भए पनि हुन्थ्यो । म उसको घरबाट त्यसदिन आफ्नो प्रतिक्रियाप्रति पश्चातापको महाभारत अग्ल्यएर डेरामा फर्केकी थिएँ ।मेरो पनि तीन ताक कुनै जागिर थिएन । हुन त, शान्ताको पनि थिएन । मेरो सम्पर्क सामाजिक संघ–संस्थाहरूसँग प्रशस्तै हुन थालेको थियो । सानोतिनो राजनैतिक सम्पर्क पनि विकास हुन थालेको थियो । मेरा केही साथीहरूले बृद्धाश्रम खोल्ने योजना लिएर मकहाँ आए । मलार्इ पनि त्यो योजना राम्रो लाग्यो । छोराछोरी सात आठ कक्षामा पढ्ने भइसकेका थिए । घरको काममा व्यस्त भइरहनुपर्ने बाध्यता मसँग त्यसबेला बाँकी थिएन ।मैले साथीहरूसँग शान्तालार्इ पनि बृद्धाश्रम खोल्ने कार्यमा सहभागी गराउन पाए हुन्थ्यो भन्ने प्रस्ताव राखेँ । उसलार्इ नजिकैबाट चिन्ने केही साथीहरूले मेरो प्रस्तावलार्इ रूचाएका थिएनन् । तर धेरैजसो साथीहरूले मेरो प्रस्तावप्रति सहमति जनाए ।एकदिन साँझ पर्ने बेलामा म शान्ताको घरमा पुगेँ । शान्ताको पति रामप्रसाद कार्यालयबाट आइसकेका रहेछन् । मलार्इ उसले बैठक कोठामा लिएर गर्इ । यत्ति अबेर किन आइस् तँ ! शान्ताले आश्चर्य मानेर सोधी ।मैले भनेँ – म एउटा प्रस्ताव लिएर आएकी तँकहाँ ।के प्रस्ताव ? म सोफामा बस्न नभ्याउँदै उसले मलार्इ सोधेकी थिर्इ ।हामीले एउटा बृद्धाश्रम खोल्ने निर्णय गरेका छौं । हामी यसमा तेरो पनि सहयोग चाहन्छौं । काम चाहीं केही गाह्रो छ आखिर तँलार्इ पनि फुर्सदै छ । त्यसैका लागि आएकी । मैले आफ्नो योजनालार्इ फटाफट राखिदिएँ ।आ ! तँ पनि यी नचाहिँदा कामतिर लागिछस् । बसेर खान छोडेर यी चिन्नु न जान्नुका बुढाबुढीलार्इ स्याहारेर के काम ? म त खुट्टा पसारेर खान्छु । शान्ताको ठाडो जवाफसँग मलार्इ भित्रैदेखि रिस उठ्यो । म चाँडोचाँडो कुरा टुङ्ग्यएर ऊसँग बिदा मागेर फर्केँ ।त्यसपछि शान्तासँग मेरो भेटघाट र आवतजावत पुरैजसो बन्द भयो । म पनि आफ्नो काममा व्यस्त भएँ । म हिँडेको बाटो उसका लागि अप्रिय थियो । उसको जस्तो जीवन बाँच्नु मेरा लागि झनै प्रिय थिएन ।केही वर्षपछि एकदिन रेडियोमा राजस्व विभागका प्रमुख रामप्रसाद आचार्यलार्इ घुस लिँदालिँदै गिरफ्तार गरिएको समाचार सुनेँ । समाचार सुन्नेबित्तिकै शान्तालार्इ मैले टेलिफोन गरेँ । टेलिफोन उठे पनि मेरो आवाज सुन्ने बित्तिकै रिसिभर राखिन्थ्यो । मैले शान्ताको घरै जान उपयुक्त ठानेँ ।शान्तालार्इ मसँग भेट हुन नपरे हुन्थ्यो भन्ने चाहना भएको कुरा मैले त्यहाँ गएपछि बुझेँ । उसको अनुहार पुरै निन्याउरो थियो । उसले मलार्इ घरभित्रै लगिन र बाहिरै ढोकाबाटै बिदा गरी ।हेर् न ! उहाँजस्तो इमान्दार कर्मचारी कोही पनि थिएनन् । यो सबै उहाँलार्इ फँसाउने षड्यन्त्र मात्र हो । मसँग मन नलागेरै पनि शान्ताले त्यत्तिबेला यस्तो प्रतिक्रिया व्यक्त गरेकी थिर्इ ।शान्तालार्इ म प्रति पुरै अरूचि भएपछि उसकोमा गइरहन मलार्इ पनि उचित लागेन । पछि सुन्नमा आयो उसको पतिको जागिर छुटेछ र घर पनि बिक्री गर्नु परेछ । त्यसपछि शान्ताको परिवार कतै डेरा सर्यो । सबै आफन्तहरूसँग ऊ टाढै रहन चाही ।बीस वर्षपछि आज मैले त्यही शान्तालार्इ पशुपतिको मन्दिरमा फूल बेच्न बसिरहेकी भेटेँ । तर मलार्इ पुरै नचिनेजस्तो अभिनय गरी उसले । म विश्वस्त छ – त्यो त्यही शान्ता हो । उसले मलार्इ नचिनेको अभिनय गरिरहँदा त्यहाँ उभिइरहन मलार्इ नै अप्ठ्यारो लागिरह्यो । मैले सानामा लागेको उसको निधारको खतसम्म हेरेँ । त्यो उही मेरी साथी शान्ता नै थिर्इ । म उसलार्इ हेर्दै हिँडें । ऊ अर्कैतिर फर्केर बसी ।ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם ם םसाँझमा घर फर्केपछि रमिलाले आफ्ना छोरा, छोरीहरूलार्इ यो कथा लामो समय लगाएर सुनार्इ ।

Thursday, October 8, 2009

जलवायु परिवर्तन चुनौती सामना गर्न अन्तरराष्ट्रिय कोष हुनुपर्छः प्रम नेपाल

प्रधानमन्त्री माधवकुमार नेपालले जलवायु परिवर्तनको साझा खतरालाई प्रभावकारी ढङ्गले समाधान गर्न सबै मिलेर प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवले मंगलबार आयोजना गर्नुभएको जलवायु परिवर्तनसम्बन्धी गोलमेच सम्मेलनमा प्रधानमन्त्री नेपालले टिप्पणी गर्दै सो कुरा बताउनुभएको हो ।उहाँले नेपालजस्ता राष्ट्रलाई दृष्टिगत गरी अनुकूल र समाधानका उपाय तथा प्रविधि र कोषको प्राथमिकताका साथ हस्तान्तरणको माध्यमबाट जलवायु परिवर्तनका सर्वव्यापी खतरा र विविध परिणामसँग जुध्नसक्ने गरी विस्तृत कार्यक्रम अन्तर्राष्ट्रिय समुदायले अघि बढाउनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो-विश्वव्यापी उष्णताबाट नेपालको हिमालयक्षेत्रमा हिउँ पग्लने क्रम बढेको छ । हिमालयबाट बग्ने नदीमा एक अरबभन्दा बढी जनताको निर्भरता छ । नेपालको हिमताल च्छोरोल्पाको आकार १९५० को दशकमा ०.२३ वर्गकिलोमीटर रहेकामा २००२ मा १.७६ वर्ग किलोमिटर पुगेको छ । हिमताल विष्फोटनको खतरा बढेको छ । हाम्रा करिब दुई दर्जन हिमताल कुनैपनि बेला विष्फोट हुनसक्छन्, जसबाट जनधनको प्रचुर नोक्सान हुनसक्छ । मौसमको स्वभावमा आएको परिवर्तनका कारण कृषि उत्पादन र खाद्य सुरक्षा स्थितिमा प्रभाव पर्न सुरू भैसकेको छ । अप्रत्याशित बाढीपहिरो, असामयिक वर्ष मन्ासुनको ढिलाइजस्ता घटना नियमित समस्या बनेका छन् र यसबाट जनविस्थापन र जीविकामा प्रायः असर परेको छ । कासका पूर्वाधार क्षति भएका छन् र बढ्दो मात्रामा नाजुक बनेका छन् । जलवायुसम्बन्धी प्रकोप, भूस्खलन र विशेषतः देशको चुरेभावर क्षेत्र वरपर सुख्खा क्षेत्रको विस्तारका कारण जनजीविकामा खतरा आइपुगेको छ ।पर्यावरण व्यवस्था र जैविक विविधता खतरामा छन् । नयाँ प्रकारका र गम्भीर प्रकृतिका रोगले मानव स्वास्थ्यमा प्रभाव परेको छ -उहाँले औंल्याउनुभएको छ । विकसित राष्ट्र र आर्थिक क्षमता भएका देश आफ्नो साधनको उपयोग गरी यस्ता चुनौतीलाई सामना र समाधान गर्न सक्छन् तर गरिब र सीमान्तकृत राष्ट्रका लागि अन्य विकल्प छैनन् र उनीहरू अझ बढी पीडित छन् । हामीले भोग्नुपरेको मूलभूत चुनौती यही हो -उहाँले टिप्पणी गर्नुभयो ।संवेदनशील पर्यावरणयुक्त पहाडी राष्ट्रका नाताले जलवायु परिवर्तनका परिणामबाट नेपाल नाजुकरूपमा प्रभावित छ, हाम्रो जनसङ्ख्याको ठूलो हिस्सा आफ्नो जीविकाका लागि कृषि र सम्बन्धित क्रियाकलापमा निर्भर छन्,यसै वर्ष हामीकहाँ ढिलो मनसुनमात्र नभई कम वर्षा पनि भयो, पहिलेभन्दा यो वर्ष खाद्यान्नको कमीले हामीलाई बढी सताउने छ भन्दै उहाँले विश्वव्यापी हरितग्यास उत्सर्जनमा हाम्रो भूमिका ०.०२५ प्रतिशतभन्दा कम भएतापनि विश्वव्यापी उष्णताबाट हामीले ठूलो समस्या भोग्नुपरेकाले जलवायु परिवर्तन हाम्रा लागि निकै गम्भीर विषय भएको औल्याउनुभयो ।नेपालले वातावरण मन्त्रालयको स्थापना र उच्चस्तरीय जलवायु परिवर्तन परिषद्को गठन गरेर जलवायु परिवर्तनको विषयप्रति गम्भीरता देखाएको पनि उहाँले जानकारी दिनुभयो ।प्रधानमन्त्रीले यो चुनौतीको गाम्भीर्यता र अल्पविकसित राष्ट्रको सीमित क्षमतालाई दृष्टिगत गरी सोहीअनुरूपको अन्तर्राष्ट्रिय कोषको व्यवस्था हुनुपर्ने माग पनि गर्नुभयो ।हिमालय क्षेत्रलाई केन्द्रविन्दुमा राखी नेपालले हालै \"काठमाडौं देखि कोपेन्हेगन\" नारासहितको उच्चस्तरीय क्षेत्रीय जलवायु परिवर्तन सम्मेलन आयोजना गरेको र त्यो आगामी डिसेम्बरमा हुने कोपेन्हेगन सम्मेलनमा प्रभावकारी र अर्थपूर्ण सहभागिता गराउने तयारीस्वरूप भएको बताउनुभयो ।