
पैसाले पुग्न के गर्नुपर्छ होला ? उसले आफ्नै मनसँग सोधी । तीनवटा उपाय फेला पार्यो विम्सको मनलेः चोर्ने, सुत्ने र विदेश जाने । तैपनि, विमलाले आँट गरी । त्यही आँटको आवेगमा उसले बाबुआमासँग भनी, 'म काठमाडौं जान्छु । आफैं कमाएर पढ्छु ।'त्यसपछि उसको जात्रा सुरु भयो । विराटनगरबाट काठमाडौं हानिएपछि मात्र उसले थाहा पाई, आँटेजति र सोचेजति सजिलो रहेनछ जीवन । काठमाडौंमा एक मात्र चिनेको मानिस थियो रोशन । त्यही एक त्यान्द्रो भरोसा समातेर ऊ काठमाडौंमा संघर्ष गर्न थालेकी थिई । केही दिन अलमलिएपछि उसले अठोट गरी काम त गर्नै पर्छ । तर, के काम गर्ने ? विराटनगरमा बसेर उसले कल्पना गरेकी थिई, एउटा न एउटा 'जब' कसो नमिल्ला । तर, केही मिलेन । रोशनले सुझाव दियो, काम भनेको काम हो, ठूलो-सानो हुँदैन । केही नलागेपछि ऊ एउटा डान्स बारमा काम गर्न थाली । काम गर्दागर्दै उसलाई लाग्यो, उसमा आफ्नो सत्चालीस किलो वजनको काया एक्लै घिसारेर हिँडने साहस भएन । उसको शरीरले पनि साथी खोज्यो र मनले पनि । रोशन उसको इन्स्ट्यान्ट च्वाइस बन्यो ।विम्समा साहसको कमी थिएन । बुद्धिका हिसाबले पनि एभरेजभन्दा ऊ केही माथि नै थिई । डान्स बारमा काम गर्दागर्दै उसले बि्रटिस काउन्सिलमा अंग्रेजी भाषा सिकी र आइइएलटिएस पास पनि गरी । पाएसम्म अमेरिका नपाए अस्ट्रेलिया जाने धोको पालेकी थिई विम्सले । तर, उसलाई लाग्यो, जुन हिसाबले उसको जीवन गुजि्रइरहेको छ, त्यस हिसाबले ऊ अमलेखगन्ज पुग्न पनि सक्दिन ।आज बिहानैदेखिको विम्सको छट्पटी भाषाज्ञानका बारेमा हो । उसले आज टेस्ट दिनु छ भाषाको । रोजगारीका लागि विदेश जान उसले र्फम भरेकी थिई । यस टेस्टमा उम्किई भने विम्स विपाशा त बन्दिन । तर, सुसारे (केयर गिभर) पक्कै बन्छे ।
दुइ वर्ष पुग्न लाग्यो विम्स काठमाडौं झरेकी । यसबीच उसले एउटा डान्स बारमा चौध महिना र एउटा कल सेन्टरमा ६ महिना काम गरी । डान्स बारमा रमाइलै थियो । राति एघार बजेसम्म ग्राहकलाई ड्रिंक सर्भ गर्थी विम्स । केही नहुँदा पनि दिनमा हजार, पन्ध्रसय टिप्स जम्मा हुन्थ्यो । धेरैले जिस्क्याउँथे । विम्स माइन्ड गर्दिनथी । तर, एक दिन एउटा ग्राहकले हातपात गर्न खोज्यो । विरोध गर्दा भद्दा शब्दहरूको प्रयोग गर्दै भन्यो, साला रन्डी ! सती सावित्री बन्छे । त्यसपछि विम्स ओइलाई । उसले डान्स बारको काम छाडिदिई र कराँते ट्रेनिङ लिन थाली ।कल सेन्टरमा काम गर्न थालेपछि विम्सको कमाइ घट्यो । जति घन्टा काम गरे पनि पैसाले पुग्दै नपुग्ने !पैसाले पुग्न के गर्नुपर्छ होला ? उसले आफ्नै मनसँग सोधी । तीनवटा उपाय फेला पार्यो विम्सको मनले : चोर्ने, सुत्ने र विदेश जाने । अघिल्ला दुवै कामसँग घोर घिन मान्थी विम्स । चोर्नु र पैसाका लागि कसैसँग सुत्नु असहनीय कल्पना लाग्थ्यो विम्सलाई । पछिल्लो विकल्प जँचेपछि ऊ लागि हिब्रू भाषा सिक्न । हिब्रू भाषा बोलिने देश इजरायलमा काम पाइन्छ भन्ने उसले सुनेकी थिई । उसले चिनेका दुईजना केटी पनि त्यता लागेका थिए । उसले पनि सुनेअनुसार नै केयर गिभर कामका लागि र्फम भरी । एजेन्टले भन्यो बीस हजार लाग्छ । उसले तत्काल हुन्छ भनी र एटिएम मसिनबाट आफ्नो भएको बचत लास्ट पारेर दलाललाई पैसा बुझाई । त्यतिन्जेलसम्म पनि उसलाई इजरायल भन्ने देश पृथ्वीको कुन कुनामा छ ? थाहा थिएन ।'बच्चा वेलामा भूगोल पढेको भए पो थाहा होस् त' रोशनले एकपटक उसलाई इजरायलका बारे सोधेका वेला उसले खिलखिलाउँदै जवाफ दिएकी थिई र भनेकी थिई, 'अमेरिका महादेश हो भन्ने त थाहा छ नि ! थाहा भएर के हुन्छ र ? त्यता इजरायलतिर पनि मान्छे नै बस्ने त होलान्, कि बाँदर र भालु मात्रै बस्छन् ?'विम्स रोशनसँग बिहे गर्न चाहन्थी । रोशन विम्ससँग डेटिङमा जान मात्र रुचाउँथ्यो । क्यासिनोमा जागिर खाएर स्वास्नी पाल्न सकिने भरोसा थिएन उसलाई । सात वर्षअघि माओवादी र सिपाहीहरूका बीच भिडन्त बढ्न थालेपछि डडेलधुराबाट काठमाडौं विस्थापित भएको रोशन जसोतसो धर्तीमा टेक्नसक्ने भएको छ । इच्छा र आकांक्षाहरूको बथान ठूलै छ । तर, त्यतिले मात्र के हुन्छ र ? इच्छा र आकांक्षामा लगाम नलगाउने हो भने रोशन बाँच्न पनि सक्दैन ।विम्सलाई दुईचार भेटमै थाहा भैसकेको थियो रोशन र उसबीचको सम्बन्ध यत्तिकै हो, खाऊ, पिऊ, मोज गर र बिर्सिऊ । त्यसो त रोशन उसलाई माया पनि गथ्र्यो र परेका वेलामा मद्दत पनि । पछि जे भए पनि सम्बन्धमा कुनै घात र प्रतिघात थिएन । रोशन विम्सलाई हौस्याउँथ्यो वेला-वेलामा । ऊ उसका छातीका फाँचालाई एकसुरले एक टंकार हेथ्र्यो । विम्स त्यत्तिमा रमाएकी थिई ।नम्रताको जीवन अलिकति बेग्लै छ । उसलाई लाग्छ, मम्स ठीक छैन । सधैँ पूजा, सधैँ भजन । पिरियडका वेला मम्सले गर्ने दुव्र्यवहारले पनि आजित भएकी छे नम्रता । यता नआ, त्यता नजा । मानिसहरू पश्चिम नेपालमा छाउपडीको चर्चा गर्छन् । तर, काठमाडौंभित्रै असभ्यताको आसन जमाएर बसेका अछामहरू, डोटीहरू र बैतडीहरू देख्दैनन् ।
पापा नभएको भए के हुन्थ्यो जीवन ? कहालिन्छे नम्रता । अहिले ऊ क्याम्पसमा होइन, कुनै गाउँमा गृहिणी भएर बसेकी हुने थिई । मम्सले परारै बिहे गरिदिने षड्यन्त्र गरेकी थिई । तर, पापा ठिस भइदिनुभयो । मम्स त्यतिवेला चिच्याएकी थिई, उमाल्नुस्, उमाल्नुस् । फुँडी बनेर कुलको इज्जत फाल्छे, अनि थाहा पाउनुहोला ।नम्रताले घरेलु तनावलाई पचाइसकेकी छे । पन्ध्र सालमा जन्मिएकी आफ्नी आमा र दस सालमा जन्मिएका बाबुका बीच देखिएको मानसिक अन्तरलाई उसले बुझ्न सकेकी छैन । वेला-वेलामा नम्रतालाई लाग्छ, जन्म दिएकै आधारमा मम्स उसको शरीरमाथि आफ्नो आधिपत्य जमाउन चाहन्छे । तर, ऊ यसो हुन किमार्थ दिन चाहन्न ।बिबिएस पास गरेपछि नम्रता एउटा बैंकमा काम गर्न थालेकी छे । राम्रै छ स्यालरी । यो हाइटबाट ऊ अरू माथि उक्लिन चाहन्छे । अब एमए पास गर्ने धोको बाँकी छ उसको । पास गर्नेबित्तिकै ऊ स्टेट्सतिर लाग्ने विचारमा छे । किरण, उसको ब्वाइफ्रेन्ड, उतै छ । काम गर्दै पढ्दै छ । अहिले पापा जोन्समा 'टेबल ब्वाई' भएको छ रे ! काम त जे गरे पनि हुन्छ । मुख्य कुरा आफूले चाहेको जस्तो जीवन बिताउन पाउनुपर्छ । लाइफ सुड नट बी रेस्टि्रक्टेड । ऊ दिनहँुजसो खाजाको समयमा अफिसनजिकको रेस्टुरेन्टमा जान्छे साथीहरूसँग । त्यहाँ पुगेपछि ऊ र उसका साथीहरू चुरोटको धुवाँसँगै रंगमगिन्छन् । चुरोट खुब इन्जोय गर्छे नम्रता । ऊ चुरोटको धुवाँसँगै आफ्ना मनका कुरा साट्छे, साथी-भाइसँग । तर, घरमा चुइंगम चपाएर चुरोटको धित मार्छे । साथी-भाइले प्रत्येक साता हलमा सिनेमा हेर्ने नियम बनाएका छन् । सिनेमापछि उनीहरू कहिले ठमेल र कहिले लाजिम्पाट पुग्छन्, फुड इन्जोय गर्न । कहिलेकाहीँ वाइन खान्छे नम्रता । वाइन खाने दिन ऊ पहिले नै पापालाई खबर गर्छे— पापा ! वी आर ह्याभिङ डिनर टुगेदर टुनाइट । विल वी कमिङ इन दि मर्निङ..... ।उदाहरणहरूको थुप्रो देखेर कहालिन्छन् अमृतदाइ । समय चेन्ज हुने कुरामा उनलाई कुनै शंका थिएन । तर, यति छिटो यसरी चेन्ज होला नेपाल उनलाई यस्तो कहिल्यै लागेन । हाम्रा पालामा के थिए र ? उतिवेला कलकत्ताबाट काठमाडौं टेलिफोन गर्न सात दिन कुर्नुपथ्र्यो । त्यो पनि बेस्सरी कराएर बोल्दा पनि सुनिन्नथ्यो । अहिले क्यालिफोर्नियामा जन्मिएको नातिसँग च्याट गर्छन् अमृतदाइ । नाति उनलाई आफ्नी गर्लफ्रेन्डका बारेमा बताउँछ । अमृतदाइ मख्ख पर्छन् ।समय साँच्चै बदलिएको छ । हिजोको समयमा मानिसहरू डाक्टर, इन्जिनियर, पाइलट, क्याप्टेन र अरू के-के बन्न चाहन्थे । इतिहासको धङ्धङीमा बाँच्थे मानिसहरू । आफ्ना बाबुले खाएको घिउको बास्ना सुँघाउने प्रयत्नमा लाग्थे सुपुत्रहरू । तर, समय बदलियो । बितेका चार दशकयता जन्मिएको नेपाली पुस्ता लिगेसीको कुनै पनि मोहबाट मुक्त छ । ऊ सबभन्दा पहिले आफ्नो औकात र हैसियत हेर्छ । त्यसपछि मात्र आफ्ना लक्ष्य र उद्देश्यहरूको किटानी गर्छ । यो पुस्ताले आफ्ना लागि सुखको आफ्नै परिभाषा बनाएको छ । दुःखलाई पराजित गरेर अघि बढ्न चाहन्छ यो पुस्ता । यसले घाम-पानी र रगत-पसिना सबै देखेको छ । देशमा माओवादीले हिंसात्मक आन्दोलन गर्दाका अनुभूतिले उसको मनलाई बलियो बनाइदिएको छ । हामी परिवर्तन गर्न सक्छौँ भन्ने आत्मविश्वासलाई आफ्नो अँगालामा बाँधेको छ नयाँ पुस्ताले । देशको माया गर्छ यो पुस्ता । तर, माटामा खुम्चिएर रमाउन रुचाउँदैन । नयाँ नेपाली पुस्तामा भावनाको प्रचुरता छ । तर, कहिल्यै पनि आँसु बेचेर बाँच्न चाहँदैन । नजान्दा-नजान्दै नयाँ नेपालीले डिग्निटी अफ लेबर को अर्थ बुझेको छ । काम नगर्नेका प्रति नयाँ नेपालीको दृष्टिकोण सकारात्मक रहँदैन । काम गर्नेहरूसँगको सामीप्य कहिल्यै फाट्दैन । कुबेतदेखि केमरुनसम्म नयाँ नेपाली नपुगेको ठाउँ नै छैन । शिक्षा छैन भने साहस छ । आज देशले जुन रेमिट्यान्स राजस्वमा रमाउन पाएको छ, त्यसको अजस्र धारा नै हो नेपाली नयाँ पुस्ता ।विम्स हुन् कि नम्रता, रोशन होस् कि किरण : नयाँ नेपालका आधारस्तम्भ यिनै हुन् । तन्नेरीहरूको यही विशाल जमघट हो नयाँ नेपाल । कतै-कतै अलिकति उत्ताउलो देखिए पनि, कतै-कतै अलिकति खस्रो र ठाडो देखिए पनि, कतै-कतै अलिकति खुला र छाडा लागे पनि, अन्ततः आजको नेपालको सम्पूर्ण निर्मिति छ यही पुस्ताका हातमा । जनसंख्यामा आएको आमूल परिवर्तनको पत्तो नपाउने, सत्ताको एकात्मक स्वरूपमा रमाइरहने र श्रमलाई जाति र धर्मका आकारमा विभाजित गर्ने पुरानाहरूको दिन अब सकिए । ईश्वर, अल्लाह र इशामसिह सबै आस्थाहरू समेटिएका छन् नेपाली तन्नेरी मनमा । नयाँ भूगोलको निर्माण भएर नेपाल नयाँ भएको होइन । देशको सार्वभौमसत्तामाथि तन्नेरी पुस्ताको बढ्दो स्वामित्वका कारण अबको नेपाललाई नयाँ नेपाल भनिएको हो ।
No comments:
Post a Comment