Monday, April 6, 2009

मितज्यू कुन्साङ वाइबाले काम गर्ने पेट्रोल पम्प हो,


खगेन्द्र संग्रौला
नोभेम्बर १, बिहान ९ बजे । जीवन-सतहबाट राजधानी दोहाको चमक-धमक र सोख-विलास अनि नेपालीहरूको दिनचर्याको झलक सर्सरी हेरेपछि दोहाबाहिर फैलिएको मरुभूमि नजर गर्न हामी निस्क्यौँ । हाम्रो यात्रा दोहाको पश्चिमतिर उन्मूख भयो । अगाडि सारथीको आसनमा स्टियरिङ समातेर दीपक भेटवाल बसेका छन्, पछाडि अर्जुनको आसनमा बसेका छन् देवेन्द्र भट्टराई । म सारथीको बायाँतिर छु । मरुभूमि जगत्को जानकारीमा ती दुई भाइ निकै नै पोख्त छन् । तिनले केही आपै+m भोगेर सिकेका छन्, केही जान्नेसुन्नेहरूबाट सुनेर । अहिले म ध्यानमग्न चेलाको मुद्रामा तिनबाट मरुभूमि जगत्को यथार्थको बाह्राखरी सिकिरहेको छु ।

'यो तपाईँका एक आँतका मितज्यू कुन्साङ वाइबाले काम गर्ने पेट्रोल पम्प हो,' बायाँतिर औंल्याउँदै देवेन्द्र भन्छन् । पेट्रोल पम्पपछाडि देख्छु, थोरै भिरालो भूमिमा गाडीहरूको सानोतिनो आमसभा नै छ ।
'त्यो के हो, कान्छा ?'
'त्यो मिति पुगेका गाडीहरूलाई डम्प गर्ने साइट हो, सर ।' 'गाडी नयैँ देखिन्छन् त, बाबु ।'
'नयाँ-पुरानोको परिभाषा यतातिर फरक छ, सर । नयाँ मोडेलको गाडी आइपुग्यो कि छँदा-खाँदाको गाडी यस्सै
पुरानो भइहाल्यो ।'
'अनि ?'

'अनि छन्छनी नखत गनेर नयाँ किन्यो, कबाडीको दर्जा दिएर पुरानो मिल्कायो । चुल्बुले केटाकटीले सस्ता गुडिया फेरेजस्तो । यो यस भेगको विलासको एउटा फजुलखर्ची कथा हो, सर ।'
म मुन्टो हल्लाउँदै पूर्व तानाशाह ज्ञानेन्द्र शाहको भाकामा भन्छु- 'मैले बुझेँ ।' सडकका दुईतिर फाट्टफुट्ट पातला पात भएका पोथ्राहरू गाडीको वेगमा पछिल्तिर हुइँकिन्छन् । मैले पढेको भूगोलको उजाड र निरस मरुभूमिमा सर्वत्र आँखा तिर्मिर पार्ने बगरको अपार विस्तारबाहेक केही थिएन । अहिले त्यही मरुभूमिमा वृक्षको दर्शन गर्न पाउँदा मेरो मन त्यसैत्यसै रोमाञ्चित हुन्छ । सडकको दायाँ-बायाँका कुनै-कुनै घरका पर्खालभित्र पनि रूखहरू देख्छु । दीपक बुझाउँछन्- 'घरछेउ रूख देखे कुरो बुझे हुन्छ, सर, त्यो शेखको घर हो ।'
'अनि शेख के हो नि, सारथीबाबु ?'
'शेख भनेको महाजन होे, सर । हाम्रोतिर धनीमानी मुखिया भन्यास्तो क्या ।' केही पर बायाँतिरै आँखाले नभ्याउने गरी फैलिएको अग्लो न अग्लो पर्खालकोे घेराभित्र रमितलाग्दो वन र वनको बीचमा अजंगका भवनहरूमा गएर मेरा आँखा थुरिए ।
'अरे यार, यो अग्निमय तप्त मरुभूमिमा यत्रो वनको उत्पत्ति कसरी भयो ?'
देवेन्द्र परिपाठ लाउँछन्- 'यो राजाको दरबार हो, सर । र, यो वन राजसी सानको प्रतीक हो । दरबार परिसरभित्रको वनका ती रूखहरूलाई पैसाको खोलोमा पैदा भएका गोल्डेन ट्राउट जातका माछा भने पनि हुन्छ, सर ।'

'ताल नारायणहिटी दरबारकै जस्तो रहेछ,' स्वस्फुर्त टिप्पणी मेरा चञ्चले ओठबाट चिप्लियो- 'उस्तै एकलास । उस्तै विलास । उस्तै रवाफ । कि कसो, कान्छा ?' 'उस्तै मति र मिजास हुनेहरू जहाँ पनि उस्तै हुन्छन् । कि कसो, सर ?' दीपक केही समयको अन्तरालमा मानौँ, कुनै भयावह अनिष्टको चेत पाएर आतंकित भएभै+m गाडी घ्याच्च रोक्छन् । समतल भूमिको एकतर्फी सडक आँखाले भ्याउन्जेलसम्म फुक्काफाल खुला छ । आँखा फारेर हेर्छु, अनिष्ट निम्त्याउने अल्झो दृष्टिको दूरीभरि कतै गोचर हुँदैन ।
'हे श्रीकृष्ण ! के गरेको हो यो ?'
'अगाडि भिडियो क्यामेरा छ, सर । त्यसले गाडीको गति रेकर्ड गर्छ ।'
दीपकवाणीबाट कुरा बुझेँ- कहिल्यै नथाक्ने, कहिल्यै नझकाउने र कहिल्यै ननिदाउने चतुर र सूक्ष्म दृष्टि भएका भिडियो क्यामेराहरू सडकको चौकीदारी गर्न ठाउँ-ठाउँमा जडान गरिएका रहेछन् । तिनले रिपोर्ट गरे कि दुर्दशाका पल्टनहरूले घेराउ गरिहाल्ने । तिनले गाडीको गतिमा अगति देखाए आँखाका चालले एक थैलो जरिमाना बुझाउनुपर्ने । जाँदा-जाँदै दाहिनेतिर पर, निकै पर अकाशको बीचसम्म उठेको खम्बाका टुप्पामा केही दूरीमा तीनवटा अग्निज्वाला दन्दनी बलिरहेका देखेँ । कण, के हो त्यो आकाश-दीप ? यहाँनेर भने मेरा जानिफकार कणहरू अलमल्ल परे । भने- खै, थाहा छैन, सर । ज्यानले देखेदेखि अखण्ड दीपभै+m यी यसैगरी बलिरहेका छन् । तर, यी के हुन् सोधखोज कहिल्यै गरिएन । खै, सतहमुनिको तेल-सागरबारे पो यिनले केही सुराकी दिँदा हुन् कि !
मेरो पेटमा बिहानभरिको चार कप कफीको टनाटन कूप थियो । कूपको तीव्र अधोगतिले धक्का दिँदा मलाई सुले च्याप्यो । यो धैर्यहीन सुलाई बगरमा कतै सेलाउन अलिबेर गाडी रोकौँ कि, कण ? 'मिल्दैन सर,' सारथीको सतर्क वचन सुनेर म जिल्ल परेँ । सेरोफेरोमा नजिकै न बस्ती छ न कतै अमर्यादित दृश्य देख्ने सुसंस्कृत दृष्टिहरू नै छन् । आखिर किन मिल्दैन, यार ? 'कतारको नियमले मिल्दैन, सर । क्यामेरामा पक्राउ परियो भने लाजमर्नु हुन्छ । घोक्रेठ्याक लगाएर सोझै नेपाल चलान गर्न कत्ति बेरै लाग्दैन ।'

सुरक्षाको कठोर नियमले ङ्याकिँदै सुलाई अदपमा राखेर औद्योगिक क्षेत्र रसलाफानको सेक्युरिटी चेकमा पुगियो । दीपकले चनाखो हुँदै चेकदेखि निकै यता गाडी रोके । मेरो पासपोर्ट लिएर बायाँतिरको चेक टेबुलमा रिपोर्ट गर्न गएका उनी लगत्तै फर्किहाले । 'सर, तपाईँले आपै+m हाजिर हुनुपर्ने भो,' किञ्चित् अताल्लिएको स्वरमा उनले भने । उनको पछि लागेर म लखुर-लुखुर चेककर्मीछेउ हाजिर भएँ । चेककर्मीले पासपोर्टको फोटोसित मेरो अनुहार रुजु गरिहेर्दै भने- 'ओके, गो ।' तिनले मलाई स्वागतमय स्वीकृतिको लयमा एक चिम्टी मुस्कान पनि प्रदान गरे ।
'थ्याङक्यु, सर ।'
'युु आर वेलकम ।'
सेक्यरिटी चेकको छेवैमा बाग्लुङे मित्रलाल गौतम भेटिए । ज्यानको ढपढाँचा र स्वरको घनत्त्वका हिसाबले ती गौतमको काया-कलेवरमा अलि साना काँटीका बामदेव गौतमको स्वरूप मैले देखेँ । तिनको र दीपकको चिनारीको कथा बडो हाँसउठ्दो रहेछ । रसलाफानतिर घुम्न जाँदा दीपक सुरक्षित चर्पीमा सुची गर्ने सुरले लुसुक्क तिनको होटलमा पसेछन् । आखिर वामदेव गौतमका लघु रूप न परे, होटलमा केही नखाई मित्रलालजी चिन्नु न जान्नुको जीवात्लाई त्यति सजिलै किन दिन्थे चर्पीमा पाइला टेक्न ? जाऊ न मरुभूमितिर भनेर ती टकटकिएछन् । थोरैतिनो खान्की अर्डर गरेपछि बल्ल पो तिनले मस्किँदै चर्पीको चाबी टक््रयाएछन् । आखिर यो फगत लिनु र दिनुको स्वार्थमा अडेको बनियाँ काजीहरूको राज चलेको विश्व न हो !

अब सुरु भयो मित्रलाल महात्म्य । स्वभावले फरासिला र बात मार्न खुबै जाँगरिला मित्रलाल कठोर संघर्षका अनेक कुइनेटा पार गर्दै भारतबाट फड्को मारेर सपनाको इन्द्रेनी बुन्न कतारतिर हेलिएका रहेछन् । 'भारतमा निकै वर्ष लाहुरको जागिर खाएँ,' आपmनै कुरामा आनन्दित हुँदै तिनले आपmनो लगनशील कथाको पन्तुरो फुकाए । सुनेको थिएँ- ठूला वामदेव गौतम पनि एकाध वर्ष भारतमा बन्दुकधारी लाहुरे भएका थिए रे ।
'बन्दुकधारी लाहुरे ?' साना वामदेवलाई मैले प्वाक्क सोधेँ ।
'नाइँ, नाइँ,' ढ्याके नाक निमोठ्दै तिनले भने- 'दरबानी लाहुरे क्या, दरबानी लाहुरे । यति नाथे कुराको अनुमान गर्न पनि नसक्ने मान्छे केको खगेन्द्र संग्रौला ?' मित्रलालजीको होटलमा हाँसोका लहरहरू तरंगित भए । दरबानी लाहुने भारतपछि कतारमा बसको पनि ८ वर्ष भइसकेछ । पेसाले उनी रहेछन् हेड-कुक । यसै अभ्यास गर्दागर्दै कुक-कर्ममा उनले अघोषित डाक्टरी पो गरिसकेछन् । यसो हेर्छु, अहिले दलाललाई दस लाख रुपैयाँ तिरेर के-के न गरूँला भन्ने आकांक्षाको वायुपंखी घोडामा सवार भई जापान जान खुट्टो उचालेका छन् उनले । दुःख-जिलो गरेर छोरा-छोरीलाई पढाउन सकेकोमा मेरी बास्सै उनी कतिसाह्रो मखलेल ! बडो सानले भने- 'बाग्लुङमा छोरी प्लस टुमा पढ्दै छे, छोरो बोर्डिङमा कक्षा नौमा घोटिँदै छ । तिनको पढाइ नै मेरो पौरखको फल हो ।'
'अनि, आफूले चाइने कति पढेर छाडिया हो, मित्रलालजी ?' 'गरिबीले गर्दा दुई कलासमा फयल भएर छाड्या क्या ।'
यो 'दुई कलासमा फयल'को कारुणिक कथा पनि उनले हास्य रसमा घोलेरै फर्माए । रोटी र बिफको सुस्वादु भोजनबाट मखलेल हुँदै मित्रलालजीको आतिथ्य ग्रहण गर्न थालियो । हामी मुख मिठ्याउँदै खाँदै छौँ, उनी धाराप्रवाह बोलेका बोल्यै छन् । भारत जानुअघि उनले मसालको झोला भिरेका रहेछन् । अनि, अचेल नि त, मित्रलालजी ? उनको अनुहारमा एकाएक वितृष्णाको धुमिल बादल मडारियो । निधार चाउरी पारेर च्युँडो मुसार्दै भने, 'मसालका दोहोरा कुराले मेरो मन त्यसैत्यसै कुँडियो ।'
'दोहोरा कुरा भन्नु भो ज्यू ?'

'ज्यू-ज्यू । मसालले पहिले चुनाव लड्नु हुन्न, सत्ता जित्नुपर्छ भन्ने मन्त्र सिकायो । पछि आपै+mले थुकेको थुक खाँदै मलाई त चुनाव प्रचारको झोला भिराउन पो खोज्यो बा । अनि, मलाई धत् यस्ता पनि कम्निस्ट भन्ने लाग्यो ।'
'अनि, अचेल कता त, मित्र ?'

'गाउँ-ठाउँको कारणले छनलाई म मसालमै छु । तर, त्यससित मेरो खासै लिनु-दिनु छैन,' यहाँनेर ओठ टोक्दै गमेर उनले भने, 'जे होस्, यो देशमा छिट्टै कसै न कसैले केही गर्छ । प्रचण्डले कि अरू कसैले अहिले भन्न सक्दिनँ ।'
'मित्रलालजी, प्रचण्डले के गरून् भन्ने तपाईँको चाहना छ ?'

यहाँनेर उनी कुराको लिकबाट बत्तिँदै अलिकता बहकिए । झर्रो संस्कृत मिसाएर उनले भने, 'त्यो ...ठ्ठो प्रचण्ड पनि मैजस्तै त हो । त्यो र म दुवै संघर्षबाट आएका छौँ । त्यो र म दुवै झमेलामा जेलिएका छौँ । जापानको बाटो लागेपछि मेरो झमेलो तुरिन्छ । तर, त्यसको झमेलो झनै बढ्छ ।'
एक छाँटका मनुवा रहेछन् वामदेवीय औतारका मित्रलालजी । तिनले हामीलाई निःशुल्क भोजन त गराए नै, त्यो निरस बगरमा एक फाँको मनोरञ्जन पनि गराएरै छाडे । गोर्खेशैलीमा ड्याउ-ड्याउ डकार्दै हाम्रो टोली औद्योगिक क्षेत्र नजर गर्न अघि बढ्यो । जताततै निर्माण कार्य तुफानी वेगमा चलिरहेछ । सडकछेउमा केही नेपालीहरू टाउकामा नातो बाँधेर खल्खली पसिना काड्दै फलाम वाइल्डिङ गरिरहेका छन् । बन्दै गरेका फराकिला सडक किनारमा केही नेपाली कुलेसो खन्नमा मग्न छन् । म दायाँतिर कामदारहरू बस्ने छरिता भुइँतले र दुईतले घुम्ती घरहरू देख्छु । दीपक भन्छन्, 'यहाँ विदेशी कम्पनीहरू तेलका अनमोल सागरमाथि जरा गाडेर बसेका छन् । यहाँ काम गर्ने कामदारहरूलाई अन्त हेरी तैबिसेक राम्रो सुविधा छ ।'

'यहाँको प्राकृतिक सम्पदामाथि अमेरिकी आधिपत्य छ, सर,' कसैले सुन्ला कि भनेर चङ्ख हुँदै देवेन्द्र खुसुक्क भन्छन्, 'यहाँ अमेरिका र तेलको क्या प्रेम बस्या छ बा ।' 'अमर प्रेम, हकि कान्छु ?'
'अमर-समर त्यत्तिकै हो । अमेरिका भँमरो हो । तेलरूपी रस छउन्जेल ऊ बडा प्रमेले चुस्छ । तेल निखि्रएपछि फुस्रा ओठ लिएर अँगालाभरिको राइफल बोकेर सिकारको धुनमा अर्कैतिर टाप ठोक्छ ।'


म तेल सिकारी अनेकथरी सेठहरूका कथा सुन्दै छु । 'यहाँ बेलायत, प|mान्स र क्यानाडा पनि ओठ चाट्दै तेलको रस चुस्न हाजिर छन् । उसो त विश्वको कान्छो बनियाँ जापान पनि यहाँ छ । समुद्रमुनिबाट तेलका खोला बगाउने पाइप यी देशतिर लगिएका छन् । तेल नहुँदो त यी जब्बर सिकारीहरू यो भावर प्रदेशमा किन पो पदार्पण गर्दा हुन् र, सर !?
गाडी मन्दगतिमा गुडिरहेछ । आँखै-आँखाले दायाँ-बायाँका दृश्यहरूका तस्बिर खिच्दै हामी बात मारिरहेका छौँ ।
'बन्दै गरेको त्यो माकुरी जालो के हो, देवेन्द्रबाबु ?'
'त्यो समुद्रको पानी प्रशोधन गर्ने थलो होला, सर ।'

हेर्छु, संरचना एकदमै जटिल छ । भवनको अजंगको कंकाल साँच्चि नै फलामे छडको माकुरे जालोजस्तो छ । कंकालहरू एक हैन अनेक छन् । सडकमुनि अरू त्यस्तै संरचनाहरूको जन्जाल छ । र, केही तल देखिन्छ पट्टेर जंगल ।
'कण, सुख्खा बगरको छातीमाथि के हो त्यो चामत्कारिक रमिता ?'
'त्यो अमेरिकी फौजी अखडाको रसदार हरियाली
हो, सर ।'

कतारको तेल-सागरमाथि अमेरिकाको फौजी अखाडा ? सुनेर मेरो आङ त्यसैत्यसै सिरिङ हुन्छ ।
'त्यो रहस्यको दुलो हो सर, त्यहाँ कोही जान पाउँदैन,' देवेन्द्र बयान गर्छन् । 'त्यहाँ तलबाट ज्यानमारा फाइटर प्लेन ब्रह्माण्ड थर्काउँदै उडेको देखिन्छ । त्यो किन उड्छ कसैलाई थाहा हुँदैन । सके रैथाने स्वामीहरूलाई पनि थाहा हुँदैन होला । गजप छ बा ! देश एउटाको, कब्जा अर्काको । तेल एउटाको, तेलमाथि रजगज राज अर्कैको ।' देवेन्द्रका वचन सुनेर म आपmनै देशको दशाबारे गम खान्छु । कतारको तेलको त्रासद् कथा र हाम्रो पानीको हरिप कथा आखिर उस्तै त हो । हामी हाम्रो पानी हाम्रै हो भन्छौँ, पानी लुटिखाने वेलामा अगाडि अर्कै हुन्छ । हामी हाम्रो देश हाम्रै हो भन्छौँ, हामीलाई गिज्याउँदै हाम्रो सम्प्रभुतामाथि मचक्-मचक् कुल्चिँदै हिँड्ने अर्कै हुन्छ ।
देवेन्द्र मुख मेरा कानैनेर ल्याएर अफ द रेकर्डको भाषामा भन्छन्, 'अरबी तेलको नियन्त्रणमा तलबितल पर्‍यो भने के होला अनुमान गर्न सक्नुहुन्छ, सर ?'
'के होला, देवन्बाउ ?'
'अरबी भूमिका अनेकथरी ख्वामित्हरू सद्दाम हुसेनको नियति झेल्न अभिशप्त हुनेछन् ।' कुरो चर्को हुँदै गएपछि सम्वादमा मैले लगाम लगाएँ- हउल्ट !

स्टारकी छोरी हुनुको मजा


विख्यात हिन्दी अभिनेता अनील कपुरकी छोरी सोनम कपुरको बलिउड प्रवेशले यस क्षेत्रमा पारिवारिक पृष्ठभूमि बोकेर भित्रिएकाहरूको लम्बेतान सूचीमा अर्का एक नाम थपिदिएको छ । चञ्चल स्वभावकी सोनम जब बोल्न थाल्छिन्, बोलेको बोल्यै गर्छिन् । उनीसँग बलिउड सिने पत्रिका सिनेब्लिट्जका निशी प्रेमले गरेका कुराकानीका केही अंश :

मेरा हजुर-आमाहरूलाई मैले फिल्म खेलेमा मेरो बिहे नहोला कि भन्ने चिन्ता थियो ।
- रणवीर कपुर, दीपिका पादुकोण, र तपाईं लगभग एकैचोटि बलिउडमा आउनुभयो, तर उनीहरू जति चर्चामा छन् तपाईं त हुनुहुन्न नि ?
मलाई लाग्छ चर्चामा रहने सबको आ-आफ्नै तरिका हुन्छ । म एक समयमा यौटै मात्र फिल्म गर्छु । चर्चामा रहनका लागि विवादमा पर्दिनँ । चर्चा कामको हुनुपर्छ भन्ने ठान्छु म । फाल्तु चर्चा मलाई मन पर्दैन । त्यस्तै, मलाई वर्षमा पाँच फिल्म गर्नुपर्ने आवश्यकता छैन । मलाई गाँस, वास र कपासका लागि संघर्ष गर्नुपर्दैन । मलाई घर चलाउनुपर्दैन । म जे चाहन्छु, त्यो गर्छु र जे चाहन्न त्यो गर्दिनँ ।

- तपाईंकी मम्मी कडा स्वभावकी हुनुहुन्छ रे होइन ? तपाईंका ड्याडी पनि तपाईंकी मम्मीका अगाडि चुँक्क गर्न सक्नुहुन्न रे होइन ?
फिल्ममा यौटा निर्देशक हुन्छ । त्यस्तै, मम्मी हाम्रो जिन्दगीको निर्देशक हुनुहुन्छ । घरसम्बन्धी मामिलामा उहाँ, मात्र सही र गलत हेर्नुहुन्छ, अन्य कुरा हेर्नुहुन्न । उहाँ ड्याडी र हाम्रो परिवारकी संरक्षिका हुनुहुन्छ । हाम्री मम्मी केही सवालमा निकै कडा र केही सवालमा नरम पनि हुनुहुन्छ ।

- घरपरिवारको दबाबका कारण तपाईंले कुणाल कपुरसँगको दोस्ती छोडिदिनुभयो भन्ने सुनिन्छ ?
सोह्रै आना गलत ! म त कुणाललाई राम्रोसँग चिन्दा पनि चिन्दिनँ । एक-दुईपटक भेटेँ हुँला उसलाई ।

- तपाईंलाई यस्तो कडा निगरानीमा राखेर पनि तपाईंका बाबु-आमाले कसरी फिल्म क्षेत्रमा जान दिनुभयो ?
उहाँहरूले किन रोक्ने ? तर, पहिला मैले पढाइ पूरा गर्नुपर्छ भन्ने उहाँहरूको मनसाय हो । मम्मीलाई थाहा थियो कि म फिल्म क्षेत्रमा जान इच्छुक छु । म ब्ल्याक फिल्ममा एक वर्ष सञ्जयलीला भंसालीको असिस्टेन्ट डायरेक्टर भएकी थिएँ । मेरा ड्याडी-मम्मी मलाई फिल्म जगत्मा पठाउन राजी भए पनि मेरो घर र मामाघरपट्टिका दुवै हजुरआमालाई भने मैले फिल्म खेले मेरो बिहे नहोला कि भन्ने चिन्ता थियो । मम्मीको चिन्ता भने अर्कै थियो- फिल्मी जगत्को तामझाममा फस्ली कि भन्ने ।

- उर्मिला, तब्बु, सुस्मिता र रानीजस्ता नायिकाहरू घरबार र बालबच्च्ााको झमेलामा फस्न नचाहेजस्तो देखिन्छ । तपाईंको यसमा के विचार छ ?
पुरुषविना महिला अधुरो हुन्छे भन्ने धारणा मलाई मूर्खतापूर्ण लाग्छ । सबभन्दा पहिले महिलाले स्वतन्त्र र आत्मनिर्भर हुनु जरुरी छ । अब एक्लो बस्नु वा नबस्नु आ-आफ्नो मर्जी हो ।

- सांवरियाको सेटमा सञ्जयलीला भंसालीले तपाईंलाई दुःख दिँदा तपाईंका बाबु-आमाले कस्तो प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ?
सञ्जयलीला भंसालीले मलाई दुःख दिनुभएको छैन । उहाँ कडा मिजासको हेडमास्टरजस्तो हुनुहुन्थ्यो । उहाँलाई मबाट अभिनय गराउनु थियो, र उहाँले गराउनुभयो ।

- स्टारको सन्तान हुनु फिल्म क्षेत्रमा फाइदाजनक हुन्छ, हैन ?
हो त ! स्टारको सन्तान भएको कारण फिल्म क्षेत्रमा काम गर्न सजिलो हुन्छ । आफ्ना बाबु-आमाको फाइदा बच्चाले नउठाए कसले उठाउँछ त ?

हावाले स्कर्ट उचाल्दा..


अभिनेत्री रेखा थापाको परिचय छोटो लुगासँग गाँसिएको छ । निर्देशक त रेखालाई छोटा लुगामै देखाउन चाहन्छन् नै, निर्देशकका ती आशयलाई अभिनेत्री रेखा पूरै समर्थन गर्छिन् । अभिनेत्री रेखालाई मन पर्ने मौसम कुन होला ? यी नायिकासँग बुझ्न खोजेका थियौँ । उनले फ्याट्टै भनिदिइन्, 'मलाई त चैतको रूखो' मन पर्छ । गर्मीका विषयमा उनको अनुभव उनकै शब्दमा :

डो सुरु भएपछि मलाई त साह्रै दिक्क लाग्छ । चिसोले एलर्जी हुने भएकाले होला, मलाई जाडो पटक्कै मन पर्दैन । गर्मीको त म जति प्रशंसा गरे पनि थाक्दिनँ । साह्रै दामी लाग्छ यो मौसम । हपहप गर्मीमा विनाकाम बस्दा पनि खलखल पसिना आउँछ । तपाईंहरू सोच्नुहुन्छ होला, 'यो गर्मी नआए पनि हुन्थ्यो ।' म ठ्याक्कै उल्टो छु, 'मलाई त गर्मीमा पसिना आउँदा शीतल हुन्छ ।

एक दिन म स्कुलबाट फर्किंदै थिएँ, बेस्सरी हुरी चल्न थाल्यो । वरिपरि बस्ने ठाउँ पनि थिएन । म हतार-हतार हिँड्दै थिएँ । चार/पाँचजना केटा बसिरहेका रहेछन् । तिनलाई पटकपटक देखेर पनि 'बाल' दिएकी थिइनँ मैले । केटाहरूछेउमा पुगेपछि हावाको वेग यसरी बढ्यो कि मेरो स्कर्ट त हावाले पूरै मास्तिर फर्काइदियो ।
काठमाडौंमा त के गर्मी हुन्छ र ? म त विराटनगरमा जन्मेकी, कोसीको पानी पिएर हुर्केकीले होला गर्मीमा साह्रै रमाइलो लागेको । गर्मीको रमाइलो काठमाडौंमा खासै अनुभव गर्न पाइएको छैन । गर्नुजति मोज त विराटनगरमै गरियो, त्यो पनि सानैमा ।
गर्मीका प्रत्येक दिन उल्लासमय लाग्छन् मलाई । ५ देखि ७ बजेको समय साह्रै रमाइलो लाग्छ । म १३/१४ वर्षकी थिएँ । हामी चारजना केटीको छुट्टै ग्याङ थियो । म, रमिला अधिकारी (मोडल), सन्जु र दमयन्ता । हामी असाध्यै मिल्ने साथी थियौँ । अलि उट्पट्याङ पनि । अरूलाई जिस्क्याउँदा खुब रमाइलो लाग्थ्यो । गर्मीको वेला साँझमा डुल्न साह्रै रमाइलो लाग्थ्यो, तर घुम्नका लागि घरबाट त्यति सजिलै स्वीकृति पाइँदैनथ्यो । अनि, हामी बहाना बनाउँथ्यौँ ट्युसनको । पढ्ने निहुँमा हामी चारैजना विराटचोकमा जम्मा हुन्थ्यौँ । त्यहाँ एउटा ठूलो रूख थियो । त्यही रूखको फेदमा बसेर दुई घन्टा बिताउँथ्यौँ ।

एक त साँझको समयमा हावा खान पाइने, अर्को विभिन्न रूखमा फूल फुलेका हुन्थे । लिची र आँप फुलेको साहै्र रमाइलो देखिन्छ । अहिले पनि कतै जाँदा आँप वा लिची फुलेको देखँ भने 'फ्ल्यास ब्याक'मा गइहाल्छु ।
'कसम हजुरको' सुटिङका लागि पोखरा आएको तीन दिन भयो । म बसेको होटल 'माउन्टेन भ्यु' मा फुलेका फूल देख्दा विराटनगरकै सम्झना आइरहेको छ । म त अहिले पनि विराटनगरका ती पुराना दिन सम्झेर रमाइरहेकी छु ।

मलाई म आँटिली केटी भएकाले पनि रूखो मौसम मन पर्छ । गर्मीको प्रसंग आउनासाथै मेरो मस्तिष्कमा पुराना कुरा आइहाल्छन् । विराटनगरको द राइजिङ बोर्डिङ स्कुलमा पढ्थेँ । केटाको डे्रस सर्ट र पाइन्ट थियो भने केटीहरूको स्कर्ट र सर्ट । म अलि उत्ताउली थिएँ, अरूको तुलनामा । मेरो स्कर्ट 'युनिक' हुन्थ्यो । अरूले घुँडा-घुँडा स्कर्ट लगाउँथे भने म त्यसमा दुई अम्मल छोट्याउँथेँ । कतिपटक त सरहरूले कराए पनि मैले कहिल्यै टेरिनँ । छोटो स्कर्ट लगाउँदा कन्पिmडेन्ट भएजस्तो लाग्थ्यो मलाई । फुर्ती बढेजस्तो पनि लाग्थ्यो ।

बिहानको स्कुल भएकाले बिहान ११ बजेतिर हाम्रा स्कुल छुट्टी हुन्थ्यो । अरू स्कुलका केटाहरूलाई हामी गन्दै गन्दैनथ्याँ । उनीहरू पनि त्यस्तै गर्थे । एक दिन म स्कुलबाट फर्किंदै थिएँ, बेस्सरी हुरी चल्न थाल्यो । वरिपरि बस्ने ठाउँ पनि थिएन । म हतार-हतार हिँड्दै थिएँ । चार/पाँच जना केटा बसिरहेका रहेछन् । तिनलाई पटकपटक देखेर पनि 'बाल' दिएकी थिइनँ मैले । केटाहरू छेउमा पुगेपछि हावाको बेग यसरी बढ्यो कि मेरो स्कर्ट त हावाले पूरै मास्तिर फर्काइदियो । साह्रै लाज लाग्यो । चार दिनसम्म ती केटाहरूको मुख हेर्न पनि सकिनँ ।

मलाई पढाउने सरहरूले उत्ताउली भनेकाले होला सँगै पढ्ने केटाहरूले पनि त्यस्तै सोच्थे । हामीहरूबीच सधैं एकखालको प्रतिस्पर्धा नै हुन्थ्यो । कसले बढी हाइफाई गर्ने ? जाडो महिनाको त के कुरा, गर्मी सुरु भएपछि सबलाई जलाइदिऊँ जस्तो लाग्थ्यो । राम्री केटी छोटा लुगा लगाएर हिँडेपछि कोभन्दा को कम अर्को मलाई रमाइलो लाग्ने फूलको सुगन्ध पनि हो । यस मौसममा जुनसुकै बिरुवामा पनि फूल फुलेको देखिन्छ । बाटामा हिँड्दाहिँड्दै रूखबाट फूल झरेर मेरो जीउमा पर्‍यो भने कसैले स्वागत गरिरहेको छ जस्तो लाग्छ । अहिले त सुटिङको चापले कहीँ जानै पाइँदैन । यस वेला जंगलमा डुल्न पाउने हो भने कति रमाइलो हुन्थ्यो होला । गर्मीको मौसम होस्, घना जंगल होस्, त्यस जंगलमा रेखा थापा एक्लै हिँडिरहेकी होस् । अनि, रूखमा बसेको चराले सोधोस्, 'रेखा ! तिमी हाम्रो ठाउँमा किन आयौ ?'

मेरा मनमा यस्ता कल्पना आइरहन्छन् । सिनेमामा म जति नक्कली देखिन्छु, घरमा चाहिँ त्यस्ती छैनँ । म घरमा प्रायः हाफ पाइन्ट र लुज टिसर्ट लगाएर बस्छु । खाने कुरामा पनि म अलि चुजी छु । खाना त्यति मन पर्दैन । पानी धेरै पिउँछु । आइसक्रिम साह्र्रै धेरै खान्छु । अहिले पनि हल्का खोकी लागेको छ, आइसक्रिम बढी भएरै होला ।

सुत्दा पनि म त पूरै लुगा लगाउँछु । खै किन हो कपडाविनाको शरीर राख्न सक्दिनँ । म त निर्मात्री पनि हुँ । व्यापारका हिसाबले पनि गर्मी महिनै ठीक देख्छ मेरो मनले । मलाई लाग्छ, तराईका मान्छेहरू अहिले पनि गर्मीमा फिल्म हेरेर समय कटाउँछन् । जाडोमा बाहिर निस्कन त्यति मन पराउँदैनन् । मलाई पनि गर्मीमै काम गर्न रमाइलो लाग्छ ।

सुटिङमा प्रयोग हुने लाइटको तातो भने मलाई पटक्कै मन पर्दैन । हिरोइनहरू चाँडै बूढी हुनुको कारण यो पनि हो जस्तो लाग्छ । भद्दा मेकअप, सुटिङमा प्रयोग हुने लाइट र घामको ताप ! गर्मीमा कसरी ज्यानको ख्याल गर्ने, केही सिकेकी पनि छु । म त गर्मी मौसममा जोसुकैलाई चस्मा लगाउने सुझाव दिन्छु । कति केटीहरू छाता ओढ्न लाज मान्छन्, तर त्यो राम्रो होइन । आफ्नो सौन्दर्य जोगाउने हो भने लाज नमानी छाता ओढ्नैपर्छ । छालासम्बन्धी विभिन्न क्रिम पाइन्छन् । तिनको प्रयोग गरेर छालाको सौन्दर्य जोगाउनुपर्छ ।

गर्मीको मौसममा केटाहरूलाई हल्का लुज टाइपको ड्रेसअप सुहाउँछ । अहिले चलेका तीनजना हिरोको कुरा गर्ने हो भने आर्यन सिग्देललाई ट्राउजर टाइपको पाइन्ट र लुज सर्ट सुहाउँछ । आर्यनको फेस हेर्दा सेतो रंग सुहाउँछ जस्तो लाग्छ ।
अर्का हिरो जीवन लुइँटेललाई हाफ पाइन्ट र छोटो टिसर्ट सुहाउँछ । क्रिम कलर जीवनलाई सुहाउने कलर हो । अर्का नायक राजबल्लभ कोइरालाको पनि बडी स्ट्रक्चर दामी छ । राजलाई ठमेलमा पाइने झालेमाले डे्रसअप सुहाउँछ ।

Wednesday, April 1, 2009

अरुणपुलको बिजोक

संखुवासभाको अरुणपुल जीर्ण छ । यसले लुक्लाको घटना दोहोरिने खतरा निम्त्याइरहेको छ । आम्राङ, वालुङ र सेदुवाजस्ता अधिकांश अशिक्षित जनताको बसोबास रहेको यस भेगमा अभावै-अभावको पीडा त छँदै छ, पुलको अवस्थाले ज्यान जोखिममा राखेर वारिपारि गर्नुपरिरहेछ । अरुण पुलबाट जोखिममा रहेका बासिन्दाप्रति सरकारले कुनै पहल गरेको छैन । यस भेगका जनताले सरकारबाट कुनै पनि सेवा उपलब्ध नभएको महसुस गरिरहेका छन् । अधिकांश युवाले भारी बोकेर आफ्नो जीवन चलाउनुपर्ने बाध्यता छ । नाजुक अवस्थामा रहेको अरुणपुलबाट भारी बोकेर यात्रा तय गर्नुपर्छ । काठको उक्त पुल अहिले मक्किएपछि आधाजसो भाग बाँसको खोप्लेटा लगाएर काम चलाइएको छ । लुक्लामा घटेको घटनाजस्तै अर्को घटना तुम्लिङटारमा पनि घट्ने सम्भावना छ । यस ठाउँमा एयरपोर्टको सुरक्षित व्यवस्था नगरिएकाले कुनै पनि वेला दुर्घटना हुन सक्छ । सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्‍यो । तुम्लिङटार र आम्राङ अनि वालुङबीचको अरुणपुलको चाँडो पुनर्निर्माण गरियोस् । जितेन कुलुङ मकालु— ८, तल्लो वालुङ, संखुवासभा jitenkulung@aol.com

बढ्दो मुख ताक्ने प्रवृत्ति

Posting by
विभिन्न दलका नेता र पूर्वराजाको हालैको दिल्ली-भ्रमणबारे धेरै चर्चा भए । यीमध्ये पनि खासगरी नेकपा (एमाले) का नेता केपी ओली, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र गद्दी खोसिएका राजा ज्ञानेन्द्रको भ्रमण र उनीहरूले नयाँदिल्लीमा गरेका राजनीतिक भेटघाटले यहाँको राजनीतिमा तरंग पैदा गरिदियो । भ्रमणबाट सत्तासीन एनेकपा (माओवादी) का नेताहरू सबैभन्दा बढी झस्कन पुगे । उनीहरूले दलका नेताहरूको भ्रमणलाई आफ्नो दलको नेतृत्वको सरकार ढाल्नका लागि गरिएको दौडधूपका रूपमा व्याख्या गर्न पुगे भने राजाले आफ्नो गुमेको गद्दी फिर्ती गराई नातिलाई राजा बनाउने प्रयत्नका रूपमा भ्रमणको चर्चा गरे । भ्रमणका क्रममा कोइराला र ज्ञानेन्द्रले नयाँदिल्लीमा गरेका राजनीतिक भेटघाटले भने धेरै नै चर्चा पाए । यद्यपि, कोइराला स्वयंले भ्रमण आफ्नो नियमित स्वास्थ्योपचारको सन्दर्भमा गरिएको र त्यस समयमा गरिएका भेटघाट शिष्टाचार तहका भन्दै त्यसलाई सामान्यीकृत गर्न खोजेका छन् । त्यस्तै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्ना सहयोगीमार्फत नयाँदिल्लीको भेटघाटलाई अन्यथा रूपमा लिन आवश्यक नभएको बताएका छन् । तर, के यी दुवैको
हरेक मामिलामा पहिले लन्डनको र पछिल्लो समयमा नयाँदिल्लीको हस्तक्षेपकारी भूमिका रहँदै आएको छ । प्रायः सबैखाले राजनीतिक नेतृत्वले चाहे त्यो दक्षिणपन्थ या मध्यपन्थ या अति उग्रपन्थ होस्, आफू सत्तामा पुग्न र पुगिसकेपछि टिक्नका लागि विदेशीको मुख ताक्ने प्रवृत्ति रहँदै आएको छ ।
दिल्ली-यात्रा र त्यहाँको उच्च तहको राजनीतिक भेटघाट उनीहरूले भनेजस्तै सामान्यस्तरको शिष्टाचारका लागि मात्र थियो ? अथवा एनेकपा (माओवादी) ले भनेजस्तै कोइरालाको सरकार गिराउनका लागि र ज्ञानेन्द्रको गद्दी पुनस्र्थापनाका लागि नै थियो ? अहिले नेपालको राजनीतिक वृत्तमा यीखाले प्रश्नहरू र यिनका उत्तरबारे पनि विभिन्न चर्चा भइरहेका छन् । नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेपको सुरुवात सन् १८१६ को सुगौली सन्धिपश्चात हुन थालेको हो । नेपालको इतिहासमा कलंकका रूपमा चित्रित उक्त सन्धिका कारण नेपालले एक-तिहाई भूभाग मात्र गुमाएन, यसबाट नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता खुम्चिन पुग्यो भने त्यसयता नेपाल एक अर्ध-औपनिवेशी मुलुकमा परिणत भयो । जसका कारण त्यसपछिका नेपालका प्रत्येक राजनीतिक घटनामा वैदेशिक शक्तिहरूको हस्तक्षेप हुन थाल्यो । चाहे त्यो सन् १८४६ को नरसंहारकारी कोतपर्व र जंगबहादुरको उदयका वेलामा होस् वा सन् १९५० को राजा त्रिभुवनको भारतीय दूतावासको शरण र राणाशासन अन्त्यका वेला होस् । त्यसयता भएका अन्य राजनीतिक परिवर्तनहरूमा पनि अझ भनौँ पछिल्लो कालमा विकसित राजनीतिक घटनाक्रमहरूमा नै किन नहोस्, हरेक मामिलामा पहिले लन्डनको र पछिल्लो समयमा नयाँदिल्लीको हस्तक्षेपकारी भूमिका रहँदै आएको छ । प्रायः सबैखाले राजनीतिक नेतृत्वले चाहे त्यो दक्षिणपन्थ या मध्यपन्थ या अति उग्रपन्थ होस्, आफू सत्तामा पुग्न र पुगिसकेपछि टिक्नका लागि विदेशीको मुख ताक्ने प्रवृत्ति पनि रहँदै आएको छ । यहाँसम्म कि नेपालको राष्ट्रिय राजनीतिका अतिवादी दुई ध्रुवको प्रतिनिधित्व गर्ने शक्तिहरू खासगरी परम्परावादी दक्षिणपन्थी शक्ति र उग्रवामपन्थी शक्तिहरू, जसले आफूलाई अति राष्ट्रवादी भनी चित्रित गर्ने गरेका छन् उनीहरू समेतले आफू सत्तामा पुग्न र सत्ता टिकाउनका लागि भारतको सहयोग नभई हुन्न भन्ने मान्यतालाई स्थापित गराउँदै आएका छन् । राष्ट्रवादको नारा दिएर लोकतान्त्रिक विधिद्वारा निर्वाचित सरकारलाई अपदस्थ गरी शासनसत्ता आफ्ना हातमा लिएका तत्कालीन राजा महेन्द्रले समेत दिल्लीलाई खुसी तुल्याई आफ्नो निरंकुश सत्ता टिकाउनका लागि सन् १९६५ मा भारतसँग राष्ट्रविरोधी सैनिक सन्धि गर्न पुगे । त्यसवेला नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित आन्दोलन जुन भारतीय भूमिमा रहेर अगाडि बढाइएका थिए, तिनलाई दबाउनका लागि उनले यस्तो नीति अख्तियार गरेका थिए । त्यस्तै भारतीय थिचोमिचोविरुद्धको आन्दोलनका रूपमा आफ्नो पहिचान बनाउन खोज्ने एनेकपा (माओवादी) जसले आन्दोलनका सुरुमा उठाएका ४० सूत्रीय मागमध्ये झन्डै एक-तिहाई माग भारतीय थिचोमिचो र उसका व्यवहारसँग लक्षित गरेको थियो । त्यही दलका उच्च तहको नेतृत्वले आफ्नो १० वर्षे युद्धकालको करिब आठ वर्ष भारतमै बिताएको कुरा उनीहरूले नै सार्वजनिक गरिसकेका छन् । त्यस दलको युद्धका समयमा आयोजना गरिएका अधिकांश पार्टी केन्द्रका महत्त्वपूर्ण बैठकहरू भारतीय भूमिमै आयोजना गरिएका थिए । केही वर्षअघि उनीहरूको नेतृत्वबीच विवाद हुँदा एक-अर्काप्रति लगाइएका आरोपहरूले पनि उक्त दल र भारतबीचको सम्बन्धलाई बुझ्न सहयोग गर्छ । यसबाट के बुझिन्छ भने नेपालका प्रायः सबै राजनीतिक शक्तिमा सत्ताप्राप्तिका लागि गरिने आन्दोलन होस् या सत्ता हत्याएपछिको अवस्थामा त्यसलाई टिकाउनका लागि गरिने चालबाजीका लागि होस् भारतको परोक्ष या प्रत्यक्ष सहयोग र समर्थनको अपेक्षा सबैखाले शक्तिले गरेको विगतको यथार्थ हाम्रा सामु छ । र, यो क्रम विगतका राणा र पञ्चायतविरुद्ध कांग्रेस र कम्युनिस्टले गरेका आन्दोलनका वेलामा मात्र होइन, माओवादी पार्टीले आयोजना गरेको गुरिल्ला युद्धका लागि पनि भारतीय भूमि र सहयोग लिइएको अवस्था हो । बि्रटिसकालदेखि नै भारतीय शासकहरूले नेपालको राष्ट्रिय सुरक्षानीतिसँग भारतको सुरक्षानीतिलाइ गाँसेर हेर्ने गरेका हुन् र त्यसैका आधारमा नेपालप्रतिको अवधारणा बनाउँदै आएका हुन् । उपनिवेशकालको यस मनस्थितिलाई स्वतन्त्र भारतका नेताहरूले पनि पछ्याउँदै आएका छन् । खासगरी नेपालको भूबनोट र यसको तीनतर्फको सीमा भारतसँग र अर्कोतर्फको सीमा चीनसँग रहनु र चीन र भारतबीचको सम्बन्ध सधैं प्रतिस्पर्धी र चिसो बन्नुलाई कारण दिएर नेपालसँग आफ्नो मुलुकको सुरक्षा गाँसिएको भनेर भारतका तात्कालिक प्रधानमन्त्री नेहरूले गरेको व्याख्या नै आजपर्यन्त भारतीय शासकहरूले अपनाउँदै आएका छन् । उनीहरूले सोही आधारमा नेपालका मामिलामा चासो राख्दै आएको पाइन्छ । यसका अलावा यहाँको सधैंभरको अस्थिर राजनीतिक अवस्था, कमजोर आर्थिक अवस्था र विभेदकारी सामाजिक परिवेशले गर्दा नेपालले आफ्नो राष्ट्रिय पहिचानसहितको राजनीतिक र आर्थिक विकासलाई अगाडि बढाउन सकेन । फलस्वरूप यो मुलुक एउटा क्लाइन्ट स्टेट का रूपमा रहिरह्यो । यसको नेतृत्व आफ्नो वस्तुगत र धरातलीय यथार्थका आधारमा जनताको विश्वास जितेर सत्तामा जाने भन्दा पनि बाह्य शक्तिको आड-भरोसामा जाने प्रवृत्तिको विकास भएको पाइन्छ । यसखालको विगत बोकेको हाम्रो मुलुक अहिले महत्त्वपूर्ण राजनीतिक र सामाजिक संक्रमणको अवस्थाबाट गुजि्ररहेको छ । यस किसिमको संक्रमण नेपालको इतिहासमै पहिलोपटक हुँदै छ । र, यस संक्रमणकालीन अवस्थाको राजनीतिक नेतृत्वचाहिँ विगत लामो समयसम्म सत्ताको बागडोर चलाएका परम्परागत शक्तिहरू खासगरी दरबार र नेपाली कांग्रेसभन्दा पृथक् शक्ति सत्तामा रहेको अवस्थामा भइरहेको छ । यस अवस्थामा यी दुई परम्पागत शक्तिले आफ्नोे गुमेको प्रभुत्वप्राप्तिका लागि स्वदेश र विदेशमा रहेका आफ्ना सहयोगी र समर्थकका माध्यमबाट भूमिका खेल्ने अवस्था अहिले देखिएको छ । र, कोइराला र ज्ञानेन्द्रको हालैको भारत-भ्रमणलाई पनि यसै आधारमा लिन सकिन्छ ।
भारतीय नेताहरूसाग छलफल गर्दे प्रधानमन्त्री प्रचण्ड
यद्यपि, कोइरालाको भ्रमण यस मामिलामा उनी र उनको दलका लागि सकारात्मकभन्दा बढी नकारात्मक नै हुन पुग्यो । खासगरी नयाँदिल्लीमा राजनीतिक भेटघाटका लागि एउटा लामो सूची बोकेर गएका कोइराला प्रधानमन्त्री मनमोहन सिंह र सत्तारूढ दलकी नेत्री सोनिया गान्धीसँग नभेटी फर्के । जसले गर्दा जे उद्देश्य बोकेर र जुनखाले सन्देश दिनका लागि उनी त्यसतर्फ गएका हुन्, त्यो प्राप्त हुन सकेन । बरु उल्टो उनको विगतको भूमिका र प्रतिष्ठामा आँच पुग्न गयो । करिब दुई वर्षअघि मात्र उनी भारत-भ्रमणमा जाँदा उनै मनमोहन सिंह कोइरालालाई स्वागत गर्न विमानस्थलसम्म आएका थिए र भनेका थिए— कोइराला दक्षिण एसियाकै सबैभन्दा उच्च नेता हुन् । आज उनै मनमोहन सिंहले नयाँदिल्ली पुगेर कोइरालाले शिष्टाचार भेटको अपेक्षा राख्दासमेत भेट दिन अस्वीकार गरे । भलै त्यतिवेला कोइराला नेपालका प्रधानमन्त्री थिए र आज उनी विपक्षी दलका नेता मात्र छन् । तैपनि, उनी अहिले पनि नेपालको दोस्रो महत्त्वपूर्ण दलका नेता हुन् । तर, किन भेट पाउन सकेनन् ? यो कोइराला र उनको दलका लागि एउटा गम्भीर पाठ हो । त्यति मात्र होइन उनले सोनिया गान्धीलाई समेत भेट्न पाएनन् । यसबाट के भन्न सकिन्छ भने नयाँदिल्ली अहिले नेपालको वर्तमान शक्ति संरचनामा परिवर्तन भएको देख्न चाहन्न । यसको थप पुष्टि उनै कोइरालाका दिल्लीबाट फर्केपछिका अभिव्यक्तिहरू, खासगरी कांग्रेस सरकारमा जानसक्नेतर्फको संकेतले पनि गर्छन् । पूर्वराजा ज्ञानेन्द्रले भ्रमणका क्रममा गरेका राजनीतिक भेटघाटले भने उनी र उनका समर्थकहरूको मनोबल केही मात्रामा भए पनि बढाउने काम गरेको छ । त्यसमा पनि कोइरालालाई भेट नदिएकी सोनियाले उनलाई भेट दिनुका कारणले पनि यसो भन्न सकिन्छ । यद्यपि, राजनीतिकभन्दा पनि ज्ञानेन्द्र र सोनियाको भेटका लागि ज्ञानेन्द्रका नातेदार र सोनियाको दलका विदेश विभाग प्रमुख करण सिंहको व्यक्तिगत भूमिकाले गर्दा नै भएको भन्दा अत्युक्ति हुन्न । यो उनले यसकारणले पनि गर्नु थियो कि नेपालको जनआन्दोलनका समयमा राजालाई सत्ता-हस्तान्तरण गराउनका लागि भारतीय प्रधानमन्त्री मनमोहन सिंहका दूतका रूपमा आएका करणले हिजोको आफ्नो गुनको बदला ज्ञानेन्द्र अहिले गद्दीच्यूत भएको अवस्थामा पनि तिर्नुपर्ने थियो । र, करण सिंहको अहिलेको सहयोगलाई त्यसै रूपमा पनि लिन सकिन्छ । तर, भेटघाटको उद्देश्य यतिमा मात्र सीमित छैन । गद्दीच्यूत गराइएका राजाको भूमिका समाप्त भइसक्यो भन्ने अवस्थामा उनलाई भारतीय राजनीतिक शक्तिहरूले जुन महत्त्व दिए, यसको कारण भनेको उनी अहिले पनि नेपालमा एउटा परम्परावादी शक्तिको प्रतिनिधित्व गर्छन् र त्यो शक्ति अहिले सत्तामा नभए पनि भोलि कुनै समय आउन सक्छ र ऊ भोलि कुनै समय भारतका लागि काम लाग्न सक्छ भन्ने ठानिएको हुनुपर्छ । त्यति मात्र होइन, नेपालको राष्ट्रिय राजनीतिमा आइरहेको तीव्र ध्रुवीकरणले गर्दा यहाँका परम्परागत शक्तिहरू खासगरी नेपाली कांग्रेसभित्रको अनुदारवादी तप्का र विगतमा दरबारका वरिपरि रहेका पूर्वपञ्चहरूको शक्तिका बीचमा भविष्यमा हुनसक्ने ध्रुवीकरणलाई समेत ख्याल भारतले गरेको हुनपर्छ । भारतीय राजनीतिको अनुदारवादी तप्काले राजतन्त्रलाई पुनर्जीवित गराउन नसकिए पनि पूर्वराजाले नेपालको भावी राजनीतिमा आफूजस्तै परम्परावादी दक्षिणपन्थी शक्तिको प्रतिनिधित्व नेपालमा पनि गर्न सक्नेछन् भन्ने अनुमान गरेको होला । यस भेटघाटले राजा हटाइएपछि छरपस्ट र निराश भएका राजावादीहरूको मनोबल बढाउन र शक्ति सुदृढ गर्न केही मात्रामा भए पनि भूमिका खेलेको छ । र, यसबाट अहिलेका सत्ता सञ्चालकहरूले के बुझ्नु जरुरी छ भने यो शक्ति विकल्पका रूपमा आउनका लागि तयारी गरिरहेको छ र यसका लागि उसले बाह्य समर्थन पनि लिन सक्छ भन्ने हेक्काचाहिँ लिनु राम्रो हुनेछ ।

नेपालको राजनीतिमा भारत भ्रमणको तरंग

पर्शुराम काफ्ले
कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले नेता केपी ओली र पूर्वराजा ज्ञानेन्द्र दुई साताअघि भारत भ्रमणमा रहँदा नेपालको राजनीतिमा अनेकन चर्चा-परिचर्चा भए । राजनीतिक विश्लेषकहरूले भ्रमणका दुई सम्भाव्यतालाई अथ्र्याए । पहिलो, एकीकृत माओवादी नेतृत्वको सरकार परिवर्तन गर्ने अभ्यास र दोस्रो, एक वर्षअघि विघटित राजतन्त्रलाई पुनस्र्थापित गरेर बेबी किङ स्थापना गर्ने अभ्यास । यसबीचमा दिल्ली गएका कोइराला, ओली र शाह स्वदेश फर्किसकेका छन् तर अधिकांशको राजनीतिक भविष्यवाणी खेर गएको छ । नेपालको राजनीतिक वृत्तमा भारत (नयाँदिल्ली) टार्न नसकिने विम्बका रूपमा स्थापित भएको ५८ वर्ष पुगेको छ । र, नेपालको सत्ता-राजनीतिमा दिल्ली हाउगुजी अथवा आतंक दुवैको केन्द्रीय विषय बन्न थालेको पनि त्यति नै वर्ष पुगेको छ । आधा दशकयता नेपालका प्रत्येक राजनीतिक परिवर्तनसँग नयाँदिल्ली कुनै न कुनै रूपमा जोडिँदै आएको छ । राणा शासनदेखि शाहवंशीय राजतन्त्रको अन्त्य गर्ने वेलासम्म सम्पन्न भएका तीन मुख्य आन्दोलन वा क्रान्तिहरूको राजनीतिक पृष्ठभूमि दिल्लीमै तयार भएका छन् । त्यसबाहेक सरकार परिवर्तनको हरेक मोडमा नेपाली राजनीतिक दलहरूको दिल्ली इन्ट्रेस्टले भूमिका खेल्दै आएको छ ।
राजनीतिक उद्देश्यका लागि भएका भारत भ्रमणबाट राजनीतिक दलसम्बद्ध परराष्ट्र मामिलाका जानकारहरू सन्तुष्ट छैनन् पूर्व, पश्चिम र दक्षिणी नेपालका २६ जिल्लासँग सिमाना जोडिएको भारतसँग सन् १९५० मा शान्ति तथा मैत्री-सन्धि भएपछि नेपालको राजनीति भारतीय 'इन्ट्रेस्ट' अनुकूल हुँदै आएको छ केही अपवादलाई छोडेर । शान्ति तथा मैत्री-सन्धिपछि नेपाल-भारतबीचको निकटता बढेन मात्रै, नेपाललाई अघोषित रूपमा भारतीय विदेश नीतिको सहायक अंग बनाइएको इतिहासविद्हरूको धारणा छ । इतिहासका तीन घुम्तीनेपालमा राणा शासनको अन्त्य गर्ने ००७ सालको जनक्रान्ति, पञ्चायती व्यवस्था हटाउने ०४६ सालको जनआन्दोलन तथा राजतन्त्रको अन्त्य गर्ने ०६२/६३ को जनआन्दोलनको पृष्ठभूमि भारतमा र भारत सरकारको जानकारीमा भएको हो । इतिहासअनुसार राणा शासनको समाप्तिअघि राजा त्रिभुवनदेखि तत्कालीन नवोदित कांग्रेस र कम्युनिस्ट पार्टीका शीर्ष नेता नै भारतीय भूमिमा थिए । सन् १९४७ मा भारत स्वतन्त्र भएको तीन वर्षपछि भारत र नेपालबीच औपचारिक सम्बन्धको सुरुवात भयो । १९५० मा भएको नेपाल भारत शान्ति तथा मैत्री-सन्धिपछि नेपाललाई भारतीय विदेश नीतिको सहायक अंग बनाएको हो । ००७ सालपछि नेपालको क्याबिनेटदेखि बडाहाकिमको सम्मेलनसम्म भारतीय राजदूत सहभागी हुन पाउने व्यवस्था थियो । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको सुरक्षा समितिमा भारतीय राजदूत्ा सदस्य थिए भने कतिपय अवस्थामा भारतीय दूतावासमा समितिको बैठक बस्थ्यो । दिल्ली सम्झौत्ााको विरोध गरेका डा. केआई सिंहलाई भारतीय सेनाको सहयोगमा पक्राउ गरिएको थियो भने भीमदत्त पन्तको नेतृत्वमा भएको किसान आन्दोलनलाई दबाउन पनि भारतीय सेना आएका थिए । मातृकाप्रसाद कोइरालाको नेतृत्व्ामा रहेको तत्कालीन्ा सरकारले भित्र्याएको भारतीय सेनाकै सहयोगमा पन्तको हत्यासमेत भएको थियो । राजा त्रिभुवनका निजी सहयोगीका रूपमा गोविन्द नारायणलाई भारतले नेपालको दरबारमा पठाएको थियो । डा. केआई सिंहको नेतृत्वमा रक्षा दलले २१ जनवरी १९५२ को मध्यरातमा विद्रोह भएपछि मातृका सरकारको निमन्त्रणामा नेपाली सेनालाई प्रशिक्षण दिन सोही वर्ष फेब्रुअरी २७ मा भारतीय सेना नेपाल आएको थियो । सुरुमा अधिकृतसहित २० जना आएका भारतीय सेनाको संख्या एक वर्षपछि १९७ पुगेको थियो । त्यसपछि दुवै देशबीच्ा संयुक्त प्रतिरक्षा समिति गठन भएर त्यसको सिफारिसअनुसार चीनसँग जोडिएका सीमाका १७ वटा स्थानमा नेपाल र भारतीय सेनाको संयुक्त निरीक्षण चौकी स्थापना गरिएको थियो । नेपालका तीनवटै प्रमुख आन्दोलनपछि बनेका हरेक सरकारको पहिलो भ्रमण भारतमा भएको छ । पुरानादेखि नयाँ पुस्तासम्मका नेताहरूले स्वास्थ्योपचार वा निजी आवरणको भारत भ्रमणको अन्तर्वस्तु राजनीतिक नै रहँदै आएको छ । ००७ सालको परिवर्तनपछि गठन भएको राणा-कांग्रेस संयुक्त सरकारका प्रधानमन्त्री मोहनशमशेर तथा गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला र अर्थमन्त्री सुवर्णशमशेर राणा पहिलोपटक दिल्ली भ्रमणमा गएका थिए । १९५१ को मे १३ मा गृहमन्त्री कोइराला र अर्थमन्त्री राणा र त्यसको भोलिपल्ट मे १४ मा मोहनशमशेर दिल्ली गए । इतिहासविद् डा. सुरेन्द्र केसीद्वारा लिखित 'नेपालको कूटनीतिक इतिहास'अनुसार मे १६ मा भारतमा दुवै देशका राजदूत तथा मन्त्रीहरूको संयुक्त सम्मेलनमा भारतले नेपालमा संसद् खडा गर्नुपर्ने सुझाव दिएको थियो । १६ मेमा भारतीय विदेश विभागले जारी गरको विज्ञप्तिमा राणा-कांग्रेस संयुक्त सरकारप्रति भारतले समर्थन जनाएर संसद् राख्न सल्लाह दिएको थियो । चीनसँग राम्रो कूटनीतिक सम्बन्ध स्थापना गर्न तल्लीन तत्कालीन राजा महेन्द्रसँग सम्बन्ध चिसिएका वेला भारतीय सरकारले नेपाली राजनीतिक दलसँग सम्बन्ध बढाएर आन्दोलनलाई मद्दत पुर्‍याएको इतिहास छ । महेन्द्रसँगको सम्बन्ध चिसिँदै जाँदा नेपालमा भारतले आर्थिक नाकाबन्दी लगाएको र त्यही वेला दलहरूलाई पञ्चायतविरोधी संघर्षमा सहयोग गरेपछिको परिणामस्वरूप ०४६ सालमा बहुदलीय व्यवस्थाको उदय भएको हो । त्यसबीचमा तत्कालीन सरकारहरूले भारतलाई खुसी पार्न कोसी र गण्डक सम्झौता गरेका थिए । त्यसबाहेक नेपाल-भारत पारवहन सन्धिसमेत पञ्चायत अवधिमा भयो । १९८४ मा पूर्व-पश्चिम राजमार्गको कोहलपुर-वनबासा खण्डका २२ वटा पुल निर्माणमा प्रतिस्पर्धाबाट चिनियाँ निर्माण कम्पनी छानियो । तर, भारतले १९५० को सन्धिलाई कारण देखाएर भारतले असन्तुष्टि जनाएपछि चीन पछि हटेको थियो । पञ्चायती सरकारकै पालामा चीनबाट नेपालमा आएको हतियारलाई आधार बनाएर भारत-नेपाल सम्बन्ध चिसियो र नेपालले आर्थिक नाकाबन्दीको सामनासमेत गर्नुपर्‍यो । यही विषयलाई भारतले इस्यु बनायो र नाकाबन्दी लगायो । ०४६ मा प्रजातन्त्रको पुनर्वहाली भएपछि नाकाबन्दी हटेको थियो । ०४७ सालको जनआन्दोलनपछि गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पहिलोपटक भारत भ्रमणमा गए । सुरुमा तत्कालीन अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे र त्यसपछि भट्टराईले दिल्ली पुगेर द्विपक्षीय छलफल गरे । सोही भ्रमणका क्रममा १० जुनमा भएको द्विपक्षीय विज्ञप्तिमा प्रतिरक्षा र आर्थिकरत भारतीय नागरिकहरूका सन्दर्भमा उल्लेख थियो । भारतीय इन्ट्रेस्ट हावी हुने गरी भएको प्रतिरक्षासम्बन्धी बुँदामा 'नेपालले आफ्नो प्रतिरक्षासम्बन्धी कुनै पनि काम गर्नुपूर्व भारतको सल्लाह' लिनुपर्ने प्रावधान राखिएको छ । सोही भ्रमणमा नेपालका सबै नदीहरू दुवै देशका नदी भएको भन्ने अवधारणामा दुवै देश सहमत भएको उल्लेख गरिएको छ । भट्टराईकै भ्रमणमा भारतीय नागरिकलाई नेपालमा कुनै पनि श्रम स्वीकृति-पत्र आवश्यक नपर्ने तथा नेपालका विश्वविद्यालयमा पढाउँदै आएका भारतीय शिक्षकलाई नेपाली शिक्षकसरह सेवा सुविधा दिइनुपर्ने उल्लेख थियो । भट्टराईपछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइराला, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, शेरबहादुर देउवाले समेत पहिलो भ्रमण भारतमा गरे । तर, प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले भने पहिलो भ्रमण तेस्रो मुलुकमा गरे । ०६२/६३ मा भएको दोस्रो जनआन्दोलनपूर्व भएको तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे समझदारी भारतीय राजधानी दिल्लीमा भयो र त्यस आधारमा भएको जनआन्दोलनको परिणामस्वरूप नेपालमा गणतन्त्र स्थापना भयो । १२ बुँदे समझदारी निर्माणपूर्व नेपाली कांग्रेस, एमालेलगायत आन्दोलनरत सात दल र सशस्त्र संघर्ष गर्दै आएको माओवादीका शीर्ष नेताहरू नयाँदिल्लीमा भेटेर आन्दोलनको पृष्ठभूमि तयार गरे । दसवर्षे सशस्त्र संघर्षमध्ये आठ वर्षजति भारतमा रहेका माओवादी र दिल्लीसँग राजनीतिक रूपमा नजिक रहेका दलहरूबीचको समझदारीले नेपालमा राजतन्त्र समाप्त गर्ने आन्दोलनको सिर्जना गर्‍यो । जनआन्दोलनपछि गठित सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिलो भ्रमण भारतमै गरे भने गणतन्त्र स्थापनापछिका प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो भ्रमण चीन गरे पनि 'भारतमा पहिलो राजनीतिक भ्रमण गरेको' प्रतिक्रिया दिए । प्रायजसो राजनीतिक उद्देश्यका लागि भएका भारत भ्रमणबाट राजनीतिक दलसम्बद्ध परराष्ट्र मामिलाका जानकारहरू सन्तुष्ट छैनन् । 'नेपाललाई अझै पनि क्लाइन्ट स्टेटका रूपमा बुझिएको छ,' माओवादी विदेश विभाग सदस्य राम कार्की भन्छन्, 'नेपाली जनताको शक्तिमाथि कम भरोसा हुनाका कारण यो स्थिति देखिएको हो ।' एमाले परराष्ट्र विभागका पूर्वसदस्य राजन भट्टराई भन्छन्, 'राजनीतिक उद्देश्यका लाग दिल्ली जाने प्रक्रिया ठीक होइन ।' भट्टराईका अनुसार नेपाल र भारतबीच कायम रहेको परम्परागत, भौगोलिक, सांस्कृतिक सामीप्यतालाई भारतीय र नेपाली नेताहरूले दुरुपयोग गरेका छन् । सत्तामा जानुपूर्व विस्तारवाद भन्ने, सत्तामा पुगेपछि भारतलाई नै सबैथोक ठान्ने अतिवादी धारणासमेत भारतको सन्दर्भमा रहेको भट्टराईको तर्क छ । 'राजनीतिक दलहरू यो सन्दर्भमा भारतलाई क्रस गर्न अहिले सक्षम छैनन्, अब उनीहरूले सक्षमता देखाउनुपर्छ,' भट्टराई भन्छन् । इतिहासविद् डा. सुरेन्द्र केसी भने स्रोत-साधन भारतलाई सुम्पिएर सत्ता स्वार्थ लिन नेताहरू दिल्ली जाने गरेको बताउँछन् । 'अब आत्मनिर्भर बन्न सक्नुपर्छ,' उनले भने । तर, कांग्रेस विदेश विभाग सचिव रमेश धमला भने भारतलाई शंकाको दृष्टिले हेर्न नहुने बताउँछन् । 'भारतलाई स्वतन्त्र बताउन हाम्रा नेताहरूले पुर्‍याएको योगदानका सन्दर्भमा भारतीय नेताहरूसँग सामीप्यता जोडिएको छ,' धमला भन्छन्, 'तर, हामीले आन्तरिक रूपमा केही निर्णय लिनुपूर्व भारतको भूमिका छैन ।'
Posting by

दिल्लीको चाकरी, काठमाडौंको लाचारी

खगेन्द्र संग्रौला

एक महिनाअघि गद्दीच्यूत ज्ञानेन्द्र शाह ओठमा कृत्रिम मुस्कान झुन्ड्याएर खुत्रुक्क दिल्ली झरे । मिडियामा भनियो— ती कोही आफन्तको बिहा खान उँधो लागेका हुन् । अबलाई ज्ञानेन्द्र शाह मजस्तै सादा नागरिक हुन् । ती मित्र-मुलुक भारतमा बिहा खान जानु उल्लेख्य खबर नै होइन । तर, डा. बाबुराम भट्टराईले ज्ञानुबाबुको भारतगमनलाई बित्थामा ठूलो खबर बनाइदिए । मनको लड्डु घ्युसित खाँदै आफ्नो दूधमुखे नातिलाई बेबी किङ भर्ती गरिपाऊँ भनी रोई-कराई गर्न भारत गएका रे ज्ञानुबाबु ! पाठकवृन्द, एकबारको जुनीमा हामीले यो के अनर्थ सुन्नुपरेको हो ? गोर्खे राजतन्त्र इतिहासको सुनसान मसानघाटको निर्जीव नलीखुट्टोमा परिणत भइसकेको छ । कालरात्रिमा
बस्ती-बस्तीमा त्यो नलीखुट्टो फुक्दै फेरी लगाएर अब कुनै पनि इन्द्रेका बाउ चन्द्रेले गणतन्त्र नेपालमा मृत राजतन्त्रको प्राणप्रतिष्ठा गर्न सक्दैन । उग्र हिन्दूपथगामी लालकृष्ण-सालकृष्णहरूका के कुरा !बाबुरामको आशङ्कामा भयको भूत सवार भएको सहजै लख काट्न सकिन्छ । यिनको बैचैन वाणीमा आफूलाई अझै भयको भूतको औतारमा देख्न पाउँदा ज्ञानुबाबुले दङ्ग पर्दै सोचे हुनन्— ए, आफूलाई जङ्गी क्रान्तिकारी ठान्ने माओवादीहरूसमेत अझै मसँग डराइरहेका रहेछन् । यिनको डर मेरो बल हो । यस डरको छहारीमुनि ओत लागेर तै-तै अर्को एक झमट जमर्को म किन नगरूँ ? बस्, गद्दीच्यूत ज्ञानुबाबुले भारतका नेताश्रीहरूका चरणकमलमा लत्रेर बेबी किङका लागि पुकारा गरे होलान् । विदेशीहरूसँग स्वदेशका लागि बेबी किङको भीख माग्नु दासको काम हो । बेबी किङ मागेकै हुन् भने म भन्न विवश छु— उँधोका मालिकहरूको दयामा आश्रति ज्ञानुबाबु तिनैका आज्ञाकारी सेवक हुन् । तिनले बेबी किङलाई राख्ने सिंहासन उतै मागे राम्रो हुन्छ ।

हालै मञ्चन भएको दासताको कुरूप नाटकका अरू दुई दृश्य छन् । यी दृश्यमा जिबी शाहपछि केपी शर्मा ओली र जिपी कोइरालाले विद्रूप अभिनय गरे । स्वास्थ्य परीक्षण यी दुबैको निहुँ बन्यो । अध्यक्षमा हारेर रन्थनिएका केपी ओली सदस्य पदको शपथै नखाईकन हाम्फाल्दै दिल्ली पुगे । तिनका लागि पार्टी पदको निष्ठायुक्त शपथभन्दा दिल्लीको राजनीतिक भिक्षाटन कता हो कता पि्रय भयो । त्यसपछि दिल्ली झरे जिपीबाबु । दिल्लीका अनेक दरबारका एकान्त खोपीहरूमा आफ्ना देवतातुल्य नेताश्रीहरूलाई भेटेर केपी कणले के भने दसगजावारि त्यो सुनिएन । तर, जिपीबाबुले भनेको भने प्रस्टै सुनियो । तिनले नुर गिरेको मुद्रामा, शुष्क स्वरमा दिल्लीका नेताहरूसँग माओवादीलाई तह लगाइदिन गुहार मागे । तिनले भने— माओवादी अधिनायकवादी हुन थाल्यो, जनी गरेर शूरवीर ख्वामित्हरूले यसलाई ठोकेर ठीक पारिदिनुपर्‍यो । तात्पर्य थियो— ख्वामित्हरूको अपार शक्तिको प्रभावले माओवादी सडकमा गिरेको र म आफू सत्तामा उक्लेको देख्न पाऊँ । जो हुकुम, जो निगाह ख्वामित्गण !तर, दिल्लीका दादाश्रीहरूको हुकुम र निगाह यसपाला जिपीबाबुले चिताएजस्तो भएन । ज्ञानेन्द्रले जजसको दर्शन गरे, जिपीले पनि तिनैतिनैको मात्र दर्शन गर्न पाए । केवल हिन्दू कट्टरपन्थी र दक्षिणपन्थीहरूको लज्जाजनक दर्शन ! यसलाई मन र मत मिल्नेहरूको दर्शनभेट भनिदिए आखिर के नै पो अर्घेल्याइँ होला र ? जिपीबाबुलाई मनमोहन सिंह र सोनिया गान्धीका पाउ परेर दुःख पोख्ने ठूलो धोको थियो । तर, बबुरा यी दीन-हीन भक्तलाई तिनको दर्शन प्राप्त भएन । बरु सत्ताच्यूत राजा ज्ञानेन्द्रले सोनियाको दर्शन पाए, जननेता भनिने जिपीजी भने हेरेका हेर्‍यै भए । मान के हो, अपमान के हो ? आत्मसम्मान के हो, आत्महीनता के हो ? दिल्लीमा जिपीबाबुलाई केहीको पनि हेक्का रहेन । ती निहुरिएर, लत्रिएर, चारपाउ टेकेर साउथ ब्लकमा प्रणव मुखर्जीको दर्शन गर्न हाजिर भए । प्रणव मुखर्जी फगत भारतका विदेशमन्त्री हुन् । जिपीजी हुन् उमेर र अनुभवले नेपाली राजनीतिका सबैभन्दा पाका पुरुष । तर, जब याचक मुद्रामा प्रणव मुखर्जीलाई भेट्न साउथ ब्लक गए, यी साउथ ब्लकको लाचार छायातुल्य देखिए । यो स्वयंको कत्रो उपहास ! यो नेपाल र नेपालीको मर्यादाको कत्रो हुर्मत ! कांग्रेसी वृत्तको यो कत्रो उपहास !दिल्लीवासी ख्वामित्हरूका अनुकम्पाले आफू शेर भएर स्वदेश फर्कुंला भन्ने जिपीबाबुको उत्कट मनोकाङ्क्षा हुँदो हो । तर, उनी आफ्नो मेरुदण्ड उतै बुझाएर गँड्यौलाको स्वरूपमा फर्के । दिल्लीका ख्यामित्हरूले सङ्केतको भाषामा भने हुनन्— भैया, हाललाई माओवादी सरकारको विकल्पको कल्पनै नगर । नचिताएको आपत् आइलाग्छ । बरु आफैं सरकारमा भित्रिएर माओवादीलाई सुमर । त्यसलाई घेर, त्यसलाई ताछ, त्यसलाई निचोर । र, त्यसलाई फेरेर आफूजस्तै रूपहीन र रङ्गहीन बनाऊ । बस् । आखिर मालिकको आज्ञा न हो, यसमा अनन्य आज्ञाकारी सेवक के भनोस् ! तरबारको बलमा खुनी हैकम चलाउने ज्ञानेन्द्र शाहको भर जनबल होइन । तिनको भर फगत मुढेबल हो, केवल अहंकारबल हो, मात्र भ्रमबल हो । त्यसैले तिनले बेबी किङको वरदान माग्न दिल्ली गएर हात पसार्नु कुनै अचम्म होइन । तर, जनअभिमत, लोकतन्त्र र राष्ट्रियताका कुरा गरेर कहिल्यै नथाक्ने जिपीबाबु र केपीजीको निर्वस्त्र दिल्लीयात्रा यो के हो ? यिनका नजरमा स्वदेशी नागरिक भुसुना र दिल्लीका प्रभुहरू शेर देखिनुको अर्थ के हो ? यी कुन माटोका को हुन् ? यिनको वास्तविक निष्ठा कतातिर हो ? दसगजावारि कि दसगजापारि ?नागरिक विवेक र चेतनामाथि तानाशाहीको तरबार उठेका वेला साथ-समर्थन र आड-भरोसा खोज्न दसगजापारि धाउनु त चलिआएकै चलन हो । सात सालको सेरोफेरोमा त्यो भयो । छयालीस सालको सेरोफेरोमा त्यो भयो । बैसठ्ठी-त्रिसठ्ठी सालको सेरोफेरोमा त्यो भयो । तर, अहिले स्वदेशमा लोकतान्त्रिक गणतन्त्रको ढोका उघि्रएको छ । नागरिकका घर-दैलामा जाने बाटाहरू खुला छन् । विचार पोख्ने माध्यमहरू छ्यास्छ्यास्ती छन् । तैपनि, माओवादी अधिनायकवादी भयो भनेर पोल लगाउन जिपी र केपीहरू दिल्ली दौडाहामै मस्त छन् । जोतिन बानी बसेको बूढो गोरुलाई मालिकको जुवा कति साह्रो प्यारो !
नेपाली राजनीतिमा दसगजापारिको चाकरी एक सङ्क्रामक रोग हो । यसको दीर्घ परम्परा छ । जब सुगौली सन्धि भयो, हामी नेपालीका पुस्तौँ-पुस्तालाई पिरोल्ने यस रोगको बीजारोपण त्यहीँबाट भयो । कम्पनी सरकारका उपनिवेशवादी गोराहरू हुनुसम्म धूर्त थिए । तिनले आफ्ना पाउमा तीनथोक भेटी टक्रयाउन नेपालका जहानियाँ शासकहरूलाई लोभ्याएर झुकाए । एक— युद्धका लागि सस्तो तोपको चारो बन्ने नेपाली तन्नेरीहरू । दुई— रेलको लिकमुनि बिछ्याउन तराईका दरादरा सखुवा वृक्षहरू । तीन— नेपलको दुर्लभ जातको कडा फलाम । तराईको पट्टेर जङ्गलका हात्ती, गैँडा, बाघ, मृग, सर्प र जडीबुटी आदिमाथि बेरोकटोक राइँदाइँ त तिनका कान्छी औँलाको खेल भई नै हाल्यो । सट्टामा तिनले नेपालका आफ्ना दासतुल्य शासकलाई नेपालीमाथि मनपरी रजाइँ चलाउन हार्दिक मन्जुरी दिए । गोर्खे गुलामहरूलाई यो अखण्ड गुलामीबापत रैरकमको सालिन्दा सलामी र बक्सिस त हात लाग्ने नै भइहाल्यो ।सात सालमा राजा त्रिभुवन भागेर दिल्ली पुगे । तिनले जवाहरलाल नेहरूका नजरसामु लत्रिएर नेपालको सार्वभौमसत्तालाई भारतको बन्धक बनाउने खालका गोप्य सन्धि-सम्झौता गरे । र, सट्टामा तिनले आफ्नो सिंहासनको दमनकारी शक्ति बढाउन मालिकको आशीर्वाद पाए । छट्टू राजा महेन्द्रले आफ्ना कीर्तिमानी विलासवीर र दिल्लीभक्त पिता त्रिभुवनलाई 'राष्ट्रपिता'को काइते पगरी गुथाए र उनै त्रिभुवनले लालमोहर ठोकेर बध गराइएका चार सहिदका शिरमाथि उनलाई बसाएर नेपालीको मान-मर्यादाको हुर्मत लिए । भारतीय सत्ताबाट बि्रटिसहरू लखेटिँदा भारतका रैथाने शासकहरूले तिनको मिचाहा मति सभक्ति वरण गरे । भारतीय दाज्यैज्यूहरू यो मिचाहा मति आफ्ना अलि निम्छरा छिमेकी मुलुकमाथि अझै थोपरिरहेकै छन् । यता सात सालमा राणाशासन ढल्यो । तर, दिल्लीभक्तिको दीर्घ रोगी संस्कार भने ज्युँ का त्युँ रह्यो । काठमाडौंको सरकार बनाइदिने दिल्ली, काठमाडौंको सरकार गिराइदिने दिल्ली । दिल्ली रिझियो, शासक बन्न पाइयो । दिल्ली चिढियो, शासनको आसन हल्लियो । सरकारमा उक्लिन दिल्लीको चाकरी, सरकार गिराउन दिल्लीकै चाकरी । सत्र सालमा दिल्लीको आशीर्वाद पाएर महेन्द्रले फौजी बलको सहाराले संसदीय प्रजातन्त्र सुलुक्कै निले । शाही दरबारका हुक्के, ढोके र बैठके चरित्रका इतिहासकार र कलाकारहरूले मिथ्या वर्णन र भक्तिभजन रचेर महेन्द्रलाई 'महान् राष्ट्रवादी'को भ्रान्तिकारी पगरी गुथाए । यी तिनै 'महान् राष्ट्रवादी' हुन् जसले आफ्नो आततायी शासनको आयु लम्ब्याउन भारतीय स्वामीहरूका चरणमा कालापानीको विशाल भूभाग सुटुक्क चढाइदिए ।छयालीस सालमा जर्जर पञ्चायत ढल्यो र संसदीय शासन फर्कियो । तर, दिल्लीको स्वस्ति, भक्ति र स्तुति गरी शासन हत्याउने र शासन गिराउने परम्परा र संस्कार भने यथावतै रह्यो । हामीमाथि असमान र अन्यायपूर्ण कोसी र गण्डक-सम्झौताका काला कथाहरूको कष्टकर बोझ यसै छँदै थियो । अझ त्यसमाथि टनकपुर सन्धि र महाकाली सन्धिको अभिशाप हामीमाथि थोपरियो । इतिहास भन्छ— महाकाली सन्धि दिल्लीको चाकरीको निष्कृटतम दृष्टान्त हो । न भूतो न भविष्यति भनेजस्तो । चाकरीको होडबाजीमा तँ अगाडि कि म अगाडि ? कांग्रेस, एमाले र राप्रपाका दिल्लीभक्त खेलाडीहरूमाझ तुफानी हानथाप भयो । महाकालीको पानी आपmना देवताका चरणमा अर्पण गर्न आतुर पात्रहरूका मुखारविन्दबाट गजप-गजपका दिव्य वाणीहरू स्फुरण भए । केपी शर्मा ओलीले भने— महाकाली सन्धिका कृपाले नेपाललाई बर्सेनि एक खरब बीस अरब रुपैयाँ नाफा हुने भो । माधवकुमार नेपाल झन् के कम ? केपीजीको कथनलाई माथ गर्ने मनसुवाले माधवबाबुले उद्घोष गरे— महाकालीबाट निस्कने अपार बिजुली स्याटलाइटबाट चीनलाई बेचिनेछ । यी दुई वीरका बतासे वचनलाई उछिन्दै पशुपतिशमशेर राणा कुर्लिए— अब पश्चिमबाट नेपालमा झल्झलाकार घाम झुल्किनेछ । आफ्ना यी चेला-चपेटाहरूले महाकाली सन्धिको महिमागान गरिरहँदा यिनका पथप्रदर्शक शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा बसेर मखलेल मुद्रामा दिल्ली दरबार हेर्दै ओठ चाटिरहेका थिए । यी छलकारी वचनहरू, नेपाली जनतालाई छक्याएर दिल्लीका मालिकहरूलाई प्रसन्न तुल्याउने यी कपट-क्रीडाहरू चाकरीविद्याका अनुपम सिर्जनाहरू हुन् । विडम्बनावश, महाकाली सन्धिका यी यावत् खलपात्रहरूद्वारा गणतन्त्र नेपालको इतिहासको रङ्गमञ्चमा राष्ट्रियताको स्वाँगे झन्डा हल्लाइरहेको देख्न हामी अभिशप्त छौँ ।उसो त दसगजापारिको चाकरीको अर्को आयाम पनि छ । तुच्छ निजी स्वार्थ साध्न गरिने चाकरीको यो रूप झनै कुरूप छ । नेपालस्थित भारतीय राजदूतावासबाट जब डिनरको निम्तो आउँछ, नेता भनाउँदा जीवहरू सात काम छाडेर हस्याङ-फस्याङ गर्दै मालिकको दर्शन गर्न हाजिर भइहाल्छन् । दूतावासको डिनरको निम्ता पाउनुलाई प्रातःस्मरणीय प्रभुबाट दुर्लभ वरदान पाएको ठानिन्छ । र, गरिन्छ यसमा खुबै गौरवबोध । नेता नामक प्राणीहरू छात्रवृत्ति, औषधोपचार र तीर्थाटनका लागि भारतीय दूतावासमा मनुष्यत्वबाटै च्यूत हुने हदसम्मको चाकरी र चाप्लुसी गर्न पछि पर्दैनन् । नेताको औतार धारण गरेर तुच्छ स्वार्थका लागि यसरी झुक्नु भनेको प्रकारान्तरले टुक्रा-टुक्रा गरी मुलुकको सम्प्रभुता ख्वामित्का खल्तीमा हाल्दै जानु हो ।हिजो पुरानो नेपालमा राजनीतिक पात्रहरूको आत्महीन मति यस्तो थियो । आज नयाँ नेपालमा नयाँ के छ ? भन्दा दुःख लाग्छ, नयाँ केही छैन । गणतन्त्र नेपालको पहिलो सरकारको लगाम पूर्वविद्रोही माओवादीका शिखरपुरुष प्रचण्डका हातमा छ । उही माओवादीका हातमा जो गलत परम्परामा क्रमभङ्गका कुरा खुब गर्छ । तर, भारतीय दूतावाससामु लाचारी प्रदर्शन गर्ने परम्परामा क्रमभङ्ग गर्नमा होइन, त्यसलाई निरन्तरता दिनमै मानौँ ऊ दङ्ग छ । भारतीय राजदूतका लागि बालुवाटार दरबार र सिंहदरबारका द्वार चौबीसै घन्टा खुला छन् । प्रचण्ड कणको नेतृत्वको सरकार नयाँ नेपालमा पुरानाहरूका बासी पाइलाहरू चुपचाप पछ्याइरहेछ । भारतीय राजदूत महोदयको बेलगाम चुरिफुरी हेर्दा उनी नेपालका राष्ट्रपति, प्रधानमन्त्री र सेनापतिका समेत अधिपतिजस्ता लाग्छन् । ती नेपाल राज्यका संवेदनशील अङ्ग-अवयवहरूमा जहाँजहाँ मन लाग्छ त्यहाँ फुक्काफाल प्रवेश गर्न पाइरहेका छन् । तिनलाई जे बोल्न मन लाग्छ, निसङ्कोच त्यो बोल्न पाइरहेका छन् । हाम्रा राजनीतिक, आर्थिक, सैनिक, जातिगत यावत् आन्तरिक मामिलामा खुल्लमखुल्ला हात हाल्न तिनलाई बेरोकटोक छुट छ । तिनले स्थापित कूटनीतिक मर्यादाका लछुमन रेखाभित्र बस्नुपर्दैन । आखिर दोष कसको हो ? दोष राजदूत महोदयको होइन, दोष तिनका अगाडि अवाक् भएर छुट दिने हाम्रा नेताहरूको हो । मिच्न बानी बसेको मिचाहाको धर्म नै मिच्नु हो । कोही मिचिन तयार नभई उसलाई कसैले कसरी मिच्न पाउँछ ?सार्क टेबुल छ । भारतीय राजदूतले नेपाल सरकारसँग सम्पर्क गर्ने प्रवेशनाका त्यही हो । हाम्रा परराष्ट्रमन्त्री छन्, भारतीय राजदूतले बराबरीको व्यवहार गर्ने समान उचाइका सरकारी पात्र तिनै हुन् । खाँचो परे परराष्ट्रसचिवलाई सोधेर तिनले परराष्ट्रमन्त्रीलाई भेट्न पाऊँ भनी अनुमति माग्न सक्छन् । औचित्य र आवश्यकता हेरी यदाकदा परराष्ट्रमन्त्रीमार्फत् तिनले राष्ट्रपति वा प्रधानमन्त्रीलाई भेट्न पाऊँ भनी बिन्ती बिसाउन सक्दा हुन् । तर, यिनका लागि न विधि जरुरी छ न प्रक्रिया नै । न मर्यादा जरुरी छ न त शोभा नै । न त यिनलाई मर्यादाक्रमको नै कुनै पर्वाह छ मानौँ नेपाली माटोमा भारतीय राजदूतहरू उत्तरआधुनिक भाइसरायहरू हुन् । यिनलाई यसरी छाडा हुन दिने कहिलेसम्म हो ? नेपाल नयाँ हुनलाई स्वतन्त्र र स्वाधीन पनि त हुनुपर्ला । आत्मनिर्णयकारी, दृढ र स्वाभिमानी पनि त हुनुपर्ला । कुप्रथामा क्रमभङ्गका अथक पैरवीकार प्रधानमन्त्री प्रचण्डजीको अलमस्त मानसमा यो दासवत् परम्परामा क्रमभङ्ग गर्ने शुभमुहूर्त कहिले फुर्ला ?र, यो राष्ट्रिय लाचारीको अवसान कहिले होला ?

उपप्रधानमन्त्री वामदेव गौतम पनि उपचारको बहानामा

फेरि चियाको कपमा तुफान आएको छ । फागुन २० तिर केपी शर्मा ओली अनि फागुन २७ गते गिरिजाप्रसाद कोइराला एवं फागुन १४ देखि चैत १२ सम्म पूर्वराजा ज्ञानेन्द्रसमेतले भारतको यात्रा गरेपछि यो कपको आँधी देखापरेको हो । यसै अवधिमा एमाले नेता तथा गृह एवं उपप्रधानमन्त्री वामदेव गौतम पनि उपचारको बहानामा 'दिल्लीधाम' निस्किएका थिए । यति के भएको थियो नेपालको राजनीतिक वृत्तदेखि प्रेस जगतसम्मले आफ्नो सम्पूर्ण ध्यान दिल्लीतर्फ दौडाउन थाल्यो । मानिस त यहाँसम्म भन्न थाले- अब पूर्वराजा ज्ञानेन्द्र आफ्ना हजुरबुबा त्रिभुवनकै जस्तो पुनस्र्थापित भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिन बेर छैन । कागले कान लग्यो भन्ने हल्लाको पछाडि दगुर्दा मानिसहरू यहाँसम्म पुगे कि फागुन २७ गते नेपाल भित्रिइसकेका केपी शर्मा ओली अझै दिल्ली नै रहेको समाचार आइरहेको थियो । भ्रमणले त्यसबखत आफ्नो उत्कर्ष हासिल गर्‍यो जब नयाँ दिल्लीमा पूर्वराजा ज्ञानेन्द्रले भारतकी 'शक्तिमाता' सोनिया गान्धीको दर्शन पाउँदा पूर्वप्रधानमन्त्री कोइरालाले भने त्यो 'अवसर' नपाई रित्तो हात घर र्फकनुपर्‍यो । यस्तोमा आफूलाई अब्बल दर्जाको क्रान्तिकारी भन्ने र भारतविरुद्ध सुरुङ मुद्दाको हुँकार छोड्ने बहालवाला प्रधानमन्त्री प्रचण्डको रातदिनको लैनचौरधामले त चर्चासम्म पाएन । त्यो अस्वाभाविक पनि थिएन किनभने भारतीय परराष्ट्रमन्त्री प्रणव मुखर्जीले ०६५ माघ १५ गतेको अलजजिरा टेलिभिजनलाई दिइएको अन्तर्वार्तामार्फत हाल नेपालमा जारी शान्तिप्रक्रिया र माओवादीको युद्धविरामबारे पनि प्रशस्त प्रकाश पारी नै सकेका थिए । के त्यसो भए नेपाली राजनीतिको रिमोट कन्ट्रोल पूर्णतः भारतीय नेताहरूकै हातमा छ त ? होइन भने हाम्रा नेताहरू किन बारम्बार उपचारको बहानामा दिल्ली दौडाहामा निस्किन्छन् ? त्यसैगरी आफूलाई 'विशिष्ट क्रान्तिकारी र 'देशभक्त' भन्ने प्रधानमन्त्री प्रचण्डलेसम्म आफ्नो चिनियाँ यात्रा 'सांस्कृतिक' मात्र भएको 'राजनीतिक' यात्रा त भारत नै हुने किन भन्नुपरेको ? यसरी फेरि एकपटक नेपाल-भारत सम्बन्धको आलोकमा हाम्रा दुई देशबीचको सुसम्बन्ध र मुलुकको स्वतन्त्रताका बारेमा पुनरावलोकन गर्नुपर्ने स्थिति उत्पन्न भएको छ ।
लेखकइतिहासकतिपय लेखकहरूले नेपाल सदैव भारतवेष्ठित रहेको मात्र होइन, के आर्थिक के सामाजिक-सांस्कृतिक हरेक दृष्टिकोणले नेपाल भारतसँग भिन्न नरहेको दृष्टिकोण एवं अभिव्यक्ति दिने गरेको पाइन्छ । तिनका विचारमा हिमालयको कारणले पनि नेपालको उत्तरी सीमापारिको सम्बन्ध ज्यादै संकुचित रहेको हो । तर, यस विचारमा आंशिक सत्यता मात्र रहेको छ किनभने प्राचीन समयदेखि नै हाम्रा दुईबीचको सुसम्बन्ध एवं आदानप्रदान ज्यादै घनिभूत रहेका विविध दृष्टान्तहरू विद्यमान् छन् । त्यतिमात्र होइन प्राचीन कालमा यस्ता पनि घटनाहरू घटे जब नेपाल, तिब्बत र चीनका बीच भारतविरुद्ध त्रिगुट नै कायम हुन पुग्यो । यो लिच्छवि राजा नरेन्द्र देवको पाला अर्थात् ई. ६४८ मा देखापरेको गठबन्धन थियो । जुन वेला चीन, तिब्बत र नेपालको संयुक्त गठबन्धनको सेनाले मगधमाथि आक्रमण गरी त्यहाँका शासक अरुपास्वलाई पक्राउ गरी चीन पुर्‍याइएको थियो । उता, त्यसअघि अर्थात् ई. ६२१ मा लिच्छवि राजा तथा नरेन्द्रदेवका पितालाई काठमाडौंमा गद्दीच्यूत गरिएपछि भारतको सट्टा तिब्बततर्फ नै राजनीतिक शरण लिन पुगेका थिए भने लिच्छवि राजा अंशुवर्मा (सन् ५९४-६२०) कैपालीबाट नेपाल-तिब्बत मैतृ सम्बन्ध र सन्धि एवं वैवाहिक सम्बन्धको पनि थालनी भइसकेको थियो । तर, ई. ६४७ मै नेपाल-चीनका बीच प्रत्यक्ष सम्बन्धक र सौगातको आदान-प्रदान हुन थाल्यो । दुर्भाग्यवश, सातौं शताब्दीपछि एक हजार वर्षसम्म यो सम्बन्धमाथि प्रकाश पार्ने सामग्रीहरू इतिहासलाई प्राप्त छैनन् ।

तथापि यसको तात्पर्य के हुन जाँदैन भने यस अवधिमा नेपाल-भारत सम्बन्ध मैतृपूर्ण एवं स्थिर थियो । त्यसको विपरीत ई.पू. छैटौं शताब्दीतिर नै मगधका शासक अजात शत्रुले नेपाली मध्य तराईको विदेहलगायतका गणतन्त्रात्मक राज्यको उन्मूलन गरिदिए भने यसैताका कोशल नरेश विरुद्धकले मध्य तराईको अर्को राज्य कपिलवस्तु र सन् १२२४ तिर दिल्लीका बादशाह गयाशुद्धिन तुगलकले सोही तराईको सिम्रौनगढलाई पनि आक्रमण गरी ध्वस्त पारिदिए । अठारौं शताब्दीको मध्यमा पहाड र तराईका यिनै राज्यहरूलाई एकीकृत गरी वर्तमान नेपालको जग बसालिएको छ । जसको विदेश-नीति जाइकटक नगर्नु झिकी कटक गर्नु अर्थात् अनाक्रमणमा आधारित भए तापनि आक्रमण गर्न आउनेलाई नछोड्नु भन्ने नीतिमा आधारित थियो ।आफ्नो नीति अनाक्रमणमा आधारित रहनुका अतिरिक्त तत्कालीन बि्रटिस-भारत सरकारले प्रारम्भमा नेपालसँग घुलनमिलनका लागि शान्तिपूर्ण प्रयासको सिलसिला चलायो । लगातारको प्रयासका बाबजुद नेपाल बि्रटिस-भारत सरकारबाट पृथक् रहने नीतिमा अडिग रहेपछि अन्ततः ई. १८१४ मा उसले नेपालमाथि भीषण आक्रमण घोषणा गर्न पुग्यो । स्वभावतः विशाल शक्तिका साथ आक्रमण गर्न आएको बि्रटिस सेनालाई नेपालले थेग्न सकेन र ऊ अपमान एवं असमानजनक सुगौली सन्धिमा हस्ताक्षर गर्न विवश बन्यो । यसरी नेपाल एउटा स्वतन्त्र, सार्वभौमसत्ता एवं अविभाज्य मुलुकबाट बि्रटिस-भारतको अर्ध-औपनिवेशिक एवं अर्ध-सामन्ती मुलुकमा खस्किन पुग्यो । त्यसयता आधार रूपमा हालसम्म पनि हाम्रो देश यही अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक मुलुकका रूपमा कायम छ । यसमाथि आम रूपमा अन्तर्राष्ट्रिय पुँजीको आधारमा युरोपदेखि अमेरिकासम्मका पश्चिमा राष्ट्र विशेषतया विभिन्न असमान सन्धि र औपचारिक अनौपचारिक, खुला एवं गोप्य र विभिन्न प्रेस विज्ञप्तिको मातहत नेपाल भारतकै प्रभुत्वमा रहँदै गरेको अवस्था छ । त्यसैले अहिले पनि नेपाल राष्ट्रको महत्त्वपूर्ण बाह्य चुनौती भनेको सामान्यतया उल्लिखित पाश्चात्य नाराफहरूको भूमण्डलीकृत उदारवादी एवं निजकृत नीति र हस्तक्षेप, विशेषतया भारतको आर्थिक, सांस्कृतिक, कूटनीतिक र राजनीतिक हस्तक्षेप नै हुन पुगेको छ । फलतः नेपालको मन्दिरमा पुजारी फेर्नेदेखि सरकार गिराउने खेलसम्ममा यही भारतको प्रभूत्वपूर्ण हैसियत रहने गरेको छ । आफ्नो सारतत्त्वमा हाम्रा नेताहरूको दिल्लीधामको गुदी कुरा भए तापनि यसको एउटा लामो शृंखला पनि रहेको छ ।बाह्य हस्तक्षेपविरुद्ध संघर्षसन् १७९९ मा तत्कालीन गद्दीपरित्यक्ता राजा रणबहादुर शाह नेपाल दरबारको आन्तरिक राजनीतिको कोपबाट बच्न बनारस जान विवश बने । तर, उनका चतुर सहायक भीमसेन थापाले ठूलो दाउपेचद्वारा चार वर्षपछि नै उनलाई नेपाल फर्काउनमा सफलता पाए । हुन त यी पूर्वराजा रणबहादुरले आफूलाई गद्दीमा पुर्नस्थापित गरिदिए नेपाल नै ब्रिटिस-भारतलाई सुम्पने प्रस्ताव पनि नगरेका होइनन्, तर राजाको अस्थिर स्वभावका कारण कम्पनी सरकारलाई उनको प्रस्ताव स्वीकार्य भएन । उता ई. १८०६ मा रणबहादुरको हत्यापछि सर्वेसर्वा हुन पुगेका भीमसेन थापाले चाहिँ अंग्रेजप्रति कडा नीति लिएको र भारतीय उपमहाद्वीपबाट बि्रटिस साम्राज्यलाई लखेट्ने ध्येयले एसियाली संघ नै निर्माण गर्ने अभियान चालेको फलस्वरूप सन् १८३७ मा उनले पनि सेरिएर मर्नुपर्‍यो । निश्चय नै यसका पछाडि काठमाडौंस्थित बि्रटिस कूटनीतिक नियोगकै हात थियो जसले नेपाली भारदारहरूबीच गाँड कोराकोर र काटाकाटको नीति लिएको थियो । नियोगको यस नीतिको पराकाष्ठाका रूपमा हनुमानढोका परिसरमा ई. १८४६ सेप्टेम्बर १४ को भयंकर कोतपर्व घटित भएको थियो जहाँ जंगबहादुर कुँवर नामको एउटा अत्यन्त खतरनाक रक्तपिपासु एवं महत्त्वाकांक्षी भारदारले सबै देशक्त एवं तुलनात्मक इमान्दार भारदारहरूको निशंसतापूर्वक हत्या गरी नेपालको राज्य शक्ति नै आफ्नो हातमा लियो । त्यसको परिवारले एक सय चार वर्षसम्म नै नेपालमा जहानिया निरंकुश एवं आततायी शासन सञ्चालन गर्‍यो ।जंगबहादुरलाई कार्ल माक्र्सले 'बि्रटिस कुकुर' भन्ने संज्ञा दिएबाट यो अंग्रेजको कुन दर्जाको भक्त रहेछ भन्ने स्वतः सिद्ध छ । तदनुरूप ऊ र उसको सन्तानले नेपालको सम्पूर्ण साधन-स्रोत ब्रिटिसलाई सुम्पेको फलस्वरूप राणा खलकले बि्रटिस भारतबाट नयाँ मुलुकमात्र हासिल गरेन ई. १९२३ को मैत्री-सन्धि र १९३४ बाट बेलायतमा कूटनीतिक आदानप्रदानको स्वीकृति प्राप्त गरेर नेपालको स्वतन्त्रतालाई संकुचित गर्ने सुगौली सन्धिबाट मुक्तिको दिशामा पनि उल्लेख्य लाभ हासिल गर्‍यो । तर, अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले स्वाधीन भारतसँग शान्ति तथा मैत्री-सन्धि (सन् १९५०) मा हस्ताक्षर गरेर आफ्ना पूर्वजले एक शताब्दीमा हासिल गरेको प्राप्तिलाई स्वाहा पारे किनभने यो सन्धि सुगौलीभन्दा पनि पश्चगामी थियो जसलाई नेपालीले अझै बोकी नै रहेको छ ।फलस्वरूप सात सालको क्रान्तिले पनि नेपालको स्वतन्त्र भई बाँच्ने आकांक्षामा कुनै योगदान पुर्‍याएन । त्यसको विपरीत यसले भारतीय हस्तक्षेपलाई झन् मलजल गर्‍यो किनभने यस क्रान्तिको तानाबाना नै भारतमा बुनिएको थियो र यसको रिमोर्ट नेहरु सरकारकै हातमा थियो । जसले राणा-कांग्रेस र राजाका बीच त्रिपक्षीय दिल्ली सम्झौता गराई उक्त क्रान्तिको पटाक्षेप मात्र गरेनन् सँगसँगै आफ्ना एकजना अधिकृत गोविन्दनारायण सिंहलाई पुनस्र्थापित राजा त्रिभुवनका निजी सहायक बनाई काठमाडौं पठाएर नेपाली राजनीति पनि आफ्नै मुठ्ठीमा पारे ।अन्य कुराको अतिरिक्त गोविन्दनारायणलाई नेपाली राजनेताले राजालाई भेट्नुपर्‍यो भने उनीमार्फत मात्र र नेताले राजालाई भेट्नुपर्‍यो भने पनि उनैको समुपस्थितिमा मात्र हुनुपर्ने निर्देशन दिइएको थियो । भीमसेन थापाको अवसानको तीन वर्षपछि सन् १८४० मा बनेको फत्येजंग शाहको सरकारलाई नेपालमा विदेशी इशारामा बनेको पछिल्लो सरकार भएकाले 'बि्रटिस मिनिस्ट्री' नै भनिन्थ्यो । तर, भारतको स्वाधीनतापश्चात चाहिँ सात सालमा बनेको मोहनशमशेरको सरकार, खासगरी त्यस सरकारको अवसानपछि २००८ मंसिर १ गते मातृकाप्रसादको प्रधानमन्त्रीत्वमा बनेको नेपाली कांग्रेसको एकमना सरकारले नै सबैभन्दा बढी भारतभक्ति प्रदर्शन गरेको पाइन्छ । सो सरकारले पूर्ववर्ती मोहनशमशेरको सरकारले विद्रोही नेता केआई सिंहलाई पक्राउन भारतीय सेना नेपाल प्रवेश गराएझैं भीमदत्त पन्त विद्रोहको दमन गर्नेदेखि नेपालमा भारतीय सैनिक मिसन र उत्तरी सीमामा तिनको चेकपोस्ट राख्नेसम्मका निर्णय गर्‍यो । तर, २००८ माघ १० गतेको केआई सिंह विद्रोह दमनार्थ भारतीय सैनिक काठमाडौं हुल्ने मातृकाको मुराद भने अधुरै रह्यो । त्यसैले यिनकै प्रजापार्टीको सरकारमा परराष्ट्रमन्त्री रहेका डिल्लीरमण रेग्मीले भारत भ्रमणको अवसर पारेर दुवै देशबीचको विदेश नीतिमा तालमेल गरिने पत्रमा ल्याप्चे ठोक्न पुगे । सन् १९५१ देखि १९६० सम्मको नेपाली राजनीति सन् १८३७ देखि १८४६ मात्र होइन सन् १९९० देखि सन् २००५ कै प्रवृत्तिको थियो । यी अवधिमा नेपालको आन्तरिक राजनीतिमा भारतको हस्तक्षेप अत्यधिक देखियो । नेपालका प्राकृतिक सम्पदाहरू यिनै अवधिमा भारतको पोल्टामा परे । मातृकाको राष्ट्रिय प्रजापार्टीले भारतलाई कोसी नदी सुम्पिए भने बिपीले गण्डकी नदी सुम्पिए । त्यसैगरी, जिपीले टनकपुर सुम्पिए भने देउवाले एमालेसँगको मिलेमतोमा एकीकृत महाकाली सुम्पिए । दुर्भाग्यवश, त्यसपछि पनि नेपालका नदीनाला भारतलाई सुम्पने प्रक्रियामा कुनै कमी आएको छैन । जसअनुसार ई. २००६ पछि सबै राजनीतिक पार्टीहरू मिली बनेको अन्तरिम सरकारले पश्चिम सेती अस्ट्रेलियाई कम्पनीलाई सुम्पेको छ भने माथिल्लो कणर्ाली र अरुण-३ को पनि सोही नियति बनेको छ । पूर्ववर्ती सरकारहरूको भारतभक्तिको पदचिह्नको अनुशरण गर्दै हालका क्रान्तकारी प्रधानमन्त्रीले पनि ई. २००८ सेप्टेम्बर १४ देखि १८ सम्मको आफ्नो पहिलो भारत भ्रमणका अवसरमा नौमुरे र उच्च कोसीलगायतका महत्त्वपूर्ण जलीय सहमति गरेको बताइएको छ । सुस्तालगायतका विभिन्न स्थानमा भारतले मच्चाएको सीमा आतंक र हस्तक्षेप जहाँका तहाँ छ भने त्यत्तिले नपुगेर भारत नदी जडान परियोजनाद्वारा सिंगो नेपाललाई पानीकुण्डमा डुबाउन उद्धृत रहिरहेको अवस्था पनि विद्यमान छ । तर, यिनका प्रति नेपाली नेता न त चनाखो न त कुनै पूर्वतयारीमै छन् । त्यसको विपरीत दिल्लीधाम र उसको आशीर्वादबाट नेपालको सत्तामा पुग्ने र टिक्ने नाममा देशको राजनीति प्रायः भारतको मुठ्ठीमा कस्सिइसकेको छ र यो देश अब भुटान, होइन भने सिक्किम हुने पक्कापक्की हुँदै गएको छ ।यसरी निरंकुश व्यवस्थाहरूले झन्डै डेढ सय वर्षमा हासिल गरेको सामन्ती राष्ट्रवादले अब प्रायः चोला फेरिसकेको छ । राणाअघिको सामन्ती नेतृत्वले बि्रटिससँग आत्मसमर्पण गर्दै सुगौली सन्धिमा हस्ताक्षर गरे पनि नेपाली स्वतन्त्रताको धुकधुकी मरिसकेको थिएन । जसलाई एक सय चारवर्षे राणा शासनले पनि प्राणान्त हुन दिएन । त्यसैले शासनमा आफ्नो उदयको लगत्तै तत्कालीन राजा महेन्द्रले योजनाबद्ध ढंगले नेपालमा विदेशी हस्तक्षेप र चलखेल कम गर्ने एकपछि अर्को रणनीति अवलम्बन गरे । अन्यथा मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालसम्म नेपालको सुरक्षा बैठक भारतीय राजदूतावासमै हुने गथ्र्यो र राजदूत नेपाली प्रशासकहरूको बैठक उद्घाटन गर्दै हिँड्थे । महेन्द्र नै हुन् जसले पहिलोपटक भारतीय राजदूतको इशारामा हुने सुरक्षा समितिको बैठकलाई सदाका लागि अन्त्य गरिदिए । यसबाहेक उनैको पालामा नेपालले चीन र रुससँग पनि दौत्य सम्बन्ध बनाउँदै नेपालको विदेश नीतिलाई समदूरीय सिद्धान्तमा परिचालन गर्न थालियो । आर्थिक दृष्टिले पनि देशलाई व्यापार विविधीकरणको दिशामा लगियो । यस नीतिलाई उनका उत्तराधिकारी तत्कालीन राजा वीरेन्द्रले झन् सुदृढ तुल्याए । फलतः नेपालको अन्तर्राष्ट्रिय हैसियत, क्षेत्रीय भूमिका र भारतबाट मुक्तितर्फको अभियानमा उल्लेख्य प्रगति भयो । स्वभावत भारतलाई नेपालको यो रवैया स्वीकार्य थिएन । अर्कोतिर निरंकुश व्यवस्थाविरुद्ध देशभित्र पार्टीहरूको लगातारको संघर्ष जारी थियो । तत्कालीन राजा वीरेन्द्रको तत्कालीन शोभियत संघको तुलनामा अमेरिकासँगको निकटता बढेर गयो । क्षेत्रीयस्तरमा उनले एकातिर चीनसँगको निकटता निकै माथि पुर्‍याए भने अर्कातिर सार्कभित्र पनि नेपालको भूमिका पूर्णतः भारतविरुद्ध देखियो । वस्तुतः राजा वीरेन्द्रले श्रीलंका, बंगलादेश र पाकिस्तानका भारतविरोधी मनोविज्ञानकै पहलकदमी र नेतृत्व लिए । यो नेपालको भारतबाट उन्मुक्तितर्फको चाहनाको पराकाष्ठा नै थियो, त्यसैले भारतले यसलाई सहन गर्न सक्ने कुरा हुन सक्दैनथ्यो । यस्तैमा ई. १९८८ को हिउँदमा राजाले चीनबाट हतियार भित्र्याएको घटनालाई तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले नेपालको आफूविरुद्धको निणर्ायक प्रहार सम्भिmए र राजाको त्यस्तो हर्कतलाई सहेर नबस्ने कृतसंकल्प गरे ।फलस्वरूप भारतले एकतर्फी रूपमा नेपालसँगको व्यापार तथा पारवहन-सन्धि नवीकरण नगर्ने र उप्रान्त ती दुई सन्धि पृथक होइन एकीकृत रूपमा मात्र गरिने भन्दै १८ मध्ये नेपाल-भारत व्यापारिक आवागमनका २ छोडेर बाँकी नाका रोक्का गरिएको सूचना पठायो । यसले नेपालमा राष्ट्रिय हाहाकारको स्थिति उत्पन्न भयो किनभने यो नेपाल राष्ट्रमाथि ई. १८१४-१६ को नेपाल-अंग्रेज युद्धपछि आइलागेको सबैभन्दा ठूलो राष्ट्रिय विपत्ति थियो । विडम्बना नै भनौं यसै राष्ट्रिय विपत्तिको मौका पारेर तत्कालीन वाममोर्चा र नेपाली कांग्रेसले २०४६/०४७ सालको संयुक्त जनआन्दोलन सम्पन्न गरे । एउटा शालीन एवं उदार राजाको हैसियतले तत्कालीन राजा वीरेन्द्रले पनि भुटान हुनका लागि भारतसामु पसारिनुभन्दा देशभित्रकै राजनीतिक पार्टीसँग सम्झौता गर्नु उपयुक्त ठाने ।उक्त परिवर्तनपछि नीतिगत एवं व्यावहारिक दुवै दृष्टिले देशीय राजनीतिभित्र विदेशी हस्तक्षेप र प्रभुत्वको कसरी हैकम र हैसियतको बढोत्तरी आयो ? त्यसको एकै झोक्काले कसरी नेपालको शान्ति क्षेत्रको प्रस्ताव तुहियो ? अनि कसरी नेपालको व्यापार विविधिकरणको ठाउँमा भारतीय वस्तुहरूको भन्सार दर घटाइयो र नेपालमा इन्डियन उत्पादनका वस्तुहरू छ्याप्छ्याप्ती हुन थाले ? कसरी यस अवधिमा नाम मात्रको व्यापार घाटा बढेर झन्डै दुई खर्ब पुग्दा त्यसको ठूलो