संखुवासभाको अरुणपुल जीर्ण छ । यसले लुक्लाको घटना दोहोरिने खतरा निम्त्याइरहेको छ । आम्राङ, वालुङ र सेदुवाजस्ता अधिकांश अशिक्षित जनताको बसोबास रहेको यस भेगमा अभावै-अभावको पीडा त छँदै छ, पुलको अवस्थाले ज्यान जोखिममा राखेर वारिपारि गर्नुपरिरहेछ । अरुण पुलबाट जोखिममा रहेका बासिन्दाप्रति सरकारले कुनै पहल गरेको छैन । यस भेगका जनताले सरकारबाट कुनै पनि सेवा उपलब्ध नभएको महसुस गरिरहेका छन् । अधिकांश युवाले भारी बोकेर आफ्नो जीवन चलाउनुपर्ने बाध्यता छ । नाजुक अवस्थामा रहेको अरुणपुलबाट भारी बोकेर यात्रा तय गर्नुपर्छ । काठको उक्त पुल अहिले मक्किएपछि आधाजसो भाग बाँसको खोप्लेटा लगाएर काम चलाइएको छ । लुक्लामा घटेको घटनाजस्तै अर्को घटना तुम्लिङटारमा पनि घट्ने सम्भावना छ । यस ठाउँमा एयरपोर्टको सुरक्षित व्यवस्था नगरिएकाले कुनै पनि वेला दुर्घटना हुन सक्छ । सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्यो । तुम्लिङटार र आम्राङ अनि वालुङबीचको अरुणपुलको चाँडो पुनर्निर्माण गरियोस् । जितेन कुलुङ मकालु— ८, तल्लो वालुङ, संखुवासभा jitenkulung@aol.com
Wednesday, April 1, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment