एक महिनाअघि गद्दीच्यूत ज्ञानेन्द्र शाह ओठमा कृत्रिम मुस्कान झुन्ड्याएर खुत्रुक्क दिल्ली झरे । मिडियामा भनियो— ती कोही आफन्तको बिहा खान उँधो लागेका हुन् । अबलाई ज्ञानेन्द्र शाह मजस्तै सादा नागरिक हुन् । ती मित्र-मुलुक भारतमा बिहा खान जानु उल्लेख्य खबर नै होइन । तर, डा. बाबुराम भट्टराईले ज्ञानुबाबुको भारतगमनलाई बित्थामा ठूलो खबर बनाइदिए । मनको लड्डु घ्युसित खाँदै आफ्नो दूधमुखे नातिलाई बेबी किङ भर्ती गरिपाऊँ भनी रोई-कराई गर्न भारत गएका रे ज्ञानुबाबु ! पाठकवृन्द, एकबारको जुनीमा हामीले यो के अनर्थ सुन्नुपरेको हो ? गोर्खे राजतन्त्र इतिहासको सुनसान मसानघाटको निर्जीव नलीखुट्टोमा परिणत भइसकेको छ । कालरात्रिमा
बस्ती-बस्तीमा त्यो नलीखुट्टो फुक्दै फेरी लगाएर अब कुनै पनि इन्द्रेका बाउ चन्द्रेले गणतन्त्र नेपालमा मृत राजतन्त्रको प्राणप्रतिष्ठा गर्न सक्दैन । उग्र हिन्दूपथगामी लालकृष्ण-सालकृष्णहरूका के कुरा !बाबुरामको आशङ्कामा भयको भूत सवार भएको सहजै लख काट्न सकिन्छ । यिनको बैचैन वाणीमा आफूलाई अझै भयको भूतको औतारमा देख्न पाउँदा ज्ञानुबाबुले दङ्ग पर्दै सोचे हुनन्— ए, आफूलाई जङ्गी क्रान्तिकारी ठान्ने माओवादीहरूसमेत अझै मसँग डराइरहेका रहेछन् । यिनको डर मेरो बल हो । यस डरको छहारीमुनि ओत लागेर तै-तै अर्को एक झमट जमर्को म किन नगरूँ ? बस्, गद्दीच्यूत ज्ञानुबाबुले भारतका नेताश्रीहरूका चरणकमलमा लत्रेर बेबी किङका लागि पुकारा गरे होलान् । विदेशीहरूसँग स्वदेशका लागि बेबी किङको भीख माग्नु दासको काम हो । बेबी किङ मागेकै हुन् भने म भन्न विवश छु— उँधोका मालिकहरूको दयामा आश्रति ज्ञानुबाबु तिनैका आज्ञाकारी सेवक हुन् । तिनले बेबी किङलाई राख्ने सिंहासन उतै मागे राम्रो हुन्छ ।
हालै मञ्चन भएको दासताको कुरूप नाटकका अरू दुई दृश्य छन् । यी दृश्यमा जिबी शाहपछि केपी शर्मा ओली र जिपी कोइरालाले विद्रूप अभिनय गरे । स्वास्थ्य परीक्षण यी दुबैको निहुँ बन्यो । अध्यक्षमा हारेर रन्थनिएका केपी ओली सदस्य पदको शपथै नखाईकन हाम्फाल्दै दिल्ली पुगे । तिनका लागि पार्टी पदको निष्ठायुक्त शपथभन्दा दिल्लीको राजनीतिक भिक्षाटन कता हो कता पि्रय भयो । त्यसपछि दिल्ली झरे जिपीबाबु । दिल्लीका अनेक दरबारका एकान्त खोपीहरूमा आफ्ना देवतातुल्य नेताश्रीहरूलाई भेटेर केपी कणले के भने दसगजावारि त्यो सुनिएन । तर, जिपीबाबुले भनेको भने प्रस्टै सुनियो । तिनले नुर गिरेको मुद्रामा, शुष्क स्वरमा दिल्लीका नेताहरूसँग माओवादीलाई तह लगाइदिन गुहार मागे । तिनले भने— माओवादी अधिनायकवादी हुन थाल्यो, जनी गरेर शूरवीर ख्वामित्हरूले यसलाई ठोकेर ठीक पारिदिनुपर्यो । तात्पर्य थियो— ख्वामित्हरूको अपार शक्तिको प्रभावले माओवादी सडकमा गिरेको र म आफू सत्तामा उक्लेको देख्न पाऊँ । जो हुकुम, जो निगाह ख्वामित्गण !तर, दिल्लीका दादाश्रीहरूको हुकुम र निगाह यसपाला जिपीबाबुले चिताएजस्तो भएन । ज्ञानेन्द्रले जजसको दर्शन गरे, जिपीले पनि तिनैतिनैको मात्र दर्शन गर्न पाए । केवल हिन्दू कट्टरपन्थी र दक्षिणपन्थीहरूको लज्जाजनक दर्शन ! यसलाई मन र मत मिल्नेहरूको दर्शनभेट भनिदिए आखिर के नै पो अर्घेल्याइँ होला र ? जिपीबाबुलाई मनमोहन सिंह र सोनिया गान्धीका पाउ परेर दुःख पोख्ने ठूलो धोको थियो । तर, बबुरा यी दीन-हीन भक्तलाई तिनको दर्शन प्राप्त भएन । बरु सत्ताच्यूत राजा ज्ञानेन्द्रले सोनियाको दर्शन पाए, जननेता भनिने जिपीजी भने हेरेका हेर्यै भए । मान के हो, अपमान के हो ? आत्मसम्मान के हो, आत्महीनता के हो ? दिल्लीमा जिपीबाबुलाई केहीको पनि हेक्का रहेन । ती निहुरिएर, लत्रिएर, चारपाउ टेकेर साउथ ब्लकमा प्रणव मुखर्जीको दर्शन गर्न हाजिर भए । प्रणव मुखर्जी फगत भारतका विदेशमन्त्री हुन् । जिपीजी हुन् उमेर र अनुभवले नेपाली राजनीतिका सबैभन्दा पाका पुरुष । तर, जब याचक मुद्रामा प्रणव मुखर्जीलाई भेट्न साउथ ब्लक गए, यी साउथ ब्लकको लाचार छायातुल्य देखिए । यो स्वयंको कत्रो उपहास ! यो नेपाल र नेपालीको मर्यादाको कत्रो हुर्मत ! कांग्रेसी वृत्तको यो कत्रो उपहास !दिल्लीवासी ख्वामित्हरूका अनुकम्पाले आफू शेर भएर स्वदेश फर्कुंला भन्ने जिपीबाबुको उत्कट मनोकाङ्क्षा हुँदो हो । तर, उनी आफ्नो मेरुदण्ड उतै बुझाएर गँड्यौलाको स्वरूपमा फर्के । दिल्लीका ख्यामित्हरूले सङ्केतको भाषामा भने हुनन्— भैया, हाललाई माओवादी सरकारको विकल्पको कल्पनै नगर । नचिताएको आपत् आइलाग्छ । बरु आफैं सरकारमा भित्रिएर माओवादीलाई सुमर । त्यसलाई घेर, त्यसलाई ताछ, त्यसलाई निचोर । र, त्यसलाई फेरेर आफूजस्तै रूपहीन र रङ्गहीन बनाऊ । बस् । आखिर मालिकको आज्ञा न हो, यसमा अनन्य आज्ञाकारी सेवक के भनोस् ! तरबारको बलमा खुनी हैकम चलाउने ज्ञानेन्द्र शाहको भर जनबल होइन । तिनको भर फगत मुढेबल हो, केवल अहंकारबल हो, मात्र भ्रमबल हो । त्यसैले तिनले बेबी किङको वरदान माग्न दिल्ली गएर हात पसार्नु कुनै अचम्म होइन । तर, जनअभिमत, लोकतन्त्र र राष्ट्रियताका कुरा गरेर कहिल्यै नथाक्ने जिपीबाबु र केपीजीको निर्वस्त्र दिल्लीयात्रा यो के हो ? यिनका नजरमा स्वदेशी नागरिक भुसुना र दिल्लीका प्रभुहरू शेर देखिनुको अर्थ के हो ? यी कुन माटोका को हुन् ? यिनको वास्तविक निष्ठा कतातिर हो ? दसगजावारि कि दसगजापारि ?नागरिक विवेक र चेतनामाथि तानाशाहीको तरबार उठेका वेला साथ-समर्थन र आड-भरोसा खोज्न दसगजापारि धाउनु त चलिआएकै चलन हो । सात सालको सेरोफेरोमा त्यो भयो । छयालीस सालको सेरोफेरोमा त्यो भयो । बैसठ्ठी-त्रिसठ्ठी सालको सेरोफेरोमा त्यो भयो । तर, अहिले स्वदेशमा लोकतान्त्रिक गणतन्त्रको ढोका उघि्रएको छ । नागरिकका घर-दैलामा जाने बाटाहरू खुला छन् । विचार पोख्ने माध्यमहरू छ्यास्छ्यास्ती छन् । तैपनि, माओवादी अधिनायकवादी भयो भनेर पोल लगाउन जिपी र केपीहरू दिल्ली दौडाहामै मस्त छन् । जोतिन बानी बसेको बूढो गोरुलाई मालिकको जुवा कति साह्रो प्यारो !
नेपाली राजनीतिमा दसगजापारिको चाकरी एक सङ्क्रामक रोग हो । यसको दीर्घ परम्परा छ । जब सुगौली सन्धि भयो, हामी नेपालीका पुस्तौँ-पुस्तालाई पिरोल्ने यस रोगको बीजारोपण त्यहीँबाट भयो । कम्पनी सरकारका उपनिवेशवादी गोराहरू हुनुसम्म धूर्त थिए । तिनले आफ्ना पाउमा तीनथोक भेटी टक्रयाउन नेपालका जहानियाँ शासकहरूलाई लोभ्याएर झुकाए । एक— युद्धका लागि सस्तो तोपको चारो बन्ने नेपाली तन्नेरीहरू । दुई— रेलको लिकमुनि बिछ्याउन तराईका दरादरा सखुवा वृक्षहरू । तीन— नेपलको दुर्लभ जातको कडा फलाम । तराईको पट्टेर जङ्गलका हात्ती, गैँडा, बाघ, मृग, सर्प र जडीबुटी आदिमाथि बेरोकटोक राइँदाइँ त तिनका कान्छी औँलाको खेल भई नै हाल्यो । सट्टामा तिनले नेपालका आफ्ना दासतुल्य शासकलाई नेपालीमाथि मनपरी रजाइँ चलाउन हार्दिक मन्जुरी दिए । गोर्खे गुलामहरूलाई यो अखण्ड गुलामीबापत रैरकमको सालिन्दा सलामी र बक्सिस त हात लाग्ने नै भइहाल्यो ।सात सालमा राजा त्रिभुवन भागेर दिल्ली पुगे । तिनले जवाहरलाल नेहरूका नजरसामु लत्रिएर नेपालको सार्वभौमसत्तालाई भारतको बन्धक बनाउने खालका गोप्य सन्धि-सम्झौता गरे । र, सट्टामा तिनले आफ्नो सिंहासनको दमनकारी शक्ति बढाउन मालिकको आशीर्वाद पाए । छट्टू राजा महेन्द्रले आफ्ना कीर्तिमानी विलासवीर र दिल्लीभक्त पिता त्रिभुवनलाई 'राष्ट्रपिता'को काइते पगरी गुथाए र उनै त्रिभुवनले लालमोहर ठोकेर बध गराइएका चार सहिदका शिरमाथि उनलाई बसाएर नेपालीको मान-मर्यादाको हुर्मत लिए । भारतीय सत्ताबाट बि्रटिसहरू लखेटिँदा भारतका रैथाने शासकहरूले तिनको मिचाहा मति सभक्ति वरण गरे । भारतीय दाज्यैज्यूहरू यो मिचाहा मति आफ्ना अलि निम्छरा छिमेकी मुलुकमाथि अझै थोपरिरहेकै छन् । यता सात सालमा राणाशासन ढल्यो । तर, दिल्लीभक्तिको दीर्घ रोगी संस्कार भने ज्युँ का त्युँ रह्यो । काठमाडौंको सरकार बनाइदिने दिल्ली, काठमाडौंको सरकार गिराइदिने दिल्ली । दिल्ली रिझियो, शासक बन्न पाइयो । दिल्ली चिढियो, शासनको आसन हल्लियो । सरकारमा उक्लिन दिल्लीको चाकरी, सरकार गिराउन दिल्लीकै चाकरी । सत्र सालमा दिल्लीको आशीर्वाद पाएर महेन्द्रले फौजी बलको सहाराले संसदीय प्रजातन्त्र सुलुक्कै निले । शाही दरबारका हुक्के, ढोके र बैठके चरित्रका इतिहासकार र कलाकारहरूले मिथ्या वर्णन र भक्तिभजन रचेर महेन्द्रलाई 'महान् राष्ट्रवादी'को भ्रान्तिकारी पगरी गुथाए । यी तिनै 'महान् राष्ट्रवादी' हुन् जसले आफ्नो आततायी शासनको आयु लम्ब्याउन भारतीय स्वामीहरूका चरणमा कालापानीको विशाल भूभाग सुटुक्क चढाइदिए ।छयालीस सालमा जर्जर पञ्चायत ढल्यो र संसदीय शासन फर्कियो । तर, दिल्लीको स्वस्ति, भक्ति र स्तुति गरी शासन हत्याउने र शासन गिराउने परम्परा र संस्कार भने यथावतै रह्यो । हामीमाथि असमान र अन्यायपूर्ण कोसी र गण्डक-सम्झौताका काला कथाहरूको कष्टकर बोझ यसै छँदै थियो । अझ त्यसमाथि टनकपुर सन्धि र महाकाली सन्धिको अभिशाप हामीमाथि थोपरियो । इतिहास भन्छ— महाकाली सन्धि दिल्लीको चाकरीको निष्कृटतम दृष्टान्त हो । न भूतो न भविष्यति भनेजस्तो । चाकरीको होडबाजीमा तँ अगाडि कि म अगाडि ? कांग्रेस, एमाले र राप्रपाका दिल्लीभक्त खेलाडीहरूमाझ तुफानी हानथाप भयो । महाकालीको पानी आपmना देवताका चरणमा अर्पण गर्न आतुर पात्रहरूका मुखारविन्दबाट गजप-गजपका दिव्य वाणीहरू स्फुरण भए । केपी शर्मा ओलीले भने— महाकाली सन्धिका कृपाले नेपाललाई बर्सेनि एक खरब बीस अरब रुपैयाँ नाफा हुने भो । माधवकुमार नेपाल झन् के कम ? केपीजीको कथनलाई माथ गर्ने मनसुवाले माधवबाबुले उद्घोष गरे— महाकालीबाट निस्कने अपार बिजुली स्याटलाइटबाट चीनलाई बेचिनेछ । यी दुई वीरका बतासे वचनलाई उछिन्दै पशुपतिशमशेर राणा कुर्लिए— अब पश्चिमबाट नेपालमा झल्झलाकार घाम झुल्किनेछ । आफ्ना यी चेला-चपेटाहरूले महाकाली सन्धिको महिमागान गरिरहँदा यिनका पथप्रदर्शक शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा बसेर मखलेल मुद्रामा दिल्ली दरबार हेर्दै ओठ चाटिरहेका थिए । यी छलकारी वचनहरू, नेपाली जनतालाई छक्याएर दिल्लीका मालिकहरूलाई प्रसन्न तुल्याउने यी कपट-क्रीडाहरू चाकरीविद्याका अनुपम सिर्जनाहरू हुन् । विडम्बनावश, महाकाली सन्धिका यी यावत् खलपात्रहरूद्वारा गणतन्त्र नेपालको इतिहासको रङ्गमञ्चमा राष्ट्रियताको स्वाँगे झन्डा हल्लाइरहेको देख्न हामी अभिशप्त छौँ ।उसो त दसगजापारिको चाकरीको अर्को आयाम पनि छ । तुच्छ निजी स्वार्थ साध्न गरिने चाकरीको यो रूप झनै कुरूप छ । नेपालस्थित भारतीय राजदूतावासबाट जब डिनरको निम्तो आउँछ, नेता भनाउँदा जीवहरू सात काम छाडेर हस्याङ-फस्याङ गर्दै मालिकको दर्शन गर्न हाजिर भइहाल्छन् । दूतावासको डिनरको निम्ता पाउनुलाई प्रातःस्मरणीय प्रभुबाट दुर्लभ वरदान पाएको ठानिन्छ । र, गरिन्छ यसमा खुबै गौरवबोध । नेता नामक प्राणीहरू छात्रवृत्ति, औषधोपचार र तीर्थाटनका लागि भारतीय दूतावासमा मनुष्यत्वबाटै च्यूत हुने हदसम्मको चाकरी र चाप्लुसी गर्न पछि पर्दैनन् । नेताको औतार धारण गरेर तुच्छ स्वार्थका लागि यसरी झुक्नु भनेको प्रकारान्तरले टुक्रा-टुक्रा गरी मुलुकको सम्प्रभुता ख्वामित्का खल्तीमा हाल्दै जानु हो ।हिजो पुरानो नेपालमा राजनीतिक पात्रहरूको आत्महीन मति यस्तो थियो । आज नयाँ नेपालमा नयाँ के छ ? भन्दा दुःख लाग्छ, नयाँ केही छैन । गणतन्त्र नेपालको पहिलो सरकारको लगाम पूर्वविद्रोही माओवादीका शिखरपुरुष प्रचण्डका हातमा छ । उही माओवादीका हातमा जो गलत परम्परामा क्रमभङ्गका कुरा खुब गर्छ । तर, भारतीय दूतावाससामु लाचारी प्रदर्शन गर्ने परम्परामा क्रमभङ्ग गर्नमा होइन, त्यसलाई निरन्तरता दिनमै मानौँ ऊ दङ्ग छ । भारतीय राजदूतका लागि बालुवाटार दरबार र सिंहदरबारका द्वार चौबीसै घन्टा खुला छन् । प्रचण्ड कणको नेतृत्वको सरकार नयाँ नेपालमा पुरानाहरूका बासी पाइलाहरू चुपचाप पछ्याइरहेछ । भारतीय राजदूत महोदयको बेलगाम चुरिफुरी हेर्दा उनी नेपालका राष्ट्रपति, प्रधानमन्त्री र सेनापतिका समेत अधिपतिजस्ता लाग्छन् । ती नेपाल राज्यका संवेदनशील अङ्ग-अवयवहरूमा जहाँजहाँ मन लाग्छ त्यहाँ फुक्काफाल प्रवेश गर्न पाइरहेका छन् । तिनलाई जे बोल्न मन लाग्छ, निसङ्कोच त्यो बोल्न पाइरहेका छन् । हाम्रा राजनीतिक, आर्थिक, सैनिक, जातिगत यावत् आन्तरिक मामिलामा खुल्लमखुल्ला हात हाल्न तिनलाई बेरोकटोक छुट छ । तिनले स्थापित कूटनीतिक मर्यादाका लछुमन रेखाभित्र बस्नुपर्दैन । आखिर दोष कसको हो ? दोष राजदूत महोदयको होइन, दोष तिनका अगाडि अवाक् भएर छुट दिने हाम्रा नेताहरूको हो । मिच्न बानी बसेको मिचाहाको धर्म नै मिच्नु हो । कोही मिचिन तयार नभई उसलाई कसैले कसरी मिच्न पाउँछ ?सार्क टेबुल छ । भारतीय राजदूतले नेपाल सरकारसँग सम्पर्क गर्ने प्रवेशनाका त्यही हो । हाम्रा परराष्ट्रमन्त्री छन्, भारतीय राजदूतले बराबरीको व्यवहार गर्ने समान उचाइका सरकारी पात्र तिनै हुन् । खाँचो परे परराष्ट्रसचिवलाई सोधेर तिनले परराष्ट्रमन्त्रीलाई भेट्न पाऊँ भनी अनुमति माग्न सक्छन् । औचित्य र आवश्यकता हेरी यदाकदा परराष्ट्रमन्त्रीमार्फत् तिनले राष्ट्रपति वा प्रधानमन्त्रीलाई भेट्न पाऊँ भनी बिन्ती बिसाउन सक्दा हुन् । तर, यिनका लागि न विधि जरुरी छ न प्रक्रिया नै । न मर्यादा जरुरी छ न त शोभा नै । न त यिनलाई मर्यादाक्रमको नै कुनै पर्वाह छ मानौँ नेपाली माटोमा भारतीय राजदूतहरू उत्तरआधुनिक भाइसरायहरू हुन् । यिनलाई यसरी छाडा हुन दिने कहिलेसम्म हो ? नेपाल नयाँ हुनलाई स्वतन्त्र र स्वाधीन पनि त हुनुपर्ला । आत्मनिर्णयकारी, दृढ र स्वाभिमानी पनि त हुनुपर्ला । कुप्रथामा क्रमभङ्गका अथक पैरवीकार प्रधानमन्त्री प्रचण्डजीको अलमस्त मानसमा यो दासवत् परम्परामा क्रमभङ्ग गर्ने शुभमुहूर्त कहिले फुर्ला ?र, यो राष्ट्रिय लाचारीको अवसान कहिले होला ?

No comments:
Post a Comment