
अभिनेत्री रेखा थापाको परिचय छोटो लुगासँग गाँसिएको छ । निर्देशक त रेखालाई छोटा लुगामै देखाउन चाहन्छन् नै, निर्देशकका ती आशयलाई अभिनेत्री रेखा पूरै समर्थन गर्छिन् । अभिनेत्री रेखालाई मन पर्ने मौसम कुन होला ? यी नायिकासँग बुझ्न खोजेका थियौँ । उनले फ्याट्टै भनिदिइन्, 'मलाई त चैतको रूखो' मन पर्छ । गर्मीका विषयमा उनको अनुभव उनकै शब्दमा :
डो सुरु भएपछि मलाई त साह्रै दिक्क लाग्छ । चिसोले एलर्जी हुने भएकाले होला, मलाई जाडो पटक्कै मन पर्दैन । गर्मीको त म जति प्रशंसा गरे पनि थाक्दिनँ । साह्रै दामी लाग्छ यो मौसम । हपहप गर्मीमा विनाकाम बस्दा पनि खलखल पसिना आउँछ । तपाईंहरू सोच्नुहुन्छ होला, 'यो गर्मी नआए पनि हुन्थ्यो ।' म ठ्याक्कै उल्टो छु, 'मलाई त गर्मीमा पसिना आउँदा शीतल हुन्छ ।
एक दिन म स्कुलबाट फर्किंदै थिएँ, बेस्सरी हुरी चल्न थाल्यो । वरिपरि बस्ने ठाउँ पनि थिएन । म हतार-हतार हिँड्दै थिएँ । चार/पाँचजना केटा बसिरहेका रहेछन् । तिनलाई पटकपटक देखेर पनि 'बाल' दिएकी थिइनँ मैले । केटाहरूछेउमा पुगेपछि हावाको वेग यसरी बढ्यो कि मेरो स्कर्ट त हावाले पूरै मास्तिर फर्काइदियो ।
काठमाडौंमा त के गर्मी हुन्छ र ? म त विराटनगरमा जन्मेकी, कोसीको पानी पिएर हुर्केकीले होला गर्मीमा साह्रै रमाइलो लागेको । गर्मीको रमाइलो काठमाडौंमा खासै अनुभव गर्न पाइएको छैन । गर्नुजति मोज त विराटनगरमै गरियो, त्यो पनि सानैमा ।
गर्मीका प्रत्येक दिन उल्लासमय लाग्छन् मलाई । ५ देखि ७ बजेको समय साह्रै रमाइलो लाग्छ । म १३/१४ वर्षकी थिएँ । हामी चारजना केटीको छुट्टै ग्याङ थियो । म, रमिला अधिकारी (मोडल), सन्जु र दमयन्ता । हामी असाध्यै मिल्ने साथी थियौँ । अलि उट्पट्याङ पनि । अरूलाई जिस्क्याउँदा खुब रमाइलो लाग्थ्यो । गर्मीको वेला साँझमा डुल्न साह्रै रमाइलो लाग्थ्यो, तर घुम्नका लागि घरबाट त्यति सजिलै स्वीकृति पाइँदैनथ्यो । अनि, हामी बहाना बनाउँथ्यौँ ट्युसनको । पढ्ने निहुँमा हामी चारैजना विराटचोकमा जम्मा हुन्थ्यौँ । त्यहाँ एउटा ठूलो रूख थियो । त्यही रूखको फेदमा बसेर दुई घन्टा बिताउँथ्यौँ ।
एक त साँझको समयमा हावा खान पाइने, अर्को विभिन्न रूखमा फूल फुलेका हुन्थे । लिची र आँप फुलेको साहै्र रमाइलो देखिन्छ । अहिले पनि कतै जाँदा आँप वा लिची फुलेको देखँ भने 'फ्ल्यास ब्याक'मा गइहाल्छु ।
'कसम हजुरको' सुटिङका लागि पोखरा आएको तीन दिन भयो । म बसेको होटल 'माउन्टेन भ्यु' मा फुलेका फूल देख्दा विराटनगरकै सम्झना आइरहेको छ । म त अहिले पनि विराटनगरका ती पुराना दिन सम्झेर रमाइरहेकी छु ।
मलाई म आँटिली केटी भएकाले पनि रूखो मौसम मन पर्छ । गर्मीको प्रसंग आउनासाथै मेरो मस्तिष्कमा पुराना कुरा आइहाल्छन् । विराटनगरको द राइजिङ बोर्डिङ स्कुलमा पढ्थेँ । केटाको डे्रस सर्ट र पाइन्ट थियो भने केटीहरूको स्कर्ट र सर्ट । म अलि उत्ताउली थिएँ, अरूको तुलनामा । मेरो स्कर्ट 'युनिक' हुन्थ्यो । अरूले घुँडा-घुँडा स्कर्ट लगाउँथे भने म त्यसमा दुई अम्मल छोट्याउँथेँ । कतिपटक त सरहरूले कराए पनि मैले कहिल्यै टेरिनँ । छोटो स्कर्ट लगाउँदा कन्पिmडेन्ट भएजस्तो लाग्थ्यो मलाई । फुर्ती बढेजस्तो पनि लाग्थ्यो ।
बिहानको स्कुल भएकाले बिहान ११ बजेतिर हाम्रा स्कुल छुट्टी हुन्थ्यो । अरू स्कुलका केटाहरूलाई हामी गन्दै गन्दैनथ्याँ । उनीहरू पनि त्यस्तै गर्थे । एक दिन म स्कुलबाट फर्किंदै थिएँ, बेस्सरी हुरी चल्न थाल्यो । वरिपरि बस्ने ठाउँ पनि थिएन । म हतार-हतार हिँड्दै थिएँ । चार/पाँच जना केटा बसिरहेका रहेछन् । तिनलाई पटकपटक देखेर पनि 'बाल' दिएकी थिइनँ मैले । केटाहरू छेउमा पुगेपछि हावाको बेग यसरी बढ्यो कि मेरो स्कर्ट त हावाले पूरै मास्तिर फर्काइदियो । साह्रै लाज लाग्यो । चार दिनसम्म ती केटाहरूको मुख हेर्न पनि सकिनँ ।
मलाई पढाउने सरहरूले उत्ताउली भनेकाले होला सँगै पढ्ने केटाहरूले पनि त्यस्तै सोच्थे । हामीहरूबीच सधैं एकखालको प्रतिस्पर्धा नै हुन्थ्यो । कसले बढी हाइफाई गर्ने ? जाडो महिनाको त के कुरा, गर्मी सुरु भएपछि सबलाई जलाइदिऊँ जस्तो लाग्थ्यो । राम्री केटी छोटा लुगा लगाएर हिँडेपछि कोभन्दा को कम अर्को मलाई रमाइलो लाग्ने फूलको सुगन्ध पनि हो । यस मौसममा जुनसुकै बिरुवामा पनि फूल फुलेको देखिन्छ । बाटामा हिँड्दाहिँड्दै रूखबाट फूल झरेर मेरो जीउमा पर्यो भने कसैले स्वागत गरिरहेको छ जस्तो लाग्छ । अहिले त सुटिङको चापले कहीँ जानै पाइँदैन । यस वेला जंगलमा डुल्न पाउने हो भने कति रमाइलो हुन्थ्यो होला । गर्मीको मौसम होस्, घना जंगल होस्, त्यस जंगलमा रेखा थापा एक्लै हिँडिरहेकी होस् । अनि, रूखमा बसेको चराले सोधोस्, 'रेखा ! तिमी हाम्रो ठाउँमा किन आयौ ?'
मेरा मनमा यस्ता कल्पना आइरहन्छन् । सिनेमामा म जति नक्कली देखिन्छु, घरमा चाहिँ त्यस्ती छैनँ । म घरमा प्रायः हाफ पाइन्ट र लुज टिसर्ट लगाएर बस्छु । खाने कुरामा पनि म अलि चुजी छु । खाना त्यति मन पर्दैन । पानी धेरै पिउँछु । आइसक्रिम साह्र्रै धेरै खान्छु । अहिले पनि हल्का खोकी लागेको छ, आइसक्रिम बढी भएरै होला ।
सुत्दा पनि म त पूरै लुगा लगाउँछु । खै किन हो कपडाविनाको शरीर राख्न सक्दिनँ । म त निर्मात्री पनि हुँ । व्यापारका हिसाबले पनि गर्मी महिनै ठीक देख्छ मेरो मनले । मलाई लाग्छ, तराईका मान्छेहरू अहिले पनि गर्मीमा फिल्म हेरेर समय कटाउँछन् । जाडोमा बाहिर निस्कन त्यति मन पराउँदैनन् । मलाई पनि गर्मीमै काम गर्न रमाइलो लाग्छ ।
सुटिङमा प्रयोग हुने लाइटको तातो भने मलाई पटक्कै मन पर्दैन । हिरोइनहरू चाँडै बूढी हुनुको कारण यो पनि हो जस्तो लाग्छ । भद्दा मेकअप, सुटिङमा प्रयोग हुने लाइट र घामको ताप ! गर्मीमा कसरी ज्यानको ख्याल गर्ने, केही सिकेकी पनि छु । म त गर्मी मौसममा जोसुकैलाई चस्मा लगाउने सुझाव दिन्छु । कति केटीहरू छाता ओढ्न लाज मान्छन्, तर त्यो राम्रो होइन । आफ्नो सौन्दर्य जोगाउने हो भने लाज नमानी छाता ओढ्नैपर्छ । छालासम्बन्धी विभिन्न क्रिम पाइन्छन् । तिनको प्रयोग गरेर छालाको सौन्दर्य जोगाउनुपर्छ ।
गर्मीको मौसममा केटाहरूलाई हल्का लुज टाइपको ड्रेसअप सुहाउँछ । अहिले चलेका तीनजना हिरोको कुरा गर्ने हो भने आर्यन सिग्देललाई ट्राउजर टाइपको पाइन्ट र लुज सर्ट सुहाउँछ । आर्यनको फेस हेर्दा सेतो रंग सुहाउँछ जस्तो लाग्छ ।
अर्का हिरो जीवन लुइँटेललाई हाफ पाइन्ट र छोटो टिसर्ट सुहाउँछ । क्रिम कलर जीवनलाई सुहाउने कलर हो । अर्का नायक राजबल्लभ कोइरालाको पनि बडी स्ट्रक्चर दामी छ । राजलाई ठमेलमा पाइने झालेमाले डे्रसअप सुहाउँछ ।
No comments:
Post a Comment