भक्तबहादुर थापा
मानव र प्रकृतिबीच गहिरो सम्बन्ध रहन्छ । प्राकृतिक प्रणालीभित्र जीवको अस्तित्वको खोजी गर्नुपर्दा विभिन्न चरण पार गर्दै मानव जातिको विकास भएको विभिन्न अध्ययन, अनुसन्धान तथा त्यसभित्रका ऐतिहासिक तथ्यहरूले प्रष्ट पार्दछ । पृथ्वीभित्रको प्राकृतिक संरचनाका कुरा उठाउँदा माटो, हावा, पानी, आकाश तथा आगो जस्ता पञ्चतत्वको अस्तित्व रहन्छ । मानव शरीर पनि यही पञ्चतत्वले भरपुर र परस्पर सम्बन्धका कारण पूर्ण शरीरको रूप बनेको छ । यिनै पञ्चतत्वभित्र कुनै किसिमको नकारात्मक असर परेमा मानव शरीर पनि स्वतः प्रभावित हुन्छ । यही प्रसङ्गभित्र प्राकृतिक वातावरणमा कुनै किसिमको खलल् आएमा मानव शरीरमा पनि असर पर्न गई अस्वस्थ र रोगी बन्न थाल्दछ । अहिले प्रकृतिभित्र यस्तै अस्वाभाविक रूपमा खलल् आएको छ । प्राकृतिक वातावरणमा परेको असरले प्रदूषण बढ्न गई पञ्चतत्वलाई प्रभावित तुल्याउँदा मानव स्वास्थ्यमा विभिन्न किसिमका रोगका लक्षणहरू देखा पर्न थालेका छन् । जसमा प्रकृतिभित्रको खललको प्रसङ्ग उठाउँदा अहिले विश्वव्यापी चासो बनेको छ जलवायु परिवर्तन । जसले प्राकृतिक प्रणालीभित्रका विद्यमान परिस्थितिमा विचलन ल्याई एकातिर परिस्थितिकीय प्रणालीमा गम्भीर असर पुर्याएको छ भने अर्कातिर त्यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्न थालेको छ । आखिर विश्वव्यापी चासो र मानव जीवन तथा शैलीमा प्रत्यक्ष असर पुर्याउने जलवायु परिवर्तन के हो र यसले स्वास्थ्य क्षेत्रमा कस्तो असर तुल्याउँछ भन्ने प्रसङ्ग गम्भीर रूपमा अगाडि आउँदछन् । जलवायु परिवर्तन भन्दा बित्तिकै प्राकृतिक परिस्थितिकीय प्रणालीभित्र खलल् पुग्नु हो । जसमा जलवायु परिवर्तनले अचानक पृथ्वीको तापक्रम बढ्न गएको छ । तापक्रम वृद्धिले पृथ्वीका विभिन्न भागमा जुन किसिमको हावापानी हुन्थ्यो त्यसमा असर पुग्न गई त्यहाँभित्र विद्यमान सम्पदा, उत्पादन तथा परिस्थितिकीय प्रणालीभित्र जुन जे चीज तथा वस्तुको अस्तित्व थियो, त्यो तापक्रममा आएको परिवर्तनले त्यसको अस्तित्व हराउँदै जान थालेको छ भने वषर्ाको मौसममा वषर्ात नहुने, वषर्ात् हुने अवधि छोटो हुने, जाडो तथा जाडो मौसममा जाडो कम तथा अवधि कम हुँदै जानु, खडेरी, जस्ता समस्या देखापर्न थालेको छ । जसको प्रत्यक्ष प्रभाव मानव जाति तथा उसको स्वास्थ्यमा पर्न थालेको सङ्केत देखापर्न थालेको छ ।
जलवायु परिवर्तनको असरले पृथ्वीको वातावरण नराम्ररी प्रभावित हुन थालेको छ । जसको कारण लामो खडेरी पर्ने, गर्मी अधिक हुन गई लामखुट्टे, झिंगा, भक्षक किरा फट्याङ्ग्रा, ब्याक्टेरिया, भाइरस, तथा ढुसीको प्रकोप बढ्न गई औलो, टाइफाइड, झाडापखाला जस्ता रोगबाट मानव प्रताडित हुन थालेका छन् । यसको असर थेग्न नसक्ने जीव तथा प्राणीको अस्तित्व लोप हुने खतरा अर्कातिर छँदैछ । यसको असर नेपालमा मात्र नभई विश्वका हरेक देशमा पर्नथालेको छ । जलवायु परिवर्तनको असरका कारण अति वृष्टि, अनावृष्टिका सङ्केत देखापरी बाढी, पहिरो तथा भू-क्षय जस्ता समस्याले घरबारविहीन एवं प्रभावित भई जनस्वास्थ्यका समस्या सिर्जना हुन थालेको छ । अर्कातिर, लामो खडेरीले हैजा तथा झाडा पखालाको समस्या टड्कारो रूपमा देखापर्न थालेको छ । हालसालै नेपालको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा देखापरेको झाडापखालाको रोगको समस्यालाई पनि त्यही रूपमा लिइएको छ । करिब ६-७ महिनाको लमो खडेरीका कारण गर्मी बढ्न गई मानव बस्तीमा फोहर तथा स्वच्छ खानेपानीका मुहान सुकेका तथा भएका पनि प्रदूषित हुन गई झाडापखालाको प्रकोप बढेको स्वास्थ्य मन्त्रालयको अनुसन्धान टोलीको प्रतिवेदनले त्यही प्रष्ट्याएको छ । जसबाट हामीले जलवायु परिवर्तनको उपहारका रूपमा स्वास्थ्य क्षेत्रलाई लिनुपरेको घटना सम्झनु पर्ने भएको छ । हाल जलवायु परिवर्तनको प्रभावले विश्वव्यापी समस्या उत्पन्न गराउने सङ्केत देखापर्न थालेपछि विश्वकै ध्यान यतातिर तानिएको छ । आखिर यसको असरले जुन-जुन क्षेत्र प्रभावित हुन थाले पनि त्यसको मार भने मानव जातिमा पर्दछ । कृषिदेखि जैविक विविधता लगायत अन्य सम्बन्धित पक्ष प्रताडित हुन थाले पनि खाद्यान्नको स्रोतदेखि हाम्रो औषधीय गुण बोकेको प्राकृतिक सम्पदामाथि पर्दछ । जसको पीडा मानिसले भोग्नुपर्ने भएकाले मानव हीत तथा कल्याणका क्षेत्रमा कार्यरत विश्वको विभिन्न ध्यान यस क्षेत्रतिर आकृष्ट हुन थालेको हो । यही सोचका साथ मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव कस्तो पर्छ भन्ने विषयमा विश्व स्वास्थ्य सङ्गठनले यस क्षेत्रमा चासो देखाउन थालेको छ । जसको फलस्वरूप नीति, नियम, कानुनी व्यवस्थाका साथै कम गर्न सक्ने उपायको खोजी गर्न थालेको छ । नेपालमा पनि पहिलो पटक यसको छलफललाई आम जनता र संलग्न पक्षबीच बहस अगाडि बढाएको छ ।

No comments:
Post a Comment